शून्यकाे अर्थ,महत्व र उपादेयता

शून्यकाे अर्थ,महत्व र उपादेयता

संजय भारद्धाज  |  जीवनदर्शन  |  चैत्र १२, २०७५

ऊँ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते । 
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।। 

 ईशावास्योपनिषद्को उपर्युक्त शान्तिपाठ मन्त्र भारतीय अध्यात्मवाद एवं दर्शनको पराकाष्ठा हो । प्रायः मानिएको छ कि विज्ञानलाई प्रयोग गर्न सकिन्छ तर अध्यात्म भने भावनामा आधारित हुन्छ । वस्तुतः अध्यात्म प्रकृति भन्दा बाहिरको विषय होइन् । सूक्ष्म मनमा स्थूल संसारका उदाहरणहरुबाट नै भावले जन्म लिन्छ । उपर्युक्त मन्त्रको शब्दानुवादमा विचार गरौं । पूर्णबाट पूर्ण हटाएपछि पूर्ण नै शेष रहनु के सम्भव छ ? भन्ने कुरा हामीले होइन् शास्त्रसिद्ध गणितले बताउँछ । यो मन्त्रलाई पढ्दा शून्यलाई अगाडि राखौं । शून्यमा शून्य जोड्दा योगफल शून्य नै हुन्छ र जुनसुकै अङ्कबाट शून्य घटाउँदा शेषफल उही अङ्क नै रहन्छ । शून्यले गुणा गर्दा उत्तर शून्य नै हुन्छ । शून्यलाई शून्यले भाग गर्न नसक्नु शून्यको महत्व हो । अतः यो सिद्ध हुन्छ स्थूल जगत् नै भाव जगत्मा प्रतिविम्बित हुन्छ । द्वैत–अद्वैत, विज्ञान र अध्यात्मको संगमको अद्भुत उदाहरण शून्यमाथि पूर्ण चर्चाको प्रयास गरेर सम्पूर्ण सत्यको मार्ग अनुशीलन गर्नु कठिन प्रयास हुन जान्छ । 

ऋणात्मक संख्या गणितको एक पक्ष (टर्म) मात्र हो । चिन्तनले प्रतिपादन गर्दछ, संख्या ऋणात्मक वा धनात्मक हुँदैन् । संख्या रेखामा शून्यलाई सन्तुलन अङ्क मानिन्छ । शून्य भन्दा पहिला ऋणात्मक र शून्य भन्दा पछि धनात्मक । ऋणात्मकमा त्यति नै अनन्तता विद्यमान छ जति धनात्मकमा । वस्तुतः संख्या सन्तुलनको दायाँतिर बढोेस् या वायाँतिर, त्यसको विस्तार अपरिमित छ । दायाँ बायाँ त केवल दिशा निर्देशन मात्र हो । अपरिमेयलाई कुनै दिशाको मतलब हुँदैन । कहीँबाट पनि आरम्भ गरौं, आवश्यक हो आरम्भ गर्नु । अपरिमेयलाई दिशाहरुले कसरी नियन्त्रित गर्न सक्छन् ? 

भारतीय गणितज्ञहरु मध्ये शून्यको आविष्कार कसले र कहिले गर्‍यो भन्नेबारे स्पष्ट ज्ञान छैन, तर इन्नवसिया, अलमसुदी, अलबरुनी जस्ता अरवी विद्वानहरुले यसको श्रेय भारतीयहरुलाई नै दिन्छन् र उनीहरु गणितलाई इल्मेहिन्दसा अर्थात् हिन्दुस्तानको विद्या भन्दछन् । 

पश्चिमी देशहरुले पहिले त शून्य पनि संख्या हुन्छ ? भनेका थिए, पछि गएर यसलाई संख्याको रुपमा स्वीकार गरेको धेरै भएको छैन । 

कुनै कुराको आविष्कार एक्कासि हुँदैन । आविष्कारका लागि लामो परम्परा, अखण्डित चिन्तन तथा निरन्तर मन्थनको आवश्यकता पर्छ । आर्यहरुलाई ब्रह्राण्डको अनन्तताबारे ज्ञान थियो, हुन सक्छ शून्यको ज्ञान यहींबाट उद्घोषित भएको होस् । शून्य गणितीय मान पद्दतिमा अपरिहार्य छ र वस्तुतः संख्या प्रणाली शून्य विना अधुरै रहन्छ । 

भारतीय संख्याशास्त्रमा महाशङ्ख (१०१९) दस घाताङ्क उन्नाईस देखी असंख्येय १०१४० (दस घाताङ्क एकसय चालिस) सम्मको उल्लेख भएकोले तत्कालीन भारतीय गणितज्ञहरुलाई यहाँसम्मको संख्या ज्ञान भएको विदित हुन्छ । आर्य भट्ट (४९९ ई.) को कुनै संख्याको दस गुना प्राप्त गर्न उसको अगाडि शून्य राख्नुपर्छ (स्थानं स्थानं दशं गुणम्) भन्ने सिद्धान्त सर्वविदित छ । ब्रह्मगुप्तको गणितीय सिद्धान्तहरुको अध्ययन गर्दा उनले बीजगणित एवं ऋणात्मक संख्याहरुको पनि उपयोग गरेका थिए अर्थात् शून्यको अस्तित्वसँग उनी राम्ररी परिचित थिए भन्ने कुरा थाहा हुन्छ ।

शून्यलाई अस्तित्वहीन भनिन्छ, यसलाई गोलाकार रुपमा चित्रित गरिन्छ । रसायनशास्त्रमा कुनै पदार्थको प्रयोगात्मक परीक्षण गर्दा त्यसको परिचय रंगहीन, गन्धहीन भनेर उल्लेख गरिन्छ । यो पनि हुन सक्छ वर्तमानमा हाम्रा आँखाले त्यसको रंग देख्न नसकेको र हाम्रो घ्राणशक्तिले त्यसको गन्ध थाहा पाउन नसकेको होस् । निराकारमा पनि मूल शब्द आकार नै छ । यही कारणले शून्यलाई गोलाकार चित्रित गर्ने चलन चल्यो होला । 

 

ऋणात्मक संख्या गणितको एक पक्ष (टर्म) मात्र हो । चिन्तनले प्रतिपादन गर्दछ, संख्या ऋणात्मक वा धनात्मक हुँदैन् । संख्या रेखामा शून्यलाई सन्तुलन अङ्क मानिन्छ । शून्य भन्दा पहिला ऋणात्मक र शून्य भन्दा पछि धनात्मक । ऋणात्मकमा त्यति नै अनन्तता विद्यमान छ जति धनात्मकमा । वस्तुतः संख्या सन्तुलनको दायाँतिर बढोेस् या वायाँतिर, त्यसको विस्तार अपरिमित छ । दायाँ बायाँ त केवल दिशा निर्देशन मात्र हो । अपरिमेयलाई कुनै दिशाको मतलब हुँदैन । कहीँबाट पनि आरम्भ गरौं, आवश्यक हो आरम्भ गर्नु । अपरिमेयलाई दिशाहरुले कसरी नियन्त्रित गर्न सक्छन् ? 

शून्यमा पानी हिउँ बन्नु वैज्ञानिक सत्य हो । हिउँ हुनुको अर्थ हो आफ्नो सम्पूर्ण ऊर्जालाई सञ्चित गरेर काल, पात्र, परिस्थिती अनुसार दिशाको आवश्यकता बमोजिम प्रवहनमान हुन तयार रहनु । शून्यदेखी दायाँतिर बढ्दा हिउँ पग्लेर पानी बन्छ, पारो बढ्दै बढ्दै सय डिग्रीमा पुग्दा पानी उम्लन थाल्छ । बायाँँ तिरको यात्रामा पारो जम्न थाल्छ, एक सीमा पछी पानी हिमखण्ड बन्न थाल्छ । हामीलाई दुबै चाहिएको छ उम्लेको पानी र हिमखण्ड । यसको लागि शून्य हुनु अनिवार्य छ । 

 वस्तुतः हामी त्यही देख्छौं जुन हाम्रो दृष्टिको, हाम्रो चिन्तनको परिधिमा आउँछ । महान गणितज्ञ पाइथागोरसले संख्याहरुमा विश्वलाई देख्दथे । उनको भनाई थियो– संसार संख्याको खेल हो । संसार आभासी हो, शून्य पनि आभासी हो, परन्तु शून्य विना संख्याशास्त्रको भास हुनै सक्दैन् । संसारलाई जाने विना भवसागर पार गर्न सकिँदैन । मनुष्य तर्छ तर उत्रदैन् अर्थात संसारमा रहेर सांसारिकताको भाव र त्यसबाट उब्जेको भारबाट मुक्त हुँदैन् । जुन पदार्थको द्रव्यमान तुलनात्मक रुपमा भारहीन हुन्छ त्यो उत्रन्छ, त्यो शुन्य हुन थाल्छ । शून्य विस्तार हो, शून्य सार हो, यद्यपि त्यो असार प्रतीत हुन्छ । 

शून्य चिता होइन चिङगारी हो, शून्य अन्तिम होइन प्रथम संस्कार हो । मेरा एक मित्रको भनाई छ– यदि हामी कुवामा खस्यौं भने लुगा भिजाएर निस्कन्छौं । यो भिज्नु पनि उपलब्धि हो । प्राप्ति र अप्राप्ति दुबै दृष्टिमा हुन्छन् । मनुष्यमा एक यस्तो पनि अवस्था आउँछ जब उसलाई आफूसँग केही पनि छैन भन्ने भान हुन्छ, अर्को अवस्थामा ऊ स्वयंलाई सर्वसम्पन्न छु भन्ने लाग्दछ । केही छैन र सबै छ भन्ने जीवनका दुुई किनारा हुन् । जीवन वृत्ताकार छ, अतः किनारा अलग अलग हुन सक्दैनन् अर्थात् जुन आरम्भ विन्दु हो त्यही समापन बिन्दु पनि हो । आदि र अन्त्यको एकाकार अर्थात् ‘सबै छ केही छैन्’ समान हुन् ।

शून्यलाई अस्तित्वहीन भनिन्छ, यसलाई गोलाकार रुपमा चित्रित गरिन्छ । रसायनशास्त्रमा कुनै पदार्थको प्रयोगात्मक परीक्षण गर्दा त्यसको परिचय रंगहीन, गन्धहीन भनेर उल्लेख गरिन्छ । यो पनि हुन सक्छ वर्तमानमा हाम्रा आँखाले त्यसको रंग देख्न नसकेको र हाम्रो घ्राणशक्तिले त्यसको गन्ध थाहा पाउन नसकेको होस् । निराकारमा पनि मूल शब्द आकार नै छ । यही कारणले शून्यलाई गोलाकार चित्रित गर्ने चलन चल्यो होला । 

 यस चित्रणको पछाडि मानसमा बसेका परम्पराहरु तथा लोकजीवन र साँस्कृतिक मूल्य पनि छन् । ब्रह्माण्डलाई सनातन ग्रन्थहरुले गोलाकार बताएका छन् । जीवनलाई हाम्रो सनातन संस्कृतिले परिक्रमा भनेको छ । परिक्रमा गोलाकार हुन्छ । पूर्वजन्म र पुर्नजन्मको अवधारणा त्यसै उब्जेको होइन् । वृत्तमा दुवैको स्थान छ । 

उपर्युक्त मन्त्रको एक अर्थ यो पनि हो— पूर्णता र शून्यता पर्यायवाची हुन्छन् । जगत संभावनाको गणित हो । ध्यान दिउँ, यहाँ आशंका नभनेर संभावना शब्द प्रयोग गरिएको छ । संभावना आशाको प्रतीक हो भने आशंकाले अनिष्टको संकेत गर्दछ । पूर्णता र शून्यतालाई बुझ्न पार्थ सारथी श्रीकृष्ण र पार्थ अर्जुनको उदाहरण लिन सकिन्छ । श्रीकृष्ण ज्ञानका प्रतीक हुनुहुन्छ भने अर्जुन जडताका । ज्ञानीले संसारको असारतालाई संझन्छ, बुझ्छ, अतः  संसारलाई शून्य मान्दछ । अज्ञानी नबुझिकनै संसारलाई शून्य मान्दछ । यहाँ दुवैले शून्य मानेका छन् । प्रश्न उठ्न सक्छ दुवैको निष्कर्ष एउटै जस्तो छ भने ज्ञानी र अज्ञानी को भेद कसरी निरुपित गर्न सकिन्छ ? विचार त यस्तो पनि हुनसक्छ । के अनन्त हुनु पूर्ण हुनु हो र ? यदि हो भने अनन्त परमात्मा पूर्ण हो किन्तु पूर्णता शून्य हो । यस्तोमा प्रश्न उठ्न सक्छ । के शुन्य नै परमात्मतत्व हो ? 

 शून्य उत्सव हो, वस्तुतः महोत्सव हो । आत्मशिक्षणका लागि शून्य एक विश्राम हो, अन्तिम होइन् । प्रकृतिमा केही पनि अन्तिम हुँदैन् । जीवन, पृथ्वी, प्रकृति सबै चक्राकार छन्, वृत्ताकार छन् । प्रत्येक विन्दु परिधिको एक एकाई हो र हरेक विन्दुमा नयाँ परिधिको केन्द्र बन्ने क्षमता विद्यमान छ । 


 बौद्धमतको महायान शाखामा एक विभाग छ,  माध्यमिक । यस विभागको विश्वास छ– संसार शून्य हो र यसका सबै पदार्थ सत्ताहीन छन् । यहाँ अस्ति नास्तिबाट मुक्त हुनु शून्य हुनु हो । पण्डित शून्यको आशा गर्छन् तर त्यसको निषेध गर्दैनन् । गणितमा शून्य लगाउनाले संख्याको विस्तार हुन्छ । हामीहरु जीवनको सनातन शून्यतालाई संझने, त्यसको गणना गर्नुको सट्टा, गणितका सिद्धान्त लागु गरेर नश्वरको अगाडि शून्य बढाउने प्रयासमा लागिरहन्छौं । मनुष्य जातिको यस अज्ञानले उसलाई हास्यास्पद बनाईरहेको छ । खगोल विज्ञानले ‘ब्ल्याक होल’को उल्लेख गरेको छ । यसको अत्तो पत्तो केही छैन्, केवल यत्ति मात्र थाहा छ, यसले जसलाई आफूभित्र पायो त्यसको कुनै अस्तित्व थाहा हुँदैन् । यसको विशद एवं तार्किक विवेचनाका लागि नै योगेश्वर श्रीकृष्णले ‘गीता’ प्रस्तुत गर्नुभएको हो । बुझेर जान्नु र नबुझिकनै जान्नु यी दुवैमा ठूलो अन्तर छ ।

ज्ञानयोग  यही अन्तरलाई जान्ने मार्ग हो ।  हामी शून्य कहिल्यै हुँदैनौं । रित्तिनु कहिल्यै चरम हुँदैन् । भरिनु पनि चरम हुँदैन् । शून्यता उत्पादक हुन्छ । जसलाई शून्य अन्त्य भन्ने लाग्दछ उनीहरुका लागि पनि शून्य आवश्यक छ, किनकि यस सोपान पछि हानि नोक्सानीका लागि केही बाँकी रहँदैन् । जब हानि नोक्सानीको डर हुँदैन मनुष्यले उन्मुक्त भएर कर्तव्य निर्वाह गर्दछ, कर्मको आनन्द लिन्छ र सफल पनि हुन्छ । उदाहरणार्थ कुनै खेलमा शृङ्खला हारेको टोलीले सामान्यतः अन्तिम खेलमा विजय प्राप्त गर्छ, किनकि त्यसले स्वाभाविक आनन्दले खेल्छ, उसँग हार्नलाई केही बाँकी हुँदैन् । शृङ्खला जितेको टोलीले पनि वाञ्छित लक्ष्य पुरा गरिसकेको हुन्छ फलतः उसको पनि हार हुँदैन् । एक अर्थमा हामीले सोचौं —रेखाको दुवै तिर गुमाउनु पर्ने केही छैन अपितु केही प्राप्त गर्ने नै संभावना छ । शून्य चिता होइन चिङगारी हो, शून्य अन्तिम होइन प्रथम संस्कार हो ।

मेरा एक मित्रको भनाई छ– यदि हामी कुवामा खस्यौं भने लुगा भिजाएर निस्कन्छौं । यो भिज्नु पनि उपलब्धि हो । प्राप्ति र अप्राप्ति दुबै दृष्टिमा हुन्छन् । मनुष्यमा एक यस्तो पनि अवस्था आउँछ जब उसलाई आफूसँग केही पनि छैन भन्ने भान हुन्छ, अर्को अवस्थामा ऊ स्वयंलाई सर्वसम्पन्न छु भन्ने लाग्दछ । केही छैन र सबै छ भन्ने जीवनका दुुई किनारा हुन् । जीवन वृत्ताकार छ, अतः किनारा अलग अलग हुन सक्दैनन् अर्थात् जुन आरम्भ विन्दु हो त्यही समापन बिन्दु पनि हो । आदि र अन्त्यको एकाकार अर्थात् ‘सबै छ केही छैन्’ समान हुन् ।   Everything is equal to nothing

 शून्य उत्सव हो, वस्तुतः महोत्सव हो । आत्मशिक्षणका लागि शून्य एक विश्राम हो, अन्तिम होइन् । प्रकृतिमा केही पनि अन्तिम हुँदैन् । जीवन, पृथ्वी, प्रकृति सबै चक्राकार छन्, वृत्ताकार छन् । प्रत्येक विन्दु परिधिको एक एकाई हो र हरेक विन्दुमा नयाँ परिधिको केन्द्र बन्ने क्षमता विद्यमान छ । 

शून्यमा गहन तृष्णा छ, शून्यमा गहिरो तृप्ति छ । शून्यमा विलाप सुन्नेहरु नादान हुन् । शून्य परमानन्दको आलाप हो । यसलाई सु्न्न कानलाई चनाखो राख्नुपर्छ । विराट शून्यलाई हेर्नै र त्यसको विराटतामा अङ्कुरित हुँदै गरेको सृष्टि देख्न सक्ने दृष्टि विकसित गर्नुपर्ने आवश्यकता परम अनिवार्य हो । शून्यको उत्सवलाई अनुभव गर्न शून्यमा जाऔं, शून्यको रसपान गरौं । शून्यमा शून्य थपौं, शून्यबाट शून्य झिकौं । शून्य आदि हो शून्य अन्त्य हो । शून्यबाट आरम्भ र शून्यमा अन्त्य अर्थात शून्य आदि शून्य इति । यस मर्मलाई जान्दा जान्दै पनि मनुष्य आफू शून्य किन बन्न खोज्छ यो विचारणीय प्रश्न हो । 

ऊँ खं बह्रा (यजु. ४०/१८)      
यत् तद् ब्रह्रा परं सूक्ष्म यशून्यं शून्यकल्पितम् । 
( ४।४।४९)



पुनर्लेखन— बाबुहरि ज्ञवाली