स्किजोेफ्रेनियाबाट ग्रस्त भारतीय राजनेता

स्किजोेफ्रेनियाबाट ग्रस्त भारतीय राजनेता

सरोज ज्ञवाली  |  दृष्टिकोण  |  फाल्गुन २८, २०७५

स्किजोेफ्रेनिया (Schizophrenia) एक किसिमको मानसिक विमारी हो, यसले गर्दा मानिसको सोच्ने प्रक्रिया, स्वभाव तथा व्यवहारमा अस्वभाविकता आउँछ । यस विमारीले ग्रस्त मानिसहरु सामान्य मानिसहरु भन्दा फरक ढंगले व्यवहार गर्न थाल्छन् । यसले गर्दा कोही कोही व्यक्तिहरु ‘सुपिरियरटी कम्प्लेक्स’बाट ग्रस्त भई आफूलाई दैविक क्षमतासम्पन्न भएको, जुनसुकै पनि कार्य गर्न सक्ने, बुद्धिमान तथा श्रेष्ठ ठान्न थाल्छन् र यसका साथै यस्ता व्यक्तिहरु अन्य व्यक्तिहरुलाई निम्नकोटिको देख्न थाल्छन् । यसै रोगबाट ग्रस्त कोही कोही व्यक्तिहरु भने ‘इन्फिरियरिटी कम्प्लेक्स’बाट प्रभावित भई आफूलाई अति कमजोर, दीनहीन र समाजबाट बहिस्कृत भएको अनुभव गर्दै अन्य व्यक्तिहरुलाई सधै शंकाको दृष्टिले हेर्न थाल्छन् । 

एउटा अनुमान अनुसार संसारका झण्डै एक प्रतिशत मानिसहरु स्किजोेफ्रेनियाबाट ग्रस्त भएका हुन्छन् । प्राय जसो बौद्धिक स्तर भन्दा भावनात्मक तवरबाट उपल्लो पदमा पुग्ने क्षेत्रहरु जस्तै राजनीति, खेलकुद तथा  कलाकारिता लगायत आदि क्षेत्रका मानिस बढी मात्रामा यसको शिकार भएका हुन्छन् । यसो हुनुको कारण यी क्षेत्रहरुलाई मिडियाले बढी चर्चा, उपचर्चा तथा हाइलाइट गरेको हुन्छ । संसारका केही चर्चित व्यक्तिहरु जस्तै हिटलर, मुसोलिनि, माइकल ज्याक्सन, म्यारोडोना आदि  स्किजोेफ्रेनियाबाट ग्रसित भएका व्यक्तिहरु हुन् । भनिन्छ संसारमा राज गर्ने १ प्रतिशत व्यक्तिहरु प्राय धेरै जसो स्किजोेफ्रेनियाबाट ग्रसित हुन्छन् र उनीहरुले ९९प्रतिशत व्यक्तिमाथि राज  चलाइरहेका हुन्छन् । भनौं प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यी एक प्रतिशतले संसारलाई डोर्‍याइरहेका हुन्छन् ।    

स्किजोेफ्रेनियाको लक्षण यही नै हुन्छ भनेर दावी गर्न सकिंदैन् । तर एउटा कुरामा एकोहोरो लाग्ने अन्य सामाजिक दायित्वलाई बिर्सने, एउटा विषयवस्तु तथा परिस्थितिलाई तुरुन्तै परित्याग गरी अर्को परिस्थितिमा जाने, आफ्नो कुरा नै सर्वेसर्वा भनेर सम्झने, अन्य व्यक्तिहरुलाई तुच्छ तथा, शंकाको दृष्टिले हेर्ने, आत्मकेन्द्रित निर्णयहरु गर्ने आदि यस रोगका लक्षण हुन सक्छन् । 

यो रोग के कति कारणबाट लाग्छ भन्ने ठोस कारण त केही छैन, तर पनि वंशाणुगत, मस्तिष्कमा हुने रसायनहरुको परिवर्तन, पारिवारिक सम्बन्ध तथा वातावरणीय प्रभाव एवं लागु औषध तथा मदिराको उच्च सेवन पनि यस रोगका कारण मनोचिकित्सकहरुले बताउने गरेका छन् । 

भारतमा हालै २०१९को लोकसभा चुनावको घोषणा गरिएको छ । यसमा विभिन्न चर्चित चेहराहरुको राजनीतिक भविष्य लुकेको छ ।  

यसै सिलसिलामा, भारतिय राजनीतिको चर्चित नेत्री हुन् ममता वनर्जी । ममता बनर्जीको जन्म ५ जून १९५५ मा पश्चिम वंगालको एउटा गरिव परिवारमा भएको थियो । आफ्नो पिताको सानै उमेरमा निधन भए पनि मेहनत साथ यिनले इस्लामिक इतिहासमा स्नातक तथा कानूनमा स्नातकको डिग्री हासिल गरेकी थिइन् ।  यिनी एउटा कवियत्री हुनुका साथै चित्रकलामा पनि दख्खल राख्छीन् । यिनको सादगीपूर्ण जीवनको जति चर्चा गरिन्छ त्यो भन्दा बढी चर्चा यिनको उग्र, खरो तथा अस्थिर स्वभावको हुने गर्छ । ममताका समर्थकहरु उनलाई दिदी शब्दले सम्बोधन गर्छन् । उनी आफ्ना समर्थक माझ अति हठी तथा क्रोधी स्वभाव भएको महिलाको रुपमा विख्यात छिन् । ममताले आफ्नो राजनीति जीवनको शुरुवात सन् १९७० देखि कांग्रेस पार्टीबाट गरेकी हुन् र १९७६ देखि १९९० सम्म यिनले वंगालको महिला कांग्रेसको नेतृत्व गरेकी थिइन् । सन् १९९७ मा कांग्रेस परित्याग गरी ममताले तृणमूल कांग्रेसको गठन गरेकी थिइन् । उक्त दलको नेतृत्व अझै उनले नै गर्दै आइरहेकी छन् । सन् १९९९ मा एनडिएले नेतृत्व गरेको केन्द्र सरकारमा ममता रेल मन्त्री भएकी थिइन् र सन् २००० मा यिनले पेट्रोलको मूल्य वृद्धिको विरोध गर्दै मन्त्री पदबाट राजीनामा गरेकी थिइन् । 

सन् २००९ मा कांग्रेसले नेतृत्व गरेको युपिए गठबन्धनको सरकारमा सामेल भई यिनी पुनः रेल मन्त्री बनिन् । पछि २०११ मा पश्चिम वंगालको मुख्यमन्त्री भएपछि यिनले केन्द्र सरकारको मन्त्रीपद परित्याग गरिन् । 
ममताको जीवनको समस्त क्रियाकलाप हेर्दा उनको स्वभाव अति नै अस्थिर देखिन्छ । आफ्नै दल तृणमूल कांग्रेसका सांसद दिनेश त्रिवेदीले रेलमन्त्री छँदा, भारतीय रेल सेवाको घाटा न्यूनिकरण गर्न प्रति किमि २.३० पैसा भाडा दर वृद्धि गर्दा यिनले रेलमन्त्रीप्रति रुष्ट भई सरकारबाट आफ्नो दलको समर्थन फिर्ता मात्र लिइनन्, दिनेश त्रिवेदीलाइ  कारवाही पनि गरिन् । सन् २०१६ को नरेन्द्र मोदीले गरेको नोटबन्दीको विरोध स्वरुप मोदी माथि अनेकन् अपशब्द प्रयोग गर्न पनि अग्रसर भइन् । 

२०१९ को लोकसभा चुनावको परिणाम नआउँदा सम्म भावी प्रधानमन्त्रीका बारेमा आंकलन गर्नु हतार हुनसक्छ । तर पनि हाल सत्तामा रहेको विजेपी विजयी भएमा प्रधानमन्त्रीमा नरेन्द्र मोदीको विकल्प देखिंदैन् । यदि परिणाम विजेपीको विपक्षमा गएका खण्डमा भावी प्रधानमन्त्री को भन्ने प्रश्न विपक्षीका लागि समेत पेचिलो बनेको छ । राहुल गान्धी, ममता वनर्जी वा मायावतीको सम्भावना देखिए पनि हालसम्म निश्चित हुन सकेको छैन् ।

त्यसै बेला सेनाको नियमित अभ्यासको सिलसिलामा वंगालको सडकमा सेनाले मार्च गर्दा मोदी सरकारले वंगालमा सेना प्रयोग गरेर आफ्नो सत्ता पल्टाउन लाग्यो भनेर उधुम मच्चाएकी थिइन् ममताले । अर्को एक घटनामा आफ्नो विमानलाई अपहरण गरेर हत्या गर्न सक्ने जस्ता अनर्गल हल्ला मच्चाउँदा उनी सबैको हाँसोको पात्र भएकी थिइन् । कहिले नरेन्द्र मोदीलाई अंग्रेजी बोल्न नआउने अर्नगल प्रचारका कारण सबैको निन्दाको पात्र पनि बनिन् । आफ्नो राजनीति स्वार्थको निम्ति मुस्लिम तुष्टिकरण गरी दुर्गा पूजाको रथ यात्रालाई रोक्ने तर मुस्लिम मोहर्रम स्विकृत गर्ने जस्ता विवादास्पद क्रियाकलाप गर्दै आइरहेकी छिन् । उनले बिजेपीको रथ यात्रा रोक्ने, अमित शाहलाई कोलकाता प्रवेशमा बन्देज गर्ने, सिबिआई को कार्यमा दख्खल दिएर अनशन गर्ने जस्ता विवादास्पद कार्य गर्दै आइरहेकी छिन् । 

अर्को विपक्षी राजनीतिक,दल कांग्रेसका अध्यक्ष राहुल गान्धी पनि भारतीय राजनीतिमा छाएका छन् । सन् १९७० जुन १९ मा जन्मेका राहुलको पुरै परिवारको पृष्ठभूमि राजनीतिक रहेको छ । 

हजुरआमा इन्दिरा गान्धी तथा पिता राजिव गान्धीको हत्यापछि आमा सोनिया गान्धीले नेतृत्व गरेको कांग्रेस पार्टीको २०१७ डिसेम्बर देखि राहुलले अध्यक्षको रुपमा पार्टीको नेतृत्व गर्दै आएका छन् । २०१४ को लोकसभा  चुनावमा २०६ सिटबाट ४४ सिटमा समेटिएको कांग्रेस पार्टीलाई हाल आएर राज्य स्तरको चुनावमा सफलता दिलाउन उनी सफल बनेका छन् । उनको अध्ययनको पृष्ठभूमि हेर्दा प्रारम्भिक शिक्षा दिल्ली, देहरादुन हुँदै स्टेफेन कलेज र रोलिन्स कलेज तथा ट्रिनटि कलेजमा भएको देखिन्छ । तर उनको शैक्षिक योग्यतामा पनि प्रश्नचिन्ह रहेको छ । सन् २००४ मा आफू स्पेनिश युवतीसँग प्रेममा रहेको वताए तापनि सक्रिय राजनीतिमा भने आफू अविवाहित रहने बताउँदै आएका छन् ।  

चुनावको अवसर पारी राहुलले  विभिन्न मन्दिरहरुको भ्रमण गर्ने गरेका भएता पनि कैलाश   मानसरोवरको यात्राको दौरानमा नेपालमा बंगुरको मासु खाएको  तथा उनले यात्रा विवरण प्रष्टसँग व्यक्त गर्न नसके बाट थप एउटा विवाद सिर्जना गरेको थियो । 

सन् २०१३ मा मनमोहनसिंहले जारी गरेको ‘आपराधीक क्रियाकलापमा सहभागि भए तापनि उन्मुक्ति दिन’ ल्याइएको विधेयकलाई च्यातेर उनले आफ्नै सरकारलाई लज्जित तुल्याएका थिए । 

विभिन्न अन्तराष्ट्रिय मंचमा हिन्दु आतंकवादको कुरा उठाएर हिन्दुहरुको आस्थामा समेत उनले ठेस पुर्‍याएका थिए । यस्तै प्रकारले अनावश्यक रुपमा राष्ट्रिय स्वयमसेवक संघ तथा राफेल लडाकु विमानका बारे अर्नगल प्रचार गरी यी मुद्दाहरु उठाइरहँदा भारतीय जनताबाट तिरस्कृत हुन पुगेका छन् । 

कहिले संसदमा मोदीसँग अंकमाल गर्नु, संसदमै  आँखा झिम्क्याउनु, भारतीय सैन्य क्षमतामा प्रश्न चिन्ह उठाउने जस्ता क्रियाकलापले उनको नेतृत्व क्षमतामा शंका हुने गरेको छ । 

सन् २०१४ को लोकसभामा कांग्रेसको पराजय पछि विना खबर थाइल्याण्ड र म्यानमारको भ्रमण जानु जस्ता अजिव गरिव हर्कतले पनि उनी विवादमा पर्दै आएका छन् । 

भारतीय राजनीतिमा अर्को चर्चित चेहराको रुपमा मायावतीलाई पनि लिन सकिन्छ । मायावतीको जन्म १५ जुन १९५६ मा एउटा गरिव दलित परिवारमा भएको थियो ।  उनले दिल्लीबाट विए र एल.एल.वि. को अध्ययन गरेकी थिइन् । उनी केही समय शिक्षण पेशामा समेत संलग्न थिइन् । यसै सिलसिलामा दलित नेता काशिरामको मार्गदर्शनमा राजनीतिमा सक्रिय भइन् र ४ पटक उत्तर प्रदेशको मुख्यमन्त्री समेत भइन् । उनलाई बहनजीको रुपमा दलित समुदायले सम्बोधन गर्ने गर्छन् ।  मायावती प्रायः विवादमा मुछिने गरेकी छन् । 

४ पटकको उनको मुख्यमन्त्रीको कार्यकाल अनेकौं विवादमा संलग्न रहेको थियो ।  कुनै ठोस आम्दानीको स्रोत नभए पनि २००७।०८ मा उनले २६.०२६ करोडको राजस्व तिर्नु, आफ्नो कार्यकालमा अनावश्यक रुपले काशिराम, हात्ती तथा स्वयं आफ्नो मुर्ति विभिन्न सार्वजनिक स्थलमा निर्माण गर्न लगाएर राज्यकोषको करोडौं नोक्सान समेत गराएकी थिइन् । 

आफ्नो जन्मदिनमा विभिन्न व्यक्ति तथा समुदायबाट महंगा एवं विलासी उपहार लिनु जस्ता विवादास्पद कार्य समेत मायावतीले गर्दै आएकी छन् ।  अत्यन्त भड्किलो जीवनशैली तथा अस्थिर स्वभावका काराण मायावती सधै विवादको केन्द्रमा  रहने गरेकी छन् । 

 २०१९ को लोकसभा चुनावको परिणाम नआउँदा सम्म भावी प्रधानमन्त्रीका बारेमा आंकलन गर्नु हतार हुनसक्छ । तर पनि हाल सत्तामा रहेको विजेपी विजयी भएमा प्रधानमन्त्रीमा नरेन्द्र मोदीको विकल्प देखिंदैन् । यदि परिणाम विजेपीको विपक्षमा गएका खण्डमा भावी प्रधानमन्त्री को भन्ने प्रश्न विपक्षीका लागि समेत पेचिलो बनेको छ । राहुल गान्धी, ममता वनर्जी वा  मायावतीको   सम्भावना देखिए पनि हालसम्म निश्चित हुन सकेको छैन् । 

 स्किजोेफ्रेनियाबाट ग्रस्त हिटलरका कारण जर्मनको विनाश भयो, सद्दाम हुसेनका कारण ईराकको दुर्दशा भयो र पोलपोटका कारण कम्वोडियामा आम नरसंहार हुन पुग्यो । यकिन गर्न नसकिए पनि स्किजोेफ्रेनियाबाट प्रायः जसो नेतृत्व ग्रसित रहेको पाइन्छ । 

यदि राहुलले भारतीय शासन सत्ताको बागडोर सम्हालेका खण्डमा के हुन्छ त भन्ने नै मूल प्रश्न हो । हुनत कांग्रेस पार्टीले शासन गरेको लामो इतिहास र अनुभवी नेतृत्वगण भएका कारण केही हदसम्म राहुलमाथि अंकुश लगाई संयमित राजनीतिको आशा गर्न सकिएला भने मायावतीको पनि गठबन्धनको शासनको लामो अनुभव रहेका कारण संयमित राजनीतिको अपेक्षा गर्न सकिन्छ । तर ममता वनर्जीको अस्थिर स्वभाव, कठोर तथा तानाशाही रवैया, मुस्लिम समुदाय प्रतिको सहानुभूति तथा अन्य धर्मप्रतिको असहिष्णु व्यवहारले गर्दा यदि ममता वनर्जी प्रधानमन्त्री बनेको खण्डमा त्यसले विनाश निम्त्याउने त होइन भन्ने प्रश्न नै अहं बनेको छ ।  

याे पनि 

प्रियंकाको अग्निपरीक्षा

भारतीय चुनावको चियोचर्चो

उतारचढावपूर्ण नेपाल–भारत सम्बन्ध र भारतको आसन्न निर्वाचन