कारण नै बीज हो

कारण नै बीज हो

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  बैशाख २१, २०७६

  तमुवाच हृषीकेशः प्रहसन्निव भारत ।
  सेनयो रुभयोर्मध्ये विषीदन्तमिदं चः ।। १० ।।

भावार्थ– हे भारत (धृतराष्ट्र) ! भगवान् हृषीकेशले हँसिलो मुख गरेर दुई सेनाको ठीक बीचमा स्थित विषादग्रस्त ती अर्जुनलाई यो वचन भन्नु भयो ।

विशिष्टार्थ– विषादग्रस्त मनुष्य आफ्नो कर्तव्यको निर्णय आफैं लिन नसकेर सद्गुरुको शरण लिन पुग्दछ । यहाँ अर्जुन त्यस्तै भएका छन् र आफ्नो कर्तृत्वाभिमानलाई त्यागेर सर्वस्वपुरुष गुरु श्रीकृष्णलाई प्रत्यक्ष गर्दछन् । उनमा अब अनासक्तिभाव जागृत भएर तुष्णीभाव उत्पन्न भएको छ । हृदयमा त्यस प्रकारको तृष्णीभाव आउनाले नै हृषीकेश प्रहसन् हुनुहुन्छ, अर्थात् स्निग्धोज्ज्वल विद्युत्छटाले अन्तराकाश ज्योतिर्मय बन्छ, चित्त पुलकित भएर आएको छ । किन्तु दुई अंशमा विभक्त प्रत्यक्षवृत्ति समूहको मध्य भागमा मन अड्किनाले विषय विवर्जित विषण्णभाव रहिरहेको छ । अर्जुनको त्यस प्रकारको भाव मेटाउन कूटस्थ श्रीविन्दु (श्रीकृष्ण) बाट निम्न प्रकारको गीता गायत्री भावको स्फुरण हुन्छ । यस गीता गायत्रीलाई सात्विक भावले राम्ररी पढेर अर्थ र भाव सहित अन्तः करणमा धारण गर्नु मुख्य कर्तव्य हो । वेद उपनिषद् श्रुति हुन किन्तु गीता स्वयं भगवान्को मुखारविन्दबाट निस्केको छ । जुन महाभागले त्यस वाक्यलाई सुनेका छन् ती धन्य छन्, तिनीहरूकै जीवन सार्थक छ, पुरूषपद वाच्य पनि तिनै हुन् ।

श्री भगवानुवाच –
                अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादांश्च भाषसे ।
                गतासूनगतासूंश्च नानुशोचन्ति पण्डिताः ।। ११ ।। 

विषादग्रस्त मनुष्य आफ्नो कर्तव्यको निर्णय आफैं लिन नसकेर सद्गुरुको शरण लिन पुग्दछ । यहाँ अर्जुन त्यस्तै भएका छन् र आफ्नो कर्तृत्वाभिमानलाई त्यागेर सर्वस्वपुरुष गुरु श्रीकृष्णलाई प्रत्यक्ष गर्दछन् । उनमा अब अनासक्तिभाव जागृत भएर तुष्णीभाव उत्पन्न भएको छ । हृदयमा त्यस प्रकारको तृष्णीभाव आउनाले नै हृषीकेश प्रहसन् हुनुहुन्छ, अर्थात् स्निग्धोज्ज्वल विद्युत्छटाले अन्तराकाश ज्योतिर्मय बन्छ, चित्त पुलकित भएर आएको छ । किन्तु दुई अंशमा विभक्त प्रत्यक्षवृत्ति समूहको मध्य भागमा मन अड्किनाले विषय विवर्जित विषण्णभाव रहिरहेको छ ।

भावार्थ – भगवान् श्रीकृष्णले भन्नु भयो तिमी शोक गर्नु नपर्ने विषयमा शोक गर्दछौ, फेरि पण्डित्का जस्ता कुरा पनि गर्दछौं । किन्तु मृत होस् वा जीवित पण्डितहरू कसैका निमित्त पनि शोक गर्दैनन् ।

विशिष्टार्थ– जो जो साधक क्रियाको परावस्थामा रहन्छन् ती ती साधकहरूका अन्तः करणमा चांचल्य तथा स्थिरत्व (जीवित वा मृत) ले केही पनि प्रकाश पाउँदैन । तिमी यो स्थिति पदमा पनि छैनौ तर पनि स्थिति पदमा रहनेले जस्तो परस्पर विरूद्ध भाव झल्काउने वचनको भाषण गर्दछौ, वस्तुतः तिमी सर्वदा चंचल तथा अस्थिर अवस्थामा अवस्थित छौ ।

   नत्वेवाहं जातुनासं न त्वं नेमे जनाधिपाः ।
    न चैव न भविष्यामः सर्वे वयमतः परम् ।। १२ ।।

भावार्थ– म जो कहिल्यै थिइन यस्तो पनि हैन, तिमी जो थिएनौ यस्तो पनि हैन, यी राजाहरू जो कहिल्यै थिएनन् त्यो पनि हैन, यसपछि हामी सबै हुँदैनौं त्यो पनि हैन ।

विशिष्टार्थ–  ”अहं” आत्मभाव वा परमात्म हुँ, त्वं जीवभाव हो । जनाधिप जुन = अन्तः करण वृत्तिसमूह, अधिप = यी सबैका मित्र जो जो प्रधान छन् । जीवभाव एवं आत्मभावको समवायले यो जन चेतन शरीर हो यस शरीरको पूर्वमा यो जीव तथा आत्मभाव थियो, अन्तर्वृति पनि थियो; नरहेको भए अहिलेको यो समवाय पनि हुने थिएन, किन कि अतीत तथा वर्तमान कर्म सूत्रमा वांधिएका छन् । यो बन्धन नखुलेको हुनाले भविष्यत्मा यो समवाय रहनेछ । अर्थात् अहं त्वं इमे यी सबै नित्य हुन्, फेरि यी सबै उत्पन्न हुने छन् । नित्यको तीनै कालमा देश, काल, परिस्थितिमा अलिकति पनि अभाव हुन सक्दैन । चिन्मय सत्ता मात्र हाम्रो स्वरूप हो, शरीर हाम्रो स्वरूप हैन ।

    देहिनोऽ स्मिन् यथा देहे कौमारं यौवनं जरा ।
    तथा देहान्तर प्राप्ति र्धीरस्तत्र नमुह्यति ।। १३ ।।

भावार्थ– जीवको यस स्थूल देहमा बाल्य यौवन, बृद्ध आदि अवस्थाको परिवर्तन जसरी हुन्छ, त्यस्तै नै अर्को शरीरको प्राप्ति पनि हो । अतएव धीर व्यक्ति त्यसबाट मोहित हँुदैन ।

विशिष्टार्थ– यस  शरीरमा  जस्तो–कौमार, यौवन, जरा गरेर भिन्न  भिन्न  अवस्था  आउंछन् (किन्तु देहीको कुनै परिवर्तन हुँदैन, त्यो जस्ताको तस्तै रहन्छ) । जीवको भिन्न भिन्न देह प्राप्ति पनि त्यसै गरी (अवस्था  एवं आवरणको  परिवर्तन मात्र) हो । यसमा धीर (धी– बुद्धि, रा धातु– ग्रहण गर्नु) अर्थात् जुन साधकले बुद्धि क्षेत्रमा स्थिति लाभ गर्दछन् तिनीहरू मोहित हुँदैनन् । तिनीहरू निश्चयात्मिका वृत्तिद्वारा सत् र असत्लाई चिनेर सत्को नै आश्रय लिन्छन् असत्को मोहमा पर्दैनन् ।

मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः ।

आगमापायिनोऽनित्या स्तां तितिक्षस्व भारत ।। १४ ।।

  यं हि न व्यथयन्त्येते पुरुषं पुरूषर्षभ ।

समदुःखसुखं धीरं सोऽमृतत्वाय कल्पते ।। १५ ।।

विषयहरूमा इन्द्रियवृत्तिको संयोजबाट शीत उष्ण (अनुकूल प्रतिकूल) सुख दुःख प्राप्त हुन्छन् । यी सबै उत्पत्ति र विनाशशील हुनाले अनित्य छन् । हे भारत ! तिमी यी सबैलाई सहन गर्दै जाऊ । हे पुरुषर्षभ ? जो पुरूष दुःख र सुखमा विचलित नभै यी दुबैमा समभाव राख्दछ त्यो निश्चित रूपले मुक्ति पाउन योग्य छ ।

भावार्थ– हे कौन्तेय ! विषयहरूमा इन्द्रियवृत्तिको संयोजबाट शीत उष्ण (अनुकूल प्रतिकूल) सुख दुःख प्राप्त हुन्छन् । यी सबै उत्पत्ति र विनाशशील हुनाले अनित्य छन् । हे भारत ! तिमी यी सबैलाई सहन गर्दै जाऊ । हे पुरुषर्षभ ? जो पुरूष दुःख र सुखमा विचलित नभै यी दुबैमा समभाव राख्दछ त्यो निश्चित रूपले मुक्ति पाउन योग्य छ ।

विशिष्टार्थ – पाँच कर्मेन्द्रिय, पाँच ज्ञानेन्द्रिय र मन यी एघार इन्द्रियहरूको वृत्तिलाई मात्रा भन्दछन् । यी सबैसंग विषयहरूको संसर्ग हुनुको नाम स्पर्श हो । इन्द्रिय र विषयहरूसंगको संसर्गबाट शीत, उष्ण, सुख दुःख उत्पन्न हुन्छन् । यी सबै सांसारिक पदार्थजन्य हुन् । यी सबै उत्पत्ति र विनाशशील छन् त्यसैले अनित्य छन् । मात्र स्वरूप नित्य छ । अनित्य वस्तुको संयोग वियोगलाई लिएर सुखी दुःखी हुनु हुँदैन । सुख र दुःखको ज्ञान भएर पनि रागद्वेषादि विकारहरू उत्पन्न हुन नदिन अर्थात् मात्रा स्पर्शमा निर्विकार रहन भगवान् श्रीकृष्णले तितिक्षस्व भनेर संझाउनु भएको छ ।

मनुष्य जीवन सुख दुःख भोग्नका लागि नभएर त्यसभन्दा माथि परमानन्द, परमशान्ति प्राप्तिको लागि प्राप्त भएको हो । युद्धको परिस्थितिमा पनि मानव कल्याणको विचार लिएको हुनाले कृष्णले अर्जुनलाई पुरुषर्षभ भनेर सम्बोधन गर्नु भएको छ । जब साधक सुषुम्नान्तर्गत ब्रम्हनाडीलाई लिएर प्रतिचक्रमाभामनुस्मरन् गर्दै गर्दै ईश्वर सान्निध्यमा पुग्न लागेको हुन्छ त्यस अवस्थामा उसलाई भोग्यसंसार तिर धकेल्न शव्द, स्पर्श, रूप, रस, गन्ध यी पाँच विषयहरूले मोहिनीरूप धारण गरेर उसको सामुन्ने आउँछन् । मोहित भएर उनीहरूमा मनको स्पर्श हुनु भनेको फस्नु हो । परन्तु भोग चिरकालसम्म रहन सक्दैन, समय आएपछि नाश भैहाल्छ, मात्र रहन्छ संस्कार बन्धन । यी सबै विषयहरू तिर भक्षेप नगरेर मनलाई संयमि तगर्दै सूच्यग्र परिमित कूटबिन्दुमा लक्ष्य स्थिर गरेर तन्मय हुनाले अमृत (मोक्ष) पद प्राप्ति हुन्छ ।

    नासतो विद्यते भावो नाभावो विद्यते सनः ।
    उभयो रपि द्वष्द्वोऽन्त स्त्वनयो स्तलदर्शिभिः ।। १६ ।।

मनुष्य जीवन सुख दुःख भोग्नका लागि नभएर त्यसभन्दा माथि परमानन्द, परमशान्ति प्राप्तिको लागि प्राप्त भएको हो । युद्धको परिस्थितिमा पनि मानव कल्याणको विचार लिएको हुनाले कृष्णले अर्जुनलाई पुरुषर्षभ भनेर सम्बोधन गर्नु भएको छ । जब साधक सुषुम्नान्तर्गत ब्रम्हनाडीलाई लिएर प्रतिचक्रमाभामनुस्मरन् गर्दै गर्दै ईश्वर सान्निध्यमा पुग्न लागेको हुन्छ त्यस अवस्थामा उसलाई भोग्यसंसार तिर धकेल्न शव्द, स्पर्श, रूप, रस, गन्ध यी पाँच विषयहरूले मोहिनीरूप धारण गरेर उसको सामुन्ने आउँछन् ।


भावार्थ – असत्को अस्तित्व छैन, सत् वस्तुको अविद्यमानता पनि छैन । तत्वदर्शी महपुरूषहरूले यी दुबैको नै अन्त देखिसकेका छन् ।

विशिष्टार्थ– तत्व वस्तुको स्वरूप हो । वस्तु दुई प्रकारका हुन्छन् – सत् र असत् । सत् आत्मा, असत– आत्मालाई छोडेर अरू सबै अर्थात् २४ अंशमा विभक्त प्रकृति । असत् वस्तुलाई अवस्तु पनि भन्दछन् । दर्शन दुई प्रकारका हुन्छन् – अनुलोम विलोम । शाखाबाट मूल देख्नु अनुलोम दर्शन हो, यो मुक्ति प्रकरण हो भने मूलवाट शाखा देख्नु विलोम दर्शन हो यो सृष्टि प्रकरण हो । सृष्टि प्रकरणमा दृष्टि शाखा तिर रहनाले  विविध विषय तरंगका आलोडनमा अज्ञानको अन्धकारले आच्छन्न हुन्छ, स्वरूप दर्शन हुँदैन । मुक्ति प्रकरणमा कार्यद्वारा कारणको अनुसन्धान हुन्छ, यसबाट दृष्टि एक मात्र मूलमा नै आवद्ध रहन्छ, त्यसकारण ज्ञानलोकद्वारा स्वरूप दर्शन भइरहन्छ, तव पञ्चीकृत एवं अपञ्चीकृत पञ्च महाभूत स्थूलबाट सूक्ष्मतम हुँदै जस्तो पृथ्वी जल, जल तेज, तेज वायु, वायु आकाश, आकाश तन्मात्रा इत्यादि भएर  यी सबैको पृथक्  अस्तित्व मेटिएर केवल मात्र ”कारण” अवशिष्ट रहन्छ, त्यो दर्शनमा आउँछ । त्यो कारण नै वीज हो, त्यसको अरू कारण छैन, कुनै प्रकारको क्षय वृद्धि परिवर्तन पनि छैन, अर्थात् यो वीज नै सत् हो । जुन महापुरूषहरू मुक्ति प्रकरणमा तत्वदर्शी हुन्छन् त्यो सत् र असत् यी दुवैको नै अन्त जान्दछन्, अर्थात् असत्को पृथक् अस्तित्व छैन, अस्तित्व सत्को नै छ भन्ने कुरा जान्दछन् ।

मनुष्य जीवन सुख दुःख भोग्नका लागि नभएर त्यसभन्दा माथि परमानन्द, परमशान्ति प्राप्तिको लागि प्राप्त भएको हो । युद्धको परिस्थितिमा पनि मानव कल्याणको विचार लिएको हुनाले कृष्णले अर्जुनलाई पुरुषर्षभ भनेर सम्बोधन गर्नु भएको छ । जब साधक सुषुम्नान्तर्गत ब्रम्हनाडीलाई लिएर प्रतिचक्रमाभामनुस्मरन् गर्दै गर्दै ईश्वर सान्निध्यमा पुग्न लागेको हुन्छ त्यस अवस्थामा उसलाई भोग्यसंसार तिर धकेल्न शव्द, स्पर्श, रूप, रस, गन्ध यी पाँच विषयहरूले मोहिनीरूप धारण गरेर उसको सामुन्ने आउँछन् ।

    अविनाशि तु तद्विद्धि येन सर्वमिदं ततम् ।
    विनाशमव्यस्यास्य न कश्चित् कर्तुमर्हति ।। १७ ।।

याे पनि

गीता योग रहस्यमा युधिष्ठिर आकाशतत्व हो, यो सँधै अपराजित रहन्छ, स्थिरता यसको गुण हो

गीता भित्रको योग रहस्य: शब्द शब्दको योगिक अर्थ

शब्द शब्द साधना रहस्यले भरिपूर्ण

असल खराब सबै प्रकारका कर्म नै संस्कार हुन

धर्मक्षेत्र कुरुक्षेत्र यही शरीर हो

गीता अनुसार साधना कालका तीन अवस्था

युद्धक्षेत्रमा अर्जुनलाई भएको मोहको योगिक अर्थ

साधना पनि मृत्यु नै हो

शरीर तथा समस्त इन्द्रिय नै स्त्री हुन्