पृथ्वीको अभूतपूर्व सुरक्षा कवच, वृहस्पति ग्रह नभएको भए हाम्रो जीवन धरापमा हुन्थ्यो

पृथ्वीको अभूतपूर्व सुरक्षा कवच, वृहस्पति ग्रह नभएको भए हाम्रो जीवन धरापमा हुन्थ्यो

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  फाल्गुन ३०, २०७५

विज्ञान पृथ्वी जस्तो जीवन सम्पन्न हुन सक्ने ग्रहको खोजीमा रातदिन लागि परेको छ । अनेकन वैज्ञानिक ‘टेलिस्कोप’बाट आकाशको कुन कुनामा ‘यस सम्भावनाको खोजीमा’ संलग्न रहदै जीवन नै विताउँछन् । तर आज सम्म पनि पृथ्वी बाहेक अन्यत्र कतै जीवन सम्पन्न ग्रह भएको पत्तो त के झिनो सम्भावना सम्म हात लागेको छैन । 

 परग्रही जीवनको कल्पना अहिले सम्म ‘साइन्स फिक्शन’ फिल्मा मात्रै सीमित रहेको छ । यस अनन्त ब्रह्माण्डमा पृथ्वीजस्तो जीवनयुक्त ग्रह कतै छ कि छैन भन्ने बारे ‘आफ्नो आफ्नो ढपली आफ्नो राग’ नै चरितार्थ भएको अवस्था कायम नै छ । 

एक थरी वैज्ञानिकहरुको मान्यता छ सम्पूर्ण पृथ्वीमा रहेका वालुवाको कण भन्दा पनि बढी आकाशमा ग्रह–नक्षत्र–तारा जस्ता पिण्डहरु रहेका छन् । यी रात्रि कालीन आकाशको शोभा मात्रै हुन सक्दैनन् । यस वर्गका वैज्ञानिकहरुको मान्यतामा हजारौ ग्रहमा पृथ्वी जस्तो जीवन हुनुपर्छ । 

अर्का थरिको मान्यताअनुसार पृथ्वीमा जीवन हुनलाई एकका पछाडि सत्ताइस वटा जिरो राखेर जुन संख्या बन्छ (१ हजार योटा आइटम) त्यति कारण अथवा संयोग जुटेर मात्र सम्भव हुन्छ । यो संख्या भनेको पृथ्वीभरि रहेका वालुवाको कण भन्दा पनि बढी हो । वैज्ञानिकहरुको अनुमान अनुसार पृथ्वी भरी वालुवाको कणको संख्या एकका पछाडि उन्नाइस जिरो (१० एकस आइटम) मात्रै हो । ब्रह्माण्डमा रहेका समस्त ग्रह नक्षत्र ताराहरुको संख्या एकका पछाडि तेइस जिरो (एक सय जेटा आइटम) हो ।

 कुनै ग्रहलाई पृथ्वी जस्तो र यहाँ हुर्केको जस्तो जीवन सम्पन्न हुनलाई जति संयोग चाहिन्छ, त्यो चानचुने कुरा होइन ।

 तपाईलाई पनि पृथ्वीमा जीवन हुनका पछाडि अनेकौ संयोग र कारण के हुन भन्ने ज्ञात नै होलान । पृथ्वी सूर्यदेखि जुन दूरीमा (चौदह करोड छियानब्बे लाख किमि) छ त्यो एउटा महत्वपूर्ण कारण हो । वुध, शुक्र जस्तै नजिक भएको भए मैले लेख्ने र तपाईले पढ्ने सम्भावना हुने थिएन । अथवा भनौ सूर्यदेखि मंगल, बृहस्पछि, शनि जति टाढा भएको भए पनि पृथ्वीमा जीवन हुने सम्भावना शुन्य हुन्थ्यो ।

 पृथ्वीको वर्तमान स्वरुप र जीवन्त हुनेमा वृहस्पति ग्रहको पनि ठूलो योगदान छ । अब तपाई भन्नु होला पृथ्वीबाट सरदर बासठ्ठी करोड, तिरासी लाख, बीस हजार किमि टाढा रहेको भीमकाय ग्यास दानव वृहस्पतिको के नै योगदान हुन सक्छ पृथ्वी जीवन्त हुनुमा ?

तपाईलाई सुन्दा अचम्म लाग्ला, पृथ्वीबाट यति टाढा रहेर पनि वृहस्पतिले पृथ्वीको सुरक्षा गर्दै आइरहेको छ । वृहस्पतिको अनुपस्थितिमा पृथ्वीमा जीवनको कल्पना गर्न सकिन्न । 

तपाईलाई थाहै छ, सौर्यमण्डलमा आठवटा ग्रह छन् । दूरीका हिसाबले पृथ्वी बुध र शुक्र पछि तेस्रो नम्बरमा पर्छ । यसै गरि मंगल चौथो नम्बरमा र वृहस्पति पाचौं नम्बरमा रहेका छन् । मंगल र वृहस्पति ग्रहको वीचमा साना तिना गरि लाखौ पिण्ड छन् । यी सवैले सूर्यको परिक्रमा गर्छन् । यी पिण्डको आकृति र आकार फरक फरक रहेको छ । कोही एक मिटरका छन् भने कोहि झण्डै दश लाख मिटर सम्मका छन् । 

यी पिण्डलाई खगोल विज्ञानमा ‘ऐस्टेरायड’ (ASTEROIDS) र मंगल र वृहस्पति ग्रह बीचको आकाशलाई ‘ऐस्टेरायड बेल्ट’ भनिन्छ । यी ‘ऐस्टेरायड’ पृथ्वीका लागि ठूलो खतरा हुन् । एक–दुई किमि. व्यास भएको कुनै ‘ऐस्टेरायड’ पृथ्वीमा खस्ने हो भने पृथ्वीमा रहेको सम्पूर्ण जीवन स्वाहा हुन सक्छ । वैज्ञानिकहरुको भनाईअनुसार केही करोड वर्ष पहिला यस्तै एउटा ‘ऐस्टोरायड’ खसेर पृथ्वीमा ‘डायनासोर’ युगको अन्त भएको थियो । 

पृथ्वीको माथिल्लो वातावरणमा रहेको दोस्रो तहको वातावरण जसलाई ‘स्टाट्रोस्फेयर स्फेयर’ अथवा ‘ओजोन लेयर’ पनि भनिन्छ । यसपछिको अर्को वातावरणीय तहलाई ‘मेसोस्फेयर लेयर’ भनिन्छ । यसै ‘मेसोस्फेयर लेयर’ मा प्रवेश गर्नासाथ जुनसुकै पिण्ड पनि जलेर नष्ट हुन्छन, तर कहिलेकाहि धेरै ठूला पिण्डहरु पूरै नष्ट हुनुभन्दा पहिला पृथ्वीमा ठोक्किएर विनाश निम्त्याउँछन ।

जस्तो कि तपाईलाई थाहा छ वृहस्पति सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रह हो । यो पृथ्वीभन्दा झण्डै ११ गुना ठूलो छ र यसको गुरुत्वाकर्षण शक्ति पृथ्वीभन्दा झण्डै अढाई गुना बढी रहेको छ ।
वृहस्पतिको गुरुत्वाकर्षण शक्ति बढी भएकाले यसले अघिकांश ‘ऐस्टेरायड’लाई आफूतिर तानेर पृथ्वीलाई सुरक्षित रहन सहयोग गर्छ । 

वृहस्पतिमा दिनहुँ ‘ऐस्टेरायड’ पृथ्वीमा राख्ने गर्छन । वृहस्पति नभएको भए ती सबै ‘ऐस्टरायड’खसेर यहाँको जीवनलाई समाप्त पारी दिन्थे । ‘थैक्स जुपिटर यु गेभ परमानेन्ट सेक्युरिटी दु अवर अर्थ ।’

याे पिन 

मंगलग्रहबाट आजका दिन रेडियो सन्देश आउन कति मिनेट लाग्छ

अब पृथ्वीभरी सूर्य,२०२५ सम्ममा पृथ्वीमै पहिलो सूर्य निर्माण हुनेछ

सौर्यमण्डलका अन्य साथीहरु