श्रीराम श्रेष्ठ | समाज | माघ ११, २०७७
शेर्पाहरू कामको सिलसिलामा घर छाडी टाढा जान्थे । घर फर्कंदा शुद्ध हुनुपर्छ भन्ने भनाइ छ । गाउँका ठूला लामाका कोसेली लग्ने र लामाले मन्त्रोच्चारण गरी जलपान दिई शुद्ध हुने भनाइ छ । यसलाई शेर्पाहरू टिब सोल्लु वा खसोल्लु भनिन्छ ।
आफ्नो विचार तथा भावनालाई सजिलैसँग अभिव्यक्त गर्नका लागि भाषा प्रयोग गरिन्छ । मान्छे र भाषाबीच अन्तर्सम्बन्ध मजबुत रहन जान्छ । भाषाले नै जातिको पहिचान रहेको हुन्छ । शेर्पा जातिको पनि आफ्नै अलग्गै भाषा रहेको छ । यो भाषा हिमाली भेगमा बसोबास गर्नेहरूले बोलिने भाषा हो । विशेष गरेर शेर्पा भाषा नेपालका सोलखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक आदि जिल्लामा बोलीचाली भाषाको रूपमा विकसित भएको छ । यो भाषा नेपालको अलावा चीन, सिक्किम, भुटान जस्ता देशहरूमा बोल्ने गरिन्छ । शेर्पा भाषा सम्भोट लिपिअन्तर्गत पर्दछ । सम्भोट लिपिमा भए तापनि देवनागरिक र अङ्ग्रेजी लिपिमा शेर्पा भनेर लेख्ने गरिएको छ । शेर्पाको लिखितमा ९० प्रतिशत तिब्बती भाषा र १० प्रतिशत प्राचीन तिब्बती भाषामा लेखेको पाइन्छ ।
सबाट शेर्पा आदिवासीहरूको शेर्पा भाषामा ‘छ्याङ’ भनिन जाँड सस्कृंतिको मूल जरो मानिने भाङ–धतुरो जस्तो मादक पदार्थ खाएर ताण्डप–नृत्य गर्ने लिङ्गोपासनाका प्रतिमूर्ति शिव (पशुपति)का प्रारूप मानिने शम्बर तथा शम्बरकै विकसिति रूप मानिने लिङ्गोपासनाका प्रतिमूर्ति शिव आग्नेयी मूलका शेर्पा आदिबासीहरूका कुलदेवता हुन् भन्ने तथ्यको पुष्टि हुन्छ ।
सम्भोट लिपि सातौँ शताब्दीमा तिब्बतको धर्म राजा स्रङचन गम्पोका मन्त्री थोन्मि सम्भोटले विकास गरेको लिपि हुन् । यस लिपिमा चार स्वरवर्ण र तीस व्यञ्जनवर्णहरू रहेका छन् । यस भाषा भोटबर्मेली भाषापरिवारका शाखा हो भनिन्छ । शेर्पा र तिब्बती भाषा मिल्दोजुल्दो भए तापनि बोल्ने शैली फरक छ । शेर्पा भाषाका केही नमुना :
क) बारहरू बुझाउने शब्दहरू:
नेपाली भाषा शेर्पा भाषा
आइतबार ङिमा
सोमबार दावा
मङ्गलबार मिङमा
बुधबार ल्हाक्पा
बिहीबार फुर्वा
शुक्रबार पासाङ
शनिबार पेम्बा
ख) अङ्ग बुझाउने शब्दहरू :
नेपाली भाषा शेर्पा भाषा
एक चिग
दुई ञि
तीन सुम
चार जी
पाँच ङा
छ ड्रग्
सात दून
आठ ग्यव
नौ गु
दस चुथम्पा
ग) शरीरका अङ्ग बुझाउने शब्दहरूः
नेपाली भाषा शेर्पा भाषा
टाउको गो
कपाल उटो
अनुहार श्यल
कान नम्जोक
आँखा मीक
मुख श्यल
नाक श्यङ
जिब्रो ज्यूक
दाँत छेम
हात लक्पा
घ) जनावर बुझाउने शब्दहरू :
नेपाली भाषा शेर्पा भाषा
बाख्रा र
भेडा लुग
घोडा त
याक यक
बाघ ताक
चितुवा जीक्
सिंह सेङ्गे
भालु तोम्
कुकुर खी
सुँगुर फाग
बाँदर टे
खरायो यो
गोरु लङ
मुसा च्यि
नेपालको ख्यातीप्राप्त लिपि विशेषज्ञ हेमराज शाक्यले संस्कृत भाषाबाट तिब्बतीकृत गरिएको यस स्तोत्रलाई अलिकति संस्कृतकृत गरी संस्कृत तथा तिब्बती ब्याकरणको अलिकति विपरीत गएर वाक्यको पद तथा वर्णलाई छेदन गरी अलिकति अशुद्ध रूपमा पढेर
'ऊँ न मो भ ग व ते अ प रि मि ता यु ज्ञा न.सु
वि नि श्चि त ते जो रा जा य त था ग ता या र्ह ते स म्य
क्सं बु द्धा य । त द्य था । ऊँ पु ण्य पु ण्य म हा पु ण्य
अ प रि मि त पु ण्य अ प रि मि त पु ण्य ज्ञा न स
म्भा रो प चि ते ऊँ स र्ब सं स्का र प रि शु द्ध ध र्म ते
ग ग न स मु ङ्ग ते स्व भा व वि शु द्धे म हा
न य प रि वा रे स्व हा ।'
भनी उल्लेख गरेका छन् । लिपी विशेषज्ञ शाक्यले यसमा गल्ती गरेकै हुन भन्ने कुरालाई परिशिष्टमा दिइएको शेर्पा भाषामा ‘क्षो–च्य’ भनिने लामबादी बौद्ध धर्मग्रन्थमा उल्लिखित उपयूक्र्त स्तोत्र र उनले उल्लेख गरेको यस स्तोत्रलाई तुलना गरी हेरेको खण्डमा सहज रूपमा पुष्टि गर्न सकिन्छ ।१४ जे भए तापनि यस स्तोत्रमा साङ्केतिक रूपमा यी प्रशस्तै धन भएका समृद्धिशाली अनार्यहरूलाई ‘समृद्धिशाली शेर्पा जातिका मानिसहरू’ भन्ने अर्थ जनाएर शरब तथा पणि भन्नुका साथै शम्वर तथा शंकर (शिव) लार्ई यी अनार्यहरूका कुल देवताका रूपमा प्रस्तुत गरेर नागराजवंशका शेर्पा आदिबासहरूका धनकुबेर जम्भाल, वुद्ध भगवान् आदिको महिमापूर्ण भूमिकाको वर्णन गरिएको देखिन्छ ।
यसको साथै यस मन्त्रमा साङ्केतिक रूपमा ऊ पुण्येपुण्ये । महापुण्ये । अपरिमितपुण्ये भनेर पवित्र पणि भनेका समृद्धिशाली पुण्य–व्यक्ति (व्यापारी) तथा महापुण्य पुण्य जनेश्वर (धनकुबेर जम्भाल) कै रूप हुन्न भन्ने कुरालाई दर्साएको देखिन्छ । यसबाट ऋग्वेद (१/५३/८)को पर्णय भन्ने शब्दामा पुण्य भन्ने शब्दलाई जोडेर पुण्य–पर्णय भनिएकोले शेर्पा आदिबासीहरूका वेदहरूमा पनि यो सस्कृंत भाषाको पुण्य–पुर्णय भन्ने शब्दबाटै पुण्य–पर्णय, पुण्यपर्णय, पुण्य पर्य, पुण्येर्य, पुण्येय तथा पुण्ये हुन गएको देखिन्छ । यसका अतिरिक्त यस मन्त्रमा अपरिमितपुण्यज्ञानसंभरोपचिने भनी लिङ्गोपासनाका प्रतिमूर्ति शिव (पशुपति) का प्रारूप मानिने शम्बर भगवानको स्तुति भएको देखिन्छ ।
यसै गरी यस उपमहामद्धिपका शेर्पा आदिवावसीहरूले अहिले पनि आफ्ना गुरू–पुरोहित लामाहरूमार्फत शेर्पा भाषामा क्षो/क्ष्यो भनिने लामाबादी बौद्ध धर्मग्रन्थहरूबाट लिङ्गोपासनाका प्रतिमूर्ति शिवको नामै किटान गरेर हे शिव भगवान्, तपाईलाई गरेको प्रार्थनाको प्रतिफल स्वरूप प्राप्त शक्तिले हामीहरूलाई जहाँसुकै र जुनसुकै दिसामा रहेको भए तापनि रोग, ग्रह, गरीबि अनि झगडाबाट मूक्त पारी हामीमा धर्म र शुभमंगलको वृद्धि गराउन सकोस् भन्ने अर्थ खुलाएर
'ख्येला दचिङ् सोलवा तब्बायी थु ।
दाग्सोग गाङ्दु नपयी सक्षोग दिर ।
नद्दोन् वुलफोङ थब्चोद शिवदाङ् ।
क्षोदाङ् टशी फेल्वर जद्दुसोल ।'
भन्ने मन्त्र पाठ गर्न लगाई पूजाआज गरेको देखिन्छ ।
यस दृष्टिकोणबाट हेर्दा यो मन्त्र
ॐ सोमभवशुद्घसर्वधर्मः सोमभवशुद्घोंहं ।
मादकडिमाज्याङ्तेरदोङ्परग्युर ।
नम: सर्वतथागतब्योविश्व मुखेभ्य :
सर्वथाखंउङ्गतेफरणइमंगगनखंस्वाहा ।
सोसोरयिदथुनजोरबखहख्यबग्युर ।
ॐबज्रअमृतकुण्डलीहन्हनहुँफटःदङ्गलञिच्येददुचियीग्यछोग्युर ।
नमः सर्वतथागतअवलोकितेॐ शम्बरशम्बरहुँ ।
भनेर लेखिएको हुनु पर्दथ्यो । तर यस मन्त्रलाई यी विभिन्न लामावादी बौद्घ धर्मग्रन्थहरूमा शेर्पा र संस्कृत भाषाका केही शब्दहरूलाई अपभ्रंश गरी भ्रष्ट शेर्पा र भ्रष्ट सस्कृंत शब्दहरूको प्रयोग गरेर लेखिएको देखिन्छ । जे भए तापनि, यसबाट शेर्पा आदिवासीहरूको शेर्पा भाषामा ‘छ्याङ’ भनिन जाँड सस्कृंतिको मूल जरो मानिने भाङ–धतुरो जस्तो मादक पदार्थ खाएर ताण्डप–नृत्य गर्ने लिङ्गोपासनाका प्रतिमूर्ति शिव (पशुपति)का प्रारूप मानिने शम्बर तथा शम्बरकै विकसिति रूप मानिने लिङ्गोपासनाका प्रतिमूर्ति शिव आग्नेयी मूलका शेर्पा आदिबासीहरूका कुलदेवता हुन् भन्ने तथ्यको पुष्टि हुन्छ ।
यस तथ्यलाई अहिले अस्तित्वमा भएका यस उपमहाद्घीपका शेर्पा आदिबासीहरूले अहिले पनि शेर्पा भाषामा गोम्व/गोम्बा भनिने गुम्बाहरू तथा आफ्ना घरका पूजाकोठाका शेर्पा भाषामा क्षोठी भनिने अलमारीहरूमा दोर्ची–शम्व समेत भनिने शेर्पाहरूका कुलदेवता शम्वरहरूका मूर्तिहरूलाई सजाएर पूजाआजा गरेको देखिएबाट बस्तुगत रूपमा पुष्टि गर्न सकिन्छ । यसरी नै यस तथ्यलाई शेर्पाहरूको धार्मिक आस्थाको केन्द्र काठमाडौको बौद्घनाथ स्तूपका पञ्चमेधीहरूमध्येको पहिलो मेधीका १०८ खोपाहरूमा विभिन्न किसिमका शक्ति सहितका शेर्पाहरूका कुलदेवता दोर्जी –शम्बर (दोर्जी शम्ब)हरूका मूर्तिहरूलाई स्थापित गरिएको देखिएबाट पनि बस्तुगत रूपमा पुष्टी गर्न सकिन्छ । क्रमश:
यो पनि
शेर्पाहरू आदिवासी हुन ! कुलदेवता वृषशम्बरको आवृत्ति अङ्कित पाको माटाको सीलमूर्ति एक प्रमाण !!
थर र उपथरहरूको कसीमा शेर्पा: जातीय पहिरनदेखि खानपिनसम्म
ञिङमा शेर्पा समुदायमा आदर्श धर्म : निङमापा, शाग्यपा, काग्युर्पा, गेलुक्पा !