यो पृथ्वीले एक दिन सूर्यको भोजन बन्नु नै छ

यो पृथ्वीले एक दिन सूर्यको भोजन बन्नु नै छ

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  चैत्र १८, २०७५

‘अटोग्राफी अफ अ योगी’ पुस्तकका लेखक योगानन्दको मृत्यु पश्चात उनको पार्थिव शरीरबाट नीलो प्रकाश निरन्तर निस्की रह्यो । उनको मृत्यु अमेरिकामा भएको थियो, अतएव यो घटनालाई प्रमाणिक मानियो । यस्तै घटना यदि नेपाल अथवा भारतमा कतै घटित भएको भए पश्चिमाहरुले अन्धविश्वास वा टुनामुनाको हवाला दिई हाँसो उडाउँथे ।

पांडिचेरीमा अन्तिम श्वास फेर्दै अज्ञात कुनै यात्रामा प्रस्थान गरेका श्री अरविन्दोको श्वासरहित देहबाट पनि यस्तै नीलो प्रकाश उत्सर्जित भएको थियो । ५ डिसेम्बर १९५० देखि ९ डिसेम्बर १९५० सम्म उनको मृत शरीरबाट यो प्रकाश आइरह्यो । प्रकाश क्षीण भएपछि ‘मदर’का नामले विख्यात फ्रेन्च महिला मीरा अलफासाले अन्तिम संस्कार गर्ने अनुमति दिइन । मृत देहमा क्षय प्रक्रिया भएको थिएन यस प्रकाशका कारणले गर्दा ।

तिब्बतका योगीहरुले शरीर समेत इन्द्रेणीमा समाहित भएका कथा प्रचलित छन । कृष्ण भक्त मीरा नाच्दा नाच्दै कृष्णको प्रतिमामा विलीन भएको कथा सुन्न पाइन्छ । कबीरको शव पुष्पमा रुपान्तरण भएको किंवदन्ती छ । यी त भए उहीलेका प्रसंग, वर्तमानको घटनामा कपन ‘मोनास्ट्री’का एक जना रिम्पोछेको अन्तिम संस्कारमा उनको अस्तुको रुपमा केही वहुमूल्य धातु प्राप्त भए, जुन अहिले पनि त्यहाँ राखिएका छन । मलाई माया गर्नहुुने फर्पिङ्गका रालो रिम्पोछेको शव जलाइँदा उनको खप्परको भाग जलेन, जुन अहिले पनि उनको स्मृतिस्वरुप फर्पिङ स्थित उनको मोनस्ट्रीमा राखिएको छ । 

साँच्चै भन्ने हो भने, तपाईले सोची रहे जस्तै म पनि यी सबै घटना प्रति मनमनै हाँस्ने गर्दथें, विश्वास लाग्दैन थियो मलाई पनि । कपन ‘मोनास्ट्री’का रिम्पोछेको अवशेषका रुपमा रहेका ‘जेम्स’ हेरे पछि त मैले अशोभनीय टिप्पणी नै गरेको थिएँ । तर अब आफ्नो त्यो टिप्पणी प्रति म लज्जित छु । 

उपनिषदले ज्ञानलाई यस्तो अग्निको उपमा दिन्छन्, जसको प्रकाशमा सबै अज्ञान प्रष्ट हुन्छन र तापले नष्ट हुन्छन अनि ज्ञानरुपी अग्नि आफ्नो कार्य संपादन गरिसकेपछि स्वयं पनि समाप्त हुन्छ । 
विगत एक वर्षदेखि मलाई विज्ञानमा रुचि जागेको छ । ‘क्वान्टम थ्योरी’, ‘क्वान्टम साइन्स’,‘सर्नल्याब’,‘एल.एच.सी’,प्रयोग‘कस्मोलोजि’, आदि बारे गुगल, वीकिपिडिया, यू ट्युब लगायत अनेकौं ‘साइट’हरु मेरो स्कूल बनेका छन । यसै अध्ययनको क्रममा मैले थाहा पाएँ, मानव शरीरको अवशेषबाट ‘क्रिष्टल’, हिरा, शिशा, रंग, मसी, पेन्सिल आदि बनी सकेका छन विकसित मुलुकमा । तपाई आफ्नो प्रियजनको शरीरबाट, पालेको कुकुर वा बिरालोलाई हिरा बनाएर सँधै आफूसंग राख्न सक्नुहुन्छ । इन्टरनेटमा तपाई अनेकौं यस्ता संस्था भेट्नुहुन्छ जसले शरीरको अवशेषबाट हिरा बनाई दिन्छन । 

विज्ञानको अवधारणा छ, ५अरब वर्ष भित्र हामीले हेर्ने सूर्य पनि लाल दानवमा रुपान्तरित हुन्छ । झन झन विशाल हुँदै सूर्यले सम्पूर्ण पृथ्वीलाई आफूमा सन्निहित गर्छ । यो पृथ्वीले एक दिन सूर्यको भोजन बन्नु नै छ । यसरी सूर्य लाल दानव बनेको केही अरब वर्षमा आफ्नो आउटर भाग गुमाएर केही हजार किमिको भित्री ‘कोर’ का साथ श्वेत वामन तारा बन्न पुग्छ । र त्यो ‘कोर’ प्राकृतिक प्रकियाले एक विशाल हिरा बनेर टल्किने छ ब्रम्हाण्डमा ।

हिरा बन्ने प्रक्रिया बुझ्नु पहिले बुझौं पृथ्वीमा पाइने सबैभन्दा ठोस वस्तु हिरा के हो ? हिरा ‘कोल’ अथवा ‘ग्रेफाइट’ जस्तै कार्वन परमाणुबाट बनेको हुन्छ । भिन्नता मात्र परमाणुको ‘सिस्टमेटिक अरेन्जमेन्ट’को हुन्छ । पृथ्वीको सतह भित्र १४० देखि १९० किमि ‘मैन्टल कोर’मा जहाँ तापमान ९०० डिग्री सेल्सियस देखि एक हजार तीन सय डिग्री सेल्सियस सम्म हुन्छ र वातावरणीय दबाब ४५–६० सम्म हुन्छ । यस तापमान र दबाबमा कार्वनका परमाणु आपसमा जोडिएर हीरा बन्न प्रारम्भ गर्छन । यसरी बनेको हीरा पृथ्वीसम्म आइपुग्न १ देखि ३.३ अरब वर्ष समय लाग्ने गर्छ । यो समय पृथ्वीकै आयुको २२ देखि ७३ प्रतिशत को समय हो । शुद्ध हीराको ‘इनर स्ट्रक्चर’मा रिक्त स्थान हुन्न, अर्थात सबै परमाणु ‘इलेक्ट्रोन शेयरिंग’द्वारा एक अर्का संग कस्सिएर जोडिएका हुन्छन । 

पृथ्वीमा पाइने सम्पूर्ण जीवन प्रारुपको शरीर कार्बनबाट बनेको हुन्छ । ‘हाइ प्रेशर हाइ टेम्प्रेचर मेथड’बाट ल्याबमा यसै कार्बनबाट ‘आर्टिफिसियल डायमण्ड मैनुफैक्चरिङ्ग’ले हिरा बनाइन्छ । तर यो तकनीक सस्तो छैन, जो कोहीले यसको खर्च धान्न सक्दैन । १ कैरेट कै मूल्य झण्डै बीस हजार डलर पर्न आउँछ । 

मानव शरीरबाट ‘ल्याब’मा हिरा बन्ने प्रक्रिया संज्ञानमा आएपछि मलाई रिम्पोछेको शरीर अवशेषबाट ‘जेम्स’ बनेको घटना न बकम्फुसे लाग्यो, न अपत्यारिलो नै  । जुन कुरा ‘ल्याब’मा हुन सक्छ, त्यो कुनै अज्ञात प्रक्रियाबाट एउटा योगीले गर्न सक्छ मान्नुमा परहेज किन ?

मानवीय हिरापछि यसैबारे उत्पत्ति भएको यो ज्ञानलाई परमसम्म पुर्‍याउने प्रयास गरौं । 

एउटा ‘एभरेज’ द्रव्यमान बोकेको तारा आफ्नो जीवनको अन्तिम दिनमा, आफू भित्रको सम्पूर्ण ‘हाइड्रोजन’ लाई ‘हिलियम’ मा ‘फ्यूज’ गरी सकेपछि ‘लाल दानव’ मा परिणत हुन्छ । यस ‘लाल दानव’ अवस्थाको अन्तमा आफ्नो ‘आउटर’ भाग गुमाएर केही किमि लामो भित्री ‘कोर’ लिएर ‘श्वेत वामन तारा’ (व्हाइट डार्फ) मा बदलिन्छ । यस अवस्थामा यस ‘कोर’मा ताप र दबाब यति बढी हुन्छ कि त्यसको समस्त कार्बन हिरामा परिणत हुन्छ । 

आश्चर्य नमान्नुस, यस विशाल ब्रम्हाण्डमा अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो हिरा वी.पी.एम.३७०९३ श्वेत वामन तारा ‘लुसी’ हो । जुन पृथ्वी भन्दा ५० प्रकाश वर्ष टाढा रहेको छ । यसको दुई हजार पाँच सय किमी लामो कोर ‘ग्रह रुपी हिरा’ बनी सकेको छ, ‘लुसी’ पूरै हिरा हो । 

विज्ञानको अवधारणा छ, ५अरब वर्ष भित्र हामीले हेर्ने सूर्य पनि लाल दानवमा रुपान्तरित हुन्छ । झन झन विशाल हुँदै सूर्यले सम्पूर्ण पृथ्वीलाई आफूमा सन्निहित गर्छ । यो पृथ्वीले एक दिन सूर्यको भोजन बन्नु नै छ । यसरी सूर्य लाल दानव बनेको केही अरब वर्षमा आफ्नो आउटर भाग गुमाएर केही हजार किमिको भित्री ‘कोर’ का साथ श्वेत वामन तारा बन्न पुग्छ । र त्यो ‘कोर’ प्राकृतिक प्रकियाले एक विशाल हिरा बनेर टल्किने छ ब्रम्हाण्डमा । 

मानव शरीर अणुले बनेको हो, अणु अरबौं वर्ष पुराना छन । पृथ्वीमा जीवन श्रृंखलाको क्रममा यी अणु ‘रिसाइकल’ भइ रहन्छन । यस अर्थमा तपाई हामी सबै अरबौं वर्ष पुराना हौं र हामी मरेर गए पनि हामीले शरीरमा रहुन्जेल प्रयोग गरेका यी अणु सूर्यले पृथ्वीलाई निल्नुसम्म रही रहन्छन । यी समस्त कण मध्ये ‘कार्बन’ अणुको प्रारब्धमा हिरा बन्नु लेखिएको छ । यो ज्ञानले के तपाईको अज्ञान मेटेन ! तपाई पनि त भविष्यको हिरा हो ।

याे पनि

पृथ्वीको अभूतपूर्व सुरक्षा कवच, वृहस्पति ग्रह नभएको भए हाम्रो जीवन धरापमा हुन्थ्यो

मंगलग्रहबाट आजका दिन रेडियो सन्देश आउन कति मिनेट लाग्छ

अब पृथ्वीभरी सूर्य,२०२५ सम्ममा पृथ्वीमै पहिलो सूर्य निर्माण हुनेछ

जीवनमा पाँच अंकको महत्व, पृथ्वी र चन्द्रमा मै अंक रहस्य

पृथ्वीजस्तै अर्को पनि पृथ्वी