प्रज्ञा-प्रतिष्ठान र आधिकारिक ट्रेड युनियनको एउटै स्वर: तथ्यहीन खण्डन !?

प्रज्ञा-प्रतिष्ठान र आधिकारिक ट्रेड युनियनको एउटै स्वर: तथ्यहीन खण्डन !?

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १८, २०८०

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले लोकसंवाद डटकमलाई एक खण्डन पत्र लेखि समाचारको खण्डन गर्दै 'अगामी दिनमा यस प्रकारको तथ्यहीन र भ्रामक समाचार प्रकाशित गरी भ्रम फैलाउने काम नगरिदिनका लागि  अनुरोध गरेकाे गर्दछु ' भनी आग्रह गरिएको छ । 

नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा‍.धनप्रसाद सुबेदीद्वारा हस्ताक्षरित  २०८० असोज १७ गते लेखिएको पत्रमा लोकसंवाद  डटकम (लोकसंवाद अनलाइन) 'पत्रिकामा  मिति २०७० असोज १३ र १७ गते प्रकाशित नेपाल प्रज्ञा-प्रतिष्‍ठानसँग सम्बन्धित समाचारहरु प्रति गम्भीर ध्यानाकर्षण भएकाे उल्लेख गर्दै समाचारमा तथ्यलाई तोडमोड गर्ने, प्रतिष्ठान, प्रज्ञाहरू तथा कर्मचारीहरुको मानमर्दन गर्ने र जनसमुदायमा भ्रम सृजना गर्ने गरी समाचार सम्प्रेषण गरेको देखिन्छ' भनिएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिवको पत्रको पूर्णपाठ 

 

लोकसंवाद डटकमले  नेपाल प्रज्ञा-प्रतिष्ठान भित्रका विकृति, विसंगति आर्थिक अनियमितता उजागर गर्दै २०८० असोज १३ गते शनिवार  'भूपाल राईज्यू, ! प्रज्ञा परिषद्ले यी तथ्यलाई कसरी देख्नुभयो मानमर्दन र दुःख दिने नियत !?' भन्ने  शिर्षकमा  लामो खोजविन पश्चात समाचार प्रकाशित गरेको थियो । खासगरी  नेपाल प्रज्ञा-प्रतिष्ठानको प्रज्ञा परिषद्को २०८० भदौ २९ गते शुक्रबार बसेको  एक्काइसौं बैठकले लोकसंवाद लगायतका सञ्चार माध्यम समाचार  र राज्यका विभिन्न निकायमा उजुरीका चाङ पर्न थाले पछि सूचना दिने प्रशासनिक कर्मचारी र प्रज्ञा परिषद् तथा प्रज्ञा सभा सदस्य कोबाट सूचना गएको हाे पत्ता लगाइ कार्वाही गर्ने प्रयोजनका लागि अन्ततः  छानविन समिति बनाउने  एकल अधिकार कुलपति भूपाल राईलाई दिएपछि छानविनलाई सहज होस भनी ३० भन्दा बढी तथ्य सार्वजनिक गरेको थियाे । 

त्यसैगरी  नेपाल प्रज्ञा–प्रतिष्ठानको वर्तमान नेतृत्व माओवादी केन्द्र निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन(आधिकारीक ट्रेड युनियन) का अगाडि नतमस्तक मात्र होइन निर्धो सावित भएर  एकपछि अर्काे दवावमा निर्णय गर्न बाध्य हुने गरेकाे तथ्य सहित 'प्रज्ञा–प्रतिष्ठान:ग्यालेनमा तेल भर्न पेट्रोल पम्प,पार्टपुर्जा र मर्मतको कमिसनका लागि वर्कसप नै परिवर्तन !'  शीर्षकमा २०८० असोज १७ गते  समाचार प्रकाशित गरेको थियो ।  नेपाल प्रज्ञा–प्रतिष्ठान  निजी वर्कसपमा मर्मत गरेर विल भुक्तानी दिने र कार्यालयबाट ४ किमि भन्दा बढि टाढा रहको साझा पेट्रोल पम्प ललितपुरमा  'सवारी चालकको सुविधालाई ध्यानमा राखेर !' निर्णय उल्टाइएको विषयलाई नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा‍.धनप्रसाद सुबेदीसँग कुराकानी गरिएकाे छ । समाचारमा दुबै निर्णय किन गरिएकाे सदस्य सचिव डा‍. सुबेदीले कारणै उल्लेख गर्नु भएको छ । (समाचार माथिको वा तल यो पनि भन्ने समाचारमा पढ्न सकिन्छ । 

नेपाल प्रज्ञा-प्रतिष्ठान र आधिकारिक ट्रेड युनियनको एउटै स्वर

नेपाल प्रज्ञा–प्रतिष्ठान मात्र होइन,  प्रज्ञा–प्रतिष्ठानको आधिकारीक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनका सचिव रामकुमार बोहोराले २०८० असोज १८ गते बिहिबार एक खण्डन पत्र लोकसंवाद डटकम 'लोकसंवाद अनलाइन पत्रिका' लाई एक खण्डन पत्र लेखि एउटै स्वर मिलाएइकाे छ । पत्रमा   'दुई ओटा समाचार प्रति आधिकारीक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठन,  प्रज्ञा–प्रतिष्ठान केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख  गर्दै 'पत्रकार आचार संहिता विपरित चरित्र हत्या गर्ने उद्देश्यले कर्मचारीलाई समेत लान्छना लगाएको देखिन्छ' समाचारको खण्डन गरी समाचार प्रकाशन गरेर सहयोग सहयोग गरिदिनु हुन अनुरोध छ' भनिएको छ । 

आधिकारिक ट्रेड युनियनकोपत्रको पूर्णपाठ 

 

(नेपाल प्रज्ञा-प्रतिष्ठान र आधिकारिक ट्रेड युनियन दुबै पत्रमा समाचार कुन विषयमा तथ्य तोडमोड गरियो उल्लेख छैन । जम्मा समाचार खण्डन गर्न भनिएको हुँदा दुबै पत्रलाई उचित स्थान (जस्ताको तस्तै) दिइएको छ । दुबै समाचार तयार पार्दा  नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा‍.धनप्रसाद सुवेदीसँग समाचारको भेरिफाइ गरिएको छ र उहाँको भनाइलाई उचित स्थान समेत  दिइएको छ । अतः: नेपाल प्रज्ञा-प्रतिष्‍ठानसँग सम्बद्ध दुबै समाचार पुष्टि गर्ने ३० वटा तथ्यहरु लोकसंवाद डटकमसँग सुरक्षित छन् । ती दुबै समाचार तिनै तथ्यहरूको आधारमा तयार पारिएको हो । नेपाल प्रज्ञा-प्रतिष्ठान जस्तो गरिमामय संस्थाको सुशासन र गरिमा कायम राख्न लोकसंवाद डटकम थप तथ्य खोज्न र पुनर्पुष्टि गर्न  क्रियाशिल रहनेछ - सम्पादक)

 

याे पनि 
भूपाल राईज्यू, ! प्रज्ञा परिषद्ले यी तथ्यलाई कसरी देख्नुभयो मानमर्दन र दुःख दिने नियत !?

प्रज्ञा–प्रतिष्ठान:ग्यालेनमा तेल भर्न पेट्रोल पम्प,पार्टपुर्जा र मर्मतको कमिसनका लागि वर्कसप नै परिवर्तन !