सडक दुर्घटनाको छाप मेटाउन नसक्दा निम्तने गरेका डिप्रेसन र मानसिक रोग

सडक दुर्घटनाको छाप मेटाउन नसक्दा निम्तने गरेका डिप्रेसन र मानसिक रोग

प्रा.डा.सुदर्शन नरसिंह प्रधान  |  स्वास्थ्य  |  भदौ ४, २०७७

मानिस विभिन्न कारणले  डिप्रेसनको सिकार हुने गर्दछ । मानिसमा डिप्रेसन वा मानसिक समस्याहरू आउने गरेको हुन्छ । अन्य कारण बावजुत ‘वान अफ द’ कारण  दुर्घटना  हुने गरेको छ । दुर्घटना भनेको एक्कासि र अप्रत्याशित रुपमा हुने हुने हुँदा त्यहाँ देखिएको दृश्यले अस्वाभाविक रुपमा लिएका कारण पनि मानसिक समस्या आउन सक्ने समस्याहरू चाहिँ धेरै नै देखिने गरेका छन् । 

मोटरसाइकल दुर्घटना, कार दुर्घटना या कुनै ठुलो बस दुर्घटना लगायतमा देखिने बीभत्स दृश्य र चिचावट देखेर पनि डिप्रेसनको सिकार भएका धेरै वटा उदाहरणहरू रहेको पाइन्छ । उदाहरण दिएर हेरौँ । कोही मानिस बसमा दुर्घटनामा पर्‍यो, बस पल्टियो, भीरबाट खस्यो अथवा बस खोलामा पर्‍यो । उक्त दुर्घटना केही मानिसहरूको मृत्यु भयो ।  केही मानिसहरू जिवति रहे । यसरी बचेकोलाई अस्पतालमा जसो त्यसो पुर्‍याइयो र उपचार सम्भव भयो ।  अस्पतालमा पुगेपछि त्यो कसकैको खुट्टा भाँचिएको छ । कसैको हात भाँचिएको हुनसक्छ । कसैको टाउको फुटेको विषयमा उपचार हुन्छ ।

 दुर्घटना हुँदाका बखत काम विशेषले कतै गएको पक्कै पनि होला । उसको काम पनि विग्रयो ।  दुर्घटनाका कारण सबै कुराहरू गर्न सकिन भन्ने कुराले पिरोली रहेको हुन्छ ।  त्यो विषयले उसको मानसिक अवस्थामा एकदमै समस्या हुन्छ । त्यो बेलामा खुट्टाको उपचार हुन्छ, हातको उपचार हुन्छ, टाउको फुटेको छ भने टाउको उपचार हुन्छ । सबै कुरको उसले हुन्छ तर उसको मानसिक समस्याको उपचार पनि चाहिन्छ भन्ने कुरामा खासै चासो राखिँदैन । मानसिक रोग विशेषज्ञलाई देखाउन पर्छ भन्ने कुरा चिकित्सकहरूले समेत अहिलेसम्म महसुस गर्न सकिरहेको छैन  । यो विषयलाई पूर्णतया बेवास्ता गरिएको विषय हो । 

लामो समयसम्म झस्की रहने हुन्छ र उसलाई बसमा चढ्न पनि डर लाग्छ । फेरी दुर्घटनामा पर्छु कि भन्ने त्रास भइरहेको हुन्छ । प्राय जसो धेरै मानिसलाई दुर्घटना भइसकेपछि मानसिक अवस्था पनि कस्तो छ ? के छ ? भनेर तड्कारोरुपमा  विशेषज्ञसँग परामर्श निश्चित रुपमा नै गराउनु पर्ने हुन्छ । समयमा नै यस्ता परामर्श गराइएन भने शारीरिक रुपमा राम्रो तथा निको भएपछि पनि आत्म हत्या गर्ने अवस्थामा पुग्न सक्छ ।

उसले आफू चढेको गाडी पल्टेको पनि देखेको हुन्छ । उसलाई आफूलाई चोट लागेको पनि याद भएको हुन्छ र आफूसँग बसेका मित्र या आफ्नो साथी या श्रीमान्, श्रीमती, छोराछोरी सँगै थियो र  बितेको पनि हुनसक्छ । त्यो पनि भन्दा उसलाई एउटा चोट त छँदै छ आफ्नो आफन्त मान्छे बितेको पनि देखेको हुन्छ । साथै आफू पनि सिकिस्त घाइते भएको  हुनसक्छ । एक तर्फ घाइते भएको पिडा छ भने अर्को तर्फ दुर्घटनाका कारण उसको काम बिग्रिएको हुन्छ । उसलाई दुबै समस्याले पिरोली रहेको हुन्छ । अस्पताल वा घरमा रहँदा पनि यी दुबै कारणले गर्दा खेरी रातभर निद्रा नपर्ने, झस्किने वा त्यो दुर्घटना भएको सम्झना भएर उसलाई आफैलाई पनि गाह्रो हुने गरी आउने गर्दछ ।  

यसले के गरिदिन्छ भन्दा लामो समयसम्म झस्की रहने हुन्छ र उसलाई बसमा चढ्न पनि डर लाग्छ । फेरी दुर्घटनामा पर्छु कि भन्ने त्रास भइरहेको हुन्छ । प्राय जसो धेरै मानिसलाई दुर्घटना भइसकेपछि मानसिक अवस्था पनि कस्तो छ ? के छ ? भनेर तड्कारोरुपमा  विशेषज्ञसँग परामर्श निश्चित रुपमा नै गराउनु पर्ने हुन्छ । समयमा नै यस्ता परामर्श गराइएन भने शारीरिक रुपमा राम्रो तथा निको भएपछि पनि आत्म हत्या गर्ने अवस्थामा पुग्न सक्छ । यो विषय कस्ता हो भने कुनै मानिसले आत्महत्या गर्ने मनसायले विष खायो । समयमा नै थाहा भयो र उपचार गरी निकालियो र अथवा राम्रो भयो ठिक भयो । तर  पनि राम्रो भयो र  ठिक भयो पछि आएर किन खायो ? के कारणले खायो ? कारण खोजिएन भने यो समस्या फेरी आउन सक्छ भनेर कारण खोजेर उसको दिमागबाट मेटाउन सक्नु पर्छ । त्यस्तै गरेर यो दुर्घटना भइसकेको मान्छेलाई सैद्धान्तिक परामर्श भनेको त एकदमै जरुरी हुन्छ । यो विषयमा चिकित्सकदेखि आम सर्वसाधारणले एकदमै ख्याल गर्नुपर्ने हुन्छ ।   

दुर्घटना उसले  देखेको हुन्छ । उसैलाई पनि समस्या भएको हुनसक्छ । आत्मबल कमजोर भएको हुन सक्छ । अथवा  उसलाई केही नभएको पनि हुन सक्छ ।  सहभागी पनि छैन । प्रत्यक्ष देख्दा उसलाई के लाग्छ त्यहाँ मरेको मान्छेहरू दृश्य देख्नेदेखि मानिसहरू चिच्याएको उसले सुन्छ, देख्छ त्यसले गर्दा आहो यस्तो पनि हुँदो रहेछ भन्न थाल्छ । यसको असरले अरूको मरण देख्दा आफू पनि मरेको कल्पना गर्न थाल्दछ अर्थात् के उसलाई त्यस्तो   भावना आउन थाल्दछ । अझ कस्तो भने उसले आफ्नो मान्छे कोही त्यहाँ परेको छ भने त अझ त्यसमा पनि फरक पर्छ । कोही कोही मानिस  दुर्घटना हुँदा उसलाई केही पनि भएको हुँदैन । शारीरिक रुपमा बिलकुल ठिक हुन्छ । तर उ त्यो दुर्घटनाबाट मुक्त भई जीवन निर्वाह गर्न नै  गाह्रो भएको हुन सक्छ । बाहिरबाट हेर्दा  उसलाई केही पनि भएको हुदैनन । उसले आफ्नो श्रीमती या श्रीमान् या आफ्नो छोरा छोरी कसैलाई गुमाएको छ भने त्यस्तो अवस्थामा झैनै उसलाई बढी पीडा हुन्छ । शारीरिक सबै कुरा ठिक छ भनेर अस्पताल लिएर गइदिएन वा विज्ञको परामर्शमा गएन भने  त्यो मनिसलाई चाहिँ पक्का पनि  झस्कने, निद्रा नपर्ने समस्याबाट पीडित हुन्छ । समयमा नै त्यसले मानिसलाई डिप्रेसनमा जाने सम्भावना बढी नै हुन्छ । 

यस्ता मानिसलाई शारीरिक उपचारका साथसाथै मनोसामाजिक परामर्शको एक दमै आवश्यकता हुन्छ किनभने उसले  त्यो सबै कुर देखेको हुन्छ । सँगै बसेको सम्झन्छ ।  त्यो अवस्थामा उसलाई एकदमै अप्ठेरो महसुस हुन्छ । उसलाई पछिपछि बस चढ्न पनि डर लाग्छ । आफूलाई केही नभए पनि दुर्घटना हुन्छ भन्ने मात्रै दिमागमा गएर बसिदिन्छ नि उसको । नकारात्मक छाप गएर बसिदिन्छ । त्यसले गर्दा धेरे समस्याहरू आउँछन्  । त्यस कारण दुर्घटनामा शारीरिक रुपमा ठिक भए पनि मनोसामाजिक परामर्शलाई बेवास्ता गर्नु भनेको महाभूल हुन जान्छ ।