कोरोना सङ्कट र उदांग विश्व संरचना
जेठ ५, २०७७

केहिदिन अघिमात्र विश्वले नर्सिंग दिवस मनायो, कोरोना महासंकटको यो बेला नर्सिंग दिवस आफैंमा महत्वपूर्ण छ, कोरोना भाइरस विरुद्ध लड्न नर्स तथा 'मिड वाइफ'हरू सबैभन्दा अग्रदस्ताका लडाकु हुन् । कोभिड १९ महामारीकै बीचमा आएको नर्सिंग दिवसले नर्सहरू लगातार महामारी विरुद्ध डटेर लागिराखेको बेला उनीहरूको वास्तविकता तर्फ सबैको ध्यान आकर्षित गर्नु र उनीहरूले भोगेका संरचनागत समस्या अघि आउनुले विश्व संरचना माथि प्रश्न उठाउनु स्वाभाविक पनि हो ।

WHO का अनुसार विश्वको स्वास्थ्य क्षेत्रमा काम गर्ने जनशक्तिको ५० प्रतिशत नर्स र मिडवाइफ छन् । विश्वमा रहेका ४३.५ मिलियन स्वास्थ्यकर्मी मध्ये २०.७ मिलियन नर्स तथा तथा 'मिडवाइफ' रहेको अनुमान छ, तथापि सन् २०१७ को ग्लोबल हेल्थ एडवाइजरीका अनुसार ५० प्रतिशत WHO का सदस्य मुलुकहरूले प्रति हजार जनसंख्याका लागि ३ जना भन्दा कम (२५ प्रतिशत सदस्यहरूले प्रति हजार जनासंख्याका लागि १ जना भन्दा कम) नर्स, मिडवाइफ उपलब्ध रहेको जनाएका छन् । स्वास्थ्य क्षेत्रका जनशक्तिको लागि विश्वव्यापी रणनीति वर्क फोर्स २०३० रहेको छ, नर्सिंग तथा मिडवाईफरीलाई बलियो बनाउने विश्वव्यापी रणनैतिक निर्देशनहरू २०१६-२०२० ले नर्सिंग तथा मिड वाइफरी विकास गर्न WHO  को लागि बलियो रणनैतिक प्रतिक्रिया निर्मित गरेको छ, किनभने यसमा आलोचनात्मक उद्धेश्यहरू निर्दिष्ट गरिएका छन् ।

नेपालमा भने कुल स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति मध्ये करिब दुई तिहाई हिस्सा नर्सिंग तथा मिडवाइफरीले ओगटेको देखिन्छ । WHO को तथ्यांक अनुसार प्रति १० हजार जनसंख्याका लागि नेपालमा २.१ जना चिकित्सक उपलब्ध हुँदा ४.६ जना नर्स तथा मिडवाइफ उपलब्ध देखिन्छन । लैंगिक हिसाबले नेपालमा पुरूष नर्सको प्रचलन कम रहेकोले उपलब्ध नर्स तथा 'मिडवाइफ'को ठूलो हिस्सा महिला रहेको कुरा प्रष्ट छ ।


कोरोना सङ्कटले भन्ने विश्वको संरचनागत तस्वीर छर्लंग पारिदिएको छ । विश्वको लैंगिक विभेदकारी नीति र यसका ज्यादती देखिएका छन् र अति उदारवादी जीवन शैली जीवनको लागि अनुदार छ भन्ने देखिएको छ । कोरोना संक्रमितको संख्या अठ्चालीस लाख अधिक पुग्दा तीन लाख सोह्र हजार अधिक मान्छेले कोरोनाको कारण ज्यान गुमाईसकेका छन् ।विकसित युरोपेली देशहरूमा भने नर्सिंग तथा मिड वाइफरीमा औसतमा ७५ प्रतिशत महिला तथा २५ प्रतिशत पुरूष रहेको WHO का तथ्यांकहरूले देखाउँछन्, यस लेखमा सम्मिलित WHO ले प्रयोग गरेको तथ्यांक अलि पुरानो भएतापनि प्रतिशतको हिसाबले हेर्दा समय बित्दै जाँदा पनि त्यो अनुपात खासै ठूलो फरक नपर्ने बुझ्न सकिन्छ ।

कोभिड १९ विरूद्ध लड्ने वास्तविक हिरोहरू मेडिकल साइन्स र मेडिकल साइकलजी नै फेल खाने गरेर किन उपेक्षित छन् ? उनीहरूका सामान्य शारीरिक संरचनामा हुने फरक किन मेडिकल कम्पनीहरूले ख्याल राख्दैनन्रु अर्थात विश्व किन महिला र पुरूष भनेर दुई भागमा मात्र विभक्त छ र हाम्रो संरचना किन पुरूषमै मात्र केन्द्रित छ ?  वा कोरोना भाइरस हाम्रो पुरूष केन्द्रित मानसिकताले जकडेको हाम्रो संरचना आफैंमा मक्किएको छ भनेर देखाउने ऐना बनेको हो ?

सन् १९४० मा अमेरिकी मनोविश्लेषकले करिब ४००० मानिसका फोटो अध्ययन गरेर मानव शरीरको बनोट र शरीरको बनोट अनुसारको मानसिकता वर्णन गर्ने एउटा सिद्धान्त प्रस्तुत गरे । त्यसलाई सेल्डनको शरीरका प्रकार सम्बन्धी सिद्धान्त भनिन्छ, विशेष प्रकारको शारीरिक संरचना अर्थात 'सोमेटोटाइप' व्यक्तिको व्यक्तित्व र व्यवहारसँग जोडिएको हुन्छ भन्ने कुरा यस सिद्धान्तले देखाएको छ । यो सिद्धान्त अनुसार मानव शरीर स्वरूपको हिसाबले ३ आधारभूत किसिमका हुने तिनको मिश्रणबाट सात किसिमका सम्भावित शरीरका आकार हुने मानिएको छ, यो सिद्धान्तलाई वैज्ञानिक मानिन्छ र चिकित्सकीय मनोविज्ञानमा सिकाइन्छ ।

यहाँ यो कुरो उल्लेख गर्नुको अर्थ अरू केही नभएर स्वास्थ्य सम्बद्ध जनशक्तिका शरीरका विभिन्न प्रकार हुन्छन भनेर देखाउनु मात्र हो । मेडिकल साइकोलजी आफैंले माने अनुसार मान्छेका शरीरका तीन आधारभूत संरचना र तिनको मिश्रणबाट सात प्रकारका शारीरिक स्वरूपरआकारमा रहने मानिन्छ । यो सिद्धान्त हेर्दा पनि डाक्टर, नर्स र मिडवाइफहरूको शारीरिक संरचनामा धेरै नै फरक हुन्छ जुन स्वाभाविक हो ।

अब कुरो गरौँ कोरोना महामारी सँग जुध्ने कार्यको । हाल विश्वको स्वास्थ्य क्षेत्रको जनशक्तिको आधा हिस्सा ओगटेका नर्स तथा मिडवाइफ कोरोना विरूद्धको लडाईंका योद्धा हुन् भन्ने कसैबाट छिपेको छैन । तर पितृसत्तात्मक सोचबाट गुज्रेका मेडिकल कम्पनी तथा मुलुकहरूले जम्मा दुई किसिमका एन-९५ मास्क र सबैलाई एकै किसिमका पीपीईहरू बनाई रहेको पाइन्छ, मेडिकल विज्ञान, मनोविज्ञानलाई लत्याएर त्यसलाई पितृसत्ताले जित्नुको नतिजा उनीहरूले काम गर्दा लगाउने उपकरणहरूमा प्रष्ट देखिएको छ ।

बिबिसीले यो समस्यालाई उल्लेख गर्दै आफ्नो रिपोर्टमा लेखेको छस्

व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को संरचना र आकार महिला र पुरुष दुवैलाई भनेर बनाइएको भनिए पनि धेरैजसो महिलालाई प्रयोग गर्न सहज नभएको पाइएको छ। कोभिड- १९ को उपचारमा खटिने व्यक्तिहरूलाई सङ्क्रमणबाट जोगिनका लागि पीपीई अत्यावश्यक पर्छ। ती सामग्री 'महिलारपुरुष दुवैलाई' जोगाउनका लागि नमुना तयार गरिएको बताइन्छ। यद्यपि स्वास्थ्य सेवामा काम गर्नेहरूले भने सानो आकारका पीपीईहरू पनि केही महिलाका लागि धेरै ठूलो हुने गरेको बताइरहेका छन्। सन् २०१८ को ब्रिटेनको स्वास्थ्य निकाय एनएचएसको तथ्याङ्क हेर्दा एनएचएसमा काम गर्नेमध्ये ७७ प्रतिशत महिलाहरू छन्। पीपीई एकदमै ठूलो छ भने भाइरसबाट पूर्णतया जोगाउनका लागि यो कम प्रभावकारी हुनसक्छ। 'पीपीईको नमुना महिलापुरुष दुवैलाई हुने गरी बनाइएको हो र यसले दुवैलाई भाइरसको सङ्क्रमण हुनबाट जोगाउँछ। केही उत्पादन फरकफरक नापमा बनाइएको छ ताकि साना ठूला दुवै आकारका मानिसलाई मिलोस्' एउटा विज्ञप्तिमा ब्रिटेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर रोयल कलेज अफ नर्सिङले 'सबैका लागि एउटै नाप' मा निकालिएका पीपीईलाई 'समस्याकारी' र 'प्रतिबन्धात्मक' भनी व्याख्या गरेको छ। काममा खटिएका बेला त्यस्ता पीपीई १२ घण्टासम्म पनि लगाउनुपर्ने हुनसक्छ। पीपीईमा पन्जा, मास्क, गाउन र मुख ढाक्ने हेल्मेट पर्छन्। 'यदि यस्ता सामग्री असहज भए भने नर्सहरूले गर्मी र अस्वस्थ महसुस गर्छन् र बिरामीहरूलाई जाँच्न उनीहरूलाई एकदमै अप्ठ्यारो हुन्छ', सङ्क्रमण रोकथाम र नियन्त्रण क्षेत्रकी प्रमुख रोज ग्यालहरले भनिन्। एनएचएसमा काम गर्ने केही महिलाहरूले पीपीई लगाउँदा आफ्नो शरीरमा एकदमै नमिलेको देखिएका केही तस्बिर सामाजिक सञ्जालमा राखेका छन्।

यो रिपोर्टले के देखाउँछ ?  कोभिड १९ विरूद्ध लड्ने वास्तविक हिरोहरू मेडिकल साइन्स र मेडिकल साइकलजी नै फेल खाने गरेर किन उपेक्षित छन् ? उनीहरूका सामान्य शारीरिक संरचनामा हुने फरक किन मेडिकल कम्पनीहरूले ख्याल राख्दैनन्रु अर्थात विश्व किन महिला र पुरूष भनेर दुई भागमा मात्र विभक्त छ र हाम्रो संरचना किन पुरूषमै मात्र केन्द्रित छ ?  वा कोरोना भाइरस हाम्रो पुरूष केन्द्रित मानसिकताले जकडेको हाम्रो संरचना आफैंमा मक्किएको छ भनेर देखाउने ऐना बनेको हो ?

विश्व नै यसरी संरचनागत समस्यामा देखिँदा नेपाली नर्स तथा मिडवाइफहरू जसले धेरै ठाउँमा बिना कुनै सुरक्षा उपकरण आईसोलेसन सेन्टरहरूमा खटिरहेका छन्, तिनको अवस्था के होला ? नेपालमा त स्वास्थ्य उपकरणका साइज मिल्ने नमिल्ने अलग कुरो भयो, यहाँ त उपकरण नै बेगर खट्ने स्वास्थ्यकर्मीहरू पनि छन् । उनीहरूका समस्यामा सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ । कसैको ज्यान बचाउन खट्नेहरू आफैं नै जोखिममा रहेको देखिनु कुनै हिसाबले पनि जायज ठहर्दैन, कोरोना संकटले स्वास्थ्य संरचनामा भएका समस्या उदांगो पारेर त्यसमा थोरै भए पनि सुधार ल्याउने मौका दिएको छ, तिनलाई मनन गर्नु र सुधारोन्मुख गर्नु जरूरी छ ।


अंग्रेजी विषय प्राध्यापन गर्दै आउनुभएका प्रसाईंको नेपाली साहित्य र अनुवादमा रुचि छ ।