प्रधानमन्त्रीको ‘ट्रायल एन्ड इरर’ कि दोषी चस्मा ! अन्य दलबाट तथानाम गाली किन !?

प्रधानमन्त्रीको ‘ट्रायल एन्ड इरर’ कि दोषी चस्मा ! अन्य दलबाट तथानाम गाली किन !?

बसन्त कुमार उपाध्याय  |  दृष्टिकोण  |  श्रावण २५, २०७७

क्या कभी मुमकिन है,
अपनी नजरको अपने ही चश्में से देखना ।

आफ्ना  नजरलाई आफ्नै  चश्माले हेर्न कति सहज होला, हामी अनुमान लगाउन सक्छौं ।  राज्य अहिले त्यस्तै अवस्थामा छ । अर्थात प्रधानमन्त्री वा सरकार आफ्नो नजरबाट आफ्नै  दृश्य देख्न सकिरहेको छैन । सम्मननीय प्रधानमन्त्री के.पी. शर्मा ओली करिव करिव यस्तै अवस्थामा सिंहदरबारको सत्तामाा बालुवाटारबाट  सिंहासिन हुनुहुन्छ ।

देशमा महामारीसँगै अरु पनि समस्या यथावत नै छन् । तर नेकपाको किचलोले नागरिकका अन्य सबै समस्या ओझेलमा परेको अवस्था छ । नेकपा अर्थात माओको चश्मा र एंगल्स, माक्स, लेनिनको चश्मा अझैं थपौं मदन भण्डारीको चश्मा वा प्रचण्ड पथको चश्मा !!  चुनवागं बैठक पछि त त्यहाँ बाबुरामको चश्मा चल्यो । तर बजार मूल्य प्रचण्डको 'मार्केटिगं' ले छोप्यो । पछि आएर झण्डै शेरबहादुर देउवा र पुष्पकमल दाहालको चश्मा मिल्यो, बिचमै चश्माको पावर फरक पर्न गायो ।

साँच्चि भनुँ भने नागरिकलाई त मोहन विक्रम सिंह,नारायणमान विजुक्छे, मोहन वैद्यका चश्माले देश हेर्न मन लाग्छ  । तर बाबुराम भट्टराई वा शेरबहादुर देउवाको चश्माले निर्णायक काम पनि गरेको देख्छु । सत्तामा नेकपा छ उस्को वादले धमिलो भएको चश्मालाई चित्र बहादुर केसी वा चन्द्रदेव जोशीको रुमालले पुछ्नु पर्ने अवस्था छ । सत्ताको चश्माका लागी मधेश केन्द्रित दल र तिनका नेताहरु धमिलो छायाँ मात्रै देख्दै छन् । यो अवस्थामा नागरिकले कुन नजरले कुन दृश्य देख्छन यसै भन्न सकिन्न । नागरिक चुनवाको चश्मा लगाएर दृष्टि दोष  सफा गर्न आतुर छन कि पो त !!

प्राय जसो सबै मानिसका विद्यालय र कलेजका सम्झना निकै रोमाञ्चक हुन्छन ।  उमेर ढल्कंदै जाँदा ती सम्झना झनै यादगार बन्छन् ।  ति सम्झनाका प्रमाण उतिबेलाका चिठ्ठी पत्र, तस्विर वा केही पुस्तक पनि हुन सक्छन् । ती सबै थोत्रा र पुराना अनि मैलिएको धुलाम्मे अवस्थामा घरको कुनै कुनामा वा पुराना बाकसमा थन्किएका पनि हुन सक्छन् । उमेर वित्दै जाँदा जवानिका कुरा बुढ्यौलिको चश्माले हेर्दा आनन्ददायी तुल्याउँछ । पीडा नबल्झिने पनि होइन कतै खुसी पनि अल्झिएका हुन्छन् । यो उमेरको चश्माले हेर्न सक्ने कुरा भयो ।

अन्य दलका नेता तथा कार्यकर्ताहरुलाई अनाबश्यकमा प्रधानमन्त्रीलाई तथानाम गाली गर्न बन्द गर्न भन्छु । हामीले ५ वर्षलाई सत्ताको साँचो सुम्पिएका छौं । बरु नेकपाका कार्यकर्ता वा नेताहरुले उहाँलाई भन्ने हक राख्छन् । वा संसदीय अभ्यासमा उहाँलाई हटाउने सम्को अधिकार राख्छन् ।  तर त्यो पनि पछिल्ला केही महिना यताका उथलपुथलले असान्दर्भिक र असफल सावित भइसकेको कुरा हो ।

शारिरीक रुपमा उमेरले ४० काटे पछी प्राकृतिक रुपले आँखाको दृष्टिमा समस्या आउने विज्ञानका कुरा हुन । तर मनको चश्माले हेर्नु पर्ने विषय पनि थुप्रै हुन्छन् । हुन त 'डोमापीन'को असर पनि पर्छ भन्छन मानिसको जिवनमा । यी सम्झनाका कुरा न हुन् । शुरुवातका पक्तिं माथि थप चर्चा स्वयं आँफै गरौं ।  आफ्नै  नजरलाई स्वयंको चश्माले हेर्न कत्तिको सम्भ छ त ! विषय यही सेरोफेरोमा हो ।

कुरा समाज र देशको हो । राजनीतिक 'क्लेभर' का चश्माहरु यहाँ खुबै विक्रि भए जो कुनै 'पोलोराइज्ड' पनि छन् । कुनै कुनै चश्माले नेताको चारित्रिक रंग बदलेको देखाउँछन् जस्तो कि सन ग्लासले देखाउँछ । कुन चश्मा लगाउने हजुर अब यहाँ । विष्णु पौडेललाई हेर्न कुन ? गोकुल बास्कोटालाई हेर्न कुन चश्मा ? चन्द्र देव जोशिलाई हेर्न ? वा कृष्ण बहादुर महाराको 'फरगेट यसटरडे' हेर्न कुन भाँचिएको चश्मा लगाउने नागरिकले ? उपेन्द्र यादवको राजनीतिक परिदृश्य भेट्न इस्तियाक राईलाई कुन चश्मा लगाएर हेर्ने ? अनि सरिता गिरीलाई कुन चश्माले देख्ने ? लिपुलेक र कालापानी हेर्ने चश्मा पनि  बेग्लै छ  यहाँ ।

यति सम्मकि सम्मानित राष्टपतिलाई हेर्न प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललले लगाएका चश्मा फरक फरक सावित भए, यहँ कुन चश्मा लगाएर कस्लाई हेर्ने ? चश्मा कस्तो लगाउने ? बडो संशय छ हजुर ।

उसो त महान वैज्ञानिक ग्यालिलियोले सूर्यको प्रकाश र अन्तरिक्षको अध्ययन गर्दा गर्दै आँखाको ज्योति गुमाए । कतै हामी नेपाली पनि राजनीतिक दल र तिनका नेताहरुको दृश्य हेर्दै जाँदा आफ्नै  ज्योति पो गुमाउने अवस्थामा पो पुग्छौं कि  झै पनि लाग्छ ।

१२८६ ई.मा इटाली चश्माको आविष्कार गर्ने देश हो रे ! तर को मानिसले गरेको हो अज्ञांत रह्यो । पछि अलेजान्द्रो डेला स्पिन भिक्षुले चश्मालाई त्यस्को उचाईमा लैजान भूमिका खेले । यहाँ त कस्को के भूमिका भन्ने नै बुझन धौ धौ पर्छ । मुख्य मन्त्रीहरु र रक्षामन्त्री कै कुरा फरक आउँछन् । स्वास्थ्य मन्त्रालय र जन स्वास्थ्य कार्यालयका कुरा फरक आउँछन् ।

पेट्राकले लेखेको पुस्तक 'लेटर्स टू पोष्टारिटी' पढेपछी मलाई चश्माका बारेमा धित मरेको थियो । यता धित मार्ने भन्दा पनि ज्यान मार्ने चश्मामा देखिन्छन मानिस ।

प्रकाश विज्ञानका बारेमा 'बुक अफ अप्टिक्स' पढेपछी ह्याथमका कुराले पनि खुब छोयो । तर यहाँ कस्का कुुराले कतिबेला छुन्छ वा सुँघ्न पनि मन लाग्दैन अवस्था यस्तो छ ।

एंटोन चेकोभको 'द डेथ अफ एन अफिसियल'  नपढ्ने कमै होलान । रुसी लेखकले रुसको चश्मालाई कलात्मक रुपले प्रस्तुत गरेका छन् । यति भनेपछि विश्वेश्वर प्रसाद कोइरालाको दोषी चश्मालाइ कसरी छुटाउनु त है । कोइरालाले उतिबेलाको परिवेशलाई चश्मकै दोषबाट उजागर गरेकै थिए, भलै आरोप उनि माथि पनि होलान ।

१५ औं शताब्दिमा नै हो मानिसले दृष्टि दोशमाथि विजयी पाएको त । तर १६ औं शताब्दिमा 'ट्रायल एण्ड इरर' चर्चाको विषय बन्यो । त्यो हेर्दा प्रधानमन्त्री ओली जीको 'ट्रायल एण्ड इरर' कहिले आउला यसै भन्न सकिन्न । तर सत्ताको उन्मादले दृष्टि दोष परेको पत्तो नपाउनु विडम्वनापुर्ण छ ।होमर, ओष्कार वाइल्ड,जोहन मिल्टन,जेम्स टोयस,जर्ज लुईश र हेलेन केलर लगाएतका तमाम हस्तिहरुको दृष्टि दोष भए पनि समाजलाई हेर्ने नजर र उनिहरुले दिएको उपहारको ख्यातिलाई हाम्रा प्रधानमन्त्री ज्युले एकपटक नजर अन्दाज नगरि हेरिदिनु पर्ला । 

यसरी आफ्ना  नजरलाई आँफैले लगाएको चश्माले देख्न के सम्भव छ त ? म भन्छु सम्भव छ त्यो कसरी भने दृष्टि दोष पत्ता लाग्नु पर्छ । अब कुरा प्रधानमन्त्री वा सरकारको दृष्टि दोषका बारेमा सरकारकै नजर कहिले खुल्छ भन्ने हेर्न बाँकी छ । त्यही आधार हो 'ट्रायल एण्ड इरर' पत्ता लाग्ने पनि । आजको विषयमा चश्मा, दोष र दृष्टि एक आपसका परिपुरक विम्ब हुन । प्रधानमन्त्री ज्यु, त एक पात्र न हुन् ।

हक छ तपाँईलाई देशको विषयमा बोल्ने । तर तपाँइलाई कतै हक छैन तपाँइको बोलिले एक जना पनि नेपालीले अपमान सहनु परोस भन्नेमा ।

दुई देशको सरकार सरकारा स्तरमा हुने सम्बन्धले दुवै देशका नागरिकबीच सेतुको काम गर्नु पर्छ । यहाँ त नागरिक स्तरमा भइरहेको सम्बन्ध सरकारले विगार्दै छ । यस्तो पनि कतै हुन्छ त ? जो नेपाल र भारतबीच भइरहेको छ ।

अजम्बरी त कोही छैन, त्यसैले सक्नेले राम्रै काम गर्ने हो नसक्नेले कमसेकम नराम्रो काम त नगरौं । यो त्यस्तो देश हो जहाँ भूकम्प जाँदा भारतका प्रधानमन्त्रीले खबर गरेर सूचना पाए । सरकारका संयन्त्रहरु र दलका अगुवा भन्नेहरुले फुर्ति नलगाउँदा हुन्छ । भूकम्प जाँदा त्रिपाल र जस्ता पाता अनि 'स्लिपीगं ब्याग' लुकाएको देख्ने आँखा लाखौं छन् । अहिलेको महामारीमा क्वारेन्टिन र आइशोलेशनको नाममा भएका मनोमनी आँखा अगाडी नै छन् ।

भारतमा रोजगारीमा गएका नेपालीको आधिकारिक तथ्याङ्क  समेत नेपाल सरकारसँग छैन, परिवार चलाउन मजदुरीमा भारतमा मात्रै रहेका नेपाली देश फर्केर काम पाउने हो भने देश बन्न समय लाग्दैन । त्यसो हुने गुन्जायस देखिंदैन । त्यसरी मजदुरी गर्नेहरुको अवस्था बारे राज्य कहिल्यै गम्भिर बन्नै सकेको छैन ।

अर्को कुरा म अन्य दलका नेता तथा कार्यकर्ताहरुलाई अनाबश्यकमा प्रधानमन्त्रीलाई तथानाम गाली गर्न बन्द गर्न भन्छु । हामीले ५ वर्षलाई सत्ताको साँचो सुम्पिएका छौं । बरु नेकपाका कार्यकर्ता वा नेताहरुले उहाँलाई भन्ने हक राख्छन् । वा संसदीय अभ्यासमा उहाँलाई हटाउने सम्को अधिकार राख्छन् ।  तर त्यो पनि पछिल्ला केही महिना यताका उथलपुथलले असान्दर्भिक र असफल सावित भइसकेको कुरा हो ।

हामी आफ्ना  विरोधका स्वर लिएर अहिले सडकमा जान सक्दैनौं किनकी कोभिडको महामारीमा हुल बाँधेर जानु खतरापुर्ण छ ।

शुरुवातमा राखेका रश्मी रेखाका अन्तिम पक्तिंले पटक पटक हराएको चश्मा प्रेम जगाई दिन्छ । मैले उनको कविताका अघिल्ला पक्तिं  यहाँ लेख्न जरुरी ठानिन । कसैलाई सम्झना भए पुरै पढ्न सक्ने सुविधा स्वयंमा छाडें ।  अनि चश्माबाट देखिने दृश्य माथि स्वयंको ब्याख्या परिपुरक ठाने ।

अन्त्यमा,

विनोद विठ्ठलका यी पक्तिंहरु 
खोई हुई आँखे हैं
ढूंढकर इन्हें आँखें पा लेती हैं खुदको 
हासिल कर लेती है हौसला
देख्ने लगती हैं साफ साफ........।