अभ्यास के हो ? वैराग्य के हो ?

अभ्यास के हो ?  वैराग्य के हो ?

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  फाल्गुन ३, २०७६

असंशयं महाबाहो मनो दुर्निग्रहं चलम् ।
अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते ।। ३५ ।।

अन्वय र अर्थ – श्री भगवानुवाच = भगवान् श्रीकृष्णले भन्नुभयो, महाबाहो = हे महाबाहो ! मनः = मन, असंशयं = निश्चय नै, दुर्निग्रहं = वशमा ल्याउनु गाह्रो, चलं = चंचल छ, तु = तथापि, कौन्तेय = हे कुन्तीनन्दन ! अभ्यासेन = निरन्तरको अभ्यासले, (र) वैराग्येण च = वैराग्यले पनि, गृह्यते = चित्त निग्रह गर्न सकिन्छ ।

भावार्थ – भगवान् श्रीकृष्ण भन्नुहुन्छ – हे महाबाहो ? मन चंचल र दुर्निग्रह छ, यसमा कुनै सन्देह छैन, तथापि हे कौन्तेय ? अभ्यास र वैराग्यद्वारा मनलाई निग्रह गर्न सकिन्छ ।

विशिष्टार्थ – ३३ –३४ औं श्लोकहरूमा शिष्यले क्रियायोग अनुसार आप्mनो अभिज्ञतालाई जसरी प्रकाश गरे, त्यो सत्य हो, त्यसमा शिष्यलाई उत्साह दिनका लागि भगवान् भन्नुहुन्छ – हो मन अति चंचल र दुर्निग्रह छ, यसमा कुनै सन्देह छैन, तथापि किन्तु मन अवश छैन, यसलाई वशमा ल्याउन सकिन्छ, यसको उपाय पनि छ, त्यो उपाय अरू केही नभएर अभ्यास र वैराग्य हो । अभ्यास र वैराग्य हो । अभ्यास तथा वैराग्यद्वारा नै मन निगृहीत हुन्छ, – अभ्यास वैराग्याभ्यां तँनिरोधः ।

आकाशमा बादल लागेको बेला प्रतिकूल वायुद्वारा छिन्न भिन्न हुँदा त्यो मेघ जस्तो एक ठाउँमा स्थिर हुँदैन र स्थितिको अभावले अनुकूल वायु पनि पाउँदैन, त्यसकारण गलेर पानी बन्न पनि सक्दैन, क्रम अनुसार न मेघ, न जल यी दुबै अवस्थामा कुनै एकलाई पनि नपाएर वायुको ताड्नाले आकाशमा विलीन हुन्छ।

अभ्यास के हो ? 'तत्रस्थितौ यत्नोऽभ्यासः' अर्थात् यम–नियम,आसन–प्राणायान आदिको  अनुष्ठानले चित्तलाई यत्न र उत्साहपूर्वक बारंबार एकाग्र गरेर स्वरूपमा स्थिर गर्ने चेष्टाको नाम अभ्यास हो । यो अभ्यास श्रद्धापूर्वक यदि दीर्घकालसम्म निरवच्छिन्न रूपले सर्वदा सम्पन्न गरिन्छ भने त्यो दृढ अर्थात् अविचलित हुन्छ । तब चाहे अनुसार नै चित्तलाई जताततै संयत गर्न सकिन्छ ।

वैराग्य के हो ? 'दृष्टानुश्रविक विषय वितृष्णस्य वशीकारसंज्ञा वैराग्यम्' अर्थात् दृष्ट र अनुश्रनिक (अदृष्ट)  यी दुई प्रकारका विषय भोग प्रति वितृष्णा (अनिच्छा) को नाम वैराग्य    हो । जीवित अवस्थामा यस लोकमा जे जस्तो भोग गरिन्छ त्यसको नाम दृष्ट विषय हो । मृत्युपछि परलोकमा श्रुति स्मृति पुराणोक्त वेदोक्त मतानुसार सुकर्म फलबाट जुन स्वर्गादि भोग हुन्छ त्यसको नाम अनुश्रविक विषय हो । यसरी यी दुबैमा वैराग्य उत्पन्न भएपछि प्रकृति पुरुषको पृथकता प्रत्यक्ष हुन्छ । तव प्राकृतिक गुण प्रति पनि वितृष्णा जाग्छ, प्राकृतिक ऐश्वर्यले अरू प्रलोभित गर्न सक्दैन,विना विध्न मनलाई पनि निरोध गर्न सकिन्छ ।

    असंयतात्मना योगो दुष्प्राप इति मे मतिः ।
    वश्यात्मना तु यतता शक्योऽवाप्तुमुपायतः ।। ३६ ।।

अन्वय र अर्थ –असंयतात्मना = मनलाई वशमा  नलिएको पुरुषद्वारा, योगः = योग, दुष्प्रापः = दुष्प्राष्य छ, इति = यस्तो, मे = मेरो, मतिः = निश्चय छ, तु = किन्तु, वश्यात्मना = मनलाई अभ्यास र वैराग्यद्वारा वशमा लिएको, यतता = बारंबार प्रयत्न गदौ छँदो, योगः = कैवल्य, उपायतः = श्रद्धावीर्यादि उपायहरूद्वारा, अवाप्तुं = प्राप्त गर्न, शक्यः= समर्थ हुन्छ ।

भावार्थ – असंयत चित्तका लागि योग दुष्प्राप्य छ, यही मेरो मत हा; परन्तु जसले मनलाई वशमा राखेको छ, यथाविहीन उपाय क्रम अनुसार यत्न गर्नाले त्यो पुरुष योग प्राप्त गर्न समर्थ हुन्छ ।

विशिष्टार्थ – अभ्यास र वैराग्य नै चित्त संयम गर्ने उपाय हो । यसलाई जसले गर्न सक्दैन, उसको योग हुंदैन । अभ्यास र वैराग्यले मनलाई वशमा या संयतमा राख्न सके योगको अधिकारी हुन्छ, अनि प्रयन्त गर्नाले नै श्रद्धा, वीर्य, स्मृति, समाधि, प्रज्ञा यी उपाय क्रमले योगको प्राप्ति हुन्छ । अतः मुमुक्षुको योग 'उपाय प्रत्यय' हो ।

प्राणायामादिद्वारा आत्मालाई वशमा लिएपछि मात्र शुरूमा श्रद्धा उत्पन्न हुन्छ अर्थात् मन भक्ति पूर्वक कूटस्थमा रहन्छ, प्रसन्न (प्रकृष्टरूपले स्थिर) हुन्छ । पछि वीर्यको उत्पत्ति हुन्छ, अर्थात् मन ब्रम्हतेजले बलियो हुन्छ । अनि स्मृतिको उदय हुन्छ, अर्थात् अहं ब्रम्हास्मि को स्मरण हुन्छ । यस स्मृतिको सहायताले नै मन तन्मना भएर तन्मयत्व लिएर साम्यभावमा स्थित हुन्छ, यही समाधि हो । यस समाधि पछि प्रज्ञाको उदय हुन्छ,  अर्थात् आत्मस्वरूप साक्षात्कार हुन्छ, यस प्रज्ञा पछि मात्र योग वा चैतन्य समाधि प्राप्ति हुन्छ । यस चैतन्य समाधिद्वारा नै कैवल्य वा मुक्ति लाभ हुन्छ ।

प्रयत्न गरेर त्यस उपाय क्रममा  यदि मन लय हुँदैन भने जुन समाहित अवस्था जस्तै अवस्था आउँछ त्यसमा कैवल्य प्राप्ति हुँदैन, त्यो जड समाधि हो । यसबाट  केवल भोग लाभ हुन्छ त्यसपछि फेरि संसारमा आउनु नै पर्छ ।

अर्जुन उवाच –

    अयतिः श्रद्धयोपेतो योगाच्चलितमानसः ।
    अप्राक्ष्य योगसंसिद्धिं कां गतिं कृष्ण गच्छति ।। ३७ ।।

अन्वय र अर्थ – अर्जुन उवाच = अर्जुन प्रश्न गर्छन् । कृष्ण = हे कृष्ण ? अगतिः = योगमार्गमा प्रयत्न नगर्ने, श्रद्धयोपेतः = किन्तु आस्तिक बुद्धिले युक्त, योगात् = योगबाट, चलित मानसः = भ्रष्ट स्मृति भएको छँदो, योगसिद्धिं = योगको सिद्धि कैवल्य, अप्राप्य = नपाएर, कां = कस्तो, गतिं = गति, गच्छति = प्राप्त गर्दछ ।

भावार्थ – अर्जुन प्रश्न गर्छन, हे कृष्ण ? जुन साधक योगमा प्रवृत भएर योग साधनामा यत्न गर्दैनन्, किन्तु आस्तिक्य बुद्धियुक्त छन् तथा जुन साधक मनको चंचलताका  कारण योगभ्रष्ट हुन्छन्,योग संसिद्धि (कैवल्य) नपाएर तिनीहरुले कस्तो  गति प्राप्त गर्छन् ?

विशिष्टार्थ – योगानुष्ठान गर्नाले सबै साधकले सिद्धि लाभ गर्छन् भन्ने छैन, कैयौंले असिद्धावस्थामा नै शरीर त्याग गर्नु पर्छ । यस्ता असिद्ध योगी पनि दुई प्रकारका छन् – एक जो पहिले अत्यन्त श्रद्धायुक्त भएर योगानुष्ठान प्रारम्भ गर्छन् । पछि साधनामा शिथिलता आउँदा यथा नियम क्रियानुष्ठानमा यत्न गर्दैनन्, परन्तु आस्तिक्य बुद्धि युक्त रहन्छन्, यस्ता साधक  'श्रद्धयोपेतः अयति' हुन् । दोस्रा जुन साधक श्रद्धायुक्त बनेर साधना ठीक ठीक रूपमा गर्दै आएका हुन्छन्, किन्तु मृत्युकालमा कर्मको फल विपरीत भैदिनाले लक्ष्य स्थिर राख्न नपाएर चंचल बन्छन्, मन आत्मतत्वबाट च्युत भैदिंदा भ्रष्ट हुन्छन् यस्ता साधक 'योगाच्चलित मानसः' हुन् । अव यी दुई प्रकारको अवस्थामा पुगेका साधकको गति कस्तो होला ? दुबै प्रकारमा नै योग संसिद्ध नहुनाले मुक्ति वा अपुनरावृत्ति गति पाउंदैनन् । तिनीहरुले तब  कस्तो प्रकारको गति प्राप्त गर्लान् ?

    कच्चिन्नोभयविभ्रष्ट श्छिन्नाभ्रमिव नश्यति ।
    अप्रतिष्ठो महाबाहो विमूढो ब्रम्हणः पथि ।। ३८ ।।

अन्वय र अर्थ – महाबाहो = हे महाबाहो ? (कृष्ण) !  (सः = त्यो योगभ्रष्ट साधक), ब्रम्हणः पथि = ब्रम्हप्राप्ति मार्गमा, अप्रतिष्ठः = प्रतिष्ठा पाउन असमर्थ भएर निराश्रय भएको छँदो, विमूढः = कर्तव्याकर्तव्य ज्ञान शून्य (तथा = त्यस्तै), उभयविभ्रष्टः = योग र कर्म दुबैबाट च्युत भएको, छिन्नाभ्रं इव = छिन्नभिन्न भएको बादल भैंm, न नश्यति कच्चित् = नष्ट त हुँदैन ? 

भावार्थ – हे महाबाहो ! त्यो भ्रष्ट साधक ब्रम्हमार्गमा प्रतिष्ठा लाभ गर्न असमर्थ भएर विमूढ हुनाले योग र कर्म दुबैबाट  नै विभ्रष्ट भएर छिन्नभिन्न बादल झै के नष्ट नहोला त ?

विशिष्टार्थ – आकाशमा बादल लागेको बेला प्रतिकूल वायुद्वारा छिन्न भिन्न हुँदा त्यो मेघ जस्तो एक ठाउँमा स्थिर हुँदैन र स्थितिको अभावले अनुकूल वायु पनि पाउँदैन, त्यसकारण गलेर पानी बन्न पनि सक्दैन, क्रम अनुसार न मेघ, न जल यी दुबै अवस्थामा कुनै एकलाई पनि नपाएर वायुको ताड्नाले आकाशमा विलीन हुन्छ।  त्यस्तै अयति योगीहरू अथवा जुन योगीहरू दैव विपाक (कर्मको दुष्परिणाम) मा परेर ब्रम्हमार्गमा अर्थात् ब्रम्हाकाश वा चिदाकाशमा प्रतिष्ठा लाभ गर्न नपाएर विमूढ हुन्छन्, कुन  इष्ट हो भन्ने धारणा लिन सक्दैनन् ।  के ती सबै के योग (ज्ञान), के कर्म दुवैबाट भ्रष्ट भएर साधारण मूढ व्यक्तिले जस्तै संसारमा मिलेर अधोगति पाउने त हैनन् ? 

    एतन्मे संशयं कृष्ण छेत्तुमर्हस्यशेषतः ।
त्वदन्यः संशयास्यास्य छेत्ता न ह्युपपद्यते ।। ३९ ।।

क्रमशः

याे पनि 

ज्ञान र विज्ञानकाे अन्तरात्माः  ब्रम्हज्ञान अर्थात् आत्मज्ञान

तारकब्रम्ह कूटस्थ पुरुषको पूजा र 'सर्वदा' समयकाे सन्दर्भ

आत्मा के हाे, प्राकृतिक प्रदार्थ अर्थात प्रभेद के हो ?

आत्मच्युत चंचल मनलाई परित्याग गरी वशमा राख्ने उपाय

द्वितीय 'अहं', परमात्माले दिएको  'अहं'  र अद्वैतभाव