युद्धक्षेत्रमा अर्जुनलाई भएको मोहको योगिक अर्थ

युद्धक्षेत्रमा अर्जुनलाई भएको मोहको योगिक अर्थ

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  चैत्र १६, २०७५

   संजय उवाच –
    एवमुक्तो हृषीकेशो गुडाकेशेन भारत ।
सेनयोरूभयोर्मध्ये स्थापयित्वा रथोत्तमम् ।। २४ 

 भीष्मद्रोणप्रमुखतः सर्वेषां च महीक्षिताम् ।
उवाच पार्थ पश्यैतान् समवेतान् कुरूनिति ।। २५

भावार्थ – संजय  भन्छन्, हे राजन् ! अर्जुनद्वारा यसरी सम्बोधन गरिएपछि श्रीकृष्णले दुबै सैन्यदलका बीचमा भीष्म, द्रोण तथा अन्य सबै राजाहरूका सामुन्ने त्यो उत्तम रथलाई खडा गरिदिनु भयो र हे पार्थ ! यी एकत्रित कुरूहरूलाई हेर भन्नुभयो ।

विशिष्टार्थ – साधक पूर्व कथित प्रकारले क्रिया विशेषपछि तल ओर्लेर मनोधर्मी भएर दिव्यदृष्टिमा पुनः जे देख्छ त्यही संजय उवाच हो । अझ मनोधर्मी भएर साधकले जुन आत्मचिन्ता गर्छ त्यही उनको भारत 'भा = दीप्ति (प्रकाश), त्यसमा, रति = आसक्ति जसको छ' अवस्था हो । एक मात्र चैतन्य नै प्रकाश हो, अरू चतुर्विंशक्ति तत्वात्मिका प्रकृति नै अप्रकाश हो । यसरी प्राकृतिक अधिकारमा रहेर जसले आत्मज्योति लक्ष्य राख्छ उही भारत हो ।

‘गुडाकेश’ (गुडाका = निन्द्रा, ईश = नियन्ता) = निद्राजयी । अविश्रान्त क्रियमाण अवस्था नै गुडाकेश अवस्था हो । निद्राजयी हुनाले नै अच्युत लाभ हुन्छ । तिनीहरू नै निद्राजयी हुन् जसले अज्ञानज निद्रालाई दमन गरेर ज्ञानजनिद्रा (समाधि विश्राम) को आश्रय लिन समर्थ हुन्छन् अर्थात् जुन साधक क्रियाकालमा निद्राका लागि अवसन्नता तथा चंचलतामा नपरेर प्रकाशमय स्थिति लाभ गर्न सक्छन् । विषय चिन्ता गर्दा गर्दा त्यसबाट उत्पन्न अवसन्नतामा अभिभूत भएर रहनुको नाम अज्ञानज निद्रा वा  ‘निद्रा’ हो भने आत्मलक्ष्य गर्दै गर्दै आफूबाट विषयवृत्ति मेटाउनाले मनको जुन अकम्पन विश्राम हुन्छ त्यसैको नाम ज्ञानज निद्रा, आत्मनिष्ठा वा समाधि हो । यस गुडाकेश अवस्थामा मनमा कुनै प्रकारको इच्छा उपस्थित हुँदा त्यस इच्छानुसार मानस इन्द्रियलाई चलाउने शक्ति आउंछ, त्यस शक्तिले कूटस्थबाट नै प्रकाश पाउंछ । अतः अच्युतलाई हृषीकेश भनिएको हो । यी अवस्थाहरू सूक्ष्म हुन् ता पनि साधनामार्गमा अलिकति चेष्टा गर्नाले नै सजिलैसंग संझन बुझन सकिन्छ । त्यसरी मध्यस्थलमा रहने इच्छा भएर नै गुरुकृपालव्ध हृषीकेश (इन्द्रियहरूलाई आधिपत्य गर्ने शक्ति) द्वारा साधक आफ्नो उत्तम रथ सेनाको ठीक बीच स्थानमा स्थापना गर्छन् ।

रथोत्तम – सवारीको साधन अर्थात् जुन गतिशील बस्ने स्थिति वा स्थान हो । मूलाधार देखि आज्ञाचक्रसम्म तीन स्थितिका स्थान छन् । दं, यं, पं, दं– मूलाधार र स्वाधिष्ठानको मध्यस्थल कामपुरमा यं–अनाहतमा र पं– विशिुद्ध कमल माथि आज्ञाचक्रको तल मस्तक ग्रन्थिमा । मनोमय शरीरलाई दं– स्थानमा राख्दा केवल मूलाधारको ज्ञान हुन्छ,  यं– स्थानमा राख्दा मूलाधार, स्वाधिष्ठान, मणिपुर र अनाहत यी चार चक्रहरूको ज्ञान हुन्छ । पं स्थानमा राख्दा षट्चक्रको मूल स्वरूप अपञ्चीकृत सूक्ष्म तत्व समूह कारणका साथ प्रत्यक्ष हुन्छ । अनि त्यो पं– स्थानमा रहँदा साधक कपिध्वज तथा कृष्ण सारथी हुने स्थिति हुन्छ । त्यस कारण साधनाकालमा त्यस स्थानलाई रथोत्तम भनिएको हो ।

उभय सेना – प्रवृत्ति (संसारमुखी वृत्ति) र निवृत्ति (असंसारमुखी वृत्ति) । प्रवृत्ति वैषायिक अहंकार वा आभास चैतन्य (भीष्म) एवं विषय संस्कारज व्यभिचारी बुद्धि (द्रोण) द्वारा चालित वासनायुक्त काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य आदि र यिनै सबैका पोषक निद्रा, तन्द्रा, संशय, भय, आलस्य, दीर्घसूत्रता आदि साधना प्रतिकूल विविध वृत्ति समूह हुन् ।

कूटस्थमा लक्ष्य राखेर चैतन्यज्योतिको सन्मुखमा प्राप्त भएर उत्तम स्थान अधिकार गरी विषयमुखी र आत्मुखी दुबै वृत्तिहरूको ठीक बीचमा रहनाले पनि जन्मेदेखि आजसम्म बद्र्धित विषय संस्कार यस बेला अति सूक्ष्म भएर सर्वतोमुखी हुन्छन् । अतः साधकको मनमा ‘अहं ममत्व’ भाव प्रबलतर भएर आउँछ । यस अहं ममत्व भावले जीवको आफ्नै प्रकृतिद्वारा प्रकाश पाउँछ । प्रकृति नै जननी हो, त्यसैले साधकको त्यस  अवस्थालाई  पार्थ भनिएको हो । पार्थ = पृथाका पुत्र अर्थात् मातृ भावापन्न साधक । पृथा = स्वयं विख्याताया स्वनामरव्याता । प्रकृति स्वयं स्वनामा रव्याता हो, यस प्रकृतिबाट उत्पन्न भएर जो स्वनामख्याता भएका छन् तिनैलाई पार्थ भन्दछन् । आकाश = युधिष्ठर, वायु = भीम, तेज = अर्जुन, यी सबैलाई पनि पार्थ भन्दछन्, किन कि भ्रातृभाव प्रकाश गरेर यी सबै प्रकाशित हुन्छन् । साधक यस समयमा स्वयं गुरु उपदेशक्रमले पूर्वमुखी रहनाले प्रतिपक्षीय भीष्म, द्रोण तथा प्रधान प्रधान वृत्ति समूह जसद्वारा मही अर्थात् पार्थिवसुख भोग गरिन्छ सन्मुखमा देखिरहन्छ । अनि ‘यी सबै समवेत कौरवहरूको दर्शन गर’ यस प्रकारको ज्ञान उसको हृदयमा उत्पन्न हुन्छ ।

रथोत्तम – सवारीको साधन अर्थात् जुन गतिशील बस्ने स्थिति वा स्थान हो । मूलाधार देखि आज्ञाचक्रसम्म तीन स्थितिका स्थान छन् । दं, यं, पं, दं– मूलाधार र स्वाधिष्ठानको मध्यस्थल कामपुरमा यं–अनाहतमा र पं– विशिुद्ध कमल माथि आज्ञाचक्रको तल मस्तक ग्रन्थिमा । मनोमय शरीरलाई दं– स्थानमा राख्दा केवल मूलाधारको ज्ञान हुन्छ, यं– स्थानमा राख्दा मूलाधार, स्वाधिष्ठान, मणिपुर र अनाहत यी चार चक्रहरूको ज्ञान हुन्छ । पं स्थानमा राख्दा षट्चक्रको मूल स्वरूप अपञ्चीकृत सूक्ष्म तत्व समूह कारणका साथ प्रत्यक्ष हुन्छ । अनि त्यो पं– स्थानमा रहँदा साधक कपिध्वज तथा कृष्ण सारथी हुने स्थिति हुन्छ । त्यस कारण साधनाकालमा त्यस स्थानलाई रथोत्तम भनिएको हो ।

तत्रापश्यत् स्थितान् पार्थः पितृनथ पितामहान् ।
आचार्यान्मानुलान् भातृन्पुत्रान्पौत्रान्सखींस्तथा ।।  २६

भावार्थ – अर्जुनले त्यहाँ दुबै पक्षका सेनाहरूका वीचमा स्थित आप्mना काकाहरू, पितामहहरू, गुरुहरू, मामाहरू, दाजुभाइहरू, छोराहरू, नातिहरू, त्यस्तै मित्रहरू, ससुराहरू र शुभचिन्तकहरूलाई पनि देखे ।

विशिष्टार्थ – अनि ती मातृभावापन्न साधक (अर्जुन) साधनाको अनुकूल प्रतिकूल आमूल वृत्ति समूहलाई प्रत्यक्ष गर्छन् । मनुष्यका शरीरमा साधनालाई सहयोग पु¥याउने हजारौं नाडीहरू छन्, तिनै नाडीहरूद्वारा मन, बुद्धिको सहयोगले नाना प्रकारका वृत्तिहरू उत्पन्न हुन्छन्, फेरि एक वृत्ति उत्पन्न हुँदा त्यसमा अनेकौं नवीन वृत्तिहरूको सृष्टि भइरहन्छ । यसरी वृत्ति समूहहरू मिश्र अमिश्र रूप गरी अनन्त आकारमा उठिरहन्छन् । शरीर तत्वविद् भगवत् परायण आर्य ऋषि मुनिहरूले ती सबैलाई रूपकमा परिणत गरेर सांसारिक नाता सम्बन्धद्वारा सजाएर व्यक्त गरेका छन् । त्यसकारण यहाँ पिता, पितामह प्रभृति शव्दहरूको प्रयोग भएको छ ।

तान् समीक्ष स कौन्तेयः सर्वान् बन्धुनवस्थितान् ।
कृपया परयाविष्टो विषीदन्निदमब्रवीत् ।। २७ ।।

भावार्थ – ती कुन्तीपुत्र अर्जुनले सबै ती आफ्ना बन्धु बान्धवहरूलाई युद्ध भूमिमा खडा भएको देखेर अत्यन्त करुणाले युक्त भएर दयावश दुःखका साथ यो वचन बोले ।

विशिष्टार्थ – साधकले गुरुपदेश प्राप्त गरेर कैवल्य स्थिति लिने बेलामा देख्छ – विषय भोगका सम्पूर्ण वृत्तिहरूलाई नष्ट गर्नु पर्नेछ, किन्तु कैवल्यस्थिति भन्दा पहिले लोभ विद्यमान हुनाले विषय भोगको इच्छा प्रबल भइदिन्छ । अतः साधक भोग साधनवृत्तिहरू प्रतिको आफ्नो विचार ममतापरायण होस् भन्ने उद्देश्यले गुरुपदेशको कठोरतालाई केही कम गरेर त्यसलाई आफ्नो इच्छा अनुकूल बनाउन वशीकरण मन्त्र स्वरूप निष्फल रोेदन गर्छ ।  विषय भोग पनि गर्नेछु, योग पनि गर्नेछु, साधु पनि बन्नेछु, यसो भएमा नै सबै मेरो मनको अनुकूल हुनेछ । साधकको यसरी आफ्नो वशमा रहने चेष्टा नै कौन्तेय शव्दद्वारा प्रकाशित गरिएको हो । कुन्तीले आकर्षणी मन्त्रद्वारा आफ्नो इच्छा अनुसार देवताहरूलाई आफ्नो वशमा पार्ने गर्थिन । अर्जुन पनि माताको स्वभावको अनुकरण गरी आफ्नो गुरु कृष्णलाई आप्mनो वशमा ल्याएर एकै पटक भोगी तथा योगी दुबै हुने चेष्टा गर्छन् ।

गुरुले विषय वासनालाई चटक्क त्याग गर्नु पर्ने उपदेश दिनु भएको थियो, किन्तु शिष्य त्यस वासनालाई नै प्राणको प्राण मानेर त्यस प्रति अत्यन्त कृपा–परवश (आसक्त) हुन्छ । अनि पछि यसरी अवस्थापन्न हुँदा मनमा जस्तो जस्तो भावको उदय हुन्छ ऊ त्यही कुरा भन्छ ।

अर्जुन उवाच – 

दृष्व्टेमान् स्वजनान् कृष्ण युयुत्सून् समवस्थितान् ।
सीदन्ति मम गात्राणि मुखं च परिशुष्यति ।। २८ ।।

वेपथुश्च शरीरेमे रोमहर्षश्च जायते ।
गाण्डीवं स्रंसते हस्तात् त्वक् चैव परिदह्यते ।। २९ ।।

भावार्थ – अर्जुनले भने, हे कृष्ण ! युद्धको चाहना लिएर खडा भएका यी आप्mना बन्धुबान्धव, इष्ट मित्रहरूलाई देखेर मेरा अंग अंगहरू काँप्दैछन्, मुख पनि सुकेको छ ।

मेरो शरीर थरथर काँपिरहेछ, शरीर जिरिंग भएको छ, हातबाट गाण्डीव धनु पनि खस्न खोज्दैछ, छालामा पनि पोलेको अनुभव भैरहेको छ ।

विशिष्टार्थ – यस अवस्थामा  साधकको मानसिक चंचलता अत्यधिक हुनाले शरीरबाट पसिना निस्कने, मुख सुक्ने, सारा अंगहरू थर थर काँप्ने र शरीर जिरिंग हुने हुन्छ । हातको मुट्ठी खुकुलो भैदिंदा गाण्डीव (धनु) हातबाट खस्छ र सारा शरीर भित्र बाहिर भतभती पोले जस्तो  अनुभव हुन्छ । यो सम्पूर्ण अवस्थालाई एक साधकले मात्र अनुभव गर्दछ । हातबाट गाण्डीव खस्यो भन्ने सम्बन्धमा ‘समकायशिरोग्रीव’ भएर बस्दा साधकको मेरूदण्ड पछाडि पट्टि झुकेर धनु जस्तो हुन्छ, यस अवस्थामा स्थित मेरूदण्डलाई गाण्डीव भन्दछन् । साधकको मन चंचल हुनाले नै शरीरमा कम्पादि उठेर सारा शरीर टन् टन् झन् झन्  गरेर साधकलाई सीधा रहन दिंदैन । हात गोडा लुला हुन्छन् । ज्ञान मुद्राको बन्धन पनि खुल्छ । यसै अवस्थालाई ‘गाण्डीवं स्रंसते हस्तात्’ भनेर व्यक्त गरिएको छ । (अर्जुनमा यस्ता लक्षणहरू देखा पर्नु कुनै कायरता वा दुर्बलताले नभएर ईश्वरको सुन्दर सृष्टि संरचनालाई आपूm ध्वस्त गर्न उद्यत भएको भन्ने धारणाले हो) ।

नच शक्नोम्यवस्थातुं भ्रमतीव च मे मनः ।
निमित्तानि च पश्यामि विपरीतानि केशव ।। ३० ।।

 

याे पनि

गीता योग रहस्यमा युधिष्ठिर आकाशतत्व हो, यो सँधै अपराजित रहन्छ, स्थिरता यसको गुण हो

गीता भित्रको योग रहस्य: शब्द शब्दको योगिक अर्थ

शब्द शब्द साधना रहस्यले भरिपूर्ण

असल खराब सबै प्रकारका कर्म नै संस्कार हुन

धर्मक्षेत्र कुरुक्षेत्र यही शरीर हो

गीता अनुसार साधना कालका तीन अवस्था