संशयको त्याग गर ! त्याग गर्नु तिम्रो हातमा !!
कार्तिक २३, २०७६

योग संन्यस्तकर्माणं ज्ञानसंछिन्न संशयम् ।
आत्मवन्तं न कर्माणि निबध्नन्ति धनञ्जय ।। ४१ ।।

अन्वय र अर्थ – धनञ्जय = हे धनञ्जय ? योग संन्यस्तकर्माणं = जसले कर्मयोगद्वारा पाप पुण्यरूप सम्पूर्ण कर्मलाई त्यागेको छ, ज्ञानसंछिन्न संशयं = आत्मा र ईश्वरको एकता दर्शनरूप ज्ञानरूप ज्ञानद्वारा जसको संशय नष्ट भएको छ, आत्मवन्तं = आत्म बल युक्त प्रमाद रहित, कर्माणि = कमहरूले न निबध्नन्ति = वाँधिदैनन् अर्थात् इष्ट, अनिष्ट, मिश्र यी तीन प्रकारका कर्म फलहरूको भोग गराउन सक्दैनन् ।

भावार्थ – हे धनञ्जय ! जुुन पुरुष कर्मयोगद्वारा सम्पूर्ण कर्महरूलाई सम्यक् प्रकारले नाश गरेर ज्ञानयोगद्वारा सम्पूर्ण संशयहरूलाई नष्ट गर्दछन् त्यस्ता आत्मज्ञान सम्पन्न साधकलाई कर्मराशि आबद्ध गर्न सक्दैनन् ।

विशिष्टार्थ – (भवगान् श्रीकृष्णले कर्म र ज्ञानमयी योगका दुई प्रकारको ब्रम्हनिष्ट बताउनु भएको छ, यस श्लोक र अर्को श्लोकमा त्यसैको उपसंहार गर्नु भएको छ ।)

प्राणमा मन दिनुरूप कर्मयोगको आश्रय लिएर प्राण र अपानलाई समायुक्त गरेपछि मनमा भन दिनु रूप ज्ञान योगद्वारा भ्रममा जीवात्मा र निशुद्धमा परमात्माकोयोग साधनद्वारा द्विधाभावलाई नष्ट गरेर आत्मभावमा अवस्थिति गर्नाले प्रारब्ध भोगका लागि विषय संस्पर्शमा आएर पनि कर्म बन्धनमा फस्नु पर्दैन ।

अब संशयको त्याग गर । यस संशयलाई त्याग गर्नु तिम्रो हातमा छ, आफ्न संशय आफैले संझेर स्वतः त्याग गर्नु पर्छ, अरू कसैले त्याग गराउन सक्दैन । यसैमा पुरुषकार छ, यसैमा कृतित्व छ ।

  तम्स्मादज्ञानसंभूतं हृत्स्थं ज्ञानासिनात्मनः ।
  छित्वैनं संशयं योगमातिष्ठोत्तिष्ठ भारत ।। ४२ ।।

अन्वय र अर्थ – भारत = हे भारत ! तस्मात् = त्यसकारण, अज्ञानसंभूतं = अविवेकद्वाराउत्पन्न, हृत्स्थं = अन्तःकरणमा (बुद्धिमा) रहेको, एवं = स्वविनाश हेतुभूत, संशयं = संशयलाई आत्मनः = आप्mनो, ज्ञानासिना = ज्ञानरूप खङ्गले, छित्वा = छिनालेर, योगं = ज्ञान प्राप्तिको उपायरूप कर्मयोगमा, आतिष्ठ = बस, उत्तिष्ठ च = युद्धका लागि उठ पनि ।

भावार्थ – अतएव हे भारत ! अविवेकद्वारा उत्पन्न हृदयस्थ आत्मविनाशको हेतुभूत यस संशयलाई ज्ञानरूप खङ्गले छेदन गरेर योगावलम्बन पूर्वक उत्थित होऊ ।

विशिष्टार्थ – हे अर्जुन ! 'कथं भीष्ममहं संख्ये' इत्यादि प्रकारको आत्म विषयमा तिम्रो यो जुन संशय छ त्यो तिम्रो  मनको भ्रम हो । तिमीले विहित रूपले कर्मको अनुष्ठान गरेका थिएनौं, त्यसकारण अहिलेसम्म ज्ञान के हो भन्ने कुरा नजान्नाले अज्ञानताका निम्ति तिम्रो स्वस्वरूप र सामथ्र्य सम्बन्धमा संशय भएको थियो । परन्तु अव त सबै संझिसक्यौ होला । अब संशयको त्याग गर । यस संशयलाई त्याग गर्नु तिम्रो हातमा छ, आफ्न संशय आफैले संझेर स्वतः त्याग गर्नु पर्छ, अरू कसैले त्याग गराउन सक्दैन । यसैमा पुरुषकार छ, यसैमा कृतित्व छ । गुरुले त केवल स्थानलाई प्रत्यक्ष गराइदिनु हुन्छ, यस बाहेक अरू केही गर्नु हुन्दैन, उसलाई भेद गर्नु तिम्रो आफ्नै  शक्तिको काम हो । ल, अव उठेर योगस्थानमा बस, यथाविधि योगको अनुष्ठान गर ।

इतिश्रीभद्भगवद्गीतासूपनिषित्सु ब्रम्हविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे ज्ञानयोगगोनाम चतुर्थाेऽध्यायः ।

याे पनि

संकल्पद्वारा नै कामको उत्पत्ति हुन्छ

आशक्तिको लेश मात्र पनि नरहनाले गुणमयी माया पनि साधकदेखि हार्दछे !

योगीहरू कूटस्थ लक्ष्य राखेर चुपचाप आत्मामा ध्यान केन्द्रित गरेर लाभ लिन्छन्

ज्ञान के हो ! याे प्राप्तिकाे स्थूल उपाय !!

सत्कर्म गर्नु पनि मुमुक्षुका लागि पाप !