मोदी लहरबाट अप्रभावित यी राज्यहरु

मोदी लहरबाट अप्रभावित यी राज्यहरु

ज्ञानमित्र  |  दृष्टिकोण  |  चैत्र १५, २०७५

भारतमा निर्वाचनको घोषणा हुन साथै वातावरणमा सर्वत्र एउटा यक्ष प्रश्न गुंजार भएको छ । अब जमाना महाभारत कालिन होइन कि यक्ष प्रश्नको उत्तर नदिएसम्म पानी नै खान नपाइने !
र घृष्टता गरि सही उत्तर नदिइकन पानी खाने चेष्टा गरेमा अर्जुन–भीम लगायतका महाबली यक्षको कोपभाजन बन्न पुगुन ।

अब न राजतन्त्रको युग छ न यक्षकै परिलक्षित साम्राज्यका चरण चिन्ह शेष छन् । संसारभरि नै अधिकांशतः लोकतन्त्र व्याप्त छ । यस तन्त्रमा अरु केही नभए पनि आम जनतालाई पाँच बर्षमा एक पटक लोकतन्त्रको आवधिक निमित्त नायक रोज्ने अधिकार प्राप्त छ । भारतका जनतालाई यदी निमित्त नायक रोज्ने अवसर एकपटक पुनः दस्तक दिन आइपुगेको छ । 

यस अवसरको यक्ष प्रश्न यही हो, के नरेन्द्र मोदी पुनः सत्तारोहण गर्न सफल हुन्छन् ? 

यक्ष प्रश्नको जवाफ सजिलै दिन सकिने भए ‘यक्ष’ शब्दको प्रश्नसँग जोडिने गुरुता नै क्षीण हुन्थ्यो र सत्य एवम् युधिष्ठिरको महत्वा पनि शेष रहेन थिएन । 

प्रश्नको जवाफ पाउने क्रममा विश्लेषण गर्ने हो भने भारतमा हुन गइरहेको चुनाव दलहरुका बीच नभएर मोदी भर्सेज अन्यमा केन्द्रित भएको छ । यस अन्यमा राज्यपिच्छे फरक फरक अनुहार छन् । राष्ट्रव्यापी रुपमा भने राहुल गान्धी बाहेक कुनै क्षेत्रीय दलका नेताको आफ्नो राज्य बाहिर उपस्थित झण्डै शून्य नै छ । ‘हंग पार्लियामेन्ट’ भएमा मात्र अन्य नेताहरुको गणना हुन्छ, कुनै दलको बहुमत आयो भने चुनाव पछि सवै जना बारेको चर्चामा विराम लाग्छ । 

२०१४ को निर्वाचनमा मोदीहरुले भाजपा गठबन्धन एनडीए सत्तासीन बनेको थियो । बहु प्रचारित मोदी लहरको उत्तरी र पश्चिमी भारतमा प्रभाव देखियो तर पुर्व र दक्षिणका भारतीय राज्यहरुमा एनडीए गठबन्धनले खासै उपलब्धि हासिल गर्न सकेको थिएन । 

के मोदीको पाँच वर्षे शासनकाल पछि पूर्व र दक्षिणका राज्यहरुमा एनडीए प्रति समर्थन बढ्यो त ? 

चर्चा दक्षिण भारतबाट गरौ, २० सिट रहेको केरल राज्यमा २०१४ मा भाजपा गठबन्धनले १०.३० प्रतिशत  मत पाएर एउटा पनि सिट जीतेको थिएन । २०१९ को निर्वाचनमा भाजपाले यस राज्यमा खाता खोल्न सक्ने अनुमान गरिएको छ । यस राज्यमा भाजपाले २–३ सिटसम्म जित्ने अनुमान विश्लेषकहरुले गरेका छन् । भन्न सकिन्छ यस राज्यमा मोदीको कुनै खासै प्रभाव छैन । 

दक्षिणको दोस्रो राज्य तमिलनाडुमा पनि भाजपाको स्थितिको झण्डै शुन्य छ । ३९ सिट भएको यस राज्यमा २०१४ को निर्वाचनमा भाजपाले ५.५ मत प्रतिशत प्राप्त गरेर १ सिट मात्रै जीतेको थियो । २०१९ को निर्वाचनका लागि भाजपाले राज्यको सत्तारुढ अल इण्डिया अन्ना द्रविड मुनेत्र कसगम (एआइडिएमके)सँग गठबन्धन गरेर चुनाव लडी रहेको छ । तर पार्टीको प्रख्यात नेतृ जयललिताको निधन पछि यस राज्यमा एआइडिएमके कै स्थिति के हुने हो ? स्पष्ट छैन । २०१४ को निर्वाचनमा जयललिताको अगुवाइमा एआईडिएमकेले राज्यका ३७ सिटमा विजय हासिल गरेको थियो । एआइडिएमके र भाजपाको गठबन्धनलाई राज्यका आधी सिट जित्न पनि ठूलो चुनौती छ यस राज्इबाट पनि भाजपालाई आशा गर्ने ठाउँ छैन, धेरै भए ३–४ सिटमा भाजपा जित्न सक्छ । एआईडिएमकेले १० सिट पनि कायम राख्यो भने एनडीए गठबन्धनलाई दिल्लीको कुर्सीमा आरुढ हुन चाहिने संख्या पुर्‍याउन सहयोग पुग्नेछ । 

दक्षिणमा आन्ध्रबाट छुट्टिएर बनेको अर्को राज्य तेलांगानामा पनि दुबै राष्ट्रिय दल राहुलको कांग्रेस र मोदीको भाजपाले आफ्नो अस्तित्वकै लागि संघर्ष गर्ने अवस्था छ । भाजपाले यस राज्यबाट १ सिट जित्न सके पनि ठूलै उपलब्धी हुनेछ । आन्ध्रप्रदेशबाट छुट्टिएको यस राज्यमा तेलांगाना राष्ट्र समिति (टीआरएस) को वर्चस्व छ । १७ सिट भएको यस राज्यमा कांग्रेस र भाजपाले खाता खोल्न पनि सहज स्थिति छैन ।     

२०१४ को निर्वाचनमा केरल राज्यमा कांग्रेसले ८ सिट जितेको थियो भने बाँकीका १२ सिट कम्युनिष्ट पार्टीले जितेका थिए । तमिलनाडुमा कांग्रेसले कुनै पनि सिट जितेको थिएन । 

अर्को राज्य कर्नाटक तिर हेर्दा यहाँका २८ सिटमा भाजपाले ४३ प्रतिशत मत पाएर १७ सिट जितेको थियो भने ४०.८० प्रतिशत मत पाएर कांग्रेसले ९ सिट जितेको थियो । क्षेत्रीय पार्टी जनतादल यसले ११ प्रतिशत मत पाएर २ सिट जितेको थियो । २०१९ को निर्वाचनमा जनता दल र कांग्रेसको गठबन्धन बनेको छ । भाजपालाई यस राज्यमा २०१४ मा पाएको १७ सिट कायम राख्न ठूलो संघर्ष गर्नुपर्ने हुन्छ । यस राज्यमा भाजपाले १५ सिटसम्म जित्न सक्ने अनुमान पर्यवेक्षकहरुले गरेका छन् । दक्षिण कै अर्को राज्य आन्ध्र प्रदेशमा भाजपाको स्थिति झनै दयनीय छ । २०१४ को निर्वाचनमा क्षेत्रीय दल तेलगुदेशमसंगको सहकार्यमा भाजपाले राज्यको २ सिट जितेको थियो भने तेलगुदेशमाका चन्द्रबाबु नायहुले १५ सिट जित्ने सफलता पाएका थिए । 

२०१९ को निर्वाचनमा चन्द्रबाबु नायक भाजपासँग छैनन् । राज्यको अर्को क्षेत्रीय दल बाइएस आर कांग्रेसका नेता वाइएस जगमोहन रेड्डीको लोकप्रियता २०१४ भन्दा झनै बढेको छ । २०१४ मा उनले दलले ८ सिट जित्ने सफलता पाएको थियो । यसपटकको निर्वाचनमा रेड्डीले झनै बढी सफल्ता हात पार्ने स्थिति  देखा परेको छ । राज्यका २५ सिट मध्ये १५ भन्दा बढी सिटमा उनको दलले विजय प्राप्त गर्ने अनुमान चुनावी पंडितहरुले व्यक्त गरेका छन् । २०१९ को निर्वाचनमा सबैभन्दा सजिलो स्थितिमा कुनै दल वा नेता छ भने त्यो वाइएसआर कांग्रेस र जगमोहन रेड्डी नै हुन । बाँकीका सबै क्षेत्रीय क्षत्रपहरुलाई २०१४ मा पाएका सिट कायम राख्ने चुनौती छ । भाजपा झै कांग्रेसको पनि यस राज्यमा खासै उपस्थिती हुने अवस्था छैन् । 

दक्षिणमा आन्ध्रबाट छुट्टिएर बनेको अर्को राज्य तेलांगानामा पनि दुबै राष्ट्रिय दल राहुलको कांग्रेस र मोदीको भाजपाले आफ्नो अस्तित्वकै लागि संघर्ष गर्ने अवस्था छ । भाजपाले यस राज्यबाट १ सिट जित्न सके पनि ठूलै उपलब्धी हुनेछ । आन्ध्रप्रदेशबाट छुट्टिएको यस राज्यमा तेलांगाना राष्ट्र समिति (टीआरएस) को वर्चस्व छ । १७ सिट भएको यस राज्यमा कांग्रेस र भाजपाले खाता खोल्न पनि सहज स्थिति छैन ।     

दक्षिण भारतमा रहेका पाँच राज्यमा लोकसभाका १२९ सिट मध्ये भाजपाले २५ सिट पनि प्राप्त गर्ने संभावना देखिन्न । तमिलनाडुमा भाजपाको सहयोग दललाई पनि राज्यमा विपक्षी दलसँग कडा प्रतिस्पर्धा गर्नु परिरहेको छ । २०१४ मा तमिलनाडुमा ३७ सिट जितेको एआईडिएमके लार्ई २०१९ को निर्वाचनमा जय ललिताको अनुपस्थितिले ठुलै धक्का पुग्ने देखिन्छ । 

समग्रमा दक्षिणका यी राज्यहरुमा कुनै किसिमको मोदी लहर न त २०१४ कै निर्वाचनमा थियो न २०१९ कै निर्वाचनमा देखिन्छ । 

कर्नाटक बाहेकका अन्य दक्षिण भारतीय राज्यहरुमा भाजपाको भगवा रंग एवम् मोदीलहरको तरंगले प्रभाव पार्न सकेको छैन ।     

दक्षिण भारतका राज्यमा कर्नाटक बाहेक कांग्रेस र भाजपा दुबैको स्थिति उस्तै उस्तै छ । पाँच वटै राज्यबाट भाजपाले अधिकतम २५ सिट र कांग्रेसले अधिकतम १५ सिट भन्दा राम्रो प्रदर्शन गर्ने अपेक्षा छैन । 

यी राज्यका बाँकी ८९ सिटमा ५–७ वटा क्षेत्रिय दलको बर्चस्व रहने स्थिति छ । 

याे पनि
के मोदीले फेरि ‘मनकी बात’ गर्न पाउँलान् ?

भारतमा काँग्रेसको ४४ सिट आउन पनि मुस्किल !