कोभिड–१९: महामारीको गम्भीरता, रोकथाम र उत्कृष्ट उपचार विधि

कोभिड–१९:  महामारीको गम्भीरता, रोकथाम र उत्कृष्ट उपचार  विधि

विश्व बस्नेत  |  दृष्टिकोण  |  भदौ २६, २०७७

कोभिड–१९ सम्बन्धी यस लेखमा म अलि फरक ढङ्गले प्रस्तुत हुनगईरहेको छु । यसले तपाईँको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ साथै तपाई या तपाईँका आफन्तको ज्यान जोगाउन पनि सक्छ । अतः कृपया बिना पूर्वाग्रह ध्यान दिएर पढनुहोस । 

सर्वप्रथम यो कोरोना भाइरस कत्तिको खतरनाक हो ?  

वास्तवमा कोरोना भाइरस यस अघिका रुघाखोकीका भाइरसहरूकै समूहको नयाँ रूप हो जसलाई मानिसले कृत्रिम रूपले उत्पादन गरेको हो भन्ने कुरा प्राय निश्चित भइसकेको छ । केही सीमित व्यक्तिहरूको स्वार्थ पूर्तिको लागि प्रयोग गरिएको हो भन्ने पनि प्रायको बुझाई छ । तर उनीहरूले सोचे अथवा अनुमानित गरे अनुसार यसले त्यति भयावह रूप लिन सकेन ।  जस अनुरूप उनीहरूको अनुमान असफल नै  भए भन्न सकिन्छ । यसको मृत्यु दरमा विवाद भइरहे पनि समग्रमा भन्नु पर्दा  याे पनि कम नै छ । अतः मृत्युको हिसाबले यसलाई महामारी (pandemic) भन्न चाहिँ मिल्दैन, तर फैलिने क्रमले शायद मिल्ला पनि कि !

यो रोगले सङ्क्रमित भइसके पछि गलाबाट फोक्सोतिर भाइरस सरेर उत्पन्न हुने स्थितिमा मात्र यो खतरा युक्त हुन्छ अन्यथा धेरै मानिसहरू साधारण रुघा खोकी जस्तै हल्का लक्षण देखा परेर निको हुन्छन् । अतः  यो १५ प्रतिशत जति मानिसहरूको लागि खतरापूर्ण हुन्छ । यस अन्तरगत विश्वको तथ्याङ्क अनुसार आजको मिति सम्ममा सङ्क्रमितहरु मध्ये ३.२५ प्रतिशत जतिको मृत्यु भएको देखिन्छ । यसैगरी हालसम्म नेपालको तथ्याङ्क अनुसार ०.६ प्रतिशतको मात्र ज्यान गएको छ ।

यसको  विस्तृत जानकारी यस साइटमा क्लिक गरेर पाइन्छ ।

मृत्यु दर बढाउने षडयन्त्र र लापरबाहीको पराकाष्ठा

तथ्याङ्क अनुसार मृत्यु दर ३ प्रतिशत जति देखिए पनि वास्तवमा त्यति होइन भन्नेहरू पनि धेरै छन् र यस कुरामा विवाद भइरहेको छ । कोभिड–१९ को मृत्यु दर बढी देखाएर त्रसित बनाउने षडयन्त्रकारीहरुको उद्देश्य अनुरूप जुन सुकै रोगको कारण मृत्यु भए पनि कोभिड–१९ को कारण हो भन्ने देखाउन डाक्टर र अस्पतालहरूलाई विभिन्न प्रलोभन समेत दिइएको कुराको तत्थ बारे विभिन्न प्रमाण र पोलहरू खुलिरहेका छन् ।  कति अवस्थामा बिरामीहरूलाई टेस्ट नेगेटिभ भएता पनि पोजेटिभ भनेर देखाइएको छ भने जाना जानी मारिएको समेत छ, जुन कुराको भण्डाफोर एरिन ओल्सजिउस्की (Erin Olszewski) नाम गरेकी नर्स (जो न्युयोर्क स्थित एल्महर्स्ट हस्पिटलमा कार्यरत थिइन) ले गरेकिछन । यस बारे उनको पुस्तक पनि निस्किएको छ (तल) । 

त्यसतै उनको यो  युट्युबमा भिडियो यहाँ क्लिक गरेर पनि हेर्न सकिन्छ

महामारी को उद्देश्य

केही मानिसहरूले भविष्यवाणी गरे अनुसार यस रोगले संसार आतङ्कित हुन नसके पनि उनीहरूको लक्ष भने यथावत् छ । र, त्यो हो यसको भ्याक्सिन बनाएर सारालाई लगाएर मानिसहरूलाई आफ्नो बसमा राख्नु, जनसङ्ख्या घटाउनु आदि । जसमा प्राय धेरै शक्तिशाली अनि धनाडय (billionaiare)व्यक्ती र सङ्घ संस्थाहरू सम्मिलित छन् । जस्तै, बिल गेट्स, फाउची, औषधी कम्पनीहरू (Big Pharma) , डब्ल्यु.एच.ओ., एफ.डि.ए., फेसबुक, युट्युब अनि मिडियाहरू पनि । र केही देशका नेताहरुले (जसमा नेपाल पनि पर्न सक्छ) यस स्थितिलाई आफ्नो स्वार्थमा प्रयोग गरेर आफूलाई लाभ हुने कार्य गरिरहेका छन् । तसर्थ सरकार साथै मिडिया, डब्ल्यु.एच.ओ. सि.डि.सि.हरूको प्रचार बाजी को कारण मानिसहरूमा आवश्यकता भन्दा बढी डर र त्रासको वातावरण सिर्जना गरिकाछन जुन हुनु आवश्यक थिएन । 

हर्ड इम्युनिटी (Herd Immunity)

अन्ततः कुनै दिन यस्तो आउँछ जब ५० देखि ७० प्रतिशत जती मानिसहरु सङ्क्रमित भए भने पश्चात हर्ड इम्युनिटीले काम गर्न थाल्छ र रोग फैलन बाट रोकिन्छ । (अहिले केही विषेशज्ञहरुले त्यो थ्रेसहोल्ड ५० देखि कम २० सम्म पनि हुन सक्छ भन्ने अनुमान लागाइरहेका छन् ।) यस अर्थमा जति छिटै धेरै मानिसहरु रोग लागेर निको हुन्छन त्यति छिटो हर्ड इम्युनिटीको सिद्धान्त लागु हुन्छ अनि रोग फैलन रोकिन्छ । भनिन्छ, मुम्बई शहर र न्युयोर्कमा हर्ड इम्युनिटीले काम गर्न थालि सकिएको छ र त्यहाँ रोग फैलिने क्रम  घटिसकेको छ । अतः हर्ड इम्युनिटीले काम नगरेसम्म हाललाई यस रोगको वचावको लागी कुन उपचार वा विधि उपयुक्त हो त्यस बारे तल चर्चा गरौं । 

बचाव र उपचारका विधिहरु

कोरोना भाइरस होस व अन्य कुनै पनि रोग, मुख्य कुरा आफ्नो रोग प्रतिरोधात्मक शक्ति बलियो छ भने रोग लाग्न सक्दैन अथवा लागेर पनि हल्का लक्षण मात्र देखिएर निको हुन्छ । अतः आहार विहार, कसरत अदि तरिका अपनाएर आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउनु सबै भन्दा उत्तम उपाय हो । यस कुरालाई सबैले मान्दै र भन्दै आएको हुनाले यस बारे म यहाँ दोहर्‍याउन चाहन्न, सिवाय यो कि तपाईँको भिटामिन डि को लेभल जँचाएर (25-hydroxy vitamin D blood test) $)ng/ml भन्दा माथि पुर्‍याउने प्रयास गर्नु बचावको उत्कृष्ट उपायहरु मध्य एक हो ।    

अतः यसबाट भाइरसको कारण आउने समस्याको पूर्वानुमान लगाउन्न सकिन्छ । जसलाई माथिका लक्षणहरू सबै हुन्छन् तिनीहरूलाई ज्वरो, जिउ दुखाई अनि थकान  हुनुकासाथै समस्या अलिक जटिल हुन सक्छ भने जसलाई एक या दुई मात्र लक्षण देखिन्छ उसलाई क्रमश: कम तीव्र अथवा हल्का समस्या देखिन्छन् । जस्तो कि कसैलाई तापक्रममा मात्रै परिवर्तन आएको छ भने उसलाई ज्वरो मात्रै आएर निको हुन सक्छ ।  

रोग निवारणका थुप्रै विधिहरु हुन सक्छन जस मध्ये प्राकृतिक वस्तुहरु र आयुर्वेदिक प्रविधिहरु पनि होलान त्यसमा पनि म वहस गर्न चाहन्न । 

मैले अहिलेसम्म गरेको अध्ययनहरुको आधारमा सबै भन्दा सहज, सरल, सस्तो अनि उपयोगि, घरमै बसेर गर्न सकिने, अस्पतालमा भर्ना हुन नपर्ने, अमेरिकामा डा.जेलेन्को, डा.स्टेला ईम्यान्युअल र उनीहरुका समर्थकहरुले अनि फ्रान्सका डा. प्रोफेसर डिडियर रावल्टले सिफारिस गरेको र हजारौंलाई झन्डै १०० प्रतिशत सफल्ताका साथ उपचार गरेको प्रोटोकल हो- हाईड्रक्सिक्लरोक्विन, जिंक अनि एजिथ्रोमाईसिनको कम्बिनेशन । यि लिंकहरु खेलेर हेर्नुहोस् र अध्ययन गर्नुहोस् ।

Dr. Zelenko Discusses COVID-19 Outpatient Management|
EXCLUSIVE: Dr. Oz Discusses The Hydroxychloroquine Study Outcome With Dr. Didier Raoult

मेरो अनुभवमा कतिपय मानिसहरु हाईड्रक्सिक्लरोक्विनको नाम लिने बित्तिकै बुरुक्क उफ्रिदारहेछन । अँ  राष्ट्रपति ट्रम्पले नाम लिएको, डब्ल्यु.एच.ओ., एफ.डि.ए.हरुले खतरनाक औषधी भनेको, मुटुमा असर गर्छ भनेको, अप्रमाणित, मलेरियाको औषधी’ आदि एकै सासमा भन्न भ्याउँदारहेछन । अब तपाई एकदमै कट्टर (strictly) डब्ल्यु.एच.ओ.को कुरा मात्र सुन्ने समर्थक हुनुहुन्छ अनि उसैले भनेको मात्र मान्नुहुन्छ भने मलाई केही भन्नुछैन अनि अगाडी नपढे पनि हुन्छ । तर तपाई अलिकति पनि दिमाग लगाएर तर्कसंगत  ढंगले सोच्नु सक्नुहुन्छ भने विचार गर्नुहाेस ।

ईड्रक्सिक्लरोक्विन एफ.डि.ए.को स्वीकृति (approval) मा ६५ वर्ष अघि १९५५ मा निस्किएको औषधी हो । यो मुख्यत मलेरियाको लागि हो तर बाथ रोग (rheumatoid arthritis)systemic lupus erythematosus (SLE) मा पनि प्रयोग हुन्छ । यो (tried, tested and safe) अनि साईड इफेक्ट रहित औषधि हो । कैयौ डाक्टरहरुले यसलाई वर्षौ देखि कुनै साईडईफेक्ट विना उपचारमा प्रयोग गरि आएका छन् । डा. जेलेन्को लगायत अन्य डाक्टरहरुले हजारौ कोभिड–१९ का विरामीहरुलाई यसैले सफलताका साथ उपचार गरेर निको पार्दै आईरहेकाछन् । 

त्यसो हो भने यस्को व्यापक प्रचार, प्रसार र प्रयोग किन हुँदैन ? तपाईँ सोच्नुहोला । यसको कारणहरु यस प्रकार रहेका छन् : 

सर्वप्रथम यो एकदमै सस्तो छ । ५ दिनको कोर्सको लागि अमेरिकामा मात्र २० डलर पर्छ । नेपालमा मैले ४५० रुपयाँमा किनेको छु जस्मा जिंक र एजिथ्रोमाईसिन समेत पर्छ । 
यसबाट औषधी कम्पनीहरुलाई फाईदा छैन अर्थात् उनीहरुले यसको प्रयोगबाट पैसा कमाउन सक्दैनन् । 

अस्पतालहरुलाई पनि महँगो औषधी प्रयोग गर्दा बढी फाईदा हुन्छ सस्तो भन्दा । त्यसकारण उनीहरु यसमा त्यति चासो राख्दैनन् । 

यो अस्पतालमा भर्ना नभईकन पनि रोकथाम र उपचारको लागी घरमै प्रयोग गर्न सकिन्छ । 

समयमै उपचार गर्दा अस्पताल भर्ना हुनुपर्ने स्थिति नै आउँदैन ।

अतः समग्रमा औषधि व्यवसायलाई यस औषधिले फाईदा छैन । 

यस उपचारको दाँजोमा गिलियड (Gilead) कम्पनीले हालै प्रस्तुत गरेको रेम्डेसिभिर (Remdesivir) औषधीको अमेरिकामा ३१२० डलर पर्छ एक जनाको उपचारको लागि । यो एफ.डि.ए.को सहकार्यमा हतारमा बजारमा ल्याउने प्रयास भईरहेको छ । यसको उचित परिक्षणहरु भईसकेकाछैनन् । यसको दीर्घकालिन (long term) साईड इफेक्टहरु बारे पनि अहिले नै थाहा भईसकेको छैन । यसले अस्पतालमा भर्ना भएका सिरियस बिरामीहरु मध्ये ३० प्रतिशत जतिलालाई मात्र फाईदा गर्छ । यस बारे यो लेख यहाँ क्लिक गरेर हेर्नुहोस । 

Maker of coronavirus drug remdesivir says FDA approval is "moving very quickly"

रेम्डेसिभिर अहिले परीक्षणको रुपमा नेपालमा पनि आईसकेकोछ । ट्रायलको निम्ति 'फ्री'मा आएको हुनाले यसको पैसा लिन मिल्दैन तर केही अस्पतालहरुले लिईरहेको कुरा सुनिन्छ । 

अतः उनीहरुले हाईड्रक्सिक्लरोक्विन (२० डलरको औषधी) लाई असफल बनाउने प्रयास गर्नु स्वभाविक हो ।

त्यति मात्र नभएर अहिले बिल गेट्स, फाउची तथा औषधि कम्पनीहरुले भ्याक्सिन निकाल्ने होड बाजी चलिरहेको छ अनि यदि यस उपचार उपर मानिसहरुमा विश्वास बढदै गयो भने उनीहरुको भ्याक्सिन आदिमा मानिसहरुले चासो नलिने हुँदा उनीहरुलाई जसरी पनि हाईड्रक्सिक्लरोक्विन असफल गराउँनु नै । 

जस अनुरुप अहिले डब्ल्यु.एच.ओ.देखि लिएर विभिन्न संघ, संथाहरु यसलाई असफल र खतरनाक देखाएर मानिसहरुलाई तर्साउने खेल भईरहेको छ । फलत एफ.डि.ए.ले हाल यसलाई अमेरिकामा प्रतिबन्ध समेत लगाएको अवस्था छ । 

यसै सिलसिलामा एसोसिएशन अफ अमेरिकन फिजिसियन्स एण्ड सर्जन्स (Association of American Physicians and Surgeons) ले युएस डिपार्टमेनट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेस  US Department of Health and Human Services)   माथि मुद्दा दायर गर्‍यो कोभिड–१९ को लागि हाईड्रक्सिक्लरोक्विनको उपचारबाट बन्चित गरेकोमा । त्यसतै अहिले एफ.डि.ए.को विरुद्ध पनि मुद्दा लागिरहेको छ अनि विभिन्न ठाउँहरुमा विरोध प्रदर्शनहरु समेत भईरहेका छन । तर हालै ओहाईयो (Ohio) राज्यका गभर्नरले भने यस माथि लागेको प्रतिबन्धलाई खारेज गरेका छन । यो लेख हेर्नुहोस :

Ohio Governor Calls Out Fauci Lies, Lifts HCQ Ban

 

यसै लेखको एक अंशम यहाँ प्रस्तुत गर्न चाहन्छु :

Among our most fundamental and sacred rights is the right to medical freedom. But in the curious case of hydroxychloroquine, it seems that the government, media, and pharmaceutical industry have been fighting tooth and nail to make the drug unavailable – despite overwhelming evidence that it can prevent and treat COVID-19.

अर्थात्, कुन औषधि वा चिकित्सकीय प्रणाली रोज्ने भन्ने स्वतन्त्रता हाम्रो मौलिक अधिकारहरू मध्ये हो । तर हाईड्रक्सिक्लरोक्विनको मामिलामा भने सरकार, मिडिया र औषधि कम्पनीहरू यो कुनै पनि हालतमा उपलब्ध नहोस् भनी हात धोएर लागी परेका छन्, यसको बाबजुद कि यसले कोभिड–१९ को उपचारमा उल्लेखनीय सहयोग पुर्‍याईरहेको प्रमाणित भइसकेका छन् । 

तसर्थ यसमा विचार गर्नुपर्ने कुरा के छ भने यदि हाईड्रक्सिक्लरोक्विन असरदार (effective) नभएको भए यत्रो षडयन्त्र गरेर ब्यान गर्नुपर्ने नै थिएन । साथै कतिपय डाक्टर र सङ्घ संस्थाहरूले प्रतिबन्ध हटाउनु पर्छ र सबैले प्रयोग गर्न पाउनुपर्छ भनेर आवाज उठाउने पनि थिएनन् । 

नेपालको सन्दर्भ

नेपालका डाक्टरहरू के भएका हुन ? आफैं बिरामी परेर अस्पताल भर्ना हुन्छन् अनि ठुलो सङ्घर्ष पछि बाँचेर आयौ भन्ने वक्तव्य दिन्छन् । जब कि यसको उपचार र रोकथाम गर्न हाईड्रक्सिक्लरोक्विन मार्फत यति सजिलो छ । थाहा नपाएर हो कि डव्ल्यु.एच.ओ.को अन्धभक्त भएर उसको समर्थन गर्दै हाईड्रक्सिक्लरोक्विनको तिरस्कार गरेका हुन ? म भन्छु आँखा खोल्नुस्, जाग्नुस्, आफ्नो बुद्धि विवेक प्रयोग गर्नुस् । डव्ल्यु.एच.ओ., बिल गेट्स, फउचीहरुको षड्यन्त्र नफसनुस । हाईड्रक्सिक्लरोक्विनलाई रोकथाम र उपचार दुवैको लागि प्रयोग गर्नुहोस्,  महामारी र यसबाट हुने कुअसर बाट बच्नुहोस् र बचाउनुहोस् । सरकारले पनि डव्ल्यु.एच.ओ.को कुरा सुनेर लकडाउन माथि लकडाउन थोपरेर जनता माथि दमन नगरोस् । 

पिसिआर टेस्ट  बारे

अहिले पिसिआर टेस्ट बारे निकै चर्चा परिचर्चा भइरहेको छ । म यसमा विवाद गर्नुपर्ने आवश्यक नै देख्दिन । किनकि यो टेस्ट गराउनुपर्ने आवश्यक नै छैन । टेस्ट गराएर कि कोरोना पोजेटिभ देखिएला कि नेगेटिभ । अनि कहिले काहीँ त नभए पनि पोजेटिभ देखाउन सक्छ (false positive) । नेगेटिभ भए तपाईँको पैसा सितै गयो, पोजेटिभ भए त्यो उपचार होइन अतः फेरी उपचारमा खर्च गर्नै पर्‍यो । टेस्ट गर्ने पैसाले त तपाई उपचार गरेर निको भई सक्नुहुन्छ । यसको लागी तलका विधिहरू अनुसरण गर्नुहोस् । 

हाईड्रक्सिक्लोरोक्विन उपचार (Dr. Zelenko's Protocol)

हाईड्रक्सिक्लोरोक्विन औषधी रोग नलागीकन बचावको लागी (prophilactically) पनि लिन सकिन्छ अनि रोग लागेपछि उपचार स्वरूप (therapeutically) पनि । तर अवस्था हेरी सबैले यो औषधि लिन जरुर नहुन पनि सक्छ त्यो तपाईँको डाक्टरले निर्णय गर्नेछन् । 

यसको प्रोफिल्याक्टिक् डोज हो २०० एम.जी. हाईड्रक्सिक्लोरोक्विन हप्तामा एक पल्ट र साथमा जिङ्क । जिङ्क ४० देखी ६० एम.जी. दैनिक पनि लिन सकिन्छ । 

यसको थेराप्युटिक डोज ५ दिनको यस प्रकार छ :  
हाईड्रक्सिक्लोरोक्विन २०० एम.जी. बिहान र २०० एम.जी. राती
जिङ्क २२० एम.जी. दिनमा एक पल्ट
एजिथ्रोमाईसिन ५०० एम.जी. दिनमा एक पल्ट

यो लक्षण देखिएको ५ दिन भित्र लिँदा धेरै राम्रो काम गर्छ किनकि यसले भाइरसलाई फैलिन दिँदैन । तर ६ देखी ८ दिनमा भने भाइरस घाँटी बाट फोक्सो तिर फैलिसकेको हुन्छ त्यसपछि यसले सोचे अनुरूप काम नगर्न सक्छ । यसको उपचार गर्न अस्पताल भर्ना हुनु पर्दैन अनि यसको औषधी मात्र रु ५०० भित्रमा पाइन्छ ।
यस बारे विस्तृत जनकारीको लागी यो भिडियो यहाँ क्लिक गरेर पनि हेर्नु सकिन्छ । 

हाइड्रोजन पेरोक्साईड (Levy's Hydrogen Peroxide Protocol)

हाईड्रक्सिक्लोरोक्विन(Hydroxychloroquine) प्रोटोकलको अलावा हाइड्रोजन पेरोक्साईड (Hydrogen Peroxide) अर्को राम्रो विकल्प हो । यो शरीरले स्वतफुर्त रुपमा निर्माण गर्ने एन्टिभाईरल हो । अतः यसको प्रयोग प्राकृतिक र प्रभावशाली दुवै हुन्छ । डा.थमस लेभीले यसमा धेरै वर्ष देखी अध्ययन अनुसन्धान गर्दै आईरहेकाछन र उनिको हाइड्रोजन पेरोक्साईड प्रयोग गर्ने विधिलाई  { Levy's Hydrogen Peroxide Protocol भन्दछन् । 

रोकथामको लागि लक्षणका प्रथम सङ्केतहरू देखिना साथ उपचार शुरु गरी हाल्नुपर्छ । सिफारिस अनुसार खान हुने हाइड्रोजन पेरक्साईडलाई ०.१ देखी ०.०४ प्रतिशत सम्म डाईल्युट गर्दा यसको असर कम हुँदैन । डाईल्युट गर्ने पानी क्लोरिन रहित डिस्टिलरी वाटर वा फिल्टर गरिएको हुनुपर्छ । तर अफसोस कि हामी कहाँ (नेपालमा) फुड ग्रेड हाइड्रोजन पेरक्साईड पाइँदैन । अतः औषधी पसलहरू तिर पाइने ६ प्रतिशत हाइड्रोजन पेरक्साईडलाई नै प्रयोग गर्ने सिवाय यसको विकल्प छैन । (यसको एक बोतलको रु १०० पर्छ) नन–फुड ग्रेड हाइड्रोजन पेरक्साईडमा केही हानीकारण प्रिजरभेटिभ (preservative)आदि मिसाइएको हुन्छ । तर अति नै डाईल्युट अवस्थामा प्रयोग हुनेहुनाले त्यसले खासै असर गर्दैन भन्ने बुझाई छ । ६ प्रतिशत हाइड्रोजन पेरक्साईडलाई ०.१ मा झार्न ३० थोपा हाइड्रोजन पेरक्साईडलाई ७५ एम.एल. पानीमा मिसाउनु पर्छ । र त्यो हाइड्रोजन पेरक्साईड युक्त पानीलाई निबुलाईजर (nebulizer) ० मा हालेर सास लिनुपर्छ । यसरी हाइड्रोजन पेरक्साईड घाटी अनि सासको नली हुँदै सिधै फोक्सोसम्म पुग्छ र सम्पर्कमा आएका भाइरसहरुलाई मार्दछ । पानीको साटो अस्पतालहरूमा प्रयोग हुने स्लाईन पानी  प्रयोग गरेको अझ राम्रो मानिन्छ नत्र थोरै नुन पनि हाल्न सकिन्छ । यसलाई अझ असरदार बनाउन एक थोपा खान मिल्ने  लुगोल्स आयोडिन (Lugol's iodine 5%) पनि मिसाउन सके झनै बेस हुनेछ कारण आयोडिन आफैमा पनि एउटा राम्रो एन्टिभाईरल हो । 

डा.लेभीको अनुसार नाक बग्ने वा घाँटी दुख्ने लक्षण छ भने १० देखी १५ मिनट सम्म दिनमा चार पटक निबुलाईजरको प्रयोग गर्न सकिन्छ । यो उपचार साधारण रुघा खोकी देखि लिएर कोभिड–१९ सम्मको लागी उपयोगी सावित भएको छ । यो रोग लाग्नु अगि (prevention), रोग लागी सके पछि (treatment) साथै मेन्टेनेन्स (mainteneance) को लागी पनि प्रयोग गर्न सकिन्छ । यसको लागी तपाईँलाई एउटा निबुलाईजर मेसिन चाहिन्छ जुन विशेषज्ञहरूको अनुसार हाते (hand held) भन्दा टेबुलमा राख्ने (desk top)बडी असरदार हुन्छ । यसको प्रयोगले नाक, घाँटी, पेट अनि आन्द्राको स्वास्थ्यलाई समेत सकारात्मक असर छाड्दछ भन्ने विश्वास गरिन्छ । अतः यो सस्तो र सजिलो उपचार पनि गर्दा नतिजा राम्रो प्राप्त गर्न सकिन्छ । तर यस उपचार बाट पनि स्वास्थ्य व्यवसायले खासै लाभ प्राप्त गर्न नसक्ने हुनाले यसको चर्चा अथवा सिफारिस अनि प्रयोग हुँदैन । तर मैल व्यक्तिगत रुपमा भने यो उपचार को साथै हाईड्रक्सिक्लोरोक्विनको पनि रोग लाग्नु नदिनु (prevention)  को लागी प्रयोग गरिरहेकोछु । 

म्याथ प्लस प्रोटोकल (Math+ protocol)

यस अलावा एक अर्को पनि सशक्त विधि छ जसलाई म्याथ प्लस प्रोटोकल (Math+ protocol) भन्दछन् । र यो प्रोटोकल फ्रन्ट लाइन कोभिड–१९ क्रिटिकल केयर वर्किङ ग्रुपले  विकास गरेको हो । म यस बारे डिटेलमा जान चाहन्न, अध्ययन गर्न इच्छुक (डाक्टर) हरु ले यहाँ क्लिक हेर्नुहोस्  :

लक्षण देखिनु भन्दा तिन दिन अगाडी कुनै पनि भाईरसकोसङ्क्रमण भए नभएको थाहा पाउने उपाय :   

रकफेलर न्युरोसाईन्स ईन्सिटिट्युट् (Rockefeller Neuroscience Institute) ले एक हजार बढि स्वास्थ्यकर्मीहरुमा गरेको अध्यन अनुसार ९० प्रतिशत भन्दा बढी निश्चितता (accuracy) का साथ भाईरसका कारण बिरामी पर्ने नपर्ने भन्ने कुरा ३ दिन अगाडी पत्ता लगाउन सकिन्छ । र त्यसको लागी यि तिन चिजहरु विचार गर्नु पर्छः 
प्रथम, मुटुको गती । भाइरसको उपस्थितिमा अन्य लक्षणहरु देखा पर्नु भन्दा अगािड मुटुमा तनाव (stress) हुन्छ जस्को कारण मुटुको धडकन बढन जान्छ ।  

निन्द्राको ढाँचाअनुसन्धानको क्रममा वेस्ट भर्जिनिया युनिभर्सिटी रकफेलर सेन्टरका निर्देशक डा. अलि रेजाईका अनुसार लक्षण देखिनु केही दिन अघिबाटै निन्द्राको ढाँचा (pattern)मा परिवर्तन आउँछ ।

तेस्रो, औसत शारीरिक तापक्रम । दुई तिन दिनको बिच शारीरिक तापक्रमममा परिवर्तन आएमा ज्वरो आउन लागेको लक्षण भन्न सकिन्छ ।  

अतः यसबाट भाइरसको कारण आउने समस्याको पूर्वानुमान लगाउन्न सकिन्छ । जसलाई माथिका लक्षणहरू सबै हुन्छन् तिनीहरूलाई ज्वरो, जिउ दुखाई अनि थकान  हुनुकासाथै समस्या अलिक जटिल हुन सक्छ भने जसलाई एक या दुई मात्र लक्षण देखिन्छ उसलाई क्रमश: कम तीव्र अथवा हल्का समस्या देखिन्छन् । जस्तो कि कसैलाई तापक्रममा मात्रै परिवर्तन आएको छ भने उसलाई ज्वरो मात्रै आएर निको हुन सक्छ ।  

यी लक्षणहरूलाई निगरानीमा राख्न (moniter गर्न) फिट बिट (FitBit), औरा रिङ (Oura Ring) र एपलको घडी (Apple watch) प्रयोग गर्न सकिन्छ । 

मुर्ख डाक्टरदेखि मूर्ख प्रशासकसम्म 

ज्ञान नहुनु एउटा कुरा हो तर यत्ति भनिसकेपछि पनि हाम्रो नेपालका डाक्टरहरूले चासो लिँदैनन् भने त्यो मूर्खताको पराकाष्ठा हो । डा. जेलेन्कोले स्वयं भनेका छन् म र मैले चिनेका सबै 'स्मार्ट' डाक्टरहरूले बिरामीहरूलाई उपचार गर्नु बाहेक प्रिभेन्सन (prevention)को लागी पनि यो औषधि लिईरहेकाछौं । अर्थात् यस औषधीको प्रयोगबाट फाइदा नलिनेहरू 'स्मार्ट'का विपरीत हुन, अर्थात् मूर्ख हुन भन्ने प्रमाणित हुँदैन र ? तपाईँलाई राष्ट्रपति ट्रम्प मन परोस् वा नपरोस् तर उनले पनि यसलाई प्रयोग गरिरहेको छु भनेका छन् । अनि के तपाईँहरू चाहीँ कहिले बिल गेट्स, फाउची अनि बिग फर्मा (Big Pharma)हरुले भ्याक्सिन बनाउला अनि लगाउला भनेर डब्ल्यु.एच.ओ.को आदेश कुरेर बसिरहने ? तत्काललाई कोभिड–१९को लागी यही सबै भन्दा उपयुक्त र असरदार औषघी हो भनेर यस लेखमा पनि भनिएको छ ।'Prescribing hydroxychloroquine as first-line therapy for SARS patients might be our best option currently.'

त्यस कारण, अध्ययन गर्न केही समय निकाल्नुहोस्, मूर्ख नबन्नुहोस् :

नोट : कसै कसैले हाईड्रक्सिक्लोरोक्विन (६०० मिलिग्राम) र एजिथ्रोमाइसिन मात्र प्रयोग गरेको पाइन्छ । तर जेलेन्को प्रोटोकल अनुसार, जिङ्क (२२० मिलिग्राम) को साथमा हाईड्रक्सिक्लोरोक्विन (४०० मिलिग्राम) र एजिथ्रोमाईसिन पनि लिँदा अझ प्रभावकारी हुन्छ भन्ने डा.जेलेन्कोको भनाई छ । 

यो मेरो तेस्रो र अन्तिम लेख हो यस विषयमा । यसमा मेरा शब्द र भनाइहरू कतिलाई केही ठाडो अनि अप्रिय लाग्न सक्ला तर त्यति नगर्दा कसैले सुन्दा रहेनछन्, अत यस प्रकारको रुखो भाषा प्रयोग गर्न बाध्य भएको जानकारी गराउँदछु । यति भन्दा पनि नबुझ्ने (भिर बाट लड्ने गोरु) लाई राम राम मात्र भन्न सकिन्छ ।  

bibasnet@yahoo.com
https://www.facebook.com/bishwa.basnet.5

याे पनि 

बिल गेट्सकाे ईश्वर बन्ने सपना ! कोरोना भ्याक्सिन मार्फत मान्छेलाई 'ट्रयाक' र 'कन्ट्रोल' गर्ने  षडयन्त्र !!

राजनीति र मूर्खताकाे मृत्युलाई महामारीकाे स‌ंज्ञा ! डाक्टर, नर्स, स्वास्थ्यविद्, बुद्धिजीवीलाई प्रमाणित गर्न चुनौती !!