संगीतको ‘ताल’ कसरी बन्यो, ताण्डव र लास्यको संयोजन हो ताल

अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत ।
अव्यक्त निधनान्येव तत्र का परिवेदना ।। २८ ।।

भावार्थ – सम्पूर्ण प्राणीहरू जन्मनु भन्दा पहिले प्रकट थिएनन्, बीचमा केही समयका लागि देखा पर्छ्न्, त्यस्तै मृत्यु पछि फेरि अप्रकट नै हुन्छन्, अतएव यसमा दुःख मान्नु पर्ने कुरा के छ ?

विशिष्टार्थ – आदि अन्त मध्य विशिष्ट जे जे छ त्यही भूत हो । अतएव यी भोगायतन शरीर, अन्तःकर एवं नाना वृत्तिहरूको आधार स्वरूप विभिन्न मिश्रामिश्र शिरा प्रशिराको क्रिया सबै नै भूत हो । यी सबै भूत उत्पत्ति (जन्म) हुनुभन्दा पहिले कस्तो अवस्थामा रहन्थे त्यो कसैले देखेको छैन र फेरि लय (मृत्यु) पछि कस्तो अवस्थामा प्राप्त हुन्छन् त्यो पनि कसैले जान्दैन, यी दुवै नै अव्यक्त छन् । केवल त्यो उत्पत्ति लयको मध्यावस्था व्यक्त अर्थात् इन्द्रियहरूद्वारा ग्रहणीय नियमित चंचलताको विकास, गुणत्रयको क्रिया हो । यी तीनै प्राकृतिक नियमका अधीन अवश्यंभावी हुन् । जो उत्पत्ति भन्दा पहिले थिएन, प्रलय (मृत्यु) पछि पनि रहदैन, त्यसैले त्यो वीचमा पनि छैन त्यो असते हो । असत्का साथ हाम्रो नित्य वियोग रहन्छ र सत्का साथ नित्य योग । त्यसकारण यस असत् शरीरलाई लिएर दुःख भान्नु शोक गर्नु उचित छैन । फेरि तिमी त भारत (भा = दीप्ति आत्मज्योति+रत = आसक्त) अर्थात्् योगनानुष्ठानमा आत्मज्योति प्रत्यक्ष गरेर त्यसैमा युक्त भएका छौ, अनि त्यसै ज्योतिको सहायताले योगमार्गमा अन्तर्लक्ष्यमा प्रत्यक्ष देखिसकेका छौं कि–ब्रम्हाश्रया माया जो अव्यक्त– मूल हो, उसैबाट त्रिगुणात्मक चौवीस कला विशिष्ट यो प्राकृतिक जगत् सृष्टि भएको छ । लययोगमा यी सबै नै माकुराको जालोको धागो माकुरोद्वारा फेरि माकुरोमा नै मिलाए जस्तो त्यस अव्यक्तमा ने मिल्दछन् । केवल सृष्टिको प्रारम्भ देखि लयको पूर्व पर्यन्त मध्यवर्ती कालको क्रियात्मक अवस्था मात्र व्यक्त हो, अतः यसको आदि पनि अव्यक्त यसको अन्त पनि त्यही अव्यक्त हो । यसको स्वरूप प्रत्यक्ष गरेर पनि तिमी यसमा किन शोक गर्दछौं ? यो तिम्रो लागि सुहाउँदैन ।

    आश्चर्यवत् पश्यति कश्चिदेन
    माश्चर्यव द्वदति तथैव चान्यः ।
    आश्चर्यवच्चैनमन्यः शृणोति
    श्रुत्वाप्येनं वेद न चैव कश्चित् ।। २९ ।। 

विवेकमा 'जान्नु' मुख्य हुन्छ भने स्वधर्ममा 'गर्नु' मुख्य हुन्छ । स्वधर्मको अर्थ हो – आत्म धर्म । आत्म क्षेत्र बुद्धि क्षेत्रभन्दा माथि छ 'योबुद्धेः परतस्तु सः' । लययोगको अश्रय लिएर यस क्षेत्रमा आइपुग्दा (अनुलोमको गतिमा) केवल अहंकारलाई आविर्भाव गरेर म नै सबै 'म' नै 'म' हुँ यस्तो स्थिर धीर अति स्निग्धोज्ज्वल तडित् पुञ्जवत् प्रकाशमय 'म' रूपको एक रस अवस्था आउँछ । त्यसैलाई स्वधर्म भनेर जान्नु पर्छ ।

भावार्थ – कुनै कुनले यस आत्मालाई आश्चर्यको रूपमा देख्दछ, कुनै यसलाई आश्चर्यको रूपमा वर्णन गर्दछ र कुनै यसलाई आश्चर्य मानेर सुन्दछ, कुनै कुनै त यसलाई सुनेर पनि केही जान्दैन ।

विशिष्टार्थ – साधक ! जुन दिन सद्गुरुको कृपाले तिमीले स्वयंको प्रथम दर्शन गरेका थियौ त्यस दिन तिमीले स्वयं  मनमा  आश्चर्य  (जुन कुरा जानिदैन) मानेका थियौ कि थिएनौ ? (देख्नु इन्द्रियको विषय हो, परन्तु आत्मा इन्द्रियहरू, मन तथा बुद्धिद्वारा जानिने लौकिक ज्ञान जस्तो हैन । लौकिक हेराइमा द्रष्टा दृश्य र दर्शनको त्रिपुरी हुन्छ परन्तु स्वयंको ज्ञानमा करण सापेक्ष हुँदैन, त्यसैले यो आश्चर्य जस्तो देखिन्छ ।)

त्यस अपरूप रूपको कुरालाई जब तिमीले वाणीमा व्यक्त गर्ने चेष्टा पाएका थियौ त्यस रूपलाई प्रकाश गर्ने भाषा नपाएर व्यक्त गर्न नसकी स्वयं तिमीले आफूलाई आश्चर्यमा पाएका थियौ कि थिएनौ ? (यदि कसैले आत्मतत्वको वारेमा वर्णन गर्छ भने त्यो आश्चर्यको विषय हो, किन कि यो वाणीको विषय हैन । जसबाट वाणी प्रकाशित हुन्छ त्यो वाणीले उसैको वर्णन गर्न सक्दैन । त्यसैले ऊ आश्चर्यमा पर्दछ । ) स्मरण गर त्यस प्रणवको गर्भमा नाद, नादको गर्भमा विन्दु, त्यही अर्ध नारीश्वर विन्दु (एकबाट दुई विन्दु भएर) एक विन्दु प्रकृति नाम लिएर जब कम्पित भएर बाहिरिन्छ त्यसको साथै पुरूष (स्थिर विन्दु) मा पनि कम्पन हुन्छ । पुरुषको कम्पन अति अधिक दर्शनमा आएका कारण उसको नाम भयो  'ताण्डव' र प्रकृतिको कम्पन धारणमा आएका कारण त्यसको नाम भयो लास्य । यसकारण ताण्डवको ता र लास्यको ल दुबै मिलेर 'ताल' शव्द बन्यो । अखण्ड नादको गर्भमा यी प्रकृति देवीको तालक्रममा पादचारण गर्नाले जुन व्यञ्जन–मिलन हुन्छ त्यसैलाई छन्द भन्दछन् । त्यो छन्द पनि फेरि  ह्रस्व, दीर्घ, ल्पुत उच्चरणका लघु, गुरु भंगिमाद्वारा सात स्वरमा सुनिन्छ । जब तिमीले पहिलो पटक त्यस शव्दलाई सुनेका थियौ तब तिमी आत्तिएर आश्चर्य भावमा डुवेका थियौ कि थिएनौ ? (सुन्नु इन्द्रियको विषय हो, परन्तु आत्मा इन्द्रियको विषय हैन, त्यसैले उसले आत्माको विलक्षण कुरालाई आश्चर्य मानेर सुन्छ । ) अनि फेरि जब तिमी यसपछि भावको अधिकताले भावको सागरमा डुवेर वितल तलमा पुगेका थियौ, तिम्रो 'अहंत्व' मेटिएको थियो । के तिमीले त्यस वेला केही जान्न सक्ने थियौ ? अनि अरू तिम्रो लागि जान्न लायक विषय केही थिएन, कुनै ज्ञान पनि थिएन । त्यसवेला जान्ने र नजान्ने विषय केही पनि रहदैन, सबै स्मरणको शेष (अन्त्य) हुन्छ । अहंत्व वोध पनि जब रहदैन तव कसले कसलाई जान्ने ? (यी सुन्नु, मनन गर्नु आदि विषय तत्व ज्ञानमा परम्परागत साधन मात्र मानिन्छन्, परन्तु वास्तविक वोध करण निरपेक्ष नै हुन्छ, श्रद्धा तथा विश्वासका साथ सुनेपछि जब ऊ परमतत्वमा स्थित हुन्छ तबमात्र उसलाई अहंत्वको बोध हुन्छ ।

  देही नित्यमवध्योऽयं देहे सर्वस्य भारत ।
    तस्मात् सर्वाणि भूतानि न त्वं शोचितुमर्हसि ।। ३० ।।

भावार्थ – हे भारत ! अबध्य यो जुन आत्मा हो त्यो सबैको शरीरमा नित्य वर्तमान छ, त्यसैले तिमीले सबै प्राणीहरूका निम्ति शोक गर्नु योग्य छैन ।

विशिष्टार्थ – तिमी भारत अर्थात् आत्मज्योति निविष्ट चित्त हौ । तिमीलाई थाहा छ र प्रत्यक्ष देखि पनि सबेका छौ, यो जुन देहस्थ चैतन्य आत्मा छ त्यो अवध्य छ र सम्पूर्ण जगत् भित्र आयतन विशिष्ट जुन शरीर–चेतन होस् या अचेतन त्यसमा नित्य वर्तमान छ । अतएव नित्य वर्तमानलाई छोडेर अनित्य देहधारी सम्पूर्ण भूत जगत्का निम्ति शोक गर्नु तिमीलाई शोभा दिंदैन ।

    स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि ।
    धम्र्याद्धि युद्धाच्छ्योऽन्यत् क्षत्रियस्य नविद्यते ।। ३१ ।।

पृथ्वी, अप, तेज, वायु, आकाश यी पाँच नै 'केही' हुन् । जसको आदि, मध्य अन्त्य छ त्यसैलाई 'केही' भन्दछन् । यी केही नरहनु नै अर्थात् अविषय हो । कुनै कुरामा आकांक्षा नरहनु सुख हो । आकांक्षा शान्तिका लागि हुन्छ र अविच्छिन्न निस्त्रैगुण्य अवस्था शान्ति हो ।

भावार्थ – फेरि पनि स्वधर्मलाई देखेर कर्तव्य कर्मदेखि विचलित हुनु तिम्रो लागि उचित छैन । किन कि क्षत्रियका पक्षमा धर्म युद्धका अतिरिक्त श्रेयस्कर अरू कुनै कुरा छैन ।

विशिष्टार्थ – भगवान् श्रीकृष्णले यहाँसम्म देह–देहीको विवकेको वर्णत गरिसकेपछि अब देहीको स्वधर्म (कर्तव्य) पालनको वर्णन गर्नु हुन्छ । विवेकमा ”जान्नु” मुख्य हुन्छ भने स्वधर्ममा 'गर्नु' मुख्य हुन्छ । स्वधर्मको अर्थ हो – आत्म धर्म । आत्म क्षेत्र बुद्धि क्षेत्रभन्दा माथि छ  'योबुद्धेः परतस्तु सः' । लययोगको अश्रय लिएर यस क्षेत्रमा आइपुग्दा (अनुलोमको गतिमा) केवल अहंकारलाई आविर्भाव गरेर म नै सबै  'म' नै 'म' हुँ यस्तो स्थिर धीर अति स्निग्धोज्ज्वल तडित् पुञ्जवत् प्रकाशमय 'म' रूपको एक रस अवस्था आउँछ । त्यसैलाई स्वधर्म भनेर जान्नु पर्छ । अर्जुन ! तिमीले मैले दिएको उपदेशबाट सहंस्रारको क्रियायोगद्वारा ध्वनिभित्र ज्योतिभेद तथा मनलाई विलय गरेर विष्णु पदमा पुगेर स्वधर्मको प्रत्यक्ष अनुभव गरिसकेका छौ र जानिसकेका पनि छौ । जानिसकेपछि पनि यसरी  डराउनु तिम्रो लागि उचित हुँदैन । तिमी आत्मराज्य स्थापित गर्न चाहने क्षत्रिय  हौ । आत्म धर्मका निम्ति शम–दमका साथै आत्म निग्रहका लागि अर्थात् शरीर नै 'म' हुँ भन्ने यो अधिमान नष्ट गर्नका लागि युद्ध (प्रणायाम) विना अरू कुनै दोस्रो तिम्रो लागि कल्याणकारक छैन ।

  यद्वच्छया चोपपन्नं स्वर्गद्वारमपावृतम् ।
    सुखिनः क्षत्रियाः पार्थ लभन्ते युद्ध यी दृशम् ।। ३२ ।।

भावार्थ – हे पार्थ ! स्वतः प्राप्त उन्मुक्त स्वर्गद्वार स्वरूप यस प्रकारको युद्ध सुखी क्षत्रियहरूको लागि मात्र प्राप्त हुन्छ ।

विशिष्टार्थ – सुख – (सु = सुन्दर, शुभः, ख =  शून्य) पृथ्वी, अप, तेज, वायु, आकाश यी पाँच नै  'केही' हुन् । जसको आदि, मध्य अन्त्य छ त्यसैलाई 'केही' भन्दछन् । यी केही नरहनु नै अर्थात् अविषय हो । कुनै कुरामा आकांक्षा नरहनु सुख हो । आकांक्षा शान्तिका लागि हुन्छ र अविच्छिन्न निस्त्रैगुण्य अवस्था शान्ति हो । इन्द्रियजन्य सुख उत्पत्ति, विनाशशील र अनित्य हुनाले त्यसबाट शान्ति प्राप्त हुन सक्दैन । त्यसैले विषयलाई त्यागेर आत्मामा लीन हुनाले शान्तिमय आनन्द प्राप्त हुन्छ । यस प्रकारको विषय शून्य शान्तिमय अवस्थालाई सुख भन्दछन् । जसले यो सुखभोग गर्दछन् त्यस्ता भाग्यमानी पुरुषहरू नै  सुखी हुन् ।

जुन क्षत्रिय स्वराष्ट्र अथवा आत्मज्योति प्रकाशको रक्षाका लागि वीर्यशाली छन् तथा सुखी छन् त्यस्ता पुरुषरत्नले यस प्रकारको युद्ध लाभ प्राप्त गर्दछन् । किन कि यो युद्ध अनायास उपलव्ध हो ।

क्षेत्रिय वृत्ति सम्पन्न सुखी साधकले दिव्यदृष्टि लगाएर हेर्दा उसको सम्पूर्ण  मानसिक वृत्तिलाई कतै नलाउंदा पनि त्यो स्वतः अनेक विषयहरूमा अल्झिरहेको देख्छ र उसलाई आत्मपदबाट हटाउन चेष्टा, गरिहेको पाउंछ । त्यसैले यो युद्ध अनायास लब्ध हो । यस प्रकारको युद्ध स्वर्गको उन्मुक्तद्वार अर्थात् आत्मगतिको खुला ढोका हो ।

देहात्माभिमान नाश गर्ने सूक्ष्म प्राणचालन ठीक भएमा नै अत्यन्त चम्किलो आत्मज्योतिको दर्शन प्राप्त हुन्छ । हे पार्थ ! यो युद्ध (क्रिया) ठूलो भाग्यले प्राप्त भएको छ । 

  अथचेत् त्वीममं धम्र्यं संग्रामं न करिष्यसि ।
    ततः स्वधर्म कीर्तिञ्च हित्वा पापमवाप्स्यसि ।। ३३ ।।

भावार्थ – यदि अहिले तिमीले यो धर्मयुक्त युद्ध गरेनौ भने त्यसबाट तिमी स्वधर्म तथा कीर्ति परित्यागको पापको भागी बन्ने छौ ।

विबिष्टार्थ – साधनरत व्यक्तिमा त्यस प्रकारको सुखी अवस्था आउंदा उसले शुद्ध चैतन्यमय श्रीकृष्ण परमात्माको दर्शन पाउंछ । तर उसका क्षेत्रियवृत्ति रहिरहँदा प्रवृत्ति निवृत्तिको क्रिया समूह प्रत्यक्ष हुन्छ । अतः भगवान् श्रीकृष्णले अर्जुनलाई  भन्नुहुन्छ – यदि तिमी सुखी क्षेत्रिय भएर अहिले नै त्यो आत्म धर्म विषयक प्रवृत्ति नाशक युद्ध (प्राणयामादि साधना) गरनौ भने त्यसबाट स्वधर्म (ब्राम्ही स्थिति) र महादेव आदि संग युद्ध गरेर प्राप्त गरेको कीर्ति परित्याग गरेर पाप (प्राकृतिक चंचलता) मा जन्म मृत्युको प्रवाहमा पर्ने छौ ।

 अकीर्तिञ्चापि भूतानि, कथयिष्यन्ति तेऽव्ययाम् ।
   संभावितस्य चाकीर्तिर्मरणादतिरिच्यते ।। ३४ ।।

क्षेत्रिय वृत्ति सम्पन्न सुखी साधकले दिव्यदृष्टि लगाएर हेर्दा उसको सम्पूर्ण मानसिक वृत्तिलाई कतै नलाउंदा पनि त्यो स्वतः अनेक विषयहरूमा अल्झिरहेको देख्छ र उसलाई आत्मपदबाट हटाउन चेष्टा, गरिहेको पाउंछ । त्यसैले यो युद्ध अनायास लब्ध हो । यस प्रकारको युद्ध स्वर्गको उन्मुक्तद्वार अर्थात् आत्मगतिको खुला ढोका हो ।

भावार्थ – अरू पनि सबै सामान्य मानिसहरू तिम्रो कहिल्यै नाश नहुने अपजसको वखान गर्ने छन् । सम्मानित मनुष्यका लागि अपयश मृत्यु भन्दा पनि अधिक दुःखदायी हुन्छ ।

विशिष्टार्थ – अर्जुन ! यदि तिमी युद्ध (क्रियायोग) मा यति अगाडि बढिसके पछि पनि कातरता प्रकट गर्दै क्रिया (युद्ध) त्याग गर्दछौ भने तिमी कर्म प्रारम्भ गरेर सिद्धि लाभ प्राप्त गर्ने शक्ति नभएको असक्षम व्यक्ति बन्ने छौ । यो नै तिम्रो लागि अकीर्ति हो । यो  अकीर्ति यसै जन्ममा मनमा पश्चाताप लिएर हटेर जाला भन्ने नठान, यो तिम्रो लागि अव्यय भएरै रहने छ, किन कि सकलभूत (अपञ्चीकृत पञ्चमहाभूत निर्मित सूक्ष्मावयब मन आदि सप्तदश कला) ले तिम्रो त्यस अकीर्तिको घोषणा गरेर अक्षय गर्ने छ, अर्थात् तिम्रो उत्कृष्ट अवस्थामा पुगेको उन्नतिलाई अति निकृष्ट अवस्थामा पुर्‍याएर बारंबार तिमीलाई जन्म मृत्युको प्रवाहमा  पार्दै पूर्वकृत कर्मको स्मृति संस्करणबाट  छुटकारा दिने छैन । तिम्रो मुखबाट मैले यो के गरे भन्ने घोषणा हुने छ ।

यी सबै कार्यहरू पनि संस्कारमा परिणत भएर भावी उन्नतिका लागि अवरोध बन्ने छन् । अतः यदि तिमी कर्तव्यबाट च्युत हुन्छौ भने तिम्रो लागि यो मृत्यु भदा पनि भयङ्कर दुःखदायी हुनेछ । किनकि मृत्यु पछि जीवको शरीरसंग विच्छेद हुंदा उसको कृत कर्म संस्कार मात्र वांकी रहन्छ । प्राकृतिक यन्त्रणा शरीरका साथै मेटिन्छ परन्तु परजन्मको शरीरमा उसले दुगुना यन्त्रणा भोग्नु पर्दछ ।

    भयाद्रणादुपरतं मंस्यन्ते त्वां महारथाः ।
    येषां च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम् ।। ३५

भावार्थ – महारथीहरूले ठान्ने छन् अर्जुन डराएर युद्धबाट हट्दैछन्, जसले तिमीलाई श्रेष्ठ धनुर्धर भनेर सम्मानित गर्दछन्, तिनीहरूबाट पनि तिमी अत्यन्त तुच्छ ठानिने छौ ।

विशिष्टार्थ – युद्ध (क्रिया) बाट उपरत हुँदा बाहिरका सामथ्र्यवान् महारथीहरू (दुर्योधन, दुशासन, कर्ण आदि) ले मात्र तिम्रो अवज्ञा गर्छन् भन्ने छैन, अन्तःकरणको भित्र पनि प्रवृत्ति–निवृत्तिका मुख्य मुख्य वृत्ति समूहहरू  (महारथी) ले मनमा उठेर आत्मग्लानि पैदा गरिदिन्छन् तव मनमा मैले यस्तो के गरें भन्ने धिक्कार आउने छ ।  पहिले पहिले जुन वृत्तिहरू (भीष्म, द्रोण आदि) माथि एक शक्ति रहंदा आत्ममान भइरहन्थ्यो पछि ती सबै प्रधान भएर आउंदा स्वतः अन्तःकरणमा केही लघुता प्राप्त हुन्छ । पहिले जस्तो चित्तले तेज धारण गर्न सक्दैन । साधक ! परन्तु तिमी आफ्ना सबै प्रकारका अभिज्ञता (कुशलता) लाई एक साथ मिलाएर हेर्‍यौ भने अवश्य लक्ष्यमा पुग्न सक्ने छौ ।

 अवाच्य वादांश्च बहून् वदिष्यन्ति तवाहिताः ।
  निन्दन्त स्तव सामथ्र्यं ततो दुःखतरं नु किम् ।। ३६  

क्रमशः

 

याे पनि

गीता योग रहस्यमा युधिष्ठिर आकाशतत्व हो, यो सँधै अपराजित रहन्छ, स्थिरता यसको गुण हो

गीता भित्रको योग रहस्य: शब्द शब्दको योगिक अर्थ

शब्द शब्द साधना रहस्यले भरिपूर्ण

असल खराब सबै प्रकारका कर्म नै संस्कार हुन

धर्मक्षेत्र कुरुक्षेत्र यही शरीर हो

गीता अनुसार साधना कालका तीन अवस्था

युद्धक्षेत्रमा अर्जुनलाई भएको मोहको योगिक अर्थ

साधना पनि मृत्यु नै हो

शरीर तथा समस्त इन्द्रिय नै स्त्री हुन्

कारण नै बीज हो

आत्मा अविनाशी हो