प्रा.डा. खगेन्द्र लुइटेलद्वारा 'बौद्धिक चोरी'का हरकत ढाकछोप लागि 'बौद्धिक चोरी' कै शरण !?
कार्तिक ८, २०७७

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेल आफू माथि पटक पटक लाग्ने गकारे 'बौद्धिक चोरी'का  हरकत ढाकछोप गर्नको लागि  र खण्डन गर्दा समेत  'बौद्धिक चोरी' को शरण लिनु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिवहरूलाई रक्षा कवच बनाउने खेल अन्ततः पानिको फोका सावित भएको छ भने  आफूलाई लागेको आरोपको  'आफ्नो पक्षमा' लेख्दा  र लेखाउँदा समेत 'बौद्धिक चोरी' गर्नुभएको  पुष्टि भएको भएको छ ।  

समचार र सन्दर्भ

प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलको 'बौद्धिक चोरी'का  बारेमा लाेकसंवाद डटकमले २०७७  असाेज १६ गते शुक्रबार  प्राध्यापक खगेन्द्र लुइँटेल माथि लज्जास्पद 'बौद्धिक चोरी' का आरोपै-आराेप ! भन्ने  शिर्षकमा सम्पर्ण तथ्य- प्रमाण सहित समाचार प्रकाशित गरेकाे थियाे । उक्त तथ्य- प्रमाण सहित समाचार प्रकािशत भएकाे तीन दिन भित्र अर्थात्  नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्को २०७७ असोज १८ गते आइतबारका दिन बसेको  बैठकले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेलको 'बौद्धिक चोरी' का  विषयमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न तीन सदस्य  छनबिन समिति नै  गठन गरेकाे थियो । 

नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद् बैठकको निर्णयमा भनिएकाे छ-  त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलकोबौद्धिक चोरी भनी विभिन्न सञ्चार माध्यममा नेपाल प्रज्ञा–प्रतिष्ठानको परियोजनाअन्तर्गत प्रा.डा. लुइटेलद्वारा लिखित तथा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित अनुसन्धानात्मक पुस्तक ‘कविता सिद्धान्त र नेपाली कविताको इतिहास’ (२०६०) को सैद्धान्तिक खण्ड लुइटेलले आफ्नो विद्यावारिधि शोधप्रबन्ध ‘कविताको संरचनात्मक विश्लेषण’ (२०५८) बाट हुबहु सारेको  र यसबाट उनले ‘बौद्धिक चोरी’ गर्नुका साथै प्रज्ञा–प्रतिष्ठानलाई गुमराहमा राखी आर्थिक अनियमिततासमेत गरेको तथा यसैगरी लुइँटेलद्वारा नै लिखित र प्रज्ञा–प्रतिष्ठानबाटै प्रकाशित ‘नेपाली उपन्यासको इतिहास’ (२०६९) नामक अनुसन्धान विधिको प्रयोग नगरी उनले लेखेको पुस्तकलाई  प्रज्ञा–प्रतिष्ठानले छापेको भनेर प्रज्ञा–प्रतिष्ठानप्रति समेत प्रश्न उठाइएको पाइएकाले सो सम्बन्धमा  सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ ।'

नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्ले  प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख प्रा. दिनेशराज पन्तको संयोजकत्वमा गठित उक्त छानबिन समितिमा  प्राज्ञ परिषद् सदस्यद्वय प्रा.डा. हेमनाथ पौडेल र प्रा.डा. गोपीन्द्र पौडेल सदस्य रहनुभएको छ । यसलाई २०७७ असोज २० गते मंगलबार लाेकसंवादले लोकस‌ंवाद प्रभाव : प्रज्ञा–प्रतिष्ठानद्वारा प्राध्यापक खगेन्द्र लुइँटेले 'बौद्धिक चोरी' का बारेमा छानबिन समिति बनायो  शिर्षकमा समचार प्रकाशित गरेकाे थियो ।  

समाचारप्रतिकाे असहमितिदेखि  र गैरकानूनी हरकतसम्म

तथ्य- प्रमाण सहितकाे समाचार र  नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्ले सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न तीन सदस्य  छनबिन समिति नै गठन गरेपछि अफ्ना 'बौद्धिक चोरी'का  बद्मासी सार्वजनिक हुने डरले खण्डन गर्ने  जानकारी गराउनु भयो । समाचार प्रकाशित गर्ने लोकसंवादकाे सम्पादकीय नेतृत्वसँग आफ्नाे असहमति छाप्न  अनुराेध गर्नु भयाे । त्यस असहमितलाई २०७७ असोज २० गते मंगलबार नै  'जस्ताको तस्तै प्रकाशनार्थ'  भनि पठाएको करिक २३ सय शब्दको खण्डन प्राध्यापक 'खगेन्द्र लुइटेलको स्पष्टोक्ति : पर्दापछाडि बसेर समाचार लेख्नेको जन्म कुण्डली बाहिर ल्याउन बाध्य नपारियाेस' भन्ने शिर्षकमा भनी जस्ताको तस्तै प्रकाशन भएपछि भने लुइँटल गैरकानूनी हर्कतमा उत्रनु भयाे । गैरकानूनी हर्कतमा उत्रनु कारण थिए,  लुइँटेलले भने जस्तो 'साइबर क्राइम' तथ्य- प्रमाण सहितकाे समाचारमा लाग्ने कुरा भएन र प्रेस काउन्सिलमा उजुरी हाल्ने आधार खण्डनकाे पूर्ण पाठ प्रकाशनसँगै सकिनु । लुइँटेलले पहिलाे गैरकानूनी हर्कत थियाे- सम्बन्धीत समाचार स‌ंस्थाले 'जस्ताको तस्तै प्रकाशनार्थ'  भनि पठाएको खण्डनकाे पूर्ण पाठ प्रकाशन भइसकेपछि पनि  प्रेस काउन्सिल नेपाल ऐनले भनेको जस्ताे 'प्रायाेजित' गरेर सोही सामग्री आधा दर्जन अनलाइनमा प्रकाशित गर्नुभयाे  । दाेस्राे गैरकानूनी हर्कत थियाे २०७७ असोज २२ गते बिहिबार 'प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई खुलापत्र' भन्दै श्रीमती लीला लुइटेललाई पत्र लेखेर अनलाइनमा छपाउनु भयाे । मानाै  कि लाेकसंवादमा छापिएकाे समाचार नै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गा उप्रेतीले लेखेकाे जस्ताे गरी श्रीमती मार्फत आफ्नो मात्र छानबिन नगर्न 'राेइलाे' गर्नुभयाे । 

त्यसबेलासम्म सामािजक सञ्जालमा करिब सयजना भन्दा बढीले  प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेल 'बौद्धिक चोरी'का हर्कतकाे बारेमा टिप्पणी गरे जसलाई  लाेकसंवाद 'बौद्धिक चोरी' को समाचारमा टिप्पणीको प्रतिटिप्पणी : केहीको चित्त फाट्यो, केहीको हड्डी हाँस्यो भन्ने शिर्षकमा समाचार प्रकाशन गर्‍याे । त्यति मात्र हाेइन  लुइँटेलले आफ्नी श्रीमती लीला विज्ञ नै भएकाले पाठ्यपुस्तक लेखनमा जिम्मेवारी पाएको जिकिर प्रस्तुत गर्दै  र उक्त खण्डनमा लुइँटेलले यी सबै कुराको सत्य तथ्य गुवाहाटी विश्वविद्यालयमा बुझ्न पनि अनुरोध  गर्नु भएको थियो ।  यस सम्बन्धमा उक्त समाचार पढेपछि  आसाम तेजपुरको सतिया कलेजमा पढाउने, नेपाली भाषामा त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गरेकी र प्राध्यापक लुइँटेलसँगै पाठ्यपुस्तक लेखनको टिममा रहेकी डा. दैवकी देवी तिम्सिनाले लोकसंवादलाई लिखित पत्र सहितकाे समाचारलाई प्रा.डा.खगेन्द्र लुइँटेलको 'बौद्धिक चोरी'मा डा.दैवकी देवीको पत्र: 'म जस्ता पीडितहरू अरु कति होलान् ?' स्थान दियाे । 

राजनीतिक दबाब, कानुनी र भौतिक कारबाही गर्ने धम्की 

यसरी एक पछि अर्काे गरेर 'बौद्धिक चोरी'का सत्य र तथ्य सार्वजिनक हुनु थालेपछि धाक र धम्कीकाे बाटाे अप्नाउन थाल्नु भएकाे छ । यसका लागि बिगतमा पढाएका र थेसिस गाइड गरेका विद्यार्थीहरुलाई दुरुपयाेग गर्ने गरेकाे पुष्टि हुने खालकाे हर्कत गर्न थाल्नु भएकाे छ । पछिल्लाे समयमा बर्तमान परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीकाे कृतिमाथि थेसीस गरिरहेकी र  नेकपा बारा जिल्ला कमिटि सदस्य  बताउनु हुने सरिता सापकाेट (९८५१२१८९१५) युवा स‌ंघका केन्द्रीय सदस्य बताउने अन्य दुइ जना सहित लिएर आउँदै राजनीतिक, कानुनी र भौतिक कारबाही गर्ने धम्की दिनु भएकाे छ । पटकपटक फोन गरी अफिसमा हाेइन अनेत्र भेट्ने भन्दै 'प्रदिप ज्ञवाली दाइले भनेकाे 'बौद्धिक चोरी'काे समाचार नलेख्न भन्नु भएकाे छ। उहाँकाे कृतिमा म थेसिस गरिरहेकाे  छ । खगेन्द्र सर मेराे गाइड हो । प्रदिप ज्ञवाली दाइले खगेन्द्र सरलाई नमस्कार गर्नु हुन्छ । तपाईँ समाचार लेख्ने को हाे र किन लेखेको ?'  एकहाेराे बरबराउँदै 'यो काम सुधा  त्रिपाठीकाे हो । 'यस्ती फटाइ र दुष्ट ! ' आइमाइकाे प्रभावमा परेर समचार लेखे ठिक हुँदैन । अब अदालतमा भेट हुन्छ ।'  भन्न समेत भ्याएर धम्की दिने समेत काम भएकाे छ । 

अरूलाई विवादमा पार्ने असफल कोसिस 

प्रा. डा.  खगेन्द्रप्रसाद लुइटेलमाथि एउटा अनलाइनमार्फत लगाइएको बौद्धिक चोरीको आरोपलाई लिएर नेपाल प्रज्ञा प्रतिष्ठानले छानबिन समिति बनाएको औचित्यका सन्दर्भमा प्रज्ञा प्रतिष्ठानकै पूर्वसदस्यसचिवहरूसँग एक अनलाइन कुराकानी भनि प्रकाशित  प्रज्ञा प्रतिष्ठानका तीनजना पूर्वसदस्यसचिवहरू डा‍  ध्रुवचन्द्र गौतम, डा‍.  तुलसीप्रसाद भट्टराई र सनत रेग्मीले प्रज्ञा प्रतिष्ठानले बनाएको छानबिन समिति 'प्रतिशोधपूर्ण, पूर्वाग्रही, औचित्यहीन' उक्त अनलाइन पत्रिकाका प्रतिनिधिले हामीले भनेका कुरालाई बङ्ग्याई आफूअनुकूल पारेर तथा भन्दै नभनेका कुरा थपेर प्रकाशित गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमार्फत खण्डन गर्नुभएको छ ।

 

नेपाल प्रज्ञा प्रतिष्ठानले डा. खगेन्द्र लुइँटेलले लेखेका र प्रज्ञाले प्रकाशन गरेका पुस्तकका सम्बन्धमा प्रज्ञालाई समेत मुछेर केही अनलाइन पत्रिकाले प्रश्न उठाएकोमा प्रज्ञा प्रतिष्ठानले एक छानबिन समिति बनाएपछि पूर्व सदस्य सचिवहरुसँग लिएको अन्तर्वार्ता भनी उक्त अनलाइमा वाइलाइन आएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानलाई समेत पठाउनु भएकाे र   प्रज्ञा प्रतिष्ठानको आधिकारी फेसबुकमा सर्वजिनक गरिएका डा‍  ध्रुवचन्द्र गौतम, डा‍. तुलसीप्रसाद भट्टराई  प्रेस विज्ञप्ति अनसार  हामीले भनेका कुरालाई बङ्ग्याई आफू अनुकूल पारेर तथा भन्दै नभनेका कुरा थपेर प्रकाशित गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमार्फत खण्डन गर्नु भएको हो। 

 

नेपाल प्रज्ञा प्रतिष्ठानसँग लेखकमाथि छानविन गर्ने, कारबाही गर्ने अधिकार छैन हाे ? भनि नेपाल प्रज्ञा प्रतिष्ठानका वर्तमान सदस्य सचिव प्रा.जगत् प्रसाद उपाध्यायसँग राखिएकाे जिज्ञासामा उहाँको भनाइ छ - नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेका कुनै पनि कृतिका सम्बन्धमा प्रश्न उठेमा प्रज्ञाले छानबिन गरी यथार्थ सार्वजनिक गर्नु पर्छ । 

प्रा. डा.  खगेन्द्रप्रसाद लुइटेल माथिकाे छानबिन समितिले हाल अध्ययन गरिरहेको र निकट भविष्यमै सत्यतथ्यमा आधारित भई प्रस्तुत प्रतिवेदन प्राज्ञ परिषदमा पेस भएपछि प्राज्ञ परिषद्ले यथार्थ सार्वजनिक गर्ने  जानकारी दिनु भयो । उपाध्यायकाे थप भनाइ छ - 'प्रज्ञाले प्रकाशन गरेका कुनै लेखकका कृतिमाथि प्रश्न उठेमा छानबिन गर्दा प्रज्ञा प्रतिष्ठान र लेखक दुबैलाई आरोपबाट मुक्त हुने र सफाइको अवसर पनि प्राप्त हुने हुँदा यसबाट गल्ती नगर्ने कुनै लेखकले डराउनु पर्दैन्'  ।

याे पनि 

प्राध्यापक खगेन्द्र लुइँटेल माथि लज्जास्पद 'बौद्धिक चोरी' का आरोपै-आराेप !

लोकस‌ंवाद प्रभाव : प्रज्ञा–प्रतिष्ठानद्वारा प्राध्यापक खगेन्द्र लुइँटेले 'बौद्धिक चोरी' का बारेमा छानबिन समिति बनायो

प्राध्यापक खगेन्द्र लुइटेलको स्पष्टोक्ति : पर्दापछाडि बसेर समाचार लेख्नेको जन्म कुण्डली बाहिर ल्याउन बाध्य नपारियाेस

'बौद्धिक चोरी' को समाचारमा टिप्पणीको प्रतिटिप्पणी : केहीको चित्त फाट्यो, केहीको हड्डी हाँस्यो

प्रा.डा.खगेन्द्र लुइँटेलको 'बौद्धिक चोरी'मा डा.दैवकी देवीको पत्र: 'म जस्ता पीडितहरू अरु कति होलान् ?'