मानसिक रोगकाे असर : बच्चाहरूले ओछ्यानमा पिसाब गर्ने समस्या र निराकरण

मानसिक रोगकाे असर : बच्चाहरूले ओछ्यानमा पिसाब गर्ने समस्या र निराकरण

प्रा.डा.सुदर्शन नरसिंह प्रधान  |  दृष्टिकोण  |  श्रावण २८, २०७७

बच्चाहरूले ओछ्यानमा पिसाब गर्ने समस्या धेरै परिवारमा रहेको हामी पाउँछौ । ५/६ वर्षको उमेर भन्दा अगाडीसम्म बच्चाहरूले ओछ्यानमा पिसाब गर्ने सामान्य कुरा हो । जब ६,७,८ वर्ष भइसकेपछि पनि निरन्तर रुपमा ओछ्यानमा पिसाब गरिरहन्छ भने त्यो अधिक बच्चालाई मानसिक समस्याका कारण भएको पाइने गरेको छ । त्यसको लागि समयमा नै उपचार गरेमा यो ठिक हुन्छ । प्रायजसो मान्छेले यो आफै ठिक भइहाल्छ नि ! भनेर हल्का ढङ्गले लिनले यो यतिसम्म जान सक्छ कि  १६ र १७ वर्ष, २० र २१ वर्ष सम्म पनि गएको पाइन्छ । 

त्यो के कारणले हुन्छ ? भन्ने बारेमा अभिभावकहरूले पूर्णतया बेवास्ता गरेको हामी पाउँछौ । यो कुरा एक खालको बानीका कारण यस्तो हुने गर्छ । पिसाब गर्दा खेरी ‘ह्याविटेस’ भएर अलिकति पिसाबको थैली पनि अलि सानो भेदिनै हुन्छ । त्यो कारणले पिसाब भरिनासाथ ओछ्यानमा पिसाब गरेको हुनसक्छ  । ‘ह्याविटेसन’ भएर बिस्तारै बानीको रुपमा विकास हुन्छ र ओछ्यानमा पिसाब गरिदिन्छ । अनि उसको सानो पिसाब थैली भरिने बित्तिकै तुरुन्त आपसे आफ नै खुस्किहाल्छ ।
 अन्य मानिसक समस्याको रुपमा देख्दा चाहिँ २० र २२ को उमेर हुँदा खेरी पनि समस्या हुने गर्छ । कतिसम्म भने  श्रीमान् वा श्रीमती हुने वा बिहे पछि पनि यो समस्या देखिने गरेको छ । बाउ आमासँग हुन जेलसम्म त ठिकै हो । बाउ आमाले उपचारको लागि ल्याउनुलाई सामान्य मानिन्छ । तर श्रीमानलाई यस्तो भएको छ र आफ्नो श्रीमतीलाई यस्तो भएको छ भनेर ल्याउने गरेको समेत पाइन्छ । यही कारणले श्रीमान्/श्रीमती बिच दरार पैदा हुने मात्र सम्बन्ध विच्छेदका घट्न  पनि हुने गरेका छन् । 

खाने बेलामा उसको ओछ्यानमा नै पिडा गनाइरहेको हुन्छ । त्यसो हुँदा उसलाई होच्याउने प्रवृत्ति पटक्कै गर्नु हुँदैन । उसलाई त्यस्तो ‘कन्डिसन’मा उसलाई कसरी उपचार गर्न ल्याउने भन्ने कुरामा ध्यान दिनु पर्ने हुन्छ ।  समयमा यसलाई उपचारमा ध्यान नदिने हो भने ठुलो समस्याको रुपमा लिन सक्छ ।  यो समस्या केटी मान्छेमा वा केटा मान्छेमा पनि बराबरी रुपमा देखिने गर्दछ । यो ठुलो समस्याको रुपमा आउँछ । यो बढ्दै बढ्दै आयो भने धेरै ठुलो दुर्घटना निम्त्याउँछ ।

एक जना श्रीमानले श्रीमती ल्याएर म कहाँ उपचारको लागि ल्याउनु भएको छ । यो श्रीमतीलाई उपचार गर्न पर्‍यो । यो श्रीमतीले  ओछ्यानमा पिसा गर्ने  समस्या छ । मैले बिहे गरे देखी यसलाई उपचार गरेको यो समस्या समाधान भएन । यो समस्या समाधान भएन भने सम्बन्ध विच्छेद गर्छु भन्दे एक पटक म कहाँमा उपचार गर्न ल्याउनु भएको छ 

यसको राम्रोसँग उपचार गर्‍यो भने ठिक हुन्छ । यसको उपचार  एकदमै सामान्य छ । औषधी खाएर पनि उपचार गर्ने विधि त छंदैछ । त्यो भन्दा पनि निम्न अनुसारका ५ वटा तरिकाहरू अपनाएर ओछ्यानमा पिसा गर्ने समस्याको निराकरण गर्न सकिन्छ । 

पहिलो नम्बरमा दिनभरिमा पानी जति पनि खाने दिने तर बेलुका ५ बजेपछि झोल पदार्थ खान नै नदिने । झोल पदार्थ भन्नाले पानी, चिया, दूध, कफी, कोक, फेन्टा, जुस लगायतका कुनै पनि खान नदिने । दिनभरिमा छुट दिने तर बेलुका ५ बजेपछि भने ठ्याक्कै नदिने । कुनै पनि झोल पदार्थ नदिने । 

दोस्रो नम्बरमा सुत्नुभन्दा अघि पिसाब फेर्न लगाउने । जति बेला राती सुत्ने ने हो त्यो भन्दा अघि अनिवार्य रुपमा पिसाब फेर्न लगाउने गर्नु पर्दछ  ।

तेस्रो नम्बरमा सुतेको २ घण्टापछि एक पटक उठाएर फेरी एक पटक पिसाब गर्न लगाउने । राती नौ बजे सुत्छ भने ११ बजे उठेर फेरी उसलाई पिसाब गर्न लगाउने ।  केही समयको लागि नियमित रुपमा गर्नु पर्ने हुन्छ यो चाहिँ । 

चौथो नम्बरमा भोलिपल्ट सुतेर उठ्दा पिसाब गरेको छैन भने उसलाई स्याबासी दिने । स्याबासी भन्नाले शान्ताना दिने कापी कलम इलेजर जेजे दिएर भए पनि प्रोत्साहित गर्ने ? नत्र उसलाई  के मन पर्छ । कसैलाई चकलेट मन पर्छ कसैलाई बिस्कुट मन पर्न सक्छ ।  त्यसलाई दिएर प्रोत्साहन दिने काम निरन्तर गर्ने ।  त्यो प्रोत्साहन गरेपछि त्यसले के गर्छ भने मैले पिसाब नगर्दा खेरी मैले केही पाउँदो रहेछु है भन्ने कुरा महसुस गराउनु पर्छ । 

ओछ्यानमा पिसाब गर्ने बच्चाहरूलाई कहिल्यै पनि गाली नगर्ने ? यस्तो गालीले कहिले काहीँ हीनताबोध पनि ल्याउन सक्छ ? कि उ बराबरको अरु बच्चाले गरेको छैन उले गरेको छ भने उसलाई अलिकति हीन भावना पैदा हुन सक्छ । जसले बच्चाले आत्महत्या जस्तो गलत बाटोमा लाग्न सक्छ ।

अर्को पाँचौँ नम्बर भने दिनभरिमा पिसाब रोक्ने अभ्यास गराउने । जस्तै बाहिर जाँदा खेरी पिसाब गर्न मन लागेको छ भने हामी एक छिन रोक्न सक्छौँ । केही बच्चाहरूले रोक्न सक्दैनन् । त्यही पनि कोसिस गर्न लगाउने ? स्कुलमा एक घण्टी बस्दा उ च्यापेर रोकेर बसी रहेको हुन्छ । अनि घण्टी सकिने बित्तिकै वा टिचर बाहिर निस्केर उ दौडिएर जाने हुन्छ । त्यसो भयो भने उसलाई अलिकति रोक्न प्रयास गर्न लगाउने तर लामो समय रोक्न भने लगाउनु हुँदैन । अलिअलि रोक्ने प्रयास गराउन हो भने यो सबै ठिक हुन्छ । यी ५ वटा कुरामा ध्यान दियो भने यो लामो समय गर्नु पर्ने हुन्छ । यो २ र ४ महिना अभ्यास गर्नुपर्ने हुन्छ । 

उमेर ५,६ वर्ष भन्दा माथि भन्दा ओछ्यानमा  पिसाब फेर्‍यो भने त्यो चाहिँ मानसिक समस्या हो भनेर हामीले बुझ्नु जरुरी छ ।  

धेरै मान्छेलाई थाहा छैन कि ओछ्यानमा पिसाब गर्ने समस्या मानसिक रोगका कारण हुन्छ भनेर ।  यतीकै निको भई हाल्छ नि ! भन्ने हुन्छ । यस्तोमा उसलाई होच्याउने  ‘ओछ्यानमा मुतुवा’ भनेर जिस्काउने, छि छि र दुरदुर गर्नु भनेको दुर्घटना निम्त्याउनु हो । किन भने उसैलाई पिसाब गनाएर पिडा बोध गरिरहेको हुन्छ  । यस्तो अवस्थामा पिडा दिनु हुँदैन ।  

खाने बेलामा उसको ओछ्यानमा नै पिडा गनाइरहेको हुन्छ । त्यसो हुँदा उसलाई होच्याउने प्रवृत्ति पटक्कै गर्नु हुँदैन । उसलाई त्यस्तो ‘कन्डिसन’मा उसलाई कसरी उपचार गर्न ल्याउने भन्ने कुरामा ध्यान दिनु पर्ने हुन्छ ।  समयमा यसलाई उपचारमा ध्यान नदिने हो भने ठुलो समस्याको रुपमा लिन सक्छ ।  यो समस्या केटी मान्छेमा वा केटा मान्छेमा पनि बराबरी रुपमा देखिने गर्दछ । यो ठुलो समस्याको रुपमा आउँछ । यो बढ्दै बढ्दै आयो भने धेरै ठुलो दुर्घटना निम्त्याउँछ । जति उमेर बढ्यो त्यति नै उपचार गर्नलाई उसलाई गाह्रो हुँदै जान्छ । ६,७ वर्षको उमेरमा गर्‍यो भने उसलाई उपचार गर्न सजिलो हुने गर्छ ।