साधना मन्दिर अथवा कहिं बाहिर होइन मनमै हुन्छ

साधना मन्दिर अथवा कहिं बाहिर होइन मनमै हुन्छ

ज्ञानमित्र  |  जीवनदर्शन  |  चैत्र १०, २०७५

महर्षि अरविन्दको बारे स्कूल जीवन देखि नै  मनभित्र एकखाले आकर्षणले वास गरेको थियो । उनीमाथि बेलामौकामा विभिन्न लेखकले लेखेको पढियो पनि, तर त्यसले पिपासा शान्त गर्नु सट्टा झन् झन् बढायो । पछि गएर उनले लेखेका केही साना पुस्तक पढें, तर बुझाईमा भने एक थोपो पनि थपिएन । धेरैले सिफारिस गरेपछि ‘डिभाइन लाइफ’ भन्ने वृहद ग्रन्थ किनेर पढे । तर यथार्थ पढ्न शुरु मात्र गरे, आठ दश पाना पढेपछि पढ्ने जाँगर नै लागेन । यसो हुनुमा दोष पुस्तकको होइन मेरै बुद्धिको थियो, बुद्धिमा पस्दै पसेन । कता कता आफूमा हीन भाव पनि आयो योगीराजको पुस्तक पढ्ने सामथ्र्य र रुचि पलाउन नसकेकोमा ।

त्यसको धेरै पछि ‘उत्तरयोगी’ भन्ने पुस्तक पढ्ने सौभाग्य पाए । कुनै भारतीय लेखकले लेखेको अरविन्दको जीवनकथा ‘उत्तरयोगी’पढे पछि ती भारतीय राजनैतिक क्रान्तिका महानायक एवम् पूर्वीय अध्यात्म योग दर्शन्का मूर्धन्य योगीराज बारे बुझ्ने संयोग जुर्यो । वाल्यकालमै पिताको अंग्रेजी प्रेमले इंग्ल्याण्ड पढ्न पठाइएका अरविन्दको सारा शिक्षा पश्चिमी परिवशेमै भयो । त्यसबेलाको सर्वोच्च शिक्षा हासिल गरे पश्चात्य भारत फर्की तत्कालीन व्रिटिश सरकारी सेवामा प्रवेश नगरी एउटा राजाको  दरवारमा नोकरी गरे अरविन्दले ।

देशमा क्रान्तिकारीहरु अंग्रेज शासन विरुद्ध सल्वलाउन थालेको बेला उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । यस अघि बंगालमै उनको विवाह भइसकेको थियो, श्रीमती बंगालमै बस्थिन श्रीमतीका लागि महिनाको सय रुपैया खर्च पठाउनु हुन्थ्यो अरविन्दले । योगीराजको बाकीको २० हजार तलब भने क्रान्तिकारीहरुलाई सहयोग गर्नमा खर्च हुन्थ्यो । पंजाबदेखि बंगालसम्म अनेकौ क्रान्तिकारी दस्ताको निर्माण उहाँले पर्दा पछाडि बाट गर्नुुभयो ।

 तर उत्सर्गको भावनामा सूत्रधारको भूमिकाले मात्र सन्तुष्टि कहाँ पाइन्छ । अरविन्दले जागिर छाडेर समग्र रुपेण क्रान्तिमा होम्मिनुभयो । जागीर छोड्दा श्रीमतीलाई पत्र लेख्नु भयो, ‘आजसम्म तिम्रो जिम्मेवारी मैले निर्वाह गरेको थिए अब यो अभिभारा ईश्वरमाथि छ ।’

कोलकता फर्किएर उहाँ क्रान्तिकारी दलको परिचालनमा पूर्णरुपेण होम्मिनु भयो । व्रिटिश शासनले जेल हाल्यौ, केही दिन पछि उहाँ जेलमुक्त हुनु भयो । तर फेरी जेल पर्नु भयो, यसपटक भने मुद्दा गम्भीर थियो छुट्ने आशा थिएन । जेलमै उहाँले भगवान कृष्णको दर्शन पाउनु भयो, आफू जेलमुक्त हुने संकेतका साथै राजनैतिक÷क्रान्तिकारी जीवनबाट सन्यास लिइ अध्यात्मको बाटोमा हिड्ने प्रेरणा पनि उहाँले यो कृष्ण दर्शनमा प्राप्त गर्नुभयो । उहाँले कृष्णसँग प्रश्न गर्नुभयो  ‘ म अध्यात्मको बाटोमा हिंडेभने देश आजादीको कार्य कसले र कसरी अगाडी बढ्छ ?’ प्रत्युत्तरमा, ‘तिम्रो भूमिका यंहीसम्म थियो, अब तिम्रो ठाउँमा अर्को कोही आउँछ’ कृष्णले जवाफ दिए ।

फैसलाको दिन अदालतमा उहाँले न्यायाधिशलाई हेर्दा कृष्ण बसेको पाउनुभयो, मनमा सन्तोष भयो, अब त म पक्कै मुक्त हुन्छु, नजर घुमाउदै जाँदा आफ्नो वकील पनि कृष्ण, सरकारी साक्षी पनि कृष्ण, सरकारी वकील पनि कृृष्ण.... सबैलाई कृष्णमय हेरेपछि उहाँमा पलाएको आशा तुहियो । यही न मानिसको मन र कमजोरी........ ।

उहाँ छु्ट्नु भयो, छुटेपछि उहाँको स्वागतार्थ आयोजना गरिएको उत्तरपाडा भन्ने स्थानमा उहाँले सभालाई सम्बोधित गर्नुभयो, जुन आज पनि ‘उत्तरपाडा अभिभाषण’ भनेर प्रसिद्ध छ । त्यै रात सुटुक्क दुई जना सहयोगीका साथ उहाँले कोलकता सदाका लागि छाडी दक्षिणतिर प्रस्थान गर्नुभयो र नयाँ जीवनको कर्मथलो बनाउनुभयो त्यस बेलाको फ्रेन्च कोलोनी पोडिचेरीलाई । एउटा कोठा भाडामा लिएर उहाँको योग साधना प्रारम्भ भयो, अनेकौ आर्थिक संकट झेल्दै उहाँको साधना अघि बढ्दै गयो र एकदिन उहाँले आफू ‘डिभाइन’ भएको र यतिमा पनि उहाँको साधना रोकिएन ।

शायद मानिस इतिहासमा सर्वप्रथम नै होला, उहाँले भन्नु मेरो आत्मा चैतन्य भइ सक्यो अब म त्यो चैतन्यलाई शरीरसम्म ल्याउछु, शरीरमा त्यो चेतना आएपछि आत्मा सरह मेरो शरीर पनि अजर अमर हुन्छ । तर कोरिया युद्धका समय उहाँले शरीर छोड्ने घोषणा गर्नुभयो र त्याग दिनुभयो आफ्नो शरीर । मृत्युको सात दिनसम्म उहाँको शरीरबाट निस्किएको नीलो किरणले कोठा नै उज्यालो बनाएको थियो । 

शायद मानिस इतिहासमा सर्वप्रथम नै होला, उहाँले भन्नु मेरो आत्मा चैतन्य भइ सक्यो अब म त्यो चैतन्यलाई शरीरसम्म ल्याउछु, शरीरमा त्यो चेतना आएपछि आत्मा सरह मेरो शरीर पनि अजर अमर हुन्छ । तर कोरिया युद्धका समय उहाँले शरीर छोड्ने घोषणा गर्नुभयो र त्याग दिनुभयो आफ्नो शरीर । मृत्युको सात दिनसम्म उहाँको शरीरबाट निस्किएको नीलो किरणले कोठा नै उज्यालो बनाएको थियो । अब यो महासंयोग नै होला, भारत तिनै योगीराज जन्मेको मिति मै आजाद हुन पुग्यो, स्वतन्त्र भारतको रेडियोबाट राष्ट्रलाई सम्बोधन गर्ने सम्मान र अभिभारा योगीराजले नै पाउनु भयो । योगीराज अरविन्द बाहेक अधिकांश भारत भ्रमणको क्रमा मैले एक जना मात्र योगी भेटे, जुन योगीराजले भने जस्तै दिव्य चेतनालाई शारीरिक तलमा ल्याउन साधनारत छन् उहाँ हुनुहुन्छ पंजावकोे मोगा जिल्लामा पर्ने मल्लके नामक गाउँमा शब्द सूरत संगम आश्रममा बस्ने स्वामी बुधपुरीजी महाराज ।

अब यो महासंयोग नै होला, भारत तिनै योगीराज जन्मेको मिति मै आजाद हुन पुग्यो, स्वतन्त्र भारतको रेडियोबाट राष्ट्रलाई सम्बोधन गर्ने सम्मान र अभिभारा योगीराजले नै पाउनु भयो । योगीराज अरविन्द बाहेक अधिकांश भारत भ्रमणको क्रमा मैले एक जना मात्र योगी भेटे, जुन योगीराजले भने जस्तै दिव्य चेतनालाई शारीरिक तलमा ल्याउन साधनारत छन् उहाँ हुनुहुन्छ पंजावकोे मोगा जिल्लामा पर्ने मल्लके नामक गाउँमा शब्द सूरत संगम आश्रममा बस्ने स्वामी बुधपुरीजी महाराज । 

अरविन्द विशुद्ध योगी हुनुहुन्थ्यो, योगाचार्य होइन । बाल्यकालदेखि  म भित्र रहेको पांडिचेरी पुग्ने अभिलाषा गत ‘अगष्ट’मा पूरा भयो । बर्षौको धोको पुरा भएको उल्लासमा अरविन्द समाधिमा ध्यान मग्न भइ बसे, तर मेरो ध्यान भने एउटा यहुदी कथा सम्झिन पुग्यो । 

कुनै सन्यासीले एउटा ग्रामीणको सेवाबाट प्रसन्न भइ आफ्नो गधा  उसलाई उपहार दिए । ग्रामीण गधा पाएर अत्यन्त खुशी भयो, उसले भारी बोक्ने झंझट बाट मुक्ति पायो  र पायो सवारीको एउटा साधन । एक दिन यात्राको क्रममा गधाको मृन्यु भयो । ग्रामीण अत्यन्त दुखी भयो, गधाको गुन सम्झेर उसले खाल्डो खनी अन्तिम संस्कार गरेर श्रद्धापूर्वक नमस्कार गर्यो ।

आगन्तुक एउटा पथिकले  यो हेर्‍यो,  ग्रामीण श्र्रदापूर्वक त्यस ठाउँमा नतमस्तक भएर आफ्नो गधालाई स्मरण गरीरहेको थियो । पथिकले सोच्यो, यो त पक्कै कुनै सिद्ध पुरुषको समाधि हुनुपर्छ । पथिकले पनि  वरिपरि घुम्दै श्रद्धाले टाउको निहुराइउदै भेटी अर्पित गर्‍योे । ग्रामीण यो हेरी छक्क पर्यो र उसले सम्झियो अब त यो मेरो जीविकाको साधन बन्न सक्छ !

स्वामी बुधपुरीजी  महाराज

 र त्यस ग्रामिणले दिन भरी समाधिमा झोक्राएर बस्ने काम गर्न थाल्यो, आउने जो कोहीलेले कुनै सिद्ध पुरुषको समाधि ठानेर भेटी चढाउन थाले । उसको जीविका फेरी राम्ररी चल्न थाल्यो । कुनै दिन घुम्दै एक जना सन्यासी छेबैको गाउमा आइ पुगे, गाउलेहरुले सन्यासीलाई समाधि वारेमा वखान गरे । ती सन्यासी गाउलेहका साथ समाधिमा पुगे, उनले पूर्व परिचित ग्रामीणलाई चिने र सोधे, यो कसको समाधि हो र तँ यहाँ किन बसेको ?

ग्रामीणले  सन्यासीलाई कुनामा लगि प्रत्युत्तर दियो, तपाईसँग के लुकाउनु ? तपाईले मलाई एउटा गधा दिनु भएको थियो, वाचुञ्जेल ऊ धेरै काम आयो, मरेपछि पनि त्यस विचराले मेरो साथ दिइ रहेको छ, यो उसकै समाधि हो । यसैबाट मेरो गुजारा चली रहेको छ ।

 ग्रामीणको उत्तर सुनेर सन्यासी जोडले हासे र भने यस्तै एउटा समाधि मेरो आश्रममा पनि छ, तिमीलाई थाहा छ त्यो कसको समाधि हो ?

 सोझो ग्रामीणले, ‘हजुर मलाई के थाहा’ भने पछि सन्यासीले भने, यसै गधाको आमाको समाधि हो मेरो आश्र्रममा , त्यसै समाधिबाट मेरो आश्रमको तथा मेरो जिविकोपार्जन भइरहेको छ ।  

अरविन्दको समाधिमा, ध्यानमा बसेको बेला यो कथा सम्झिनुलाई पूरै सकारात्मक रुपमा लिएर योगी राज प्रति श्रद्धा नमन  व्यक्त गर्दै म समाधिस्थलबाट  बाहिरिए, सोच्दै  योग त मैले आफैसँग गर्नुछ । 

याे पनि

गुरुले मार्गदर्शन गर्ने हो, यात्रा त तपाई आफैंले गर्नुपर्छ

मोक्ष, निर्वाण, साल्भेसन र हाम्रो जीवन