आर्सेनिक देखि पेनिसिलिनसम्मकाे कहानी: जिवाणु नाशक ओखती अर्थात एण्टिवायोटिकले काम नगर्ने अवस्था

एकसय वर्ष यता धेरै जिवाणु नाशक ओखतीहरु पत्ता लागी सकेका छन् । जिवाणु नाशक ओखतीहरु नभएको बेला हजारौं जिवाणुद्वारा संक्रमित बिरामीहरुको अकाल मृत्यु हुने गर्दथ्यो । हिजो आज जिवाणु जनित रोगहरुबाट धेरै कम बिरामीहरुको मृत्यु हुन्छ । जिवाणु नाशक ओखतीहरुको इतिहास लामो हुनुका साथ निकै रोचक पनि छ ।

आधुनिक जिवाणु नाशक ओखतीहरु नभएका वेला हाम्रा पूर्वजहरुले जडीबुटीद्वारा विभिन्न रोगहरुको उपचार गर्ने गर्दथे । हिजो आज पनि हाम्रो समाजमा जडिबुटिद्वारा उपचार गर्ने चलन रहि आएको पाइन्छ । हाम्रा ठूला छिमेकी राष्ट्रहरु भारत र चीनमा पनि जडीबुटीद्वारा रोगको उपचार गर्ने चलन वर्षौ देखि चलि आईरहेको  पाउँदछौ । 

आर्टेमिसिनी एककिसिमको जडीबुटी नै हो र यसलाई चीनमा धेरै किसिमका रोगहरुमा प्रयोग गरिन्थ्यो । यसलाई चिनीया भाषामा ‘गिङ्घाओसु’ पनि भनिन्छ र यसको प्रयोग मलेरियामा पनि हुन्छ ।

२५० देखि ५५० एडी भित्रको समय अवधीका सुडानबासीहरुको हाड जाँच्दा टेट्रासाइक्लिन नामक जिवाणु नाशक ओखती भेटिएको तथ्यले वर्षौं अगाडि यसको प्रयोग भएको कुरालाई प्रमाणित गर्छ । स्ट्रेप्टोपमाईसिस (Streptomyces)एक प्रकारको जिवाणु हो र यसबाट टेट्रासाइक्लिन उत्पन्न हुन्छ । उहिले वियर (Beer) बनाउन स्ट्रेप्टोसाइसिसको प्रयोग हुने गर्थ्याे र यसलाई वर्षौ पहिले विभिन्न रोगहरुको उपचारमा प्रयोग गरिन्थ्यो । वियरलाई घाउ खटिरामा लगाएर उपचार गर्ने चलन पनि थियो भनिन्छ । 

सुरुमा सिफिलिसको उपचार 

उन्नाइसौं शताब्दीको सुरुमा स्पाइरोकिट (Spirochete) नामक जिवाणुद्वारा हुने सिफिलिस रोग धेरै महिला र पुरुषहरुमा हुने गर्दथ्यो ।  यो रो हुनेहरुलाई महाधमनी फुल्ने] (Aortic Aneurysm) र एवर्टिक भाल्भ चुहिने (Aortic Regurgitation) रोग लाग्ने संभावना धेरै हुन्थ्यो ।

सन् १९५९मा मिथीसिलिन र सन् १९६७ मा एम्पीसिलिन पत्ता लगाइएका जिवाणु नाशक ओखती हुन् । यी दुबै ओखतीहरु विटाल्याक्टम समुहमा पर्दछन् । पेनिसिलिनले नाश गर्न नसक्ने जिवाणुहरुलाई मिथिसिलिन र एम्पिसिलिनले नाश गरेका थिए । पछि खास गरेर स्टाफाइलोककस अरियस नमक जिवाणुले मिथिसिलिनलाई निष्कृय तुल्याउने उपाए निकालो । यसले विटाल्याक्टिमेन इञ्जायम पैदा गरेर मिथिसिलिन लाई निष्कृय बनायो ।

सुरुका दिनहरुमा सिफिलिसको उपचार मर्करीको सुईद्वारा गर्ने गरिन्थ्यो । मर्करीद्वरा उपचार गर्दा धेरै अवान्छनीय असरहरु पाईएकाले यसलाई प्रयोग गर्न छाडियो ।

पवल अर्लिक (Paul Ehrlich) र उनका सहयोगीहरुले सन् १९०९ मा आर्सेनिक भएको सलभार्सन (Salvarsan) नामक ओखती पत्ता लगाए । यो ओखतीको सुईले सिफिलिसको सफल उपचार सम्भव भएता पनि यसका धेरै अवगुणहरु देखिन थाले । यसर्थ यसको बदलामा नियोसाल्भार्सन (Neosalvarsan) लाई पछि प्रयोगमा ल्याइयो र यही ओखतीद्वारा धेरै वर्षसम्म सिफिलिसको उपचार गरियो । सल्भार्सन भन्दा यसका अवगुणहरु कम थिए । पछि पेनिसिलिनको आविस्कार भए पछि सिफिलिसको सफल उपचार पेनिसिलिनबाट हुन थालेको इतिहास रहेको छ । 

पेनिसिलिनको काहानी 

 सन् १९२८ मा पेनिसिलियम नोटेटम नामक फङ्गसबाट पेनिसिलिन पत्ता लगाएर जिवाणुद्वारा संक्रमित हजारौं हजार विरामीहरुको जीवन रक्षा गर्न सक्षम वैज्ञानिक वृटिश फिजिसियन तथा वायोकेमिष्ट अलकजेण्डर फ्लेमिङ् (Alexander Fleming)  हुन । उनी आफैँले पेनिसिलिनलाई संसोधित रुपमा तयार पार्न सकेका थिएनन् ।

सन् १९४० मा अक्सफोर्डमा कार्यरत हुँदा फर्माकोलोजिष्ट तथा प्याथोलोजिष्ट होवार्ड फ्लोरी (Howard Florey) र वायो केमिष्ट अर्नेष्ट चेन (Ernst chain) ले प्रशोधित पेनिसिलिन बनाउन सफल भएका थिए ।

सन् १९४५ देखि मात्र पेनिसिलिनको प्रयोगद्वारा बिरामीहरुको उपचार गर्न थालीएको थियो । सन् १९४५ मा नै पेनिसिलिन बनाए वापत नोवेल पुरस्कारबाट फ्लेमिङ्, फ्लोरी र चेनलाई सम्मानित गरियो । 

सन् १९५० देखि १९९० सम्मलाई एन्टिवायोटिकको स्वर्णकाल मानिन्छ । यही अवधि भित्र धेरै प्रकारका जिवाणु नाशक ओखतीहरुको आविस्कार भएको थियो । पेनिसिलिनको बनावटमा हेरफेर गरेर पछि धेरै जिवाणु नाशक समुहका ओखतीहरु बनाइए । सेफालोस्पोरिन समुहका आखतीहरु पेनिसिलिनको बनावटमा हेरफेर गरेर बनाइएका हुन् । 

जिवाणु नाशक ओखतीहरुले काम नगर्ने अवस्था 

जसले जिवाणु नास गर्छ त्यसैलाई एण्टिवायोटिक भनिन्छ । अनियन्त्रित र जथाभावी प्रयोगले एण्टिवायोटिकको जिवाणु नाश गर्ने शक्ति हराएर जान्छ । एण्टिवायोटिकहरुको जिवाणु नाश गर्ने शक्ति कसरी हराउछ भन्ने विषय जटिल छ ता पनि यस विषयलाई सजिलो बनाउने प्रयास गरिएको छ । 

सन् १९५९मा मिथीसिलिन र सन् १९६७ मा एम्पीसिलिन पत्ता लगाइएका जिवाणु नाशक ओखती हुन् । यी दुबै ओखतीहरु विटाल्याक्टम समुहमा पर्दछन् । पेनिसिलिनले नाश गर्नै नसक्ने जिवाणुहरुलाई मिथिसिलिन र एम्पिसिलिनले नाश गरेका थिए । पछि खास गरेर स्टाफाइलोककस अरियस नामक जिवाणुले मिथिसिलिनलाई निष्कृय तुल्याउने उपाए निकाले । यसले विटाल्याक्टिमेन इञ्जायम पैदा गरेर मिथिसिलिनलाई निष्कृय बनायो ।

जिवाणुको आवरण अर्थात सेलवाल प्रोटिनले बनेको हुन्छ र यसले जिवाणुलाई सुरक्षित गराउन ढालको जस्तै काम गर्छ । जिवाणुको आवरणमा पेनिसिलिन वाइण्डिङ प्रोटिन हुन्छ र यसले जिवाणुको  आवरणलाई सुरक्षित राख्न मद्दत गर्दछ । मिथिसिलिनको विटाल्याक्टिम रिङ्ले पेनिसिलिन वाइण्डिङ् प्रोटिनलाई निष्कृय तुल्याएर जिवाणुको आवरणलाई कमजोर बनाइ दिन्छ । यसको फलस्वरुप जिवाणु नष्ट हुन्छ ।

जिवाणु भित्र डिएनएबाट बनेको प्लाज्मिड (Plasmid) हुन्छ र यसमा अनगिन्ति जिन (Gene) हुन्छन् । यी जिनले पेनिसिलिन वाइण्डिङ् प्रोटिनलाई अर्कै रुपमा परिवर्तन गरिदिन्छ । यो परिवर्तित पेनिसिलिन वाईण्डिङ् प्रोटिनलाई मिथिसिलिनको विटाल्याक्टम रिङले निष्कृय तुल्याउन सक्दैन । यसको फल स्वरुप स्टाफाइलोककस औरियसलाई मिथिसिलिनले नाश गर्न सक्दैन । यसरी मिथिसिलिन रजिष्टेण्ट स्टाफाइलोककस औरियस अर्थात MRSA को जन्म हुन्छ । यस किसिमको जिवाणुलाई पाँचौ पुस्ताको सेफालोस्पोरिनहरुले नाश गर्न सक्छन् । 


प्रा.डा. डिबी कार्की,बरिष्ठ मुटुराेग विशेषज्ञ हुनुहुन्छ ।