पूर्ववाट सूर्यमात्र होइन कमल पनि उदाउने

पूर्ववाट सूर्यमात्र होइन कमल पनि उदाउने

ज्ञानमित्र  |  दृष्टिकोण  |  चैत्र १७, २०७५

 यसपटक २०१९ मा हुन गइरहेको भारतीय लोकसभा चुनावको परिणाम जे सुकै आए पनि भारतीय मतदातामा एउटा बडो हर्षको लहर देखिएको छ । 

हर्षको लहर सत्तापक्षीय भाजपा खेमाका कार्यकर्ता तथा मतदाता र विपक्षी मतदाता एवम कार्यकर्ता दुबैसँग झण्डैझण्डै बराबरी मात्रा मै देखिएको छ । 

एकातिर नरेन्द्र मोदीलाई रोक्न अधिकांश विपक्षीहरु कही जुटेर, कही फुटेर भएभरिको शक्ति प्रर्दशन गरिरहेका छन भने अर्कोतिर भाजपा एकपटक पुनः सत्तामा आउन दमखमका साथ लागिरहेको छ । भाजपा वृत्तमा खुशीको कारण देशभरी पहिलो पटक भाजपा सबैभन्दा ठूलो शक्ति बनेको र यसका विरुद्धमा सबै विपक्षी दल ओर्लेको कारणले हो । 

२८ राज्य र ७ केन्द्रशासित प्रदेशको ढाँचामा रहेको भारतमा राज्य पिच्छै क्षेत्रीय दलको उपस्थिति छ । कैयन राज्यमा त देशको दुबै ठूलो दल भाजपा र काँग्रेसको अस्तित्व नै नाम मात्रको छ ।

२०१४ को निर्वाचनामा उडिसा, पश्चिम बंगाल, तमिलनाडु, आन्ध्र प्रदेश, तेलांगाना राज्यमा भाजपा र कांग्रेस दुबैको हालत उस्तैउस्तै रहेको थियो । केरल राज्यमा कांग्रेसले ठिकै प्रदर्शन गरेर ८ सिट जितेको थियो भने भाजपाको खाता खुलेको थिएन । 

२०१४ मा नरेन्द्र मोदीलाई दिल्लीको दौडमा बिजयी बनाउन उत्तरभारत र पश्चिम भारतको विशेष योगदान रहयो । 

भारतमा भएका अनेकौ चुनावी सर्वेक्षणले उत्तर र पश्चिम भारतमा भाजपाले अग्रता लिएपनि २०१४ को तुलनामा उसलाई नोक्सान पुग्ने मूल्यांकन गरिएको छ ।  केही हदसम्म भाजपा नेतृत्वलाई यस कुराको पुर्व आभास भइसकेको थियो । २०१४ को निर्वाचनमा उत्तर र पश्चिमका राज्यहरुमा भाजपाले आर्जन गरेको जीत अभूतपूर्व थियो । अभूतपूर्व भनेको परिस्थिति विशेष, काल विशेषमा घटने विशेष परिणाम हो । यस्तो परिणामको निरन्तरताको अपेक्षा सँधै गर्न सकिन्न र कुनै पनि बुद्धिमान प्राणीले गर्दैन पनि । 

भजपाले सोचे सम्झे रणनीति अनुसार पूर्वका राज्यमा आफ्नो ध्यान फोकस ग¥यो । २०१९ मा उत्तर र पश्चिमका राज्यमा हुन सक्ने नोक्सानीको भरपाई पूर्वका राज्यबाट गर्ने उसको पुर्व योजना नै रहेको थियो ।   

केही महिना पहिला ममता बनर्जीको अगुवाईमा कोलकतामा विपक्षीहरुको महासम्मेलन आयोजना भएको थियो । भाजपा विरुद्ध महागठबन्धन बनाएर चुनाव लडने चर्चा चल्यो तर यो बंगालमा नै मूर्त रुपमा आउन सकेन । पश्चिम बंगाल चुनाव चतुष्कोणीय हुन गइरहेको छ । भाजपा अध्यक्ष अमित शाह भने यस पटक वंगालमा २० भन्दा बढी सिट भाजपाले जीत्ने अनुमान लगाएर बसेका छन ।

७ सिस्टरका नामले चिनिने ७ साना राज्य र झारखण्ड, आसाम, उडिसा एवम्  पश्चिम वंगाल पुर्वी भारतमा पर्छन । 

२०१४ को निर्वाचनमा पुर्व स्थित यी राज्यका १०२ सिटमध्ये पश्चिम बंगालबाट ३४ सिटमा विजयी भएर तृणमूल कांग्रेस (ममता बनर्जी) सबैभन्दा ठुलो दल बनेको थियो  । भाजपाले २३ सिट, बीजू जनता दल (नवीन पटनायक) ले २० सिट, कांग्रेसले १२ सिट जितेको थियो । १३ सिट अन्य साना दलले पाएका थिए । 

भाजपाको आँखा पूर्वका दुई ठूला राज्य उडिसा र पश्चिम बंगालमा केन्द्रित थिए । उत्तर भारतमा भएको नोक्सानीको भरपाई भाजपाले यी राज्यबाट गर्न चाहान्थ्यो । 
विभिन्न मत सर्वेक्षणले देखाए अनुसार भाजपा यी दुई राज्यबाट आफ्नो योजना  बमोजिम सफलता प्राप्त गर्न गइरहेको छ ।

२९ मार्च शुक्रबार बेलुकी एबीपी टेलिभिजनले देखाएको सर्भेक्षण अनुसार भाजपा पश्चिम बंगालमा ८ सिट जीतिरहेको छ । तृणमूल कांग्रेस ३२ सिटमा र कांग्रेस २ सिटमा विजयी हुन सक्छ ।  २०१४ मा २ सिट पाएको कम्युनिष्ट दलको भने खाता पनि नखोलिने भएको छ ।

केही महिना पहिला ममता बनर्जीको अगुवाईमा कोलकतामा विपक्षीहरुको महासम्मेलन आयोजना भएको थियो । भाजपा विरुद्ध महागठबन्धन बनाएर चुनाव लडने चर्चा चल्यो तर यो बंगालमा नै मूर्त रुपमा आउन सकेन । पश्चिम बंगाल चुनाव चतुष्कोणीय हुन गइरहेको छ । भाजपा अध्यक्ष अमित शाह भने यस पटक वंगालमा २० भन्दा बढी सिट भाजपाले जीत्ने अनुमान लगाएर बसेका छन

यसपटकको निर्वाचनमा भाजपाका लागि सबैभन्दा सुखद खवर उडिसाबाट आइरहेको छ । २९ मार्चकोे एबीपी टेलिभिजनको सर्वेले राज्यका २१ सिट मध्ये १३ वटा सिटमा भाजपाले विजयी हुनसक्ने अनुमान गरेको छ । 

आसामको स्थिति पनि भाजपाका लागि सन्तोषजनक नै छ । विगतको ७  सिटमा एकदुइ सिट ‘प्लस’ हुने अनुमान गरिएको छ । पूर्वका राज्यमा झारखण्डबाट भने भाजपा ओरालो  लाग्ने संकेत देखिएको छ । गत निर्वाचनमा राज्यका १४ मध्ये १२ सिटमा भाजपा विजयी रहेको थियो । यसपटक भने स्थिति बराबरीको रहेको छ । 

चुनाव घोषणा उपरान्त अन्य पार्टीका ठूलठूला पदाधिकारीले भाजपा प्रवेश गर्ने समाचारले भाजपाको स्थितिमा केही सुधार भएको भान हुन्छ । यहाँ विगतका १२ मध्ये ७–८ सिटमा जित्न सक्यो भने भाजपाले राहतको श्वास फेर्छ । 

मणिपुरबाट १ सिट, मेघालयबाट १ सिट, मिजोरम, नागाल्यण्ड त्रिपुराबाट १–१ सिट भाजपाको खातामा आउने सबै मत सर्बेक्षणले देखाएका छन । 

२०१४ को निर्वाचनमा पूर्वका सबै राज्यबाट जम्मा २३ सिट जीतेको भाजपाले २०१९ को निर्वाचनामा सिट संख्या दोब्बर भन्दा केही बढी त सजिलै पु¥याउँछ । तर के यसले उत्तरको राज्यमा भएको क्षतिपूर्ति गर्न सक्छ ? यसको जवाफ भाजपालाई उत्तरका राज्यमा कति नोक्सान हुन्छ भन्ने तथ्यांकले मात्र ज्ञात हुन आउँछ । 

यसको चर्चा उत्तरी राज्य बारेको परिचर्चामा गरौंला । 

भाजपाको केन्द्रमा सरकार बन्ने नबन्ने बारे त २३ मेमा आएको चुनाव परिणामले देखाउँछ । तर, चुनाव परिणाम पूर्वका सर्वेक्षणले भने भारतका अधिकांश पुर्वी राज्यमा भने भाजपाको स्थिति बलियो हुने देखाएको छ । मणिपुर,मेघालय,मिजोरम,नागल्याण्ड, त्रिपुरा, अरुणचल प्रदेशमा भाजपाको कमल फुल्ने सहज पूर्वानुमान रहेको छ । 

यी पुर्वी राज्यमा काँग्रेसले गत निर्वाचनामा पाएको सिट संख्या १२ पुर्‍याउन सके पनि पश्चिम बंगाल, अरुणाचल प्रदेश, मिजोरम, मेघालय, मणिपुरमा उस्को वर्चस्व खस्किने परिस्थिति देखा परेको छ । झारखण्ड, आसाम र उडिसामा कांग्रेसको स्थितिमा सुधार आउने संकेत रहेको छ । विगतको निर्वाचनमा जिरो सिट रहेको झारखण्डमा यसपटक कांग्रेसले ४ सिट ल्याउन सक्ने मत सर्वेक्षणले देखाएका छन । जिरो नै सिट रहेको उडिसामा कांग्रेसले खाता खोल्ने अनुमान गरिएको छ ।  

याे पनि
के मोदीले फेरि ‘मनकी बात’ गर्न पाउँलान् ?

भारतमा काँग्रेसको ४४ सिट आउन पनि मुस्किल !

मोदी लहरबाट अप्रभावित यी राज्यहरु