सीताराम नेपाल | साहित्य | जेठ १७, २०७७
पराइ आइ
आमाको छाति टेक्दा
के हेरी बस्नु
पच् पार्ने दाउ
विस्तारवादी चाला
नेपाली छाला
धेरै पर्खियौँ
लाछि ठान्छ छिमेकी
बोलौ न धावा
चन्द्र र सूर्य
प्राणसरि छ मेरो
हुँ म नेपाली
हाम्रो कोखामा
पराइ साँढे पस्दा
भद्र हेर्दैनौँ
सिंह गर्जदा
खरायो डराएन
कुवा देखायो
बल्ल था पायौँ
लिम्पिया पारि काली
हुन् महाकाली
त्यो माटो मेरो
पुर्खाको पुरुषार्थ
किन छाड्छु म
मौका यही हो
समाधान सीमाको
लौ थालौँ वार्ता
देखावा नारा
सत्य मेव जयते
हातैमा छुरा