ज्ञान र कामना परस्पर विरोधी हुन्
श्रावण २५, २०७६

अथ केन प्रयुक्तोऽयं पापं चरति पूरुषः ।
अनिच्छन्नपि वाष्र्णेय बलादिव नियोजितः ।। ३६ 

भावार्थ – अर्जुनले भने – हे वाष्र्णेय ! न चाहँदा नचाहँदै पनि, जवर्जस्ती लगाइएको जस्तो, यस पुरुषले कोद्वारा प्रेरित भएर पापाचरण गर्दछ ?

विशिष्टार्थ – क्रियावान् साधकलाई राम्ररी थाहा छ – श्लोक ३० तथा ३३ को उपदेश अनुसार क्रिया गर्नाले नै स्थिरभाव आउंछ, जगत्लाई बिर्सन सकिन्छ, आत्मगतिको प्राप्ति हुन्छ । किन्तु क्रियाकालमा देख्दछन्–क्रिया हुन्छ, राम्ररी नै हुन्छ, लक्ष्य कूटस्थमा राम्ररी रहेको छ, त्यसलाई छोडेर अरू तिर लक्ष्य दिनुमा अलिकति पनि इच्छा छैन । इच्छा नहुँदा नहुँदै पनि कुन अज्ञात् शक्तिले जबर्जस्ती मनलाई अर्को तिर लगेर लक्ष्य भ्रष्ट गराएर अनेक प्रकारका चंचलतामा हुत्याइदिन्छ । त्यसकारण अर्जुन आत्मजिज्ञासामा अनुसन्धान गर्दछन् – यस्तो किन हुन्छ ? यसको कारण के हो ? 

काम एष क्रोध एष रजोगुण समुद्भवः ।
महाशनो महापाप्मा बिद्ध्येनमिह वैरिणम् ।। ३७ 

भावार्थ – भगवानले भन्नुभयो – यो रजोगुणद्वारा उत्पन्न भएको, दुष्पूरणीय अति उग्र काम नै क्रोध हो, यहाँ (मोक्षमार्गमा) यसलाई शत्रु भनेर जान ।

विशिष्टार्थ – साधकले आत्मानुसन्धानमा  काम नै यसको कारण हो भन्ने कुरा थाहा पाउंछन् । कुनै केही वस्तु लिने प्राप्त गर्ने इच्छा काम हो भने नलिने त्याग गर्ने इच्छा पनि काम हो । यो काम आज्ञादेखि मूलाधारसम्म पैmलिएर रजोगुणद्वारा प्रकाशित हुन्छ, किन कि आकांक्षा नै  रजोगुणको क्रिया हो ।  (सत्वको क्रिया तृप्ति (प्रकाश), तमको क्रिया स्थिति हो ।) प्राणायाम गर्दै गर्दै जाँदा जबसम्म मन ब्रम्हनाडी हुँदै आज्ञामा प्रवेश गर्दैन तबसम्म आकांक्षा तथा विषयको आकर्षण रहिरहन्छ । यिनीहरूले मनलाई तान्ने चेष्टा गर्दछन् र अन्जान भावद्वारा तानिहाल्छन् पनि । यदि त्यो आकर्षण इच्छानुकूल छ भने काम आनन्दमा परिणत हुन्छ,  यदि प्रतिकूल छ भने आक्रोशको रूपमा देखिन्छ । वस्तुतः आनन्द र आक्रोश कामका नै दुई प्रकारका परिणाम हुन् । यी दुबै प्रकारका फल कार्यतः एउटै हुन्, किन कि दुबैले मनलाई विषयमा आवद्ध गर्छन् । परन्तु आक्रोशको अनिष्टकारी शक्ति बढेर मनलाई दवाव दिंदा क्रोध नामले प्रकट हुन्छ । यस कामले मनलाई मोहित पारेर आत्महारा, दिशाहारा बनाएर उसको ऊध्र्व गतिलाई अवरोध पुर्‍याउंछ, त्यसैले काम वैरी हो । फेरि चिरकालसम्म भोग विलासमा डुबिरहँदा पनि काम पूर्ण हुँदैन, त्यसैले काम महाशन हो, त्यस्तै, कुनै एक चीजमा पुगेर स्थिर पनि हुँदैन, त्यसैले काम महापाप्मा हो । (इच्छा अनिच्छा केही नराखी कर्मफलको समेत लक्ष्य नलिएर कर्तव्य बोधका साथ क्रियाको आश्रय लिनाले अरू चंचलतामा पर्नु पर्दैन ।

प्राणायाम गर्दै गर्दै जाँदा जबसम्म मन ब्रम्हनाडी हुँदै आज्ञामा प्रवेश गर्दैन तबसम्म आकांक्षा तथा विषयको आकर्षण रहिरहन्छ । यिनीहरूले मनलाई तान्ने चेष्टा गर्दछन् र अन्जान भावद्वारा तानिहाल्छन् पनि ।

धूमेनाव्रियते बह्विर्यथाऽदर्शो मलेन च ।
यथोल्बेनावृतो गर्भ स्तथा तेनेदमावृतम् ।। ३८ 

भावार्थ – जस्तै अग्नि धुवाँले ढाकिएको हुन्छ, जस्तै ऐना धुलो मैलोले ढाकिएको हुन्छ र गर्भ जस्तै सालले ढाकिएको हुन्छ, त्यस्तै तद्रूप कामद्वारा आत्मज्ञान ढाकिएको हुन्छ ।

विशिष्टार्थ – आफ्नो रूप र कर्तव्यको फल देख्नु नै मनुष्यको आकांक्षा र कामना हो । यो आकांक्षा उसको सकाम निष्काम कर्मको जड हो । यदि यो आकांक्षा रहेन भने कर्मको प्रारम्भ नै हुँदैन । किन्तु यस आकांक्षा (कामना) लाई नै योगमार्गमा आकांक्षा पूरणको आवरण स्वरूप जान्नू । कर्म, उपासना र ज्ञान साधनाका यी जुन तीन अवस्था छन्, यी तीन अवस्थाहरूमा काम कसरी तीन प्रकारको आवरण स्वरूप हुन्छ भन्ने कुरा बुझाउन तीन दृष्टान्तहरू दिएर प्रकाश पारिएको छ ।

प्रथम उपमा – अग्निमा धुवाँको आवरण हुन्छ । दुई काठलाई परस्पर रगड्दा जुन तापको बृद्धि हुन्छ, त्यो तापक्रम अनुसार अग्निमा परिणत हुन्छ । जसै आगो निस्कन्छ साथ साथै धुवाँको पनि प्रकाश हुन्छ । साधनामा पनि ठीक त्यस्तै हुन्छ । प्रथम कर्मावस्थामा प्राणलाई आलोडन गरेर सुषुम्नामा धक्का लागिरहँदा त्यसबाट एक तेज निक्लेर पैmलिएर  भित्रभित्रै सम्पूर्ण शरीरलाई उत्तेजित गर्दछ । त्यस्तै तेजले बुद्धि पनि अन्तर्मुखी हुन्छ । अनि  भित्र एक ज्योति प्रकट हुन्छ, त्यो ज्योति नै ज्ञान ज्योति हो । त्यस ज्योतिको तेजले काठबाट  धुवाँ निस्के जस्तै सम्पूर्ण शरीरबाट पसिना निस्कन्छ तथा मनमा पहिले पहिले गरेका सम्पूर्ण कर्महरूको संझनाले अन्तराकाशलाई छोपिदिन्छ, ज्ञानरूप अग्निको ज्योति पनि ढाकिन्छ । किन्तु धुवाँले ढाकिएको काठको अग्निमा वायुको धक्का लाग्नाले धुवाँ हटेर अग्नि प्रज्वलित हुन्छ त्यस्तै साधनामा पनि धैर्यपूर्वक स्थिरासनमा रहेर आवेगका साथ आत्ममन्त्रद्वारा प्राण चालन गर्नाले पूर्व स्मृति तथा शरीरको ज्वाला यन्त्रणा सबै मेटिन्छ, ज्ञानको तेज प्रबलतर भएर अन्तराकाशलाई ज्ञानलोकद्वारा आलोकित गर्दछ ।

दोस्रो उपमा– ऐनामा धुलो मैलोको आवरण हुन्छ । धुलो मैलो लागेको ऐनामा प्रतिविम्ब देखिदैन । ऐनामा हाई गर्दा भाप जस्तो सेतो बादल बस्छ । त्यसलाई राम्ररी पुछिदिंदा ऐना सफा चम्किलो हुन्छ र त्यसमा प्रतिफलन क्रिया पनि हुन्छ । साधनाको प्रथम अवस्थामा कर्मद्वारा अन्तराकाश आलोकित भएपछि उपासनामय दोस्रो अवस्था आउंछ । तब कूटस्थमा लक्ष्य स्थिर गरेर नै क्रम अनुसार श्वेत, स्निग्धोज्ज्वल एक ज्योति मण्डलको दर्शन हुन्छ, यही चिदाकाश हो । त्यो मण्डल ऐना जस्तै स्वच्छ भएर सबै त्यसमा प्रतिफलित जस्तै प्रत्यक्ष हुन्छ, किन्तु पहिलो अवस्थामा त्यो कश्मलले ढाकिएको हुन्छ । यो कश्मल नाना प्रकारको हुनाले पनि त्यसको अतीव सूक्ष्मावस्थामा बादल जस्तै सेतो देखिन्छ । ऐना जति चम्किलो भएतापनि बादल लागेको छ भने त्यसमा प्रतिविम्वपात हुन सक्दैन, त्यस्तैै हलुको सेतो बादल जस्तो आवरण रहनाले पनि त्यस मण्डलमा केही पनि प्रतिविम्बित हुन सक्दैन । सुषुम्ना मार्गमा श्लेष्मा सुकेर प्राण वायु सूक्ष्म अथवा जोरले प्रवाहित भएर सम्पूर्ण शरीरमा बैद्युतिक तेजको बृद्धि हुनाले त्यसै तेजले मनको विषय – संसव नष्ट हुँदा सबै कश्मल राशि उड्छ । अनि त्यस मण्डलले अति परिष्कार स्वच्छ भाव धारण गर्दछ । त्यस अवस्थामा त्यस मण्डल भित्र अण्डाकार एक विम्ब देखिन्छ । त्यो अण्डाकार विम्ब परेवाको घाँटी जस्तै चम्किलो गाढा कालो रंगको, त्यस्तै कहिलेकहि पग्लेको सुनको पत्रले घेरिएको जस्तो तथा कहिले एकदम सुवर्ण वर्ण पनि देखिन्छ । त्यो सेतो कालो मिसिएको क्षेत्र आँखा जस्तै देखिन्छ, त्यसलाई तत्पद भन्दछन् – 'दिवीव चक्षुराततम्' ।

तेस्रो उपमा – गर्भमा जीवकोष (साल) को आवरण हुन्छ । गर्भमा साल भित्र जीव पानीले भरिएको एक छालाको थैलो भित्र रहन्छ । त्यस थैलोको नाम उल्व (जीव कोष) हो । जीव त्यस थैलोभित्र रहँदा त्यस उल्वको आकार अण्डा जस्तै हुन्छ । उल्व जबसम्म फुट्दैन तबसम्म जीव प्रसूत हुँदैन, फुटेपछि त गर्भमा रहँदा पनि रहदैन, ऊ बाहिर आउंछ । साधनाको समयमा ज्ञान ज्योतिले अन्तराकाशको  ”चित्त” ऐनामा जुन अण्डाकार विम्ब देखिन्छ त्यही नै विश्व कोष वा ब्रम्हाण्ड हो । मनुष्यको सृष्टि प्रकरणमा यो नै ”सहस्रांशुसमप्रभं हैमंम् अण्डम्” हो । त्यस कोष भित्र परम पुरुष 'वेदान्तकृत्' अवस्थित छ त्यसैले यो उल्व स्वरूप हो । यो तेस्रो अवस्थामा कामले त्यो कोषरूप घरको ज्ञानमयलाई ढाकेर राख्दछ । जबसम्म उल्वरूप कोषको भेदन हुँदैन तबसम्म त्यो पुरुष यसमा आवृत नै रहन्छ । एक मात्र अन्तर शाम्भबीद्वारा त्यो कोष भेदन हुन सक्छ । (कूटस्थ भेद गर्ने उपाय यसै ३ अध्यायको २६ औं श्लोकको विशिष्टार्थ हेर्नुहोस्) ।

वास्तवमा – साधनाको समयमा कामनाले प्रथम धुवाँको आकार धारण गरेर अन्तज्र्योतिलाई ढाकिराख्दछ । पछि ज्योति प्रस्फुटित हुँदा 'चित्' – सदृश आकार धारण गरेर चित्त् – शरीरमा लपेटिएर चित्त् क्षेत्रलाई ढाकिरहन्छ । परिशेषमा चित्त् प्रकाशित भएपछि अण्डाकार आवरण रूपले परागति परम पुरुषलाई ढाकिरहन्छ । एक काम नै यी तीनै रूपले प्रकाशित हुन्छ । यी तीन अवस्थामा यी तीन आवरणलाई क्षय गर्न सकेमा नै परम पुरुषार्थ लाभ हुन्छ ।

ज्ञान, ज्ञेय तथा ज्ञाता – यी तीन मिलेर एक हुनु नै परम पुरुषार्थ हो । यी मध्ये –ज्ञाता जीव हो, ज्ञेय शिवा परब्रम्ह हो तथा ज्ञान–शक्ति एवं अवस्था विशेष हो

    आवृतं ज्ञानमेतेन ज्ञानिनो नित्यवैरिणा ।
    कामरूपेण कौन्तेय दुष्पूरेणानलेन च ।। ३९ 


भावार्थ – हे कोन्तेय ! ज्ञानीहरूको चैतन्य ज्ञान ज्योति नित्य वैरी यस कामरूप दुष्पूरणीय अनलद्वारा आवृत रहन्छ ।

विशिष्टार्थ – ज्ञान, ज्ञेय तथा ज्ञाता – यी तीन मिलेर एक हुनु नै परम पुरुषार्थ हो । यी मध्ये –ज्ञाता जीव हो, ज्ञेय शिवा परब्रम्ह हो  तथा ज्ञान–शक्ति एवं अवस्था विशेष हो । ज्ञानद्वारा नै ज्ञेयलाई जानिन्छ । जब विचार र अनुमानले सबै ब्रम्ह हो तथा ब्रम्ह नै सबै हो भन्ने थाहा हुन्छ तब ज्ञान शक्ति हुन्छ । जब लययोगका अनुष्ठान फलमा समाहित भैसकेपछि पुनः संसार मार्गमा उत्रेर आएर हेर्दा म नै म वा ब्रम्ह हुँ भन्ने जुन ज्ञान हुन्छ त्यो जान अवस्था हो । यस ज्ञानको प्रथम परोक्ष ज्ञान र द्वितीय अपरोक्ष ज्ञान हो । ”अस्ति ब्रम्हेति चेद् वेद परोक्ष ज्ञानमेव तत् । अहं ब्रम्हेति चेत् वेद साक्षातकारः स उच्येते ।” यस ज्ञानका भिन्न भिन्न स्तर र परिणाम छन् । अतः जुन अन्तर्मुखी वृत्ति लिएर आत्मानुसन्धानमा यत्नशील छन् ती पनि ज्ञानी हुन् जसले ज्ञानको ऊध्र्व सीमामा उठेर ज्ञानको स्वरूप अवस्था पाइसकेका छन् ती पनि ज्ञानी हुन् । यत्ति मात्र फरक छ – पहिला ज्ञानी सोपानको तल्ला खुड्किलामा अवस्थित छन् भने दोस्रा सबै भन्दा माथिल्लो खुड्किलोमा अवस्थित छन् । जसले आज्ञालाई पार गरेर ऊध्र्वतम स्तरमा स्थिति लाभ गरेका छन् त्यस्ता पुरुषहरू जीवनमुक्त हुन्, तिनीहरूका सकल आवरणहरू क्षय भए । परन्तु जुन आज्ञाको तल छन् तिनीहरूको मन आकांक्षाको आकर्षणमा परेर अन्तःकरणमा नयां नयां भोगका इच्छाहरू जागृत भइरहन्छन् । यो इच्छारूपी पर्दा अगाडि आएर जुन ज्ञान ज्योतिले अन्तर्जगत् लक्ष्यमा पुगिने हो त्यही ज्योतिलाई नै ढाकिदिन्छ अनि  अन्तर्दृष्टि खुल्दैन । मनको अभ्यास र वैराग्यले इच्छा रहित बन्दा पनि प्रकृतिको यस्तो प्रभाव रहन्छ कि अज्ञात भावबाट पनि मन इच्छाको वशमा पर्दछ, अतः काम ज्ञानीहरूको नित्य वैरी हो । अज्ञानीहरूका लागि विषय भोगको समयमा काम सुखको लागि हुन्छ, परन्तु त्यसको परिणाम फल दुःखको हुन्छ । ज्ञानीको तदर्थीय कर्म विना दोस्रो विषय भोग मात्र दुःख हो भनेर जान्नू, किन कि मनमा कामना संचार हुनाले नै अन्तराकाशमा कश्मल आउंछ, आत्मज्योति पनि ढाकिन्छ । कामले मनलाई जब आकर्षण गर्छ साधकलाई दुःख हुन्छ सुख हुँदैन, अतः काम ज्ञानीको नित्य वैरी हो । त्यस्तै यो काम अनलको स्वरूप पनि हो । अनल पर प्रकाशक भएर पनि काठ जस्तो कुनै आश्रय नलिइकन यसले प्रकाश पाउंदैन, फेरि त्यसले आश्रयलाई नै सन्तप्त, दग्ध र नष्ट गर्दछ । जबसम्म आश्रय छ तबसम्म अनलको प्रकाश हुन्छ, आश्रय क्षय भएपछि अनल पनि विलुप्त हुन्छ । पर्वत समान ज्वलनशील द्रव्यको संयोगबाट पनि अनलको परिपूरण हुन सक्दैन, बरु अनलको शिखा क्रमशः बढ्दै गएर उसैलाई खरानी बनाएर छाड्छ । त्यस्तै कामले पनि आप्mनो आश्रय मनलाई सन्तप्त गर्दछ, तथा विषय संसर्ग गरेर विस्तारै विस्तारै वढ्छ । आश्रय विहीन भएर अनल जसरी निभ्छ, विषय त्याग हुँदा काम पनि त्यसरी नै नाश भएर जान्छ ।

काम र ज्ञान मध्ये यही विशेषता छ कि काम वा विषय इच्छाले ऊध्र्व दिशामा आज्ञास्थित बुद्धि क्षेत्रसम्म मात्र आश्रय पाउंछ त्यसभन्दा माथि जान सक्दैन ।

    इन्द्रियाणि मनो बुद्धि रस्याधिष्ठानमुच्यते ।
    एतै र्विमोहयत्येष ज्ञानमावृत्य देहिनम् ।। ४० 

भावार्थ – सकल  इन्द्रिय, मन र बुद्धि यी सबैलाई कामको आश्रय भनिन्छ । यिनीहरूद्वारा कामले विवेक ज्ञानलाई ढाकिदिएर देहीलाई विमोहित गर्दछ ।

विशिष्टार्थ – त्याग–ग्रहणादि क्रिया कर्मेन्द्रियहरूद्वारा, दर्शन, श्रणादि क्रिया ज्ञानेन्द्रियहरूद्वारा र ध्यान, धारणा र संकल्प, अध्यावसाय आदि क्रिया मन, बुद्धिद्वारा हुन्छ । अतः सम्पूर्ण इन्द्रियहरू मन र बुद्धि काम वा इच्छाका आधार हुन् । ज्ञानले पनि इन्द्रिय–मन–बुद्धिमा नै प्रकाश पाउंछ । त्यसकारण ज्ञान र कामना परस्पर विरोधी छन् । एउटा प्रबल भएमा नै अर्कोको लोप हुन्छ । काम र ज्ञान मध्ये यही विशेषता छ कि काम वा विषय इच्छाले ऊध्र्व दिशामा आज्ञास्थित बुद्धि क्षेत्रसम्म मात्र आश्रय पाउंछ त्यसभन्दा माथि जान सक्दैन । किन्तु ज्ञान जान सक्छ । ज्ञान प्रबल हुँदा यसले सम्पूर्ण इन्द्रिय, मन, बुद्धिको पथ आलोकित गरेर विकसित आत्माको पोषण गर्दछ, देहीलाई सर्वदर्शी बनाउंछ र आपैm पनि माया ब्रम्हको सन्धिसम्म विस्तृत हुन्छ । किन्तु कामना वा प्राप्तिको इच्छा जुन जीवमात्रको नै  प्रबल हुन्छ भन्ने कुरामा कुनै सन्देह छैन, किन कि मनमा कामना रहनाका लागि यो जीवदेह छ नत्र भने अरू जन्म लिनु पर्ने थिएन । अतः जस्तै चिसो दाउरोमा आगो बल्दैन त्यस्तै मनमा कामना रहेसम्म ज्ञानको ज्योति प्रकट हुँदैन । त्यस कारण हृदयाकाश विषयान्धकारले ढाकिइ रहन्छ, देहीको दृष्टिले ऊध्र्व दिशामा  विषय विना आत्मपथलाई देख्न पाउंदैन । तब कामले मन, बुद्धि, इन्द्रियहरूमा विषय मुक्त मोहिनीरूपका तरंगहरू उब्जाएर देहीलाई मोहित गरेर, आत्माहारा गराएर विषयमा नित्य सत्य ज्ञानको भ्रम फैलाएर भ्रममा फालिदिन्छ ।

 तस्मात् त्वमिन्द्रियाण्यादौ नियम्य भरतर्षभ ।
  पाप्मानं प्रजहि ह्येनं ज्ञान विज्ञाननाशनम् ।। ४१ 

क्रमशः

याे पनि

भोगको नाम काम हो र आकांक्षा पनि काम हो

प्राणायाम नै यज्ञ हो

आत्माराम हुनु नै परमपुरुषार्थ हो

आत्मामा मन रहनु जागरण हो

'सत्' ज्ञान स्वरूप 'चित्' र सुखस्वरूप 'आनन्द' हो