समसामयिक विषयका हाइकु

समसामयिक विषयका हाइकु

सीताराम नेपाल  |  साहित्य  |  जेठ ३१, २०७७

१.
मुक्ति चाहना
मेरो र बाको पनि
कहिले पुग्ला

२.
आयो लहर
घरलौरी नछोडी
बढेको कर

३.
चुनौति बढ्यो
नवीन र अनौठो
सामना गर्छु

४.  

लाग्दिन पछि
श्यालहुइयाँ चिन्छु
बुद्धिजीवी म

५.
बिदेशियो ऊ
सपना बुन्दै बुन्दै
विपना शून्य 

 ६.
साहित्य सन्ध्या
कविता खार्ने ठाउँ
किन नजाने

७.
फुर्तिले पढ्यो
क्लिष्ट रचना आफ्नो
तर बुझेन

८.
उज्यालो छायो
युगौँ अँध्यारो गाऊँ
झलमलियो

९.
विकास आयो 
घरभरि मेरो लौ
भ्याइ नभ्याइ

१०.
आशैआशमा
कति बस्नु झुण्डिेर
मुट्टि कसौँ लौ