'टाइम डाइलेसन'बारेमा हिन्दुशास्त्र : प्रकाशको गतिमा समय र पदार्थ दुवैको मृत्यु हुन्छ !

'टाइम डाइलेसन'बारेमा हिन्दुशास्त्र : प्रकाशको गतिमा समय र पदार्थ दुवैको मृत्यु हुन्छ !

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  भदौ १५, २०७७

१९०५ तिर आइन्स्टीनको 'रिलेटीभिटी थ्योरी' आए पनि 'टाइम डाइलेसन' बारे सैद्धान्तिक रूपमा स्थापित भए पनि यसलाई प्रत्यक्ष प्रमाणित हुन ६५-६६ वर्षसम्म कुर्नु पर्‍यो।  किनकी पृथ्वीमा यसको प्रत्यक्ष  अनुभव गर्ने साधन, श्रोत र उपाय थिएनन।  'एटमिक' घडीको आविष्कार भएपछि सन् १९७१ मा आएर एउटा घडी जेट विमानमा राखेर  विश्व परिक्रमा गर्न पठाइयो  र अर्को दुरुस्त त्यस्तै घड़ी पृथ्वीमा राखेर अध्ययन गरियो । जेट विमानभित्र रहेर विमानको गतिसँगै उडेको घडी पृथ्वीमा फर्केर आउँदा वर्षौ पहिला  मरेका आइन्स्टीन एकपटक पुनः जीवित भए । उनले भनेको कुरा प्रमाणित भयो । गतिमा उडेको घडीको समय सुस्त भएको थियो। गतिसँग समय सुस्तरी बग्छ भन्ने उनको भनाई  प्रमाणित भएको थियो। गति जति बढी समय त्यति नै सुस्त हुँदै जान्छ, उनको 'रिलेटीभिटी थ्योरी'मा भनिएको थियो।

हवाईजहाजको गतिसँग उडेर आएको घडी र पृथ्वीमा रहेको घड़ीको समयमा धेरै अन्तर आएको थिएन, हाम्रा सामान्य घडीमा त  यो अन्तर छुट्टिदैन पनि  तर 'हाइ प्रिसाइज़्ड' एटमिक घडीमा समय अन्तर देखियो। समयको समबन्ध गतिसँग रहेको प्रमाणित भयो, स्थिर अवस्थाको तुलनामा गतिमान हुँदा समयको गति सुस्त हुन्छ, गति जति बढी समय त्यति नै सुस्तरी बग्छ।

सापेक्षवादका अनेकौ कुरामा पृथ्वीको सापेक्ष गति बढी हुँदा ( पृथ्वीको गति १६७४ किमी प्रति घण्टा, ४६५ मीटर प्रति सेकेण्ड ) समय सुस्त हुने उल्लेख छ। तपाई पृथ्वीमै यदि ४६५ मीटर प्रति सेकेण्डको गतिभन्दा बढी गतिले कुदनु हुन्छ भने तपाईका लागि अन्य पृथ्वीवासीभन्दा समय 'स्लो मोसन'मा गति गर्न थाल्छ।

समय मात्रै समाप्त हुँदैन, विज्ञान त भन्छ यस गतिलाइ छुनसाथ पदार्थ नै लोप हुन्छ। तपाईसँग कुनै एउटा भकुन्डो  छ, तपाईले त्यो भकुन्डो प्रकाशको गतिमा हुत्त्याउनु भयो भने भकुन्डोको निर्माणमा सम्लग्न रहेका अणु, अथवा  भकुन्डो को द्रव्यमान (mass ) एनर्जीमा परिणित हुन्छ।  भकुन्डोको अस्तित्व रहदैन

यो बेग्लै कुरा हो, हाम्रो  र हाम्रो वर्तमानको दुर्भाग्य यो छ कि अहिलेसम्म विज्ञानले 'टाइम डाइलेसन'लाई प्रत्यक्ष महसूस गर्ने गति प्राप्त गर्न सकेको छैन।  हुन त 'टाइम डाइलेसन' तपाई स्थिर बस्दा  र हिड्दा  पनि हुन्छ तर झण्डै जेप्टोसेकेण्ड (१ सेकेण्डको दसको घात माइनस २१ भाग ) को यो फरक हाम्रो चेतनाले छुट्याउन सक्दैन। तर यदि तपाई प्रकाशको गतिको ९९ प्रतिशत वेग अर्थात २,९६,७९४ किमी प्रति सेकेण्डले उड्ने रकेटमा बसी आफुसँग  रहेको घडी अनुसार १० घण्टाको समय बिताएर पृथ्वीमा फर्किनु हुन्छ भने पृथ्वीमा दस घण्टा  मात्रै होइन झण्डै ३ दिन (७० घण्टा  ) बिती सकेका हुन्छन्। अर्थात प्रकाश को ९९ प्रतिशत गतिमा समय झण्डै ७ गुना सुस्त हुन्छ।

यसको सोझो अर्थ के हो भने तपाईको गति जति  बढी हुन्छ समयको वेग त्यति नै सुस्तरी बग्छ। समयको सम्बन्ध गतिसँग रहेको विज्ञानले प्रमाणित गरीसकेको छ। गति बढाउँदै जानुस समय 'स्लो' हुँदै जान्छ।  तर सापेक्षवादलाई न बिर्सौ है ! समयको यो चरित्र यस ब्रह्माण्डका निम्मित्त हो। हुन त अहिलेसम्म प्रमाणित रूपमा हामीलाई यस ब्रह्माण्ड बाहेक अन्य कुनै ब्रह्माण्डबारे कुनै सुइँकोसम्म छैन।

विज्ञानले यस ब्रह्माण्डको एउटा 'म्याट्रिक्स' पत्ता लाएको छ (अरु पनि छन तर यहाँ चर्चा यसको मात्रै हुँदैछ ) । यस ब्रह्माण्डमा प्रकाशको गतिभन्दा बढ़ी गति हुन सक्दैन।  यसको स्पष्ट अर्थ हो,  प्रकाशको गति अर्थात २,९९,७९२ दशमलब ४५८ किमी प्रति सेकेण्डको गति नै यस ब्रह्माण्डमा हुन सक्ने  सर्वाधिक गति हो।  यसभन्दा बढी गति हुनु सम्भव छैन।  तपाईले  विभिन्न पुस्तकमा जुन पढ्नु हुन्छ नि  'असम्भव केही छैन' , त्यों फगत 'इंटेलेक्चुअल' मुर्खहरुको प्रलाप हो जसमा कुनै सत्यता छैन।

 प्रकाशको गति यस ब्रह्माण्डको 'फण्डामेन्टल म्याट्रिक्स' हो, यसभन्दा बढी गति हुनु असम्भव छ। यस ब्रह्माण्डमा गति जति बढी हुन्छ, समय त्यति नै सुस्तरी हुँदै जान्छ। विभिन्न गतिमा समयान्तराल ज्ञात गर्ने उपाय छ, विज्ञानसँग।  यस सानो फार्मूलाले यो सहजै ज्ञात हुन्छ -

t1 =   t0 / स्क्वायर रूट 1 -(v /c )२

यहाँ t1  भनेको समयमा आएको अन्तराल जुन ज्ञात गर्नुछ।

t0  भनेको यात्रामा खर्च गरिएको समय (यात्रा गर्नेको घडी अनुसार बिताएको  समय )

v  भनेको  तपाई को रकेटको गति, र

c  भनेको प्रकाशको गति  ,जुन सधै  एक समान रहन्छ।

प्रकाशको गतिको ९९ प्रतिशत गतिमा गतिशील हुँदा जुनसुकै मानिसका लागि पृथ्वीको तुलनामा समय ७ गुना सुस्त हुन्छ। यस गतिमा ५ वर्षका दुईवटा बालक मध्ये एउटालाई पृथ्वीमा राखी, अर्कोलाई दस वर्षसम्म रकेटमा उडाएर फर्काउने हो  । दस वर्षपछि रकेटबाट ओर्लेको बालकले  भर्खर १५  वर्षमा टेकेको हुन्छ  भने पृथ्वीको बालक ७५ वर्षको भइसकेको हुन्छ  ।

एकपटक गति विषयक गणित र तथ्यांक कै रहस्य लोकमा राम्रैसँग डुली  हेरौ । अब प्रकाशको गतिमा क्रमशः वृद्धि गर्दै जाऔं, हेरौं समय कतिसम्म परिवर्तित हुँदो  रहेछ ?

तपाईको रकेटको गति प्रकाशको गतिको ९९ दशमलब १ प्रतिशत अर्थात २,९८ २९३ किमी प्रति सेकेण्ड हुँदा त्यस रकेटमा बिताइएका १० घण्डा पृथ्वीका लागि १०० घण्टा बराबरी  हुन्छन । अर्थात 'टाइम डाइलेसन' १० गुना हुन्छ।  रकेटको गति ९९ दशमलब ९० प्रतिशत अर्थात २,९९,४९२ किमी प्रति सेकेण्ड हुँदा पृथ्वीका लागि  १० घण्टाको मान २२३ घण्टा हुन पुग्छ, अर्थात 'टाइम डाइलेसन' २२ गुना भन्दा बढी हुनपुग्छ । रकेटको गतिलाइ प्रकाशको गतिको ९९ दशमलब ९९ प्रतिशत अर्थात २,९९,७६२ किमी प्रति सेकेण्ड पुर्‍याउँदा  रकेटका १० घण्टा पृथ्वीका  लागि ७०१ घण्टा बराबरी हुन्छन्, यस गतिमा 'टाइम डाइलेसन' बढेर झण्डै ७० गुना हुन पुग्छ  ।

हामी प्रकाशको गतिभन्दा अझै तल  नै छौ ,अझै गति बढ़ाऊ। अब गतिलाइ प्रकाशको गतिको ९९ दशमलब ९९९९९९९९९ मै अर्थात २,९९,७९२ किमी प्रति सेकेण्डमै पुर्यायाइ  दिउ। यस गतिमा बिताएका  १० घंटा पृथ्वीका लागि ५,७२० घंटा बराबरी  हुन्छन्। अब 'टाइम डाइलेसन' ५७२ गुना भयो। तपाई यस गतिको रकेटमा सवार भएर १ वर्ष पछि पृथ्वीमा फर्किनु हुन्छ भने यहाँ इतिहास मात्रै होइन भूगोल नै बदलिएको हुन सक्ने संभावना हुन्छ।

माथी कतै  लेखेको छु  प्रकाशको गति २,९९,७९२ दशमलब ४५८ किमी प्रति सेकेण्ड हुन्छ।  अब प्रकाशको गति  हाम्रो कल्पनाको  रकेटभन्दा झण्डै आधी किमी मात्रै बढ़ी छ। रकेटको गति बढाउने ठाँउ अझै छ।  अब गति प्रतिशतमा आउँदैन, सोझै अंकमा उल्लेख गर्नुपर्छ । रकेटको गति पुग्यो २,९९,७९२ दशमलब ४०० किमी प्रति सेकेण्ड।  यस गतिको रकेटमा बिताएका  दस घण्टा पृथ्वीको समयका लागि १६,०७६ घण्टा बराबरी हुन्छन्। 'टाइम डाइलेसन' १,६०० गुना भयो।

गति पचास मीटर अझै बढाएर हेरौ ।  रकेटको गति २,९९,७९२ दशमलब ४५० किमी प्रति सेकेण्ड हुँदा  रकेटका १० घण्टा पृथ्वीका लागि ४३,२८६ घण्टा हुन पुग्छन । प्रकाशको गति छुन अझै ८ मीटर बाँकी छ।  ल ७ मीटर गति अझै थपौ  । रकेटको गति २,९९,७९२ दशमलब ४५७ पुग्दा यस गतिमा बिताएंका  १० घण्टा पृथ्वीका लागि १,२२,४३२ घण्टा बराबरी हुन्छन् ।

अब गतिमा फरक १ मीटरको मात्रै बाँकी छ।  एक मीटर नै थप्यौ भने समय 'कोलैप्स' हुन्छ।  प्रकाशको समतुल्य गतिमा समय 'बिग ज़ीरो' हुन्छ अर्थात समय समाप्त हुन्छ।  यो कुनै धर्म अथवा अध्यात्मले भनेको कुरा होइन, विज्ञानले विभिन्न सिद्धान्त र गणितबाट प्रमाणित गरेको कुरा हो -प्रकाशको गतिमा समय भन्ने कुराको अस्तित्व रहदैन। 'टाइम एक्जिस्ट ओनली बिलो लाइट स्पीड , व्हेन एनीबड़ी मीट द पॉइंट अफ लाइट स्पीड , द कन्सेप्ट अफ टाइम विल फिनिश इमीडिएटली'।

समय मात्रै समाप्त हुँदैन, विज्ञान त भन्छ यस गतिलाइ छुनसाथ पदार्थ नै लोप हुन्छ। तपाईसँग कुनै एउटा भकुन्डो  छ, तपाईले त्यो भकुन्डो प्रकाशको गतिमा हुत्त्याउनु भयो भने भकुन्डोको निर्माणमा सम्लग्न रहेका अणु , अथवा  भकुन्डो को द्रव्यमान (mass ) एनर्जीमा परिणित हुन्छ।  भकुन्डोको अस्तित्व रहदैन।

एउटा प्रयोग अरु गरी हेरौ, अब हामी रकेटको गतिमा  १ मीटर थप्न  सक्दैनौ।  थप्यौ भने परिणाम हामीलाइ थाहा छ , समयका साथै पदार्थको  मृत्यु  हुन्छ।  हामी समयलाई नमारी नै यो प्रयोग गर्छौ।  अब हाम्रो रकेटको गति छ २,९९,७९२ दशमलब ४५७९९९९९९९९९ किमी प्रति सेकेण्ड छ । यस गतिमा गतिमान हुँदा  १० घण्टाको समय पृथ्वीका लागि ३,८७,,१६,६०,१०३ घण्टा बराबरी हुन्छन्।  हिसाब गरी हेरौ, यति घण्टाको यो समय हाम्रा समयका ठूला यूनिटमा कति  हुन्छन  ? यस संख्यालाइ २४  ले 'डिभाईड' गर्दा  दिनको 'भेल्यू' प्राप्त हुन्छ ,जुन हुन आउँछ १६,१३ ,१९ ,१७०  दिन ।  दिन संख्यालाइ ३६५ ले 'डिभाईड'  गर्दा  वर्षको समय ज्ञात हुन्छ। वर्षमा यो अवधि  ४,४१,९७० वर्ष लामो हुन्छ। यस गतिमा तपाई १० घण्टाको समय बिताएर पुनः पृथ्वीमा फर्किनु  हुन्छ भने पृथ्वीमा ४ लाख ४१ हज़ार ९७० वर्ष बीतीसकेका हुन्छन्।  

गणितको मरुस्थलबाट कथा साहित्यको आम्रवनतिर लागौ।  विराट हिन्दू वांग्मयमा कतै  एउटा कथा छ।  एक दिन विष्णुजीले तिर्खा लाग्दा नारदजीसँग पानी माग्नु भयो।   फ्रिज खोलेर पानीको बोतल झिक्दा बोतलको र्‍यापारमा  विज्ञापन हेतु रहेको कुनै अनिध सुन्दरीको फोटोले नारदजीलाइ पृथ्वी  लोकमा भेटिएकी कुनै सुन्दरीको सम्झना आयो। उनी  मानसिक रूपले पृथ्वी लोकमा आई त्यस सुन्दरीसँग बिहे गरी घरजम गरेर बसे । दुबैका  अनेको सन्तान जन्मिए, एक से एक गुणी र प्रतिभावान। नारदजीको जीवन सुख शयलका साथ व्यतीत भइरहेको थियो ।  तरुणी भएकी छोरी एक दिन बीमारी भएर मरणासन्न भइ।  दुखी भएर नारदले गुहार लाए,  हे भगवान यो  के गरेको ?
 प्रतिउत्तरमा विष्णुजीले, 'नारद ख्वै  मैले त के गरेको छु र ? तिमीसँग पानी माँगेको  थिए !'

 नारदको स्वपन भंग भयो, नी मुसुमुसु हाँस्दै पानीको बोतल लिएर भगवान् विष्णु छेउ गए।

प्रकाशको गतिको छेउ पुग्दा हुने 'टाइम डाइलेसन' बारे थाहा भए पछि पनि (अरबौं गुनाको अन्तर ) के तपाईलाइ यो कथा पत्याउन गाह्रो हुन्छ र ? तपाईसँग आफै पनि अनुभव नभएका  होइनन । १५-२० मिनेटको सपनामै तपाईले बीसौ वर्ष बिताएको अनुभव गर्नु भएको छैन ? खैर सपनाको चर्चा अर्को कुनै दिन गरौला।

तर एकपटक सोची हेर्नुस हिन्दू धर्मशास्त्रले भने अनुसार  पृथ्वी रहेको भूलोकभन्दा माथिका भुव लोक, स्वर्ग लोक, मह लोक, जनलोक, तप लोक र ब्रह्म लोकको समय क्रमशः पृथ्वीभन्दा सुस्त गतिमा बग्छ र भूलोक मुनिका अतल, वितल, सुतल, तलातल, महातल, रसातल र  पातालको समय पृथ्वीभन्दा छिट्टै गतिमान रहेको फगत कथा नै भए पनि के यी कथाले हिन्दू प्रज्ञालाई 'टाइम डाइलेसन' बारे थाहा थियो भन्ने प्रमाणित गर्दैन  र ? सौर्यमण्डलमै  पृथ्वीभन्दा सुस्तरी र बेस्सरी गतिले समय प्रवाहित हुने ठाँउ (खगोलीय पिण्ड ) हरु रहेको हामीलाइ थाहै छ। 

याे पनि 

ब्रह्माण्ड मै समयका भिन्न गति : हिन्दु शास्त्रहरूमा विभिन्न लोकमा फरक फरक समयको व्याख्या