छत्तिसे र चौहत्तरेको तुष : नेपाली काँग्रेस कतै पार्टीबाट पाटी बन्ने त होइन !

छत्तिसे र चौहत्तरेको तुष : नेपाली काँग्रेस कतै पार्टीबाट पाटी बन्ने त होइन  !

बसन्त कुमार उपाध्याय  |  दृष्टिकोण  |  भदौ ३, २०७७

अक्सर कामको सिलशीलमा गाउँघर तिर जाँदा बस्नलाई पाटी पौवा भेटिन्थे तर भूकम्प पछि त्यस्ता संरचनाहरु अब भेटिंदैनन । हुन त सशस्त्र द्वन्द्वताका देखि नै यस्ता सार्वजनिक संरचना ध्वस्त पार्न सुरु गरिएको हो । त्यसको साटो व्यावसायिक होटेल र रेस्टुरेन्ट खुल्न थाले । टुरिजमको नाममा संस्कार संस्कृति लुप्त हुँदै गए । 

सन्दर्भ नेपाली काँग्रेसको आसन्न महाधिवेशन को हो ।

काँग्रेसले सिद्धान्त र सङ्गठनका लागी नेता र कार्यकर्ता बिच व्यापक बहस, प्रशिक्षण  र छलफल गर्न सक्नुपर्छ । गुट, उपगुट, महा गुट, युवा गुट, जातीय गुट, भेगीय गुट
यो सब पदको लोभले कृत्रिम रुपमा खडा गरिएका पार्टी भित्रका अप्राकृतिक विभाग हुन । समय समयमा जो शक्तिशाली हुने गरेका छन् ।

राजनीति जब सेवाबाट पेसा बन्दै गयो नि ! अनुहार मात्रै फरक भए मनसाय 'प्राय'  एउटै देखिन्छ, त्यो हो कमाऊ धन्दा !

राजनीतिक संस्कार, सिद्धान्त र जनमुखी कुरा बिर्सनेहरू कै हाली मुहालि न हो  पार्टी भन्या !! आजकालका पार्टी देख्दा ।

कुनै दिन समाजबाट हराएका ती पाटी पौवा जस्तै काँग्रेस पार्टीको अवस्था नआउला भन्न सकिन्न । तर कम्युनिस्टहरूको  सत्ता सञ्चालन र कार्य शैलीले त्यत्रो ठुलो जोखिम भने छैन काँग्रेसलाई ।

यो विषयमा पार्टी सभापतिको मात्रै भूमिका हुँदैन, तलै रहेका  भनिएका कार्यकर्ताहरूको पनि भूमिका छ । 

सभापति शेरबहादुर देउवा स्वयं चुनाव लड्ने हुन नै भने अरु उम्मेदवार चुनाव लड्न त सक्लान तर अरु उम्मेदवारलाई सभापतिमा  चुनाव जित्न मुस्किल देखिन्छ । विपी पुत्र संशाक कोइराला देउवा विरुद्ध चुनाव लड्छन् भन्ने कमसेकम मलाई त लाग्दैन ।  उनी सभापतिमा पराजित हुने चुनाव पक्कै लड्ने छैनन् । तर देउवा विरुद्ध प्रकाशमान सिंह उम्मेदवार बन्ने सम्भावना बलियो रहन्छ । कोइरालाहरू पार्टीमा आँफू कमजोर भएको छरपस्ट पार्न चाहँदैनन् । उनीहरू  'माइक्रो म्यानेजमेन्ट'मा माहिर मानिन्छ । 

सबै आँफू अनुकूल चाहन्छ, विधि प्रक्रिया र विधान अनुसार होइन । कमजोर हुँदा विधान र प्रक्रियाको छोर पकड्नेहरू मजवुद हुँदा अनुकूलता सदर गर्छन् ।

 कुनै बेलाका अधिकांश छत्तिसे र चौहत्तरेको झगडा नै महाधिवेशन हो, तुष भत्किन जरुरी छ । जबसम्म त्यो तुष भत्किदैंन  तब सम्म पुस्ता हस्तान्तरण पनि हुन सक्दैन । अहिले नै काँग्रेसमा चन्द्र भण्डारी, बद्री पाण्डे, विश्व प्रकाश शर्मा, गगन थापा, गुरु घिमिरे, महेन्द्र शर्मा वा प्रदीप पौडेल नेतृत्वमा आउने छैनन्, चौधौँ महाधिवेशनबाट त्यो स्तरको साङ्गठनिक बदलाव सम्भव देखिँदैन । यसबिचमा अर्को पुस्ता पनि आफ्नो स्थान सुरक्षित गर्ने तर्फ लाग्ने देखिन्छ, जो युवा अनुहार हुन । तर सार्वजनिक कार्यक्रममा बोल्नु, मिडियामा भन्नु भन्दा निकै फरक धरातलमा उनीहरू राजनीतिमा जोगिँदै आएका छन् । सङ्गठनमा स्थापित हुन अझै अर्को महाधिवेशसम्म कुर्नु पर्ने देखिन्छ ।

सदाबहार अनुहार राजनीतिमा रहने परम्परा बोकेको देशमा वास्तवमा राज्य सत्ता भन्दा पनि पार्टी सत्तामा स्थापित हुन निकै सङ्घर्ष गर्नु पर्ने हुन्छ । हाम्रो जस्तो देशमा जहाँ राजनीतिक 'रिटायरमेन्ट' को कुनै गुन्जाइस छैन ।

नेकपालाई नै हेरौँ न त । त्यहाँ पनि पार्टी सत्ताको झगडा चरमचुली छ । हाम्रा प्रधानमन्त्री  लामो समयसम्म  पार्टीमा विपक्षकाे भूमिकामा रहनु भएकाे  व्यक्ति हुनु हुन्छ ।   । कमसे कम २० वर्ष सङ्घर्ष पछि पार्टीको सत्तामा पुग्नु भएकाे हाे  । पार्टीको सत्तामा पुग्नु भन्या लगभग  राज्य सत्तामा पुग्नु जतिकै कठिन र जटिल कार्य सावित हुँदै आएकाे छ ।

काँग्रेसका सभापति शेर बहादुर देउवा पनि लगातार पार्टी भित्रै विपक्ष झैं लामो समय रहे पछी पार्टी सत्तामा पुग्नु भएको हो ।

यो संसदीय व्यवस्थामा पार्टी सत्ता नै राजनीतिको मियो बन्यो, न कि जनताको हक र  अधिकारको कुरा मूल विषय बन्यो ।

अधिकांश काँग्रेस जनहरूमा पार्टी प्रतिको ईमान्दारिता भन्दा पद प्रतिको लालसा बढी देखिन्छ । पार्टीका विभिन्न तहमा जिम्मेवार पूर्वक बसेकाहरू सङ्गठन प्रति उत्तरदायी देखिंदैनन । कार्यकर्ताहरूको मनोभावना बुझ्ने कोसिस नै गर्दैनन् । पैसा आउने श्रोत छ भने विपक्षी हौँ वा अँफु जिम्मेवार प्रतिपक्ष भन्ने कुरा सहजै भुल्छन् ।

केन्द्रदेखि इकाई तहसम्मको यो रोग वास्तवमा काँग्रेस पार्टीका लागी सदाबहार महामारी नै हो ।

२०७७ फाल्गुनमा तोकिएको काँग्रेस महाधिवेशनको मिति नजिंकंदै जाँदा ( महाधिवेशन सर्ने सम्भावनालाई बुझ्दै गर्दा) केन्द्रदेखि इकाईसम्म ध्रुवीकरण सुरु भएको छ । यो ध्रुवीकरण सिद्धान्त र सङ्गठनका लागी भन्दा आँफू सुरक्षित हुनका लागि केन्द्रित देखिन्छ ।

केन्द्रमा कुनै बेला आफ्नो टिमको एकलौटी नेताका रुपमा रहेका शेरबहादुर देउवालाई आफ्नै टिमका सदस्यहरूको व्यवस्थापन नै  ठूलो चुनौती बनी रहेकाे  छ । अहिलेको समस्या भनेको बुढानीलकण्ठसँगको  लामो समयसम्म सामीप्यमा बसेकाहरू एक अर्कामा देउवा पछिको नेतृत्वका लागी हक दाबी हाे ।  

अब छत्तिसे र चौहत्तरेको विगतका बारेमा विस्तृतमा त म जाँदिन । तर तुष झल्किन्छ । अर्को पक्षमा नेताहरूका चाङ  नै छन् । धेरैजसो लिगेसी र विरासतका पुत्रहरूको  हक दावी  कायम छ । सशांक कोइराला र प्रकाशमान सिंहका पक्षमा केही कार्यकर्ताहरूको लगाव गजबको  देखिन्छ  । शेखर कोइराला, कृष्ण प्रसाद सिटौला 'फ्याक्टर' समीकरणमा कारगर सिद्ध होला । वरिष्ठ नेता रामचन्द्र पौडेल यी सबैलाई समेटेर आँफू नेता हुँदै सभापति बन्ने ध्याउन्नमा भए जस्तो भान हुन्छ । 

राजनीति सम्भावनाको अपार खेल हो, नहुने त केही छैन । प्रचुर सम्भावना छ । सभापति शेरबहादुर देउवा स्वयं चुनाव लड्ने हुन नै भने अरु उम्मेदवार चुनाव लड्न त सक्लान तर अरु उम्मेदवारलाई सभापतिमा  चुनाव जित्न मुस्किल देखिन्छ । विपी पुत्र संशाक कोइराला देउवा विरुद्ध चुनाव लड्छन् भन्ने कमसेकम मलाई त लाग्दैन ।  उनी सभापतिमा पराजित हुने चुनाव पक्कै लड्ने छैनन् । तर देउवा विरुद्ध प्रकाशमान सिंह उम्मेदवार बन्ने सम्भावना बलियो रहन्छ । कोइरालाहरू पार्टीमा आँफू कमजोर भएको छरपस्ट पार्न चाहँदैनन् । उनीहरू  'माइक्रो म्यानेजमेन्ट'मा माहिर मानिन्छ । 

पार्टी सत्ताको यो सङ्घर्ष तब उत्कर्षमा पुग्ने छ जब पार्टीको एउटा महत्त्वपूर्ण तहको अधिवेशन सकिनेछ, अर्थात् महाधिवेशन प्रतिनिधि चयन भएसँगै ।

यो पटक कोइरालाहरू पार्टीसत्तमा फर्किन फेरी कोसिस त गर्दैछन् तर कोइरालाहरूको 'ईफोर्ट' र विपक्षीको 'फ्रिक्सन'मा धरै कुरा  निरभर हुनेछ । खास गरी सशांक कोइरालाको आँटमा । बाह्रौँ महाधिवेशनमा जसरी प्रकाशमान सिंहलाई सम्मानपूर्वक व्यवस्थापन गरिएको थियो । आउँदो महाधिवेशनमा कोइराला परिवारबाटै शेखर कोइरालाकाे दावेदारी पनि चर्चाको विषय बनिरहेकाे छ ।  शेखर प्रस्ट वक्ता त हुन तर त्यो कुराले मात्रै सङ्गठनकाे ठुलो हिस्सालाई  चुनावमा प्रभाव पार्न सहज छैन् । 

केही बर्ष यता शेखर कोइरालाको सक्रियता र अडानलाई केलाउने हो भने सभापतिमा उम्मेद्वारी दिने सम्भावनालाई नकार्न सकिदैंन । यद्दपी कस्तो समिकरणमा सभापतिको उम्मद्वारी दिनेहुन  कार्यकर्ताले चासोपूर्वक हेरिरहेका छन् । शेखर कोईरालाले युवाको उर्जा र आफ्नो अनुभवलाई समिश्रण गर्नेगरी उम्मेद्वारीको तयारी स्वरुप लगातार जिल्ला भ्रमण गरिरहेका छन् । तर शेखर कोईरालालाई पदाधिकारी समेत नभएको भन्ने कोणबाट आलोचना समेत भईरहेको छ ।

 काँग्रेस जनमा अझै पनि ध्रुवीकरणमा कुनै बेलाका छत्तिसे र चौहत्तरेको नमरेको तुषको भूमिका नै बढी रहने देखिन्छ । सङ्गठन पनि तत् अनुरूप भागबन्डामा बल्झिन्छ । समग्रमा पार्टी भन्दा पाटी हुँदै गइरहेको देखिन्छ जुन समाजमा विलुप्त अवस्थामा पुगिसके । 

काँग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने खतरा बढ्छ, यो पटक पटक सावित भएको पनि छ । आजको मेरो चिन्ता यति मात्रै हो ।