हामी कहाँ छौ ?

हामी कहाँ छौ ?

चिरन ‘चिदानन्द’  |  साहित्य  |  श्रावण २४, २०७७

भीडहरुले यहाँ
सत्यको परिभाषा कोर्छन
यथार्थ ओकल्नेहरु
यहाँ शहिद कहलाउछन् ........

तपाेभूमिबाट धर्म हराउँदा
क्रान्तिको अनायास बिगुल बज्छ
परिचय बिहिन आफ्नो भूमिमा देख्दा
शहिदको आँखा भिजेको म देख्छु....

संस्कृतिलाई वर्षायाममा पखाल्दै
बाद र तन्त्रहरुको जन्जालमा जकडिन पुग्छन
श्रीपेच खोस्छन् अनि फेरी आफैूं लगाऊँछन्
क्रान्तिकारी, महामानवको पगरी सम्झी  ....

सुन्ने गरेको छु आजकल
विकास होइन यहाँ बिबेक हराएको छ
अधिकार होइन यहाँ मनवता नै खोसीएको छ
सोध्न मन लाग्छ चिच्चाई चिच्चाई
हामी कहाँ छौ ? कता गैरहेछौैं  ?
हामी कहाँ छौ ? कता गैरहेछौं  ?