ओमिक्रोन महापुराण ५ : प्रकोपबाट नेपाल सुरक्षित रहला भन्ने दिवास्वप्न हेर्न ठुलै प्रतिभा चाहिन्छ

ओमिक्रोन महापुराण ५ : प्रकोपबाट नेपाल सुरक्षित रहला भन्ने दिवास्वप्न हेर्न ठुलै प्रतिभा चाहिन्छ

ज्ञानमित्र  |  दृष्टिकोण  |  मंसिर २६, २०७८

मङ्सिर २४ शुक्रवार  प्रकाशित मेरो ओमिक्रोन महापुराण ४ माथि एक जना पाठक समीर डी भण्डारीले प्रतिक्रिया लेख्नु भयो - मलाई अब कोरोनाको कुनै मतलब लाग्दैन ।( i don't care about covid anymore !)

जसरी मैले उहाँद्वारा लिखित वाक्य र वाक्यमा व्यक्त गर्न खोजिएको भावको आफूखुसी ( बुद्धिअनुसार ) रूपान्तरण गरे।  भनौँ आफ्नो मनस्थिति बमोजिम ग्रहण गरे, गर्ने सबैले यही नै हो । हामी आफ्नो मानसिक स्तर र मानसिक अवस्था बमोजिम अर्थ ग्रहण गर्छौ। सर्वविदित नै छ प्रेममा आकुल व्याकुल भएको नर नारीलाई चन्द्रमामा आफ्नो प्रियको झझल्को देखिन्छ भने भोकले रन्थनिएको  प्राणीलाई चन्द्रमा गोलो रोटी झैँ प्रतीत हुन्छ।

२-३ दिन पहिला एक जना पत्रकार मित्र भन्दै थिए-यो ओमिक्रोन सोमिक्रोंन केही होइन, हल्ला मात्रै हो। कोरोनालाई हॉक्स ,कन्सीप्रेन्सी, हल्ला, षड्यन्त्र भन्ने जमात नभएको होइन।

 स्वास्थ्य मन्त्रालयका अनुसार २४ मङ्सिरमा देशभरी ११५ जना सङ्क्रमित आइसियु र ३१ जना भेन्टिलेटरमा उपचाररत छन् । यी सङ्क्रमित तथा यिनका परिवारले कोरोनाबारे के भन्छन् होला ? ३ जनाको मृत्यु भयो २४ मङ्सिरको तथ्यांक अनुसार, यिनका परिवारजनले कोरोनाबारे कस्तो धारणा राखेका होलान् ?  २४ मङ्सिरमा २५९ जना नयाँ सङ्क्रमित देखिए । के यी २५९ जनाले पनि समीर भण्डारी र पत्रकार मित्र जस्तै  कोरोना कोरोना केही होइन भन्छन् होला ? अथवा यस्तै मान्यताले गर्दा नै उहाँहरू सङ्क्रमित हुन पुग्नु भयो  कि ?

कोरोना सङ्क्रमणको वैश्विक अवस्था हेर्दा ज्ञात हुन आउँछ मङ्सिर २४  अर्थात् डिसेम्बर १० का दिन विश्वमा ६,०८,२५४ नयाँ सङ्क्रमित देखा परे। ७,६०२ सङ्क्रमितको निधन भयो । यसमध्ये अमेरिकामा मात्रै १,३६,८३९ नयाँ सङ्क्रमित थपिए र १,५७४ को मृत्यु भयो। जर्मनीमा ५८,९६९ संक्रिमत थपिनुका साथै ४९६ को मृत्यु , यूकेमा ५८,१९४ नयाँ सङ्क्रमित र १२० को मृत्यु ,रुसमा ३०,८७३ नयाँ सङ्क्रमित १,१७६ को मृत्यु।

के नेपालमा कोरोना खतरा कम भएको हो ?

२०२१ अप्रिलको तेस्रो सातादेखि  कोरोनाको डेल्टा भेरिएन्टबाट प्रारम्भ भएको दोस्रो लहरले नेपाल हल्लाएको सबैलाई स्मरण नै होला। अक्सिजनको अभाव, आइसियु र भेन्टिलेटरको अभावले देश नै सन्त्रस्त बनेको थियो । हजारौँ मानिसले दोस्रो लहरमा ज्यान गुमाउनु पर्यो‍ । देश झन्डै डेढ दुई महिना निषेधाज्ञामा गयो। नेपालीले डेल्टा भेरिएन्टको उत्कर्ष भोगी सके घुमाउरो भाषामा भन्ने हो भने डेल्टा भेरिएन्टलाई पचाई सके ।यस भेरिएन्टका विरुद्ध नेपालीले 'हर्ड इम्युनिटी' प्राप्त गरिसके ।

 अर्को कुनै भेरिएन्टको आगमन नभए डेल्टा भेरिएन्ट बिस्तारै क्षीण हुँदै गइरहेको छ यसको क्षीण हुने क्रम जारी रहन्छ। तर अर्को कुनै भेरिएन्टको प्रवेश हुँदा स्थिति एक पटक पुनः जोखिमयुक्त हुने सम्भावनालाई नजरअन्दाज गर्न सकिँदैन। ओमिक्रोन  भेरिएन्टलाई लिएर सजग हुनु पर्ने, सचेत हुनु पर्ने कारण दक्षिण अफ्रिकाको वर्तमान स्थितिले देखाई रहेको छ।

भ्याक्सिन लाएको व्यक्ति होस अथवा पूर्वमा कोरोना सङ्क्रमित भइसकेको व्यक्ति होस अथवा यी दुबैबाट टाढा रहेको व्यक्ति होस, ओमिक्रोन भेरिएन्ट सबैका लागि सामान रूपले खतरा सूचक छ। शायद ओमिक्रोन भेरिएन्ट भ्याक्सिन माफियाको दादागिरी छिन्न भिन्न गर्न आएको हो कि ! 

पुरानो भेरिएन्टको कारण झन्डै झन्डै नेपालको स्थितिमा रहेको दक्षिण अफ्रिका ( दैनिक सरदर  १०० नयाँ सङ्क्रमित आइरहेको ) मा सङ्क्रमणको ग्राफ अचानक बढ्यो यसका पछाडि कारण बन्यो नयाँ भेरिएन्ट  ओमिक्रोन ।  अहिले दक्षिण अफ्रिकामा दैनिक १९-२० हजार नयाँ सङ्क्रमित आई रहेका छन्।ओमिक्रोन भेरिएन्ट झन्डै आधाभन्दा बढी विश्वमा पुगी सकेको छ।

गत एक साताको कोरोना सङ्क्रमण र यसको भयावहताको वैश्विक तस्बिर हेर्दा  कुनै पनि औसत बुद्धिको मानिसले घटीमा एक वर्षसम्म कोरोना सङ्क्रमणको प्रकोपबाट उन्मुक्ति पाइने कल्पना गर्दैन ।

 गत एक सातामा विश्व भरी कोरोना सङ्क्रमणका ४२,२५,७१४ नयाँ केस थपिए।यस अवधिमा विश्व भरी सङ्क्रमणका कारण मृतक सङ्ख्या ४९,८३६ रह्यो। अर्थात् प्रतिदिन ६ लाखभन्दा बढी नयाँ सङ्क्रमित देखा परे र हरेक दिन सङ्क्रमणका कारण ७ हजारभन्दा बढीले ज्यान गुमाए।

केही प्रमुख देशको स्थिति  हेरौँ -

अमेरिकामा गत एक सातामा ८,१६,९०४ नयाँ सङ्क्रमित थपिए र यसै अवधिमा ८,६५४ को सङ्क्रमणका कारण मृत्यु भयो।    
जर्मनीमा ३,६६,२६० नयाँ सङ्क्रमित आउनुका साथै २,६२३ को मृत्यु भयो।
यूकेमा ३,४१,५८३ नयाँ सङ्क्रमित, मृतक सङ्ख्या ८३१।
फ्रान्समा २,८२,३९७ नयाँ सङ्क्रमित, मृतक सङ्ख्या ७११।
रुसमा २,२०,६४२ नयाँ सङ्क्रमित, मृतक सङ्ख्या ८,३२३।
पोल्यान्डमा १,६१,५८५ नयाँ सङ्क्रमित, मृतक सङ्ख्या २,८००।
टर्कीमा १,४१,५८२ नयाँ सङ्क्रमित, मृतक सङ्ख्या १,३६१।  
 नीदरल्याण्डमा १,३९,८६३ नयाँ सङ्क्रमित, मृतक सङ्ख्या  ४१८।
 इटलीमा १,०७,८३०  नयाँ सङ्क्रमित, मृतक सङ्ख्या ५९०।
बेल्जियममा १,०४,९७० नयाँ सङ्क्रमित, मृतक सङ्ख्या ३४३।
 यूक्रेनमा  ६६,०३५ नयाँ सङ्क्रमित, मृतक सङ्ख्या २,७७७।  

र अन्त्यमा नेपालमा गत एक सातामा १,६१४ नयाँ सङ्क्रमित देखिए र यस अवधिमा १७ जनाको मृत्यु भयो। नेपालमा ओमिक्रोन  भेरिएन्ट देखिएको समाचार आई सकेको छ।

ढिलो चाँडो यसको प्रसार हुने सम्भावनाबाट इन्कार गर्न सकिँदैन। ओमिक्रोनबाट सङ्क्रमित देखिएका २ जना बाहेक अन्य व्यक्तिमा यसको प्रसार भए नभएको बारे यकिन साथ केही भन्न सक्ने उपाय छैन। नेपालमा सङ्क्रमणको ग्राफ यथावत् रहे अथवा घट्दै गएमा उपरोक्त मित्रहरूका झैँ निष्फ़िक्री हुन सकिन्छ तर सङ्क्रमितको दर र सङ्ख्या बढ्नुका साथै यो अवस्था रहन्न । चीनको एउटा सहरबाट उत्पत्ति भएको कोरोना भाइरसले संसार ढाक्यो, नेपाल पनि आयो । अहिले आधा विश्व पुगी सकेको कोरोना भाइरसको ओमिक्रोन  भेरिएन्टको प्रकोपबाट नेपाल सुरक्षित रहला भन्ने दिवास्वप्न हेर्न ठुलै प्रतिभा चाहिन्छ !

मोर्डरना तथा ऐस्ट्रेजेनेका भ्याक्सिन निर्माताहरुले आफ्नो भ्याक्सिन नयाँ भेरिएन्ट ओमिक्रोनका विरुद्ध प्रभावशाली नहुन सक्ने आशंका व्यक्त गर्दै ओमिक्रोनका विरुद्ध भ्याक्सिन अपडेट गर्ने कुरा गरिरहेको बेला नेपालले थप बुस्टर डोज दिने कुरा गरेको थाहा पाउँदा गज्जबको अनुभूति भइरहेको छ। आखिर नयाँ मन्त्रिले पनि त थप भ्याक्सिन खरिद गरेर लाभान्वित हुने अवसर पाउनु परयो।

आउने १५-२० दिन अथवा बढीमा जनवरीको पहिलो सातासम्ममा भारत र नेपालमा ओमिक्रोनको प्रादुर्भाव हुने बलियो सम्भावना छ। ओमिक्रोन बारे अहिलेसम्म विचित्रको तथ्य के फेला परेको छ भने यो भ्याक्सिन लाइसकेका व्यक्ति र पूर्वमा कोरोना सङ्क्रमित भइसकेका व्यक्ति प्रति झनै बढी आकर्षित हुने चरित्र र गुण धर्म सम्पन्न छ। पहिलेको अथवा अहिलेको डेल्टा भेरिएन्ट भन्दा यो ३ देखि ४ गुनासम्म बढी सङ्क्रामक रहेको पनि विदित भइसकेको छ।

भ्याक्सिन लाएको व्यक्ति होस अथवा पूर्वमा कोरोना सङ्क्रमित भइसकेको व्यक्ति होस अथवा यी दुबैबाट टाढा रहेको व्यक्ति होस, ओमिक्रोन भेरिएन्ट सबैका लागि सामान रूपले खतरा सूचक छ। शायद ओमिक्रोन भेरिएन्ट भ्याक्सिन माफियाको दादागिरी छिन्न भिन्न गर्न आएको हो कि ! 

याे पनि
आशंकाको भुमरीमा भ्याक्सिनको विश्वसनीयता : मेडिकल माफियाको प्रभाव र दबाबमा पदासीनहरू

ओमिक्रोन भेरिएन्टको त्रास, हाम्रो सरकारी रवैया र नागरिकको दायित्व

चिन्ता ओमिक्रोन भेरिएन्टको कि बनेका तमाम भ्याक्सिनको ?