प्रत्याक्रमण गर्नु हाम्रो मजबुरी थियो: इमरान खान

प्रत्याक्रमण गर्नु हाम्रो मजबुरी थियो: इमरान खान

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १५, २०७५

भारत र पाकिस्तानकाबीच बढी रहेको युद्ध उन्मादबारे पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलन भन्दा पहिला पाकिस्तानी सेनाले दुईवटा भारतीय लडाकु जहाज नष्ट गरेको एवं दुईजना भारतीय पाइलटलाई युद्धबन्दी बनाएको कुरा सार्वजनिक गरेको थियो । 

पत्रकार सम्मेलनमा इमरान खानले भारतले पाकिस्तानमा पसेर गरेको बम प्रहारको जवाफ दिनु पाकिस्तानको मजबुरी बनेको भने । 

इमरान खानले पत्रकारसंग भने, दुईवटै देशसंग जुन किसिमका हात हतियार उपलब्ध छन्, यी हतियारसंग युद्धमा होमिने हो भने हामी युद्ध परिणामको कल्पना सम्म पनि हामी गर्न सक्दैनौं । 

खानले अगाडी भने, हिजो देखि देशभित्र जस्तो अवस्था श्रृजना भएको छ त्यसबारे मैले बोल्नै पर्छ । भारतको काश्मिरको पुलवामा मा भएको आतंककारी घटनापछि मैले भारतलाई जाँच अनुसन्धानमा सहयोग गर्ने ‘अफर’ गरें । , मलाई थाहा छ यस्ता घटनाले पीडित परिवार माथि कस्तो वज्र खस्छ । 

तर भारतले सीधै पाकिस्तानमा पसेर बमबारी गर्‍यो । कुनै पनि संप्रभुता सम्पन्न मुलुक यस्तो अवस्थामा शान्त भएर बस्न सक्दैन् । मौन बसेर हामी आफ्नो देशप्रति अपराधी बन्ने कुरै आउँदैन् । हामीले भोलिपल्ट बुधवार बिहानै भारतीय आक्रमणको जवाफ फर्कायौं, यसो गरेर हामीले उनीहरुलाई चेतावनी दियौं, ‘यदि तपाई हाम्रो देशभित्र पस्नुहुन्छ भने हामी पनि तपाईको देशभित्र पस्न सक्षम छौ ।’

हाम्रो कारवाहीको जवाफ दिने क्रम भारतका दुइटा मिग जहाज पाकिस्तानी सीमानामा पसे । हामीले तिनलाई खसाली दियौं । 

म भारतसँग भन्न चाहन्छु यस्तो बेलामा अलिकति बुद्धिको प्रयोग गर्नुहोस । संसारमा धेरै युद्ध भएका छन्, युद्धको प्रारम्भ कसैलाई थाहा हुन्न, युद्धको परिणमा के हुन्छ ? पहिलो विश्वयुद्ध ६ महिनामा सकिने विश्वास गरिएको थियो । तर यो ६ वर्षसम्म चल्यो । 

दोस्रो विश्वयुद्धमा पनि हिटलरले सोचे, पहिला रुसलाई कब्जा गरौं तर परिणाम के भयो हामी  सबैलाई थाहा छ । खानले भने  ‘के हामीले यो चिन्तन गर्नु आवश्यक छैन, यदि यो लडाईले ठूलै रुप लियो भने यो कतातिर पुग्छ । मलाई लाग्दैन युद्ध भएमा यो मेरो अथवा नरेन्द्र मोदीको नियन्त्रणमा रहन सक्छ ।’ 

याे पनि

भारत पाकिस्तानमा युद्धजस्तै माहोल

दुई भारतीय विमान खसालेको पाकिस्तानको दाबी

भारतीय वायुसेनाले पाकिस्तानमा बम खसाल्यो

के भन्छन् बम आक्रमण क्षेत्रका स्थानीय ?

भारत पाक युद्धको सँघारमा !