'ग्रेट ! ग्रेट आइडिया ज्ञानमित्र' : पृथ्वीमा सम्पूर्ण जीवनको उमेर सात दिन मात्रै बाँकी !

विज्ञान कथा भाग ८

'ग्रेट ! ग्रेट आइडिया ज्ञानमित्र' : पृथ्वीमा सम्पूर्ण जीवनको उमेर सात दिन मात्रै बाँकी !

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  मंसिर २९, २०७७

गताङ्कबाट निरन्तर

रसियन  राष्ट्रपति - तपाईँले के भन्न खोजेको हो ? अणुबमले सारा नेपाल ध्वस्त हुँदा पनि यिनीहरु बाच्छन् ?

ज्ञानमित्र - हो राष्ट्रपति महोदय, यिनीहरुले चाहे भने नेपालमाथि तपाईँले प्रहार गरेका कुनै पनि मिसाइल र बम खस्नै दिदैनन् । सम्पूर्ण नेपाललाई 'इलेक्ट्रोम्यागनेटिक  शील्ड'ले  सुरक्षित गरिदिन्छन् ।  तपाईँहरुलाई विदित नै होला एक पटक एकजना भारतीय वैज्ञानिक होमी भाभाले भारतको आकाशलाई 'इलेक्ट्रोम्याग्नेटिक' सुरक्षा कवचले सुरक्षित गरी दिने भनेका थिए।  उनी सफल हुनुभन्दा पहिला नै विमान दुर्घटनामा मारिए। यो अति सामान्य टेक्नोलोजी हो महोदयहरु। अथवा यिनीहरु स्वयम सेकेण्डमै 'इन्टरस्टेलर स्पेश' मा पुगी सुरक्षित हुन सक्छन् ।

आगन्तुक- ज्ञानमित्र हाम्रो काम भयो, हामी अब फर्कने कि ?

ज्ञानमित्र- मित्र, म माथि मानवताका थुप्रै ऋण छन् । अन्तिम बेलामा एउटा भए पनि  तिर्ने इच्छा छ । उहाँ चारैजना राष्ट्रअध्यक्ष मार्फत यो  गर्न/गराउने इच्छा  छ ।

आगन्तुक - ओके,  तपाईँलाई जे मन लाग्छ त्यो गर्नुस् । हामी तपाईसँगै छौं, तपाईँलाई  उहाँहरुसँग जे गराउने इच्छा छ तपाईँ व्यक्त मात्रै गर्नुस उहाँहरुले अक्षरशः पालन गर्नु हुन्छ।  

ज्ञानमित्र- सबै राष्ट्रअध्यक्षज्यूसँग मेरो एउटा विन्ती छ । तपाईँहरू आफ्नो सम्पूर्ण शक्ति लगाएर सूर्यलाई जोगाउने प्रयास गर्नुस् । आजको सातौँ दिनमा उहाँहरू सूर्य लैजानु हुन्छ । अर्थात, अब पृथ्वीमा सम्पूर्ण जीवनको उमेर सात दिन मात्रै बाँकी छ । म चाहन्छु तपाईँहरू यी अन्तिम ७ दिनका लागि विश्वको सबै नागरिकको लागि सबै कुरा 'फ्रि'  गरिदिनुहोस् । अन्तिम ७ दिनको लागि भए पनि पृथ्वीका कुनै मानवले भोक र अभाव सहन गर्नु  नपरोस् ।

प्रधानमन्त्री मोदी- यो सात दिनमै कसरी सम्भव हुनसक्छ ?

ज्ञानमित्र- यो १० मिनेटमा सम्भव हुन्छ । भोली बिहान तपाईँ चारैजना राष्ट्रअध्यक्षले संयुक्त घोषणा गर्नुस्- ७ दिनको लागि पृथ्वीमा सबै कुरा 'फ्रि' छन् । रेल, जहाज, हवाई जहाज 'फ्रि' छन्  । होटल, हस्पिटल, रेष्टुरेन्ट, सबै पसलले 'फ्रि'मा मानिसलाई सबै सेवा उपलब्ध गराउन् । तपाईँहरुको देशमा प्रवेशका लागि भिसा आवश्यक छैन । मानिस विश्वभरी काहीं पनि आऊँन  जान सक्छन ।  ७ दिनपछि सबैको बिल तपाईँहरूको संयुक्त प्यानलले तिरिदिन्छ । सबै किसिमका व्यापारीको बिल सरकारले तिरीदिने घोषणा गर्नुस् । तपाईँहरुले संयुक्त रुपमा  'प्रेस कन्फ्रेन्स' गरेर यो समाचार प्रवाहित गर्नुस् । ७ दिनसम्म कुनै पनि व्यापारी/प्रतिष्ठान- सरकारी-गैर सरकारी सबैले सबैलाई 'फ्रि' मा सेवा- सामाग्री उपलब्ध गराउन ।  त्यसको बिल सरकारले भुक्तानी गर्छ।

आगन्तुक - 'ग्रेट ! ग्रेट आइडिया ज्ञानमित्र' । तपाईको कल्पनाशक्ति कल्पना मात्रै नभएर यथार्थको धरातलमा त्वरित प्रभावले लागू भएर फलित हुने क्षमता सम्पन्न कोटि कै हुन्छन्।  

रसियन राष्ट्रपति- अनि ७ दिनमा पृथ्वी नष्ट भएन भने संसारभरीको बिल  हामी  कहाँबाट तिर्छौं ?

ज्ञानमित्र- पहिलो कुरा त यस्तो अवस्था नै आउदैन । र कथमकदाचित आयो भने म त्यसको व्यवस्था गरिदिन्छ ।

त्यसो भए  घोषणा सभा पछि तपाईँहरुको यो चाहना पनि हामी पूरा गर्छौ। अब हामी नेपाल फर्किन्छौ। तपाईँहरुलाई पृथ्वी रहे सम्मका लागि सुख र स्वास्थ्यको शुभकामना।  आगन्तुकसहित ज्ञानमित्र  भारतीय प्रधानमन्त्रीको शयनकक्षबाट गायब हुन्छन् ।चारैजना काठमाडौँको जीवेन्द्रजीको घरमा देखा पर्छन ।

चीनिया राष्ट्रपति- खरबौ खरब  डलर तपाईँ कहाँबाट ल्याउनु हुन्छ ?

ज्ञानमित्र - तपाईँहरूको अर्थतन्त्रमा सबैभन्दा बढी मूल्यवान के हो ?

अमेरिकी राष्ट्रपति- अनेकौ कुरा छन् । उदाहरणको लागि सुन नै  हो ।

ज्ञानमित्र-तपाईँहरूको लागि जे महत्वपूर्ण छ । म त्यसलाई आकाशबाटै खसालिन्छु ।

प्रधानमन्त्री  मोदी- तपाईँ हावाबाट सुन बनाउन सक्नुहुन्छ ?

ज्ञानमित्र - सुन मात्रै होइन सबैथोक बनाउन सक्छु ।

अमेरिकी राष्ट्रपति -एउटा नमूना देखाउन सक्नुहुन्छ ?

ज्ञानमित्र-  अवश्‍य ! तपाईँ सबैजना भारतीय प्रधानमन्त्रीको अतिथि हुनुहुन्छ । म मोदीजी तर्फबाट तपाईँहरूलाई जलपानको निम्ती आमन्त्रण दिन्छु । तपाईँहरू के खान चाहनु  हुन्छ भन्ने मनमनै  विचार गर्नुस् ।  म त्यही वस्तु उपस्थित गराइदिन्छु । तपाईँहरूले विचार गरुन्जेल म डाइनिङ टेबल बनाउछु । उनले आफ्नो संकल्पले कोठाको बिचमा सुनको डाइनिङ टेबल, सुनकै कुर्सी बनाएर राखी दिए । कुर्सीमा प्रत्येक राष्ट्राध्यक्षको नाम र देशको झण्डा अंकित रहेको थियो । यस पछि  उनले  सबैलाई डाइनिङ टेबलमा बस्ने आग्रह गरे । सबैका  सामु टेबलमा सुन र चाँदीका भाडाहरुमा विभिन्न किसिमका खाने परिकार राखिएका थिए ।

चीनिया राष्ट्रपति- यो कसरी सम्भव भयो, मैले टिपिकल चीनिया स्न्यक्स खाने मन बनाएको थिए, मेरो इच्छा अनुसार कै खाध सामाग्री छ त भाँडामा !

ज्ञानमित्र -अब  त तपाईँहरूलाई विश्वास भयो होला ? मैले क्षणमै सबै कुरा बनाई दिए। म सुनको पहाड नै बनाउन  सक्छु। जुनसुकै वस्तुको अम्बार लाउन सक्छु।

रसियन राष्ट्रपति-यो सब 'ब्लैक म्याजिक' त हैन ?

अमेरिकी राष्ट्रपति-होइन मिस्टर पुटिन, यो सब वास्तविक हो। मलाई कुनै शंका छैन ।

चीनिया राष्ट्रपति-त्यसो भए हामी भोली बिहानै ज्ञानमित्रले भने झै घोषणा गरिदिऊ ।

प्रधानमन्त्री मोदी - म प्रेसिडेन्ट जिनपिङसँग सहमत छु ।

अमेरिकी राष्ट्रपति-  प्रेसिडेन्ट पुटिन तपाईको के विचार छ  ?

रसियन राष्ट्रपति- कतै यो सब 'इल्युजन' हो भने हामी फस्छौ । खरबौ डलर कहाँबाट ल्याएर तिर्छौ ?

अमेरिकी राष्ट्रपति -त्यसो भए तपाईँ घोषणा सभामा सहभागी बन्नुहुन्न ?

रसियन राष्ट्रपति - 'सरी', म सहभागी  हुन्न  ।

ज्ञानमित्र- हुन त प्रेसिडेन्ट पुटिनले घोषणामा सहभागी नभए पनि केही फरक पर्दैन । तपाईँ ३ जना अथवा  मिस्टर मोदीले भारतका लागि मात्रै घोषणा गरिदिए  पनि  मेरो चाहना पूरा हुन्छ ।

चीनिया राष्ट्रपति- मिस्टर ज्ञानमित्र, तपाईँका लागि जे पनि सम्भव छ भने मि. पुटिनलाई योजनामा सहभागी बनाएर देखाउनुस् । विश्वमा अन्तिम समयमा भए पनि साम्यवाद लागु हुन गई रहेको अवस्थामा उहाँको अस्विकृतिले व्यवधान पुर्‍याउँछ।  तपाईँले उहाँलाई सहमत गराउनै पर्छ।  

ज्ञानमित्र- म चिनिया राष्ट्रपतिज्यूको यो चाहना पनि पूरा गर्छु । म उहाँको 'हार्मोन्स’ र 'न्यूरोट्रान्स्मीटर' स्तर परिवर्तित गरेर उहाँलाई सहमत बनाइदिन्छु । ज्ञानमित्रले आफूसँग  भएको सिगरेटको बट्टा मि. पुटिनतिर फ्याल्दै 'समाउनुस्  राष्ट्रपति महोदय'  भने।

रसियन राष्ट्रपति -'ओह  थैंक्स', मलाई यसको आवश्‍यकता थियो ।

ज्ञानमित्र - मलाई पनि तपाईँको 'हार्मोन्स' स्तर परिवर्तन गर्न तपाईँतिर यो फ्याल्नु आवश्‍यक थियो ।

अमेरिकी राष्ट्रपति- सिगरेटको बट्टा समाउदैमा 'हार्मोन्स' स्तर परिवर्तित हुन्छ र ?

ज्ञानमित्र- यो त तपाईँहरुलाई देखाउन गरेको क्रीडा हो अन्यथा मैले सोच्दैमा पनि यो काम गर्न सक्थे।

अमेरिकी राष्ट्रपति- तपाईँको भनाइ अब मिस्टर पुटिनको मन परिवर्तन भयो ?

चीनिया राष्ट्रपति -उहाँलाई नै सोधी हेरौ न ,  के विचार छ त प्रेसीडेन्ट  मि‍.पुटिन ? घोषणामा सहभागी बन्नुहुन्छ  कि बन्नु  हुन्न ?

रसियन राष्ट्रपति - (सिगरेट सल्काउदै) म पनि मानव हो, मानवताको हित हुने कुनै पनि कार्यमा सहभागी नहुने कुरै हुन्न ।

प्रधानमन्त्री मोदी- अहा कति  सजिलो थियो विश्वलाई सुन्दर बनाउन तर हामी झण्डा र सीमाना कै चक्रव्यूहमा अल्झी रह्यौ। ज्ञानमित्र यदि पृथ्वी जोगियो भने के यो व्यवस्था सधैका लागि लागू हुन सक्छ पृथ्वीमा ?

ज्ञानमित्र- अब तपाईँ त्यसको चिन्ता न गर्नुस।  पृथ्वी जोगिने सम्भावना छैन।  मोदीज्यू , मैले तपाईंका सबै इच्छा पुरा गरिदिए । भोलीदेखि संसारका सबै मानिसलाई सबै कुरा उपलब्ध हुन्छन् । अब हामी काठमाडौं प्रस्थान गर्छौं । भोली बिहान टिभीमा तपाईंहरुको घोषणा सुनौंला ।

प्रधानमन्त्री मोदी-तपाईंहरुलाई रोक्ने सामर्थ्य  त कसैसँग छैन । मेरो आग्रह  भने अवश्य छ भोली बिहानको घोषणासम्म तपाईँहरु पनि यतै बसे हुन्थ्यो ।

ज्ञानमित्र-बस्नलाई त केही समस्या  थिएन, तर हामीलाई थुप्रै काम छन् । नेपाल र भारतको आकाशलाई 'इलेक्ट्रोम्याग्नेटिक शील्ड'ले सुरक्षित गर्नुछ, यसबाहेक केही  अन्य महत्वपूर्ण कार्य पनि  छन् । तसर्थ हामी प्रस्थान गर्छौै । हामीहरु गएपछि हामीलाई मार्न तपाईंहरु नेपालमाथि बम प्रहार गर्न स्वतन्त्र हुनुहुन्छ । हामी आकाशलाई 'शील्ड' गरी हामी २० मिनेटमा नेपाल पुग्छौं । तपाईंहरुले २० मिनेट पछि आफ्ना सबै बम र क्षेप्यास्त्र  ‘ट्राइ’ गरे हुन्छ ।

अमेरिकी राष्ट्रपति-अनि घोषणा सभा पछि हामी ले के गर्ने ? जम्मा सात दिनको समय बाँकी छ, अमेरिका फर्किनै  २० घण्टा लाग्छ।

ज्ञानमित्र- तपाईँलाई अणु बम प्रहार गर्न अमेरिका पुगी राख्नु पर्छ र ?

अमेरिकी राष्ट्रपति-त्यो त पर्दैन।  तर किन हो किन मलाई लाग्छ tapaile भनेको कुरा नै सत्य हुन्छ।  र म अन्तिमका सात दिन मध्येको २० घण्टाको समय जहाजमा बिताउन चाहन्न। तपाईँहरुले मलाई यहाँ ल्याए जसरी नै फिर्ता पठाउनु पर्छ।

रसियन राष्ट्रपति- मेरो पनि अमेरिकी राष्ट्रपतिसँग सहमति छ।  तपाईँहरुले हामीलाई ल्याए जसरी नै स्वदेश पठाउनु पर्छ।

ज्ञानमित्र- तपाईँको के भनाइ छ महामहिम शी ?

चीनिया राष्ट्रपति - लामो जहाज यात्रा गर्न मलाई पनि मन छैन।

ज्ञानमित्र- त्यसो भए घोषणा सभा छि तपाईँहरुको यो चाहना पनि हामी पूरा गर्छौ। अब हामी नेपाल फर्किन्छौ। तपाईहरुलाई पृथ्वी रहे सम्मका लागि सुख र स्वास्थ्यको शुभकामना ।  आगन्तुकसहित ज्ञानमित्र  भारतीय प्रधानमन्त्रीको शयनकक्षबाट गायब हुन्छन् । चारैजना काठमाडौँको जीवेन्द्रजीको घरमा देखा पर्छन । 

 

याे पनि 

‘देन आइ विल लुक फर लास्ट प्याग अफ व्हिस्की  एण्ड लास्ट कन्ट्याक्ट विद माई गर्ल'

‘ओह माई डियर कसमसमेट': तपाईँहरू कमिला मार्न अणु बम प्रयोग गर्नु हुँदो रहेछ !

पृथ्वी लगायत सम्पूर्ण सौर्यमण्डल नै नष्ट हुन्छ ! सर्वसाधारणले थाहै नपाइ मर्न पाउनु पर्छ !!

'ओह नो  ! सूर्य लैजान सुनको डायनिङ्ग टेबल, अनि 'इमरल्ड'को जाम

तीनैजना राष्ट्राध्यक्षको मस्तिष्कमा नेपाली भाषा 'एक्टिभेट': सेकेण्डमै कुनै भाषा जान्न सकिन्छ र ?