कर्म त्याग नभएसम्म प्रकृत सन्यास हुँदैन

कर्म त्याग नभएसम्म प्रकृत सन्यास हुँदैन

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  असार १४, २०७६

तृतीयो ऽ ध्यायः ( कर्मयोग ) 

अर्जुन उवाच –

     ज्यायसीचेत् कर्मणस्ते मता बुद्धि र्जनार्दन ।
     तत् किं कर्मणि घोरे मां नियोजयसि केशव ।। १   

भावार्थ– अर्जुन भन्दछन् – हे जनार्दन ? हे केशव ?  यदि  तपाईको  मतमा  कर्मभन्दा बुद्धि (ज्ञान) श्रेष्ठ हो भने मलाई घोर निन्दित कर्ममा किन लगाउनुहुन्छ ?

विशिष्टार्थ – श्रीकृष्णले  अर्जुनको संहारमोहलाई हटाउन पूर्व अध्यायमा आत्मालाई अमर अजर देखाएर शारीरिक जन्म मृत्युबाट मुक्ति पाउने एकमात्र उपाय साधनमार्ग देखाउनु भएको छ । यस साधनमार्गका दुई काण्ड छन् – एक कर्म, दोस्रो ज्ञान । मूलाधारबाट आज्ञासम्मका प्रति चक्रमा क्रमेैले प्राण चालन गर्नु साधनाको कर्मकाण्ड हो र कूटस्थ भन्दा माथि लक्ष्य स्थिर गरेर सम्पूर्ण इन्दियवृत्तिका साथ मनलाई आज्ञाभन्दा माथि उठाएर सहस्रारको स्थितिपदमा पुराएर स्थिर भाव लिई ॐ को नाद श्रवण र नाद भित्र ज्योतिको मनन गर्नु बुद्धिको क्रिया ज्ञानकाण्ड हो । यो ज्ञानकाण्ड पनि बुद्धिको क्रिया र अवस्था भेदले दुई अंशमा विभत छ – प्रथम विभाग –उपासना हो, यो बुद्धियुतm अवस्था (अध्याय २ को ५० औं श्लोक) तथा श्रुत श्रोतव्यको निर्वेद अवस्था  (अ.२ को ५२ औं श्लोक) यी दुई भागमा अन्तर्विभतm छ । द्वितीय विभाग–ज्ञान हो । यो पनि फेरि योग प्राप्त अवस्था  (अं २ को ५३ ओैं श्लोक) तथा योगसिद्ध अवस्था (अ. २ को ७१ औं श्लोक), यी दुई अवस्थामा विभक्त छ । यो कर्म–उपासना– ज्ञानको शेषमा नेै शरीर त्याग गर्नाले ब्रम्हानिर्वाणको प्राप्ति हुन्छ (अ.२ को ७२ ओेैं श्लोक) । यी सबेै नेै साधन मार्गका क्रम विभाग हुन्, अतः एव परस्पर सम्बद्ध छन् । किन्तु जब जुन क्रमको क्रिया हुन्छ तब त्यही प्रधान हुन्छ । त्यसकारण कर्म भइरहँदा कर्मप्रधान हुन्छ भने कर्मलाई अतिक्रमण गरेर बुद्धियोगमा निश्चयात्मिका वृत्तिको स्फुरण हुँदा योग प्राप्ति हुन्छ अनि कर्म पछि हट्छ । वास्तवमा कर्मद्वारा नेै बुद्धिको स्फुरण हन्छ, यस अर्थमा कर्म श्रेष्ठ छ, त्यस्तेै बुद्धिमा ज्ञानद्वारा नै अनामयपद (ब्राह्मीस्थिति प्राप्त हुन्छ । यसरी हेर्दा बुद्धि कर्मभन्दा ज्यायसी (श्रेष्ठतर) हुन्छ । सर्वज्ञ गुरुदेवले यी विषय समूह बताइसकेपछि शिष्य (अर्जुन) सोच्छन् – जब बुद्धि नै श्रेष्ठकर छ भने कर्मको के प्रयोजन ? चूपचाप कूटस्थ लक्ष्य लिई स्थिति पदमा श्रवण, मनन, निदिध्यासन गर्नु नेै राम्रो, प्राण चालन गरेर यति साह्रेै कष्ट उठाउनको के प्रयोजन ?

वास्तवमा कर्मद्वारा नेै बुद्धिको स्फुरण हन्छ, यस अर्थमा कर्म श्रेष्ठ छ, त्यस्तेै बुद्धिमा ज्ञानद्वारा नै अनामयपद (ब्राह्मीस्थिति प्राप्त हुन्छ । यसरी हेर्दा बुद्धि कर्मभन्दा ज्यायसी (श्रेष्ठतर)

बुद्धिको स्फुरण कर्म विना हुँदैन र कर्म नभएपछि बुद्धिको क्रिया पनि घट्देै जान्छ अनि वाह्य विषयको सम्पर्कमा रहनु पर्छ । यस कुरालाई साधक अर्जुनले राम्ररी बुझन सकेनन् । त्यसैले कर्म घोर विपाक (साधकलाई मात्र आसन प्राणायानादिको कष्ट थाहा हुन्छ, त्यस्तै क्रियाको परावस्थामा कूटस्थ लक्ष्य लिएर चूपचाप रही अन्तर्जगत्का समस्त विषय प्रत्यक्ष भइरहँदा जुन आनन्द आवेश हुन्छ त्यो पनि थाहा छ, त्यो अवस्था मनमा संझना हुँदा, कर्मलाई घोर विपाक रूपमा नै मनले मान्दछ) रहेछ भन्ने निश्चय गरेर भगवान श्रीकृष्ण्ँलाई – तपाई  'जनार्दन' (जन = उत्पत्ति, अर्दन = नाश) पुनर्जन्म नाशका कर्ता 'केशव' (क = सृष्टिकर्ता, ईश= संहर्ता, व= शून्य) सृष्टि संहारशून्य कैवल्य पद हुनुहुन्छ, अनि किन फेरि मलाई घोर कर्ममा लगाउनुहुन्छ भनेर प्रश्न गर्दछन् ।

  व्यामिश्रेणैव वाक्येन बुद्धिं मोहयसी मे ।
  तदेकं वद निश्चित्य येन श्रेयोऽहमाप्नुयाम् ।। २ 

भावार्थ – तपाईका मिश्रिमत वाक्यहरुले नै मेरो बुद्धि मोहित जस्तो भएको छ । जसबाट मैले श्रेय (मोक्ष) लाभ गर्नु सकूं त्यस्तो एकलाई निश्चय गरेर भन्नुहोस् ।

विशिष्टार्थ – अर्जुनले पूर्व अध्यायमा सांरव्य बुद्धि (ज्ञानयोग) तथा योगबुद्धि (कर्मयोग) यी दुबैको पृथकतालाई जानेर ज्ञानयोग मतबाट ब्राम्ही स्थितिलाई प्राप्त गर्न आग्रहान्वित भएका थिए र त्यस  ब्राम्हीस्थितिको तुलनामा कर्मलाई घोर विपाक मानेर मनलाई स्थिर गरेका थिए । परन्तु भगवान्को ”धम्र्याद्धि युद्धाच्छ्रेयोऽन्यत् क्षत्रियस्य न विद्यते” (अ २ को ३१ श्लोक) यस वाक्यले क्षत्रियहरूको धर्मयुद्ध (कर्म) विना अर्को श्रेय केही छैन भन्ने कुरा संझाइदियो, यसमा कर्मको नै प्रशंसा छ । फेरि 'दूरेण ह्यवरं कर्म बुद्धि योगाद्धनञ्जय' (अ २ को २९ श्लोक) यस वाक्यद्वारा बुद्धि (ज्ञान) लाई कर्मभन्दा श्रेष्ठ मानिएको छ, यहां बुद्धिको नै प्रशंसा छ । यसरी बुद्धिको क्रियाद्वारा ब्राह्मीस्थिति प्राप्त गर्न लालायित भएर पनि भगवान्को एक पटक कर्म एक पटक बुद्धिको प्रशंसा सुनेर अर्जुनको मनमा सन्देह उत्पन्न भई उनको बुद्धि मोहित हुन्छ । योग बुद्धिको आश्रय लिनु राम्रो हो कि सांरव्यबुद्धिको आश्रय लिनु राम्रो हो, यसको निश्चय गर्न नसकेर उनी आत्म जिज्ञासामा कूटस्थ चैतन्य गुरु कृष्णको निकट गएर कर्म र ज्ञानका वीच जुन श्रेयस्कर छ, त्यसैलाई निश्चय गरेर बताउन अनुरोध गर्दछन् ।

 श्री भगवानुवाच –
      लोके ऽस्मिन् द्विविधा निष्ठा पुरा प्रोक्ता मयानघ ।
      ज्ञानयोगेन सांख्यानां कर्मयोगेन योगिनाम् ।। ३ 

 
भावार्थः श्री कृष्ण भगवान्ले भन्नुभयो - हे निष्पाप अर्जुन ! मैले पहिले नै भनिसकेको छु, यस संसारमा निष्ठा दुई प्रकारको छ -  ज्ञानयोग द्वारा सांख्यमत मान्नेहरुको निष्ठा र कर्मयोगद्धारा योगीहरुको निष्ठा छ । 
  
विशिष्टार्थ - भक्ति - श्रद्धापूर्वक जुन निश्चय स्थिति अर्थात् जसरी स्थिरभाव आउनाले शरीर निश्चेष्ट भएर अन्तःकरण अन्तर्मुखी बन्दै 'विन्दुनाद कलातीत' हुन्छ त्यसको नाम निष्ठा (निः = निःशेष्ष्ठा = स्थिति अर्थात् जुन स्थितिको अवधि छैन) हो । यस शरीर रूप जगत्मा त्यो निष्ठा दुई प्रकारको छ ड्ड पहिलो – जुन मनुष्यहरू सांख्य अर्थात् ज्ञानी छन् ती सबै ज्ञानयोगद्वारा र दोस्रो जो सबै योगी छन् अर्थात् कर्मी ती सबै कर्मयोगद्वारा त्यो निष्ठा लाभ गर्दछन् । यस शरीरमा प्राण नै चालक शक्ति हो र मन चैतन्य शक्ति हो, त्यस प्राणमा मन दिनुको नाम कर्मयोग हो, अनि मनमा मन दिनुको नाम ज्ञानयोग हो । सद्गुरुको उपदेशले सुषुम्ना मार्गका छः चक्रमा आत्मामन्त्र विन्यास गर्नाले नै प्राणमा मन दिनुहुन्छ र आज्ञा चक्रभन्दा माथि सहस्रार स्थितपद लक्ष्य गरेर 'श्रवणड्- मननड्- निदिध्यासन' द्वारा तत्व निर्णय गरिरहनाले नै मनमा मन दिनुहुन्छ । मन्त्र विन्यासको फल हो - निरालम्ब बनेर ब्रह्माकाशमा मिल्नु अनि तत्वनिर्णशेपको फल हो मनविलयद्वारा विष्णुपदमा स्थिर हुनु यी दुवै एउटै हो, केवल प्रकार भेद मात्र हो । अ. २ को २० देखि ३८ श्लोक सम्म ज्ञान निष्ठा र श्लोक ४० देखि ५३ श्लोक सम्म कर्म निष्ठा व्यकत गरिएको छ, तर कुनै पनि निष्ठामा कर्मत्यागको कुरा गरिएको छैन, त्यसैले भगवान्ले भन्नु भएको छ 'पुरा प्रोङ्कता' । साधक (अर्जुन) सांख्य उपदेश प्राप्त गरेर अरू बाह्य विषयको चंचलतामा पर्दैनन्, यसरी उनी ब्रह्माविद्याका अधिकारी भएका छन्, अतः उनलाई यस श्लोकमा 'अनघ' अर्थात् निष्पाप भनेर सम्बोधन गरिएको छ ।

  न कर्मणामनारम्भा न्नैष्कम्र्यं पुरुषोऽश्नुते ।
   न च सन्यसनादेव सिद्धिं समभिगच्छति ।।४

भावार्थ – पुरुषले कर्म नगर्दैमा नैष्कम्र्य (कर्मफलबाट छुट्कारा) मा प्राप्त हुँदैन, केवल मात्र सन्यासले पनि सिद्धि लाभ हुँदैन । 

विशिष्टार्थ– ज्ञाननिष्ठा, नैष्कम्र्यसिद्धि ब्राह्मीस्थितिमा कर्ममात्रको अभाव छ; अतएव त्यहाँ चंचलता केही छैन, केवल निस्तरंग समत्व मात्र छ । अनि कर्ममा विषमताको उत्ताल तरंगमा केवल चंचलता नै चंचलता छ । यी दुबैलाई आमुन्ने सामुन्ने राखेर  हेर्दा परस्पर विरोधी जस्तो लाग्छ । परन्तु योगीहरु यस्तो हैन भन्दछन् । ब्राम्हीस्थितिका लागि मुख्य अवलम्बन नै कर्म योग हो, जसको अनुष्ठान विना अन्तः करणका वृत्ति समूहहरू (जहाँ कर्मको प्रारम्भ हुन्छ) सम्यक्रूपले नाश गर्न सकिदैन  अर्थात् वृत्ति विस्मरण अवस्था आउँदै आउँदैन । ती सबैलाई नाश गर्न नसक्नाले त्यो जुन नैष्कम्र्य सिद्धिको विश्राम हो, बुद्धिले त्यसलाई ग्रहण गर्न सक्दैन, किन कि ब्राम्हीस्थिति अथवा नैष्कम्र्य सिद्धिको पूर्वानुष्ठेय करण नै त्यो कर्म हो । यस कर्मको शेषमा नै नैष्कम्र्य प्राप्ति हुन्छ र कर्मशेषको मिलनको नाम नै  'कर्मयोग' हो । साधक ! हेर, मूलाधारको भित्र ब्रह्मानाडीमा जब तिमीले भूतशुद्धि गर्न प्रारम्भ गरेका थियौ, तब संघात विलयमा तिमीलाई कति चंचलता भोग्नु परेको थियो । जव तिमीले आज्ञाचक्र भेद गरेर निष्क्रिय गुरुपदको लक्ष्य लियौ, तब मात्र तिम्रो निष्कामता पार भयो । क्रमशः जति तिमी गुरुपदमा प्रवेश गर्दै गयौ त्यति नै तिम्रो चंचलता, आज्ञाचक्र भन्दा तल पर्दै गयो र तिम्रो निष्कामता बढ्दै गयो । जब तिमी गुरु पदमा पुग्यौ, तिम्रो त्यो जुन प्राण चालन रूप कर्म थियो जुन तिमीले पहिले देखिनै गर्दै आएका थियौ, त्यो अब तिमीबाट छुट्यो, तिमीले पनि त्यो नैष्कम्र्य सिद्धि पायौ । यदि तिमीले चित्तपथमा  (ब्रह्माकाशमा) मा पहिले देखि प्राण चालनको अनुष्ठान न गरेको भए, तिमीले बाहिरका पाँच विषयहरुमा लटपटिएर डुब्नु–उत्रनु पर्ने थियो, कहिल्यै पनि यस स्थिर शान्तिको सुख भोग गर्न पाउने थिएनौ । त्यस्तै, सुषुम्ना मार्गमा प्राण चालन शिक्षा भन्दा पहिले तिमीले स्वभावज निःश्वास प्रश्वासद्वारा बहिर्विषय त्याग ग्रहणमा जुन समस्त वासना राशिको छाप चित्तपटमा लागेको थियो, ती समस्त छाप (पूर्व संचित कर्म) हरू रहनाले पनि, कर्मशेष नगरेर यदि तिमीले कर्म त्याग गरेको भए अर्थात् सन्यासी वनेको भए तिमीले सिद्धि रूप ज्ञान निष्ठाको अवस्था (ब्राम्हीविश्राम) पाउने थिएनौं । अतः भगावन् श्रीकृष्ण भन्नुहुन्छ – पुरुषले यदि कर्मको अनुष्ठान गर्दैन भने उसले नैष्कम्र्य अवस्था पाउँदै पाउँदैन अथवा कर्मत्याग गरेर हेतुशून्य सन्यासी भएर पनि सिद्धिलाभ गर्न सक्दैन ।

जुन मनुष्यहरू सांख्य अर्थात् ज्ञानी छन् ती सबै ज्ञानयोगद्वारा र दोस्रो जो सबै योगी छन् अर्थात् कर्मी ती सबै कर्मयोगद्वारा त्यो निष्ठा लाभ गर्दछन् । यस शरीरमा प्राण नै चालक शक्ति हो र मन चैतन्य शक्ति हो, त्यस प्राणमा मन दिनुको नाम कर्मयोग हो, अनि मनमा मन दिनुको नाम ज्ञानयोग हो ।

    न हि कश्चित्  क्षणमपिजातु तिष्ठत्यकर्मकृत् ।
    कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजै र्गुणैः ।। ५ 


भावार्थ– कर्म नगरिकन कदापि कुने पनि व्यक्ति एक छिन पनि स्थिर रहन सक्दैन, किन कि प्राकृतिक गुणत्रयले सबैलाई विवश गरेर कर्म गराउँछन् ।

विशिष्टार्थ– प्राणको क्रिया कर्म हो । ज्ञानी, अज्ञानी सबै यस प्राण चालनमा बांधिएका छन् । प्राण क्रियालाई 'अजपा जप' भन्दछन् । यस जपलाई  नगरिकन कुनै पनि प्राणी एकछिन पनि रहन सक्दैन । निद्रा तथा सुषुप्तिमा पनि यस क्रियाको निरोध हुँदैन अथवा म गर्दिन भनेर पनि सुख पाउँदैन, किन कि सत्व, रज, तम यी तीनै गुणहरूको फन्दामा परेर सबैले अवश भएर कर्म गर्नु पर्दछ । सत्व गुणमा सुषुम्ना भित्र श्वास चल्छ, रजस् तथा तमोगुणमा इडा तथा पिङ्गलामा चल्छ । जबसम्म यी तीन गुणहरूको कर्म हुन्छ तबसम्म यसरी नै श्वास क्रिया पनि भइरहन्छ । ब्रम्हमन्त्रलाई सम्पुट गरेर गुरूपदेशमत अनुसार प्राण क्रिया गरेर पनि यी गुणत्रयको अतीत नहुनाले कर्म त्याग हुँदैन र कर्म त्याग नभएसम्म वास्तवमा प्रकृत सन्यास पनि हुँदैन । 

कमेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन् ।
 इन्द्रियार्थान् विमूढात्मा मिथ्याचारः स उच्यते ।। ६

क्रमशः

याे पनि

संगीतको ‘ताल’ कसरी बन्यो, ताण्डव र लास्यको संयोजन हो ताल

योगको मूल पनि सांख्य, फल पनि सांख्य

जाग्रत समाधि युक्त पुरुष नै जीवन मुक्त हो

इन्द्रियद्वारा  ग्रहण  विषयको नाम नै ‘आहार’ हो

भोगको नाम काम हो र आकांक्षा पनि काम हो