अवस्था

अवस्था

चिरन ‘चिदानन्द’  |  साहित्य  |  श्रावण ३०, २०७७

वर्षा, भेल अनि गाउँ डुबान
आखाँ, परेली अनि आशुहरु
प्रकोप, व्याधि र ब्यथाहरु संगै
हरेक साल आऊछन् पाहुनाबनी 

सरकार, बिपक्ष अनि नेताहरु
भाषण, आरोप र आश्वासनका लहरहरु
बाध्यता, परिस्थिति अनि अवस्थाका कथाहरु
हरेक साल गाईन्छ विकासका गीतहरु ।

जीवन, मृत्यु अनि जीवन चक्र
संस्कार,साहस अनि समर्पनहरु
गुण, दोष संगै कर्मका फलहरु
भोग्दै चल्छ जीवन निरन्तर
भोग्दै चल्छ जीवन निरन्तर।