मानिसलाई रिङ्गटा किन लाग्छ ?  लागेमा के गर्ने ?  के नगर्ने ?

रिङ्गटा लागेर चिकित्सकसँग उपचार गराउन जाने व्यक्तिहरुको संख्या कम छैन । मानिसहरुले रिङ्गटा लाग्नुको अर्थ बेग्ला बेग्लै लगाएको पाइन्छ । यसर्थ कस्तो किसिमको लक्षणलाई रिङ्गटा लागेको मान्ने आम सर्वसाधरणदेखि चिकित्सकले थाहा पाउँनु अति आवश्यक कुरा हो ।  टाउको भारी हुनु, बेहोस हुन खोज्नु', टाउको घुमाउनु र वरिपरिका बस्तु घुमिरहेको दृश्य देखिने कार्यलाई रिङ्गटा लागेको ठानी मानिसहरु सल्लाहा लिनको लागि चिकित्सकको ल्किनिकमा जाने गर्दछन् । वरिपरिका बस्तुहरु घुमिरहेको देखियो भने तपाईँलाई भर्टाइगो  (Vertigo)  भएको हुन सक्ने  सम्भावना हुन्छ । रिङ्गटा लाग्नुको साथै आँखा तिरिमिरी हुनु, ज्वरो आउनु अथवा उल्टी भए नभएको  जानकारी हुनु अति जरुरी छ । 

रिङ्गटा लाग्नुका धेरै कारणहरु हुनसक्छन् ।  अधिकांश रिङ्गटा लाग्नुका  कारणहरु सामान्य किसिमका हुन्छन् र शरीरलाई खतरा हुँदैन् । केही कारणहरु मात्र कडा कसिमका हुन्छन् । धेरै जसो रिङ्गटा लाग्ने कारणहरु सामान्य भएकाले रिङ्गटा लाग्ने व्यक्तिहरु धरै चिन्तित भइ हाल्नु भने पर्दैन । 

निम्न कारण र  अवस्थामा मानिसलाई रिङ्गटा लागेको हुनसक्छ । 

१ कान सम्बन्धी रोगहरुका कारण 
२ बसमा यात्रा गरिरहँदा
३ केही ओखतीहरुको असरका कारण  (Antiepileptic, Sedatives)  
४ उभिदा रक्तचाप कम भएका कारण
५ हृदयघात, हृदयगतिको रोग, कार्डियोमायोपेथीका कारण
६ ज्यादा गर्मी र डिहाइड्रेसन भएको खण्डमा 
७ पार्किन्सन्सडिजिज, मल्टिपल स्ल्केरोसिस
८ चिन्ता
९ अल्परक्तता  (Iron Deficiency Anemia)
१० कम रक्त ग्लुकोज 
११ कार्वनमनोकसायड प्वाइजनिङ
१२ जिवाणु अथवा विषाणुद्वारा संक्रमण
१३ माइग्रेन
१४ मेनियरस् डिजिज  (Meniere's Disease)  
१५ ट्यूमर

कानका रोगभएका व्यक्तिहरुमा कान दुख्नु, श्रवण शक्ति कम हुनु, कान कराउनु र रिङ्गटा लाग्नु मुख्य लक्षण हुन् । मानिसको कानलाई तीन भागमा विभाजन गरिंदै आएको छ । कानको बाहिरी, बिचको र भित्री भागको विषयमा छोटो विवरणले मात्र कानका रोगका कारण हुने रिङ्गटालाई बुझ्न सजिलो हुन्छ । कानका रोगका कारण हुने रिङ्गाटामा वरिपरिका बस्तुहरु घुमिरहेको भान हुने गर्दछ  जसलाई भर्टाइगो (Vertigo) भनिन्छ । कानको  भित्री र बीचको  भागमा रोग लागेमा रिङ्गटा लाग्छ । 

रिङ्गाटालाई कम गराउन २५ मिलिग्रामको स्टुजेरोन (Stugeron) अथवा ५ मिलिग्रमको स्टेमेटिल (Stemetil) लाई दिनमा तीन पल्टसम्म प्रयोग गर्न सकिन्छ । ट्युमर भएरमा शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ । रिङ्गटालाई नियन्त्रण गर्न विशेष प्रकारका आखाँका व्यायाम हुन्छन् । यी व्यायम कसरी गर्ने भन्ने विषयमा विशेषज्ञको सल्लाहा लिनुपर्छ ।

कानको  बीचको भागमा जिवाणुद्वारा संक्रमण भएको खण्डमा पनि  कानबाट पिप निस्कन्छ । कानको भित्री वनावट जटिल हुनुका साथै यहाँबाट सुन्ने र शरिरलाई स्थिर राख्ने शक्ति उत्पन्न हुने गर्दछ ।  मस्तिष्कबाट निस्कने आठौँ केन्द्रीय स्नायुलाई अडिटरी नर्भ भनिन्छ । भेष्टिवुलर र कक्लियर नर्भ मिलेर अडिटरी नर्भ बन्छ । भष्टिवुलर नर्भले शरीरको व्यालेन्सलाई नियन्त्रण गर्छ भने कक्लियर नर्भले सुन्ने शक्ति प्रदान गर्छ । यो केन्द्रीय स्नायुले कानबाट मष्तिस्कको मेडुलामा सूचना पुर्‍याउने गर्दछ । मेडुलाबाट कानलाई खबर गर्ने बाटो पनि हुन्छ । सुन्ने शक्तिलाई मष्तिस्कको टेम्पोरल लोवले नियन्त्रण गर्ने गर्छ । 

कानको भित्र तीनवटा सेमिसर्कुलर क्यानल हुन्छन् । यी क्यानलहरु ल्यावरिन्थ नामक हाडभित्र हुन्छन् । यी क्यानलभित्र मेम्व्रेनबाट बनेका नलीहरु अर्थात डक्टहरु हुन्छन् । यी माथि उल्लेख गरिएका क्यानलहरुलाई उनीहरु भएका ठाउँहरु अनुसार अगाडि एनटेरिअर (Anterior),  पछाडि पोष्टेरिअर (Posterior)  र छेउतिर ल्याटरल  (Lateral) को सेमिसर्कुलर क्यानल नामाकरण गरिएको छ । ल्यावरिन्थ हडि्ड भित्रका सेमिसर्कुलर क्यानलभित्र पेरिलिम्फ (Perilymph) र यी क्यानलभित्र मेम्व्रेनबाट बनेका डक्टहरुमा इन्डोलिम्फ (Endolymph) हुन्छ । पेरिलिम्फमा ज्यादा पोटासियम, कम सोडियम र ज्यादा प्रोटिन हुन्छ भने इण्डोलिम्फमा कम पोटासियम, ज्यादा सोडियम र कम प्रोटिन हुन्छ । सेमिसर्कुलर डक्ट भित्रको तरल पदार्थले शरीरलाई स्थिर बनाइ राख्छ ।

सेमिसर्कुलर क्यानल र कक्लियाको बिचमा भेष्टिवुल हुन्छ । सेमिसर्कुलर क्यानलको अन्तिम भाग ठूलो भएर एम्पुला बन्छ । यो एम्पुलाभित्र हेयरसेल हुन्छन् जसको मद्तद्वारा भेष्टिवुलर नर्भले  मष्तिस्कमा सूचना पुर्‍याउँछ । यो सूचना मेडुलाको भेष्टिवुलर नर्भको नुक्लियसमा पुग्छ । यहाँबाट स्नायुहरु तेस्रो, चौथो र छैटौँ क्रेनियल नर्भ न्यूक्लियसमा, थालामस र स्पाइनलकर्ड तिर र  सेरेवेलम नामक मस्तिष्कमा पुग्छन् । यिनै स्नायुहरुको मद्दतले शरीरको व्यालेन्स बनिरहन्छ । 

भेष्टिवुलर नर्भमा विषाणुद्वार संक्रमणहुँदा अर्थात भेष्टिवुलर न्युरीनाइटिस, भेष्टिवुलरनर्भको ट्यूमर अर्थात एकुष्टिक न्युरोमामा रिङ्गटा लाग्ने लक्षण हुन्छ । मेनियरस डिजिजमा इण्डोलिम्फ ज्यादा भएर रिङ्गटा लाग्छ । धेरै समयसम्म रिङ्गाटा लाग्ने व्यक्तिहरुले इएनटी रोग विशेषज्ञ र न्युरोलजिष्टको पनि सल्लाह लिनु पर्ने हुन्छ । हिजोआज एमआरआई जस्ता परीक्षणले रिङ्गाटा लाग्ने कारण पत्ता लगाउन मद्दत गर्छ । प्राया गरेर रिङ्गाटाका खतरनाक कारणहरु हुँदैनन् । 

रिङ्गाटालाई कम गराउन २५ मिलिग्रामको स्टुजेरोन (Stugeron) अथवा ५ मिलिग्रमको स्टेमेटिल (Stemetil) लाई दिनमा तीन पल्टसम्म प्रयोग गर्न सकिन्छ । ट्युमर भएरमा शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ । रिङ्गटालाई नियन्त्रण गर्न विशेष प्रकारका आखाँका व्यायाम हुन्छन् । यी व्यायम कसरी गर्ने भन्ने विषयमा विशेषज्ञको सल्लाहा लिनुपर्छ ।


प्रा.डा. डिबी कार्की,बरिष्ठ मुटुराेग विशेषज्ञ हुनुहुन्छ ।