जाग्रत समाधि युक्त पुरुष नै जीवन मुक्त हो

जाग्रत समाधि युक्त पुरुष नै जीवन मुक्त हो

लोकसंवाद संवाददाता  |  जीवनदर्शन  |  जेठ २५, २०७६

   कर्मण्येवाधिकार स्ते मा फलेषु कदाचन ।
    मा कर्मफलहेतुर्भु र्मा ते संगोस्त्वकर्मणि ।। ४७ ।।

भावार्थ – कर्म गर्नमा मात्र तिम्रो अधिकार छ, कर्मफलमा कदापि अधिकार छैन । तिमी आपूmलाई कर्मफलको हेतु पनि न ठान अकर्ममा पनि आप्mनो आसक्ति हुन नदेऊ ।

विशिष्टार्थ – एक मात्र चैतन्य ‘अहं’ पदवाच्य हो, उसलाई छोडेर अरू सबै ‘त्वं’ पदवाच्य हुन् । जबसम्म साधकले कूटलाई भेदन गरेर स्थिति पदलाई पाउंदैन तबसम्म ऊ ‘त्वं पदवाच्य हो, ‘ते’ तबसम्म मात्र उसको प्राणक्रिया भइरहन्छ अर्थात् पद्यपद्यमा प्राण विचरण गरिरहन्छ । अतः उसको कर्ममा अधिकार रहन्छ । किन्तु कर्म भएकै कारण त्यसको फल प्राप्त हुन्छ । जस्तै – रासायनिक प्रयोगमा भिन्न भिन्न द्रव्य परस्पर मिलेर रासायनिक क्रियाद्वारा नवीन शक्ति उत्पन्न हुन्छ त्यस्तै – मन प्राण सुषुम्ना अन्तर्गत कमल दलमा वर्णरूपा मातृका निचयका साथ मिलेर नाना प्रकारका विभिूति वा, शक्ति उत्पन्न गर्दछ । यो शक्ति साधकलाई आश्रय दिन आउंछ । साधकले यदि त्यस शक्तिमाथि अधिकार प्राप्त गर्छ भने साधक भोगमा आबद्ध भएर उन्नति लाभ गर्न सक्दैन । अतः भगवान् श्रीकृष्ण भन्नुहुन्छ – ‘कहिल्यै पनि कर्मफल माथि अधिकार नगर्नु’ केवल यतिमात्र हैन ‘कर्मफलको हेतु पनि नबन्नू’ अर्थात् जसबाट कर्मफल उत्पन्न हुन्छ त्यो कर्म पनि नगर्नू । प्रत्येक कमलमा प्राण पात गर्ने बेलामाम यदि आसक्ति प्राणबाट हटेर कमलदलममा पर्दछ भने त्यस संगबाट काम उत्पन्न भएर पलोत्पादन गर्दछ, किन्तु यदि त्यसबेला आसक्ति प्राणलाई छोडेर अलग हुन पाउंदैन भने कामोत्पन्न हुनै सक्दैन । प्राणपातले केवल शक्ति प्रबद्ध हुन्छ, उत्थान गर्दैन – ‘परस्परं भावयन्तः’ भएर परंश्रेय लाभ हुन्छ । कर्मफलको हेतु बन्नु पर्दैन । भगवान् श्रीकृष्ण भन्नुहुन्छ – अकर्मको संग पजि गर्नु हुँदैन । सुषुम्नान्तर्गत ब्रम्हनाडीमा मूलाधारदेखि आज्ञा पर्यन्त प्राण चालन नै कर्म हो, यस कर्मको पूर्व पनि अकर्म हो, पश्चात् पनि अकर्म हो । यस कर्मको पूर्वमा तदर्थीय क्रिया विना स्थूल इन्द्रियहरूद्वारा जे जनि काम हुन्छ त्यो सबै अकर्म अर्थात् निषिद्ध कर्म हो । त्यस्तै नै आज्ञाबाट उत्तीर्ण भएपछि कर्म मेटिएर जुन कर्म विहीन अवस्था आउंछ त्यो पनि अकर्म अर्थात् निष्क्तिय अवथा हो । पहिलो अकर्मले रजस्तम क्षेत्रमा, दोस्रो अकर्मले सत्व तमः क्षेत्रमा प्रकाश पाउंछ । पहिलोमा आसक्ति दिनाले अनन्त विपाकमा पर्नु पर्दछ, दोस्रोमा आसक्ति दिंदा अर्थात् निष्क्तिय पद प्राप्त गर्नका लागि इच्छा गरेर क्रिया गर्दा कूटस्थमा कश्मल आउँछ, अतएव त्यस कश्मललाई भेद गर्न नसक्दा  तलै रहनु पर्दछ । त्यसकारण संग विहीन अर्थात् अनासक्त भएर कर्तव्यज्ञानमा क्रिया गर्नु कर्म हो । अनासक्तको मार्ग खुला छ भने आसक्तको मार्ग अवरुद्ध छ ।
    
       योगस्थः कुर कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय ।
     सिद्धयसिद्धयोः समो भूत्वा समत्वं योग उच्यते ।। ४८ 

श्रुति ज्ञानद्वारा काललाई व्यक्त गरियो अर्थात् भविष्यत् तथा श्रुत अर्थात् भूत यी दुवैको ज्ञान रहदैन, केवल वर्तमान मात्र रहनेछ । अर्थात् नाद अच्छिन्न र अनाहत भएपछि त्यसको आदि, अन्त्य रहदैन । प्रवाह निटिए पछि अघि पछि रहदैन, सबै  वर्तमान हुन्छ । अनि कालको स्रोत मेटिएपछि साधक स्वयं कालमा परिणत हुन्छ, त्यसैले उसमा भूत र भविष्यतको व्यवच्छेद रहदैन ।

भावार्थ – हे अर्जुन ! योगास्थानमा अवस्थित भएर सिद्धि र असिद्धिको समभाव राख्दै आसक्ति रहित भएर कर्म गर । यो समभाव नै योग हो ।

विशिष्टार्थ – क्रिय पद तथा निष्क्रिय पदको संयोग स्थानलाई योगस्थान भन्दछन् । यो स्थान आज्ञाको कूटमा  अवस्थित छ । कूटभन्दा माथि  लक्ष्य  स्थिर गर्र्नाले नै योगस्थ भइन्छ । सुषुम्ना नाडी भित्र गुरूपदेश अनुसार प्राण चालन गर्दै रहनाले अन्तमा निरालम्ब निष्क्रिय अवस्था स्वतः आउँछ, त्यही नै कर्मको सिद्धि हो, त्यही नहुनु नै असिद्धि हो । सिद्धि भए राम्रो, नभए पनि राम्रो, कर्ममा मेरो अधिकार छ, म कर्म गर्छु यो दृढता लिएर यसरी अनासक्त भाव लिएर कर्माचरण गर्नाले नै सिद्धि असिद्धि समान हुन्छ (साधनामा यो अवस्था निजबोध गम्य हो) । अनि यताउता स्पर्श नगरिकन केवल मात्र ब्रम्हनाडीको ठीक वीचमा गुरूपदेश अनुसार प्राणपात गरेर उठ्नाले नै संग त्याग हुन्छ । कूटस्थमा लक्ष्यस्थिर गरेर फलाफल तिर मन नदिएर केवल मात्र ब्रम्हाकाशमा विचरण गर्नाले नै साम्यभाव आउंछ अर्थात् निःश्वास प्रश्वास समान भएर क्रमशः सूक्ष्म हुँदै हुँदै स्थिर हुन्छ, मन पनि कूटलाई पार गरेर विन्दु सरोवरमा डुब्दछ, अरू कुनै कसैको पनि ज्ञान रहंदैन । यो साम्यभावको नाम नै योग हो । 

    दूरेण ह्यवरं कर्म बुद्धियोगाद्धनञ्जय ।
    बुद्धौ शरणमन्विच्छ कृपणाः फल हेतवः ।। ४९

भावार्थ – जुन कारणले बुद्धि योग विना कर्म अत्यन्त निकृष्ट छ, तिमी बुद्धिको शरणापन्न बन । फलकांक्षीहरूलाई कृपण भन्दछन् ।

विशिष्टार्थ – योगस्थ भएर कर्म गर्नु नै बुद्धियोग हो । यसरी कर्म गर्दा जहाँ जहाँ मन जान्छ त्यहाँ त्यहाँ नै ब्रम्हको दर्शन हुन्छ, विषयहरू त्यस ब्रम्हज्योतिमा विलीन हुन्छन् । यदि कर्म गर्दा मन ब्रम्हानन्दमा मग्न भएर एकाग्रीभूत भएन, स्मृति र कल्पनाको सहायताले विषयलाई लिएर अस्थिर बन्न पुग्यो भने त्यो कर्म व्यावसायत्मिका बुद्धि युक्त नभएर विषयात्मिका बुद्धि युक्त हुन्छ, अर्थात् सकाम हुन्छ । यस सकाम कर्मलाई नितान्त निकृष्ट जान्नु पर्छ, किन कि कामसंग दोषसाथ उत्पन्न भएर जीवलाई तत्सूत फलमा आबद्ध गर्छ । अरू पनि जति सकाम कर्मको फल भोग्न चाहान्छन् ती सबै कृपण हुन् । यस्ता कृपणहरू धन खर्चेर कुनै उत्कृष्ट कर्म गर्न सक्दैनन्, शिरमा धन चिन्तनको भारी बोकेर मर्छन्, त्यस्तै कामना परायण मनुष्यहरू पनि चिरकालसम्म कामनाको भारी बोकेर मर्छन् । त्यो भारी पर जन्मका लागि संचित कर्म संस्कार रूपमा रहन्छ । कामना परित्यागबाट जुन नित्य सुख प्राप्त हुन्छ त्यो सुख कृपण मनुष्य पाउन सक्दैन । अतएव तिमी, बुद्धिको आश्रय लिएर यताउति कतै नहेरी मनलाई विषय रहित तुल्याएर स्थिर लक्ष्यद्वारा उही तारक ब्रम्हमा लीन गराऊ ।

    बुद्धियुक्तो जहातीह उभे सुकृत दुष्कृते ।
    तस्मात् योगाय युज्यस्व योगः कर्मसु कौशलम् ।। ५० 

भावार्थ – बुद्धिद्वारा ब्रम्हमा युक्त हुनाले यसै जन्ममा सुकृत दुष्कृत दुबैको त्याग हुन्छ । अतः योगका निमित्त प्रयत्न गर, कर्ममा  कौशल प्रयोग गर्नुको नाम नै योग हो ।

विशिष्टार्थ – बुद्धि त्यस विन्दुमा अड्किए पछि विश्वज्ञान विलुप्त भएर निश्चल ब्रम्हमय भइन्छ, यसै अवस्थाको नाम चैतन्य समाधि हो । त्यसबेला शरीरको कुनै भोक्ता रहदैन, त्यसकारण कालचक्रमा आएका सुकृत दुष्कृत प्रारब्ध कर्महरू आश्रय रूपमा जीवलाई नपाएपछि आफै‌ नष्ट हुन्छन् फेरि अकुरित हुँदैनन् । यसरी नै निष्कृतित्वमा प्राप्त हुनका लागि योग गर्नु पर्छ । कर्ममा कुशलताको प्रयोग गर्नु भनेको नै योग हो । जस्तो – विशाल जल प्रवाहको वेगलाई नियन्त्रणमा लिनु गाह्रो छ परन्तु क्रिया कुशलताद्वारा त्यस जल प्रवाहको गतिलाई विभिन्न दिशाहरूमा अनेकौं स्रोत बनाएर घुमाउनाले विस्तारै विस्तारै नियन्त्रणमा लिन सकिन्छ, त्यसरी नै प्राण  प्रवाह रूप जुन कर्म जीवको शरीरमा स्वतः सम्पन्न हुन्छ, कुनै उपाय (कौशल) ले (यो कौशल कस्तो हो यो गुरु मुख विना जान्न सकिदैन । ‘शिष्यस्तेऽहं शाधि मां त्वां प्रपन्नम्’ कपटता त्यागेर वीतराग भएर अन्तःकरणको निर्जन स्थानमा परा वैराग्यका साथ  यो कुरा भन्दा गुरुदेव सूक्ष्म शरीरमा आविर्भूत भएर मन भित्र त्यो कौशल प्रकाश गरि दिनुहुन्छ । स्थूल शरीरमा रहेर गुरुदेवले जति उपदेश दिनुहुन्छ, कृती (अनुवर्ती) शिष्य नहुनाले त्यस उपदेशलाई धारण गर्न सक्दैन । एकमात्र गुरूपदिष्ट कर्मानुष्ठान गर्नाले नै क्रम अनुसार अन्तरावरण सकल लक्ष्य भइरहँदा त्यो सबै नष्ट गर्ने उपयोगी कौशल पनि स्वतः ज्ञात हुन्छ । कल्पना अनुमान गरेर कत्ति पनि जान्ने उपाय छैन । त्यो कौशल वाणीमा पनि राम्ररी व्यक्त हुन सक्दैन, भन्दा पनि त्यो कुरा उपन्यासका घटनाहरू जस्तै केवल कल्पनामा मात्र रहन्छ)  त्यसलाई विभिन्न मार्गमा चलाएर क्षीण गर्दै आप्mनो नियन्त्रणमा ल्याइन्छ, पछि आत्मतेजले त्यस प्राणलाई यथास्थानमा आहुति दिंदा (पु¥याउँदा) जुन अवस्था हुन्छ त्यसैलाई योग भन्दछन् ।

    कर्मजं बुद्धियुक्ता हि फलं त्यक्त्वा मनीषिणः ।
    जन्मबन्धलितिर्मुक्ताः पदं गच्छन्त्यनामयम् ।। ५१ 

भावार्थ – बुद्धिले युक्त पण्डितजनहरू कर्मजन्य फललाई, त्याग गरेर जन्म रूप  बन्धनले भुक्त भै भव रोग विहीन निर्र्विकार पदमा अवश्य प्राप्त हुन्छन् ।

विशिष्टार्थ – चित्तलाई एकाग्र गरेर विन्दुलाई नछोड्नाले  नै मन माथि आधिपत्य गर्ने शक्ति उत्पन्न हुन्छ, मन पनि मन अनुसार चल्दछ ।यस्तो  हुनु मनीषी अवस्था हो । अनि मन मनमा रहेपछि कर्म फलले कुनै आश्रय पाउँदैन र ऊ आपैm क्षय हुन्छ । प्राकृतिक आवरण हटेपछि अरू कुनै आवरण भित्र आउनु पर्दैन अर्थात् फेरि जन्म लिनु पर्दैन । शान्तिमय विष्णु पदको प्राप्ति हुन्छ – यो स्थिर निश्चय वाणी हो ।

    यदा ते मोहकलिलं बुद्धि व्र्यतितरिष्यति ।
    तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च ।। ५२ 

भावार्थ – जब तिम्रो बुद्धिले शरीरादि जड पदार्थ प्रतिको मोह रूप दुर्भेद्य दुर्गलाई पार गर्ला तब तिमीलाई श्रोतव्य (पारलौकिक) र श्रुत (इह लौकिक) भोग विषयमा निर्वेद (वैराग्य) उत्पन्न हुनेछ ।

विशिष्टार्थ – बुद्धि व्यावसायात्मिका भएपछि सबै भ्रम मेटिन्छ, मोह फेरि रहदैन, शब्द स्पर्शादिको आवरणमा अरू मोहित हुनु पर्दैन । अनि श्रोतव्य लय मार्गमा अन्तमा एक मात्र शब्द नै रहन्छ, काल निर्णय गर्ने अरू कुनै दोस्रो विषय रहदैन, अतः श्रुति ज्ञानद्वारा काललाई व्यक्त गरियो अर्थात् भविष्यत् तथा श्रुत अर्थात् भूत यी दुवैको ज्ञान रहदैन, केवल वर्तमान मात्र रहनेछ । अर्थात् नाद अच्छिन्न र अनाहत भएपछि त्यसको आदि, अन्त्य रहदैन । प्रवाह निटिए पछि अघि पछि रहदैन, सबै  वर्तमान हुन्छ । अनि कालको स्रोत मेटिएपछि साधक स्वयं कालमा परिणत हुन्छ, त्यसैले उसमा भूत र भविष्यतको व्यवच्छेद रहदैन । साधक तव अपरिणामी सत् सत्वमा परिणत भएर सदा वर्तमान हुन्छ । जीवको जुनैअहै‌ हो त्यो परमात्मामा गएर मिलेपछि एउटै बन्छ, अतः संम्झनु र संझाउनु पनि केही रहदैन, सम्पूर्ण विषयमा वेदशून्य अवस्था आउंछ ।

    श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला ।
    समाधाबचला बुद्धि स्तदा योगमवाप्स्यसि ।। ५३ 

भावार्थ – जब तिम्रो बुद्धि श्रुतिद्वारा विप्रतिपन्न, निश्चल तथा अचल भएर समाधिमा स्थिर होला, तब मात्र तिमी योगमा प्राप्त हुने छौ ।

विशिष्टार्थ – अच्छिन्न अनाहत नादभित्र मन दिनाले र चित्त त्यसभित्र मुग्ध हुनाले बोधशक्तिले अरू कुनै विषयलाई धारण गर्दैन, केवल त्यही नाद मध्यगत प्रस्फुटित ज्योतिमा आकृष्ट भइरहन्छ । यस अवस्थामा बोध शक्ति श्रुति विप्रतिपन्ना भएर  अर्थात् प्रणव ध्वनि सुनी सुनी निश्चयात्मिका भएर निश्चल हुन्छ अर्थात् एक विन्दुबाट अर्को विन्दुमा गमन गर्दैन, पछि ब्रम्हमा समाहित भएर अचल हुन्छ, बोध शक्तिको अरू कुनै क्रिया रहदैन, अनि साधक सबै प्रकारबाट स्पन्दन रहित हुन्छ । यस प्रकारको स्पन्दन रहित अवस्था नै योगावस्था हो ।

    स्थित प्रज्ञस्य का भाषा समाधिस्थस्य केशव ।
    स्थितधीः किं प्रभाषेत किमासीत ब्रजेत किम् ।। ५४ 

भावार्थ – अर्जुनले भने – हे केशव ! जुन व्यक्ति समाधिस्थ भएर स्थितप्रज्ञ भएको छ त्यसका लक्षणहरू कस्ता छन् ? त्यो स्थितधीले के भन्छ ? ऊ कसरी रहन्छ ? ऊ कसरी हिड्छ ?

विशिष्टार्थ – योगावस्थामा जुन निस्पन्द भाव हुन्छ एक पटक त्यसमा प्रवेश गरिसकेपछि त्यस भावबाट तल ओर्लिंदा पनि मन पहिलेको जस्तो विषयासक्त हुँदैन । प्रज्ञाले हिड्दा, बस्दा, सुत्दा, सदैव उस परमात्मामा लक्ष्य राखेर विस्तिारै विस्तिारै क्रम अनुसार जगत्लाई पनि ब्रम्हमय गराइदिन्छ । जाग्रत अवस्थामा रहंदा पनि मनले त्यही समाहित अवस्थाको भोग गर्दछ र उस पुरुषमा ज्ञानको ज्योति स्थिरधीर रहन्छ, अतः यस अवस्थालाई जाग्रत समाधि भन्दछन् । यस्तो जाग्रत समाधि युक्त पुरुष नै जीवन मुक्त हो । यस्ता पुरुषहरूका नै लक्षणहरू प्रश्न चतुष्टमद्वारासोधिएका छन् । यी चार प्रश्नहरूमा पहिलो प्रश्न सामान्य र अरू तीन प्रश्न विशेष छन् । श्लोक ५५ देखि ७२ सम्म पहिलो प्रश्न – का भाषाको उत्तर हो । यसभित्र ‘स्थितधीः किं प्रभाषेत’ – यसको उत्तर ५६ र ५७ श्लोकबाट किमासीतको उत्तर ५८, ६१, ६८, ६९, ७० श्लोकहरूबाट र ‘व्रजेत किं’ को उत्तर ७१ र ७२ श्लोकहरूबाट दिनु भएको छ ।

     प्रजहाति यदा कामान् सर्वान् पार्थ मनोगतान् ।
    आत्मन्नेवात्मना तुष्टः स्थितप्रज्ञ स्तदोच्यते ।। ५५ 

क्रमशः

याे पनि

जे जति जान्नु हो त्यो सबै वेद हो

कारण नै बीज हो

आत्मा अविनाशी हो

संगीतको ‘ताल’ कसरी बन्यो, ताण्डव र लास्यको संयोजन हो ताल

योगको मूल पनि सांख्य, फल पनि सांख्य