तिमीलाई म के भनुँ !!!

तिमीलाई म के भनुँ !!!

चिरन ‘चिदानन्द’  |  साहित्य  |  श्रावण १७, २०७७

तिमीलाई म के भनुँ !!!

कस्तो नजर लगायौ तिमीले 
सबै फिक्का फिक्का लागे
खोइ त म कता हराएँ 
बस तिमी मात्रै रह्यौ..... 

जति टाढा म गए पनि 
साथै हुन्छ्यौ सँधैभरी 
शरीर भन्दा धेरै पर
मन देखि धेरै माथि 
बस तिमी मात्रै रह्यौ.....

पिउने बानी नभए पनि 
नशामा पाउँछु जहिल्यै पनि
नयनको नशा भन्दा पर
अधरको नशा भन्दा माथि
बस तिमी मात्रै रह्यौ.....

तिमीलाई पाउने सपना हैन 
नकि गुमाउने डर
बस मनको एउटै गुनासो 
हृदयमा राख्न पाउँ सँधैभरी 
मनमा सजाउँ जुनी भरी.... 

कस्तो नजर लगायौ तिमीले 
सबै फिक्का फिक्का लागे
खोइ त म कता हराएँ 
बस तिमीमात्र रह्यौ..... 

चिरन ‘चिदानन्द’