मृत्यु पनि कति निष्ठुर !

मृत्यु पनि कति निष्ठुर !

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  भदौ ०४, २०७६

केही महिना पहिला अग्रअ अरुणकुमार सुवेदीले सुझाव दिदै भन्नु भयो– तपाईको लेखन बढी भयो, सातामा १–२ भन्दा बढी सामाग्री प्रकाशित हुँदा पाठकलाई बोझिलो हुन जान्छ ।

यस विश्व ब्रह्माण्डमा मेरा लागि केही व्यक्ति त्यै महत्व राख्छन जुनबारे स्वर्गीय गिरिजा प्रसाद कोइरालाले एक पटक मेरा परम स्नेहिल डिपी भण्डारीलाई इंगित गर्दै भन्नु भएको थियो । अवसर थियो, ‘भण्डारीज्यूको पुस्तक मृगस्थलीको लोकार्पण समारोह ।’

प्रधानमन्त्रीको हैसियतले समारोहमा प्रमुख अतिथिका रुपमा शिरकत गर्न आइपुग्नु भएका कोइरालाज्यूले आफ्नो मंतव्यको प्रारम्भ मै भन्नु भयो, ‘प्रधानमन्त्रीका रुपमा मेरो कार्यतालिका अति नै व्यस्त थियो,यस्तैमा दुर्गाजी निमन्त्रण लिएर आउनु भयो, उहाँ मेरा लागि एक जना यस्तो व्यक्ति हुनुहुन्छ जोसंग म नर्क जान पनि हरदम तैयार छु ।’

ओ मेरो लेखनका मानसिक उसना कवि ! प्रिय भण्डारीज्यू !! के भो र राज्यले तपाईँलाई विद्धता अनुसारको सम्मान गरेन ? अझै गर्ने मानसिकतामा छैन । मेरो मतानुसार त गिरिजाबाबुले त्यो दिन दिएको अभिव्यक्ति कुनै पनि प्राज्ञजनका लागि नोबेल भन्दा पनि हजारौ गुणा बहुमूल्य छ । केही दिन पहिला कुनै पत्रिकामा अभि सुवेदीज्यूले त्यस कार्यक्रमको संस्मरण पनि लेख्नु भएको थियो ।

गिरिजाबाबुले भने झै, मेरा लागि पनि केही व्यक्तिका साथ नर्क जानु पनि सांैभाग्य कै कुरा हुनेछ । कारण ती व्यक्तिको उपस्थिति मात्रले रौरव नर्क पनि प्रसन्नता, प्रफुल्लता, उल्लास र ज्ञानको आलोकले तत्क्षण नै इन्द्रले पनि आरिस गर्ने स्वर्गिक आनन्दले परिवेष्ठित हुनेछ । 

प्लुटो २००६ भन्दा पहिलासम्म ग्रह मानिन्थ्यो । वरुण पारिको आकाशमा प्लुटो पछि अति धेरै खगोलीय संरचना भेटिए पछि (इरिस त प्लुटो भन्दा पनि ठूलो छ) समस्या उत्पन्न भयो । यी सबैलाई ग्रहको दर्जा दिन उपयुक्त नठानेर ‘अन्तराष्ट्रिय एस्ट्रोनोमिकल सोसाइटी’ले ग्रह हुनका लागि निश्चित मापदण्ड तोक्यो । बाँकीका आठ ग्रह जस्तै आफ्नो परिक्रमा पथ स्पष्ट नभएका कारण प्लुटोले ग्रहको दर्जा गुमायो र ‘ड्राफ प्लेनेट’ को श्रेणीमा झर्‍यो ।

भण्डारीज्यूसंग केही वर्ष पहिला भएको भेंटमा उहाँले भारतीय कवि (कतै कबीरका पकिंत भनिन्छ, त कतै गुरुदेव टैगोरका पक्ंित भन्ने प्रचलन पनि सुनेको छु ) का चार पकंति सुनाउनु भएको थियो

जिस मरणी से जग डरे
मेरो मन आनन्द,
कब मरिहौ, कब भेटिहौ
पूरण परमानन्द ।
मृत्यु साच्चै नै अति निष्ठुर छ !

अरुण दाई मेरा लागि त्यस्तै व्यक्ति हुनुहुन्छ । के अध्यात्म, के विज्ञान दुवै बारे उहाँको ज्ञानको म कैयन पटक मुरीद भएको छु ।

मैले उहाँको परामर्श मानेर लेख्ने गति कम गरे । तर साउनको अन्तिम दिन शनिबार भने झन उल्टो पो हुन गयो । ८–१० दिन पहिला नै  विभिन्न २ वटा अनलाइनमा पठाइएका लेख एकै दिन प्रकाशित हुने

आकस्मिता जुर्न गयो । यसमा लेखकको दोष भन्दा सम्पादकहरुको शनिबार प्रेम प्रमुख कारण हो । सम्पादकज्यूहरुले शनिवार मोहमा पुनर्विचार गर्ने हो कि ? किनकि सबै पत्रपत्रिकाले यस दिन पस्किएका सबै सामाग्री के पाठकले चाहेर पनि पढ्न सक्छ र ?

विषयमा प्रवेश गर्न उक्त भूमिका लामो प्रतीत भएमा अदक्ष लेखक भनी गरिएको निन्दा/ आलोचना दुवैलाई सहज स्वीकार गरि आजको ‘प्रस्थान बिन्दु’ पहिल्याउने प्रयास गर्छु ।

नेपालीमा विज्ञान लेख्ने क्रममा अंग्रेजी शब्दको नेपाली रुपान्तरण निश्चय पनि जटिल कार्य हो । नेपाली होस वा हिन्दी, दुबै भाषामा नयाँ शब्द सिर्जना गर्न संस्कृत कै आवश्यकता पर्छ ।

यस्तै एउटा शब्द हो  DWARF PLANET । मैले यसलाई नेपालीमा क्षुद्रग्रह लेख्दै आइरहेको थिए । अर्को यस्तै खगोलीय पिण्ड ASTEROID लाई भाषा रुपान्तरणका क्रममा ‘ग्रहिका,’ प्रयोग गरेको थिएँ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराई भन्नु हुन्छ – हामीले विभिन्न खगोलीय पिण्डहरुलाई नेपालीमा नामाकरण गरेका छौं । यस क्रममा  ASTEROID लाई क्षुद्रग्रह र DWARF PLANET लाई लघुग्रह सम्बोधन दिएका हौ । 

दुर्भाग्य मैले कतै पनि प्लुटोलाई लघुग्रह लेखिएको आजसम्म पढेको छैन् । नेपालीमा विज्ञान विषयक लेख रचना अल्प मात्रै लेखिएकोले लघुग्रह शब्दको प्रचार प्रसार हुन नसकेको होला ।

अर्को विडम्वना नेपालीमा DWARF PLANET  र ASTEROID दुबैलाई क्षुद्रग्रह लेखिने गरेको पाइन्छ । यो ठीक होइन् ।

दुबै खगोलीय पिण्डमा ठूलो भिन्नता छ । जसरी अंग्रेजीमा दुवैका लागि फरक–फरक सम्बोधन छ, नेपालीमा पनि लेख्दा दुबैका लागि फरक फरक शब्द प्रयोग हुनु प¥यो ।

‘नासो’ कै शब्दावली अंगीकार गर्ने हो भने प्लुटो, इरिस, माकेमाके, हउमेया, सेडना लगायतका DWARF PLANETलाई  लघुग्रहको संज्ञा दिनुपर्छ । यसैगरी आदि यावतका ASTEROIDS लाई क्षुद्रग्रहको संज्ञा प्रदान गर्नुपर्छ ।

प्लुटो लगायतका पिण्डलाई लघुग्रह भनिएकोमा सुरेश भट्टराईसंग सामान्य विमति राख्दै भन्न चाहन्छु– DWARF शब्दलाई ‘लघु’ को सट्टा वामपुडके वा वामन भनेको भए शायद केही मात्रामा बढी सटीक हुन्थ्यो कि ?

हिन्दु परम्परामा ‘वामन अवतार’ पनि त छ नि ! 
यसैगरिASTEROIDS लाई क्षुद्र विशेषण थपिए पनि ग्रह भन्नु कतिको उचित हो ? यी विभिन्न आकार प्रकारका चट्टान न हुन ।

चट्टानलाई क्षुद्र भए पनि ग्रह भन्नु कता कता असहज प्रतीत हुन्छ । यिनलाई ग्रहिका, शिलाखण्ड, आकाशीय चट्टान आदिको संज्ञा दिनु बढी उपयुक्त हुन्थ्यो कि ?

प्लुटो २००६ भन्दा पहिलासम्म ग्रह मानिन्थ्यो । वरुण पारिको आकाशमा प्लुटो पछि अति धेरै खगोलीय संरचना भेटिए पछि (इरिस त प्लुटो भन्दा पनि ठूलो छ) समस्या उत्पन्न भयो । यी सबैलाई ग्रहको दर्जा दिन उपयुक्त नठानेर ‘अन्तराष्ट्रिय एस्ट्रोनोमिकल सोसाइटी’ले ग्रह हुनका लागि निश्चित मापदण्ड तोक्यो । बाँकीका आठ ग्रह जस्तै आफ्नो परिक्रमा पथ स्पष्ट नभएका कारण प्लुटोले ग्रहको दर्जा गुमायो र ‘ड्राफ प्लेनेट’ को श्रेणीमा झर्‍यो ।

यसपछि अन्तराष्ट्रिय एक्ट्रोनोमिकल सोसाइटीले बुधग्रह भन्दा साना पहिचानमा आउने नयाँ पिण्डलाई ‘ड्राफ प्लेनेट’ मै राख्ने निर्णय गर्‍यो । ‘ड्राफ’लाई नेपालीमा वामन रुपान्तरण गर्दा धेरै सार्थक हुन्छ ।

पुरानो बानेश्वर स्थित नासोको मुख्यालय भ्रमणले थाहा भयो–अन्तराष्ट्रिय खगोल युनियनले आफ्नो शतवार्षिकीको उपलक्ष्यमा नेपाललाई एउटा तारा र एउटा ग्रहको नाम जुराउने अवसर दिएको छ ।

http://www.nepalastronomicalsociety.org/ExoWorld/ 

पृथ्वीभन्दा झण्डै १ सय ६२ प्रकाश वर्ष टाढा स्थित यस ताराको प्रारम्भिक सांकेतिक वैज्ञानिक नाम एचडी १००७७७ र ग्रहको नाम एचडी १००७७७ बी रहेको छ । तारासँग ग्रहको दूरी ‘गोल्डीलक जोन’ मा झण्डै १.०३ ऐयू र यस ग्रहले आफ्नो ताराको परिक्रमा झण्डै ३ सय ८३ दिनमा पुरा गर्छ ।

टेलिस्कोपको सहायता नलिइकन यस तारा र ग्रहलाई मानव आँखाले हेर्न सकिदैन् ।

जुनसुकै नेपालीले यस तारा र ग्रहलाई नेपालीपन झल्किने नाम प्रस्तावित गर्न सक्छन् । नासोको वेभ पेजमा गएर यस बारेका नियम पढेर नाम प्रस्तावित गर्न सकिन्छ ।  स्मरण रहोस यस कार्यका लागि अब धेरै समय बाँकी छैन् । छिटोभन्दा छिटो नासोको पेजमा गएर तारा र ग्रहलाई नाम दिने अभियानमा भाग लिनुस । 

याे पनि

नेपाललाई अवसर