हात्तीजत्रो जिब्रो भएको प्राणी

हात्तीजत्रो जिब्रो भएको प्राणी

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  चैत्र ११, २०७५

समुद्रको पानी पिउनुभएको छ ? छ भने तपाईंलाई स्वाद थाहा होला । समुद्रको पानीको स्वाद यस्तो किन हुन्छ ?

समुद्रमा एउटा माछा पाइन्छ, यसलाई ‘ब्लु  ह्वेल’ भनिन्छ । नर ‘ब्लु  ह्वेल’ले माछासँग सम्भोग गर्दा झण्डै १८० लिटर वीर्य निष्कासित गर्छ । 

मादा ह्वेलले यस निष्कासित मात्राको कुल १० प्रतिशत ग्रहण गर्छ र बाँकीको झण्डै १६२ लिटर वीर्य समुद्रको पानीमा मिसिन्छ । अब आइन्दा नसोध्नुहोला, समुद्रको पानीको स्वाद यस्तो किन हुन्छ ?
यो त भयो, विज्ञानमा हास–परिहास खोज्ने छिद्रान्वेषण ! के तपाईंलाई थाहा छ– यस पृथ्वीमा सबैभन्दा ठूलो प्राणी कुन हो ? 

ल यस क्रममा सबैभन्दा सानो प्राणी कमिलालाई मान्ने हो भने सबैभन्दा ठूलो प्राणी कुन हो ? 

‘ब्लु ह्वेल’ वर्तमानको मात्रै होइन, पृथ्वीमा जीवन प्रारम्भ भएदेखिकै सबैभन्दा विशालकाय प्राणी हो । हो, करोडौं वर्ष पहिला विलुप्त भएका डायनासोरभन्दा पनि ठूलो प्राणी हो ‘ब्लु ह्वेल’ ।

यसको श्रेय ‘ब्लु ह्वेल’लाई प्राप्त छ । स्तनधारी (mammal) प्रजातिमा आउने यस प्राणीको वैज्ञानिक नाम balaenoptera museulus रहेको छ । 

‘ब्लु ह्वेल’को आकारको कल्पना यसै एक तथ्यबाट गर्नुस्, यस प्राणीको जिब्रोको तौल मात्रै एउटा हात्तीको तौल बराबर झण्डै ६ टनको हुन्छ । के तपाईंलाई पढ्दा चक्कर लाग्यो ? अहिले नै तपाईंको दिमाग घुम्यो भने यसको हृदयको आकार थाहा पाउँदा तपाईंको हालत के होला ? 

‘ब्लु ह्वेल’को हृदयको आकार झण्डै एउटा कार जत्रो ६०० किलोको हुन्छ । यस प्राणीको भोजन सानो आकारको माछा ‘क्रिल’  (krill) हुने गर्छन् । यसले एक दिनमा ३६ सयदेखि ६ हजार किलो ‘क्रिल’ माछा खाने गर्छ । 

हुनत यो प्राणी समुद्रको गहिराइमा बस्छ । तर, स्तनधारी प्रजाति भएका कारण यसले श्वास फेर्न पानीको सतहमाथि आउनुपर्छ । श्वास फेर्न पानीको सतहमाथि आउँदा यसले श्वास छाड्दा पानी वाष्पीकृत (vapour) भएर ९ मिटर माथिसम्म पुग्छ । 

बच्चा जन्मिँदा बच्चाको आकार ८ मिटर लामो र तौल मात्र २७ सय किलो हुने गर्छ । ‘ब्लु ह्वेल’को बच्चा जसलाई काफ (calf) भनिन्छ, यसले प्रत्येक दिन आमाको स्तनबाट ६ सय लिटर दुध खाने गर्छ । एक वर्षको हुँदासम्म बच्चाको शरीरको तौल प्रतिदिन ९० किलोले वृद्धि हुन्छ ।

मादा ‘ब्लु ह्वेल’ले तीन वर्षमा एक पटक गर्भधारण गर्छ । बच्चा गर्भबाट बाहिर आउन ११–१२ महिनाको समय लाग्छ । बच्चा जन्मिँदा बच्चाको आकार ८ मिटर लामो र तौल मात्र २७ सय किलो हुने गर्छ । ‘ब्लु ह्वेल’को बच्चा जसलाई काफ (calf) भनिन्छ, यसले प्रत्येक दिन आमाको स्तनबाट ६ सय लिटर दुध खाने गर्छ । एक वर्षको हुँदासम्म बच्चाको शरीरको तौल प्रतिदिन ९० किलोले वृद्धि हुन्छ । 

वयस्क ‘ब्लु ह्वेल’लाई एक दिनमा १५ लाख किलो क्यालोरी इनर्जीको आवश्यकता हुन्छ । यसले आफ्नो शरीरमा योभन्दा ९० गुना बढी इनर्जी संचित गर्न सक्छ । हिसाब गरौं त, यसले आफ्नो शरीरमा कति इनर्जी राख्न सक्छ, १५ लाख x ९० = १३५०००००० किलो क्यालोरी । ‘ब्लु ह्वेल’ वर्तमानको मात्रै होइन, पृथ्वीमा जीवन प्रारम्भ भएदेखिकै सबैभन्दा विशालकाय प्राणी हो । हो, करोडौं वर्ष पहिला विलुप्त भएका डायनासोरभन्दा पनि ठूलो प्राणी हो ‘ब्लु ह्वेल’ । 

यसको जीवनकाल ७० देखि ९० वर्षको हुन्छ । ३३ मिटरसम्म लामो हुने यस प्राणीको तौल १ लाख ७३ हजार किलोसम्म हुन्छ । यस दीर्घ र भीमकाय आकारका साथै यो अति छरितो पनि हुन्छ, ‘ब्लु ह्वेल’ ४० किमि प्रतिघण्टाको गतिले पौडिन सक्छ । 

नर ‘ब्लु ह्वेल’को लिंग (penis) को आकार धेरै ठूलो होइन, मात्र आम मानिसको शरीरको आकारभन्दा झण्डै दोब्बर मात्र हुन्छ । यसको लिंगको आकार २.४ मिटरदेखि ३ मिटरसम्म हुन्छ । 
यस प्राणीको टाउकोको आकार ५.८ मिटरसम्म हुने गर्छ । तर, यसको मस्तिष्क शरीरको धेरै सानो हुन्छ । यसको मस्तिष्कको तौल जम्मा ७ किलो हुन्छ । 

‘ब्लु ह्वेल’ ९० दिनसम्म नसुतेर रहन सक्छ । सुत्दा पनि यसको आधा मस्तिष्क जाग्रत रहेर सन्तुलन कायम गर्न मद्दत गर्छ । 

एक पटक श्वास फेरेपछि यसले आधा घण्टादेखि २ घण्टासम्म श्वास रोक्न सक्छ । यसको मुटु एक मिनेटमा जम्मा ९ पटक घड्किन्छ । यसको मुटुको ढुकढुकी दुई किमि परसम्म सुन्न सकिन्छ । यसका आँखा मानिसका टाउकोजत्रा हुन्छन् । यसले आफ्नो फोक्सोमा ५ हजार लिटरसम्म पानी संचित गर्न सक्छ । 

तर, अचम्म यस प्राणीका दाँत हुँदैनन् । यसले भोजनका लागि ‘क्रिल’ माछा भएको क्षेत्रको पानी (५ हजार लिटर) पिउँछ । पानीसँगै लाखौं माछा यसको मुखभित्र पस्छन् । मुखभित्र रहेको व्यवस्थाले माछा पेटमा भित्र आएर पानी बाहिर फ्याँकी दिन्छ । 

‘ब्लु ह्वेल’ले गर्ने आवाज अति मधुर हुन्छ । ‘लो फ्रिक्वेन्सी’को आवाज १६०० किमि टाढा रहेको अर्को ‘ब्लु ह्वेल’ले सुन्न सक्छ । 

एउटा वयस्क ‘ब्लु ह्वेल’को शरीरमा २५०० ग्यालेन (एक ग्यालेन बराबर ३.७८५४१ लिटर) रगत हुन्छ । एक पटकको ढुकढुकीमा  २०० लिटर रगत प्रवाहित हुन्छ यसको शरीरमा । यसका शरीरका केही नशा यति ठूला हुन्छन्, जसभित्र एउटा मानिसको बच्चा सजिलै हिँड्न सक्छ । 

एउटा ‘ब्लु ह्वेल’ आफ्नो जीवनकालका झण्डै ८० लाख किमि यात्रा गर्छ । यो दूरी भनेको पृथ्वीबाट चन्द्रमासम्म १० पटक ओहोरदोहोर गर्नु जति हो ।