ज्ञान र विज्ञानकाे अन्तरात्माः  ब्रम्हज्ञान अर्थात् आत्मज्ञान

ज्ञान र विज्ञानकाे  अन्तरात्माः  ब्रम्हज्ञान अर्थात्  आत्मज्ञान

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  पुष १२, २०७६

जितात्मनः प्रशान्तस्य परमात्मा समाहितः ।
 शीतोष्णसुखदुःखेषु तथा मानापमानयोः ।। ७ ।।

अन्वय र अर्थ – जितात्मनः = मन इन्द्रिय आदिको संघातरूप शरीरलाई जितेका, प्रशान्तस्य = रागादि रहितका लागि, परमात्मा = परमात्मा,समाहितः = साक्षात् आत्मभावमा विद्यमान हुनुहुन्छ, (किञ्च = यसका अतिरिक्त), शीतोष्ण सुख दुःखेषु = जाडो गर्मी, सुख दुःखमा, तथा = त्यस्तै, मानापमानयोः = मान र अपमानमा पनि (समः = समान रहन्छन्) ।

भावार्थ – जो पुरुष जितात्मा तथा प्रशान्त छन् उनका लागि परमात्मा साक्षात् आत्मभावमा रहनुहुन्छ । यसका अतिरिक्त ती पुरुषहरू जाडो–गर्मी, सुख–दुःख तथा मान अपमानमा पनि अविचलित रहन्छन् ।

विशिष्टार्थ – जितात्माको आत्मा नै बन्धु हो, त्यसैलाई स्पष्टरूपले व्यक्त गर्नका लागि यो श्लोक भनिएको हो । क्रियायोग गरेर आज्ञाचक्र भन्दा माथि गएर जितेन्द्रिय र प्रशान्त (रागद्वेषादि रहित) अवस्था प्राप्ति भएपछि साधकको सबैतिर आत्म दृष्टि प्रतिष्ठित हुन्छ अर्थात आत्मभावमा नै अवस्थिति हुन्छ, अनि उसलाई परमात्मतत्वको साक्षात्कारको लाभ पनि हुन्छ । संसारमा रहेर प्रारब्ध भोगकालमा पनि सामान्य व्यक्ति सरह शीत, उष्ण, सुख,दुःख मान अपमान आदिद्वारा विचलित भएर, उसलाई त्यो परमात्मतत्व देखि विच्युत हुनु पर्दैन, उसको त्यो परमात्मसंगको भोग अविच्छेद भएरै रहन्छ ।

    ज्ञान विज्ञान तृप्तात्मा कूटस्थो विजितेन्द्रियः ।
    युक्त इत्युच्यते योगी समलोष्टाश्मकाञ्चनः ।। ८ ।।

अन्वय र अर्थ – ज्ञानविज्ञानतृप्तात्मा = ज्ञान र विज्ञानले तृप्त अन्तःकरण भएको, कूटस्थः = अविचल, विजितेन्द्रियः = जितेन्द्रिय, समलोष्ठाश्मकाञ्चनः = माटो, ढुङ्गो र सुनमा समान दृष्टि राख्ने, इति = यस्तो, योगी = योगी, युक्तः =योगारूढ, उच्यते = कहिन्छ ।

भावार्थ – ज्ञान र विज्ञानले जसको अन्तरात्मा तृप्त छ, जो स्थिर , जितेन्द्रिय र माटो, ढुङ्गो र सुनमा समान ज्ञानले सम्पन्न छ,त्यस्तो योगीलाई नै युक्त (योगारूढ) भन्दछन् ।

विशिष्टार्थ – (यस श्लोक र अर्को श्लोकमा योगारूढको लक्षण बताइएको छ) । उपदेश र अनुष्ठानद्वारा प्रत्यक्ष अनुभूत जे जस्तो बोध उत्पन्न हुन्छ त्यसैको नाम ज्ञान हो । यसको चरम रुप हो  ब्रम्हज्ञान या आत्मज्ञान अर्थात् सवै नै  'ब्रम्ह'  'म' नै ब्रम्ह, यसरी स्थिर निश्चल हुनु । यस्तो आत्मज्ञानलाई नै ज्ञान भन्दछन् । विज्ञान शब्दका दुई अर्थ छन् – विशेषज्ञान र विगतज्ञान । २४ तत्वहरूको पृथक पृथक सत्वको बोध, अनि ती सबैको मिश्र तथा अमिश्र क्रियाकलाप संझनु र ती सबैको अनुसन्धान गर्नु विशेष ज्ञान हो । क्रियाद्वारा अन्तःकरण लय भएर जब सबै मेटिन्छ, कुनै प्रकारको ज्ञान पनि रहदैन, तत्वज्ञान र तत्वातीत ज्ञान सबै मेटिन्छ, स्मरण मात्रको अभाव हुन्छ तब नै विज्ञान अर्थात् विगत ज्ञान हुन्छ । यस अवस्थामा विज्ञान र अज्ञान समान अर्थ बोधक हुन्, अर्थात् ज्ञानको परिपाक अवस्था । जुन पुरुषले प्राकृतिक ज्ञान (तत्वज्ञान वा विशेष ज्ञान), आत्मिक ज्ञान (तत्वातीतको ज्ञान) र वृत्ति विस्मरण अवस्था (विगतज्ञान) सबै जानिसक्यो, उसको लागि अरू जान्नु पर्ने केही बांकी नरहनाले उसको अन्तःकरण तृप्त भएको छ । यसरी साधक नै  'ज्ञान विज्ञान तृप्तामा' हो । अतएव ऊ कूटस्थ अर्थात् कम्पन र चंचलता मात्र नरहनाले ऊ निर्विकार हो, जितेन्द्रिय अर्थात् इन्द्रियवृत्ति समूह उसका अधीनमा हुन्छन्, तिनीहरू परिपूर्ण भएर ब्रम्हभावमा रहनाले उसका इन्द्रिय समूहहरूले ब्रम्ह विना अर्को कुनै अवलम्बन पाउँदैनन्, अतः साम्यभावमा रहन्छन् । 'सर्वं ब्रम्हमय'भैदिनाले ढुंगो, माटो, सुन, चांदी आदि सबै उसका लागि समान हुन्छन् । जुन साधकहरू यस्तो अवस्थामा पुगेका छन् तिनै साधक युक्त वा योगारूढ हुन् ।

    सुहृन्मित्रार्युदासीनमध्यस्थ द्वेष्यबन्धुषु ।

पृथ्वी तत्व हो, यसको स्थान मूलाधार हो, अजिन वैष्णवी शक्ति हो,  यसको स्थान स्वाधिष्ठान हो, चैल रौद्री शक्ति हो, यसको स्थान मणिपुर हो । यी तीन शक्ति माथि हृत्कमलमा आत्मशक्तिको प्रतिष्ठा गर्नाले नै आत्मासन चैलाजिनकुशोत्तर हुन्छ । बाहिर जस्तो–कुश माथि लोमशचर्म, त्यसमाथि रेशमी वस्त्र विछाएर आसनमा बसेर क्रिया गर्नाले शरीरमा जुन वैद्युतिक तेज र शक्ति संचार हुन्छ त्यसबाट पृथ्वीले तान्न सक्दैन, त्यस्तै मूलाधार स्वाधिष्ठान मणिपुर भन्दा माथि अनाहतमा शरीरको वेग धारण तथा त्यसमा  पूर्णरूपले भार दिएर  स्थिर हुन सक्नाले मनमा पार्थिव विषयको चंञ्चलताले आक्रमण गर्न सकदैन ।


    साधुष्वपि च पापेषु समबुद्धिर्विशिष्यते ।। ९ ।।

अन्वय र अर्थ – सुहृन्मित्रार्युदासीनमध्यस्थद्वेष्यबन्धुषु (सुहृत् = उपकारको बदला केही नचाहेर उपकार गर्ने) मित्र = प्रेमी, अरि = शत्रु,उदासीन = तटस्थ, मध्यस्थ = निर्णायक, द्वेष्य = विरोधी, बन्धु = इष्ट मित्र) = यी सबैमा, साधुषु = सदाचारी पुरुषमा, पापेषु = दुराचारी पुरुषमा, च = पनि, अपि = पनि, समबुद्धिः = रागद्वेष शून्य बुद्धि भएको, विशिष्यते = योगारूढ साधकहरूमा उत्तम मानिन्छ ।

भावार्थ – सुहृत्, मित्र, शत्रु, तटस्थ, मध्यस्थ, विरोधी, इष्ट, साधु र पापी यी समस्तमा समबुद्धि सम्पन्न जो पुरुष छन्, योगारूढ साधकहरू मध्ये तिनै श्रेष्ठ हुन् ।

विशिष्टार्थ – उपकारको प्रत्याशा नराखिकन जसले उपकार गर्छ, उसैलाई सुहृत् भन्दछन् । प्रेम पूर्वक जसले उपकार गर्छ, त्यो मित्र हो । जसले शत्रुता लिन्छ त्यो अरि हो । विवाद उपस्थित हुँदा दुबै दलको कुनै पक्षमा रहदैन त्यो उदासीन हो,दुबै दलको नै हितको इच्छा राख्ने व्यक्ति मध्यस्थ हो । जो द्वेषको पात्र अप्रिय छ त्यो द्वेष्य हो । जोसंग कुनै सम्बन्ध छ त्यो बन्धु हो । शास्त्रवचन अनुसार जसले क्रियानुष्ठान गर्दछ त्यो साधु हो । जसले शास्त्रको मर्यादालाई पालन गर्दैन त्यो पापी हो । योगारूढ योगी यी समुदायमा समज्ञान सम्पन्न भएकोले विशिष्ट हो ।

    योगी युञ्जीत सततमात्मानं रहसि स्थितः ।
    एकाकी यतचित्तात्मा निराशीरपरिग्रहः ।। १० ।।

अन्वय र अर्थ – योगी = योगदर्शनका सिद्धान्तहरूको अनुयायी, रहसि = एकान्तमा, स्थितः (सन्) = रहदो छँदो, एकाकी = एक्लै, यतचित्तात्मा = अन्तःकरण र देहलाई वशमा लिएको, निराशीः = तृष्णारहित, अपरिग्रहः = संग्रहरहित भएर, सततं = निरन्तर, आत्मानं = मनलाई, युञ्जीत = समाहित गरोस् अर्थात् (भाव समाधिमा संलग्न गरोस्) ।

भावार्थ – योगीले आकांक्षा र परिग्रह त्याग गरेर मन तथा देहलाई संयत गरेर निर्जन स्थानमा एक्लै बसेर मनलाई सर्वदा समाहित गरोस् ।

विशिष्टार्थ – योगारूढ अवस्था नै योगको उत्तम फल हो । त्यो प्राप्त गर्नका लागि योगीले निर्जन उद्वेग (हलचल) विहीन एक गुप्त स्थानलाई चुनेर, कसैलाई साथ नलिइकन, एक्लै त्यहाँ बसेर देह र मनलाई संयत गर्नु पर्छ, अर्थात् अन्तःकरणमा जब जुन भावको उदय हुन्छ तुरुन्त उसलाई हटाउनु पर्छ । यसरी नै सावधान भएर मनलाई समाहित गर्नु पर्छ ।

बाहिर जस्तो  निर्जन गुप्त स्थानलाई रहस भन्दछन्, शरीरभित्र त्यस्तै सुषुम्ना भित्र नै रहस छ । त्यहाँ गएपछि बहिर्लक्ष्य विहीन हुन्छ, बाहिरका विषयहरूले मनलाई त्यहाँ स्पर्श गर्न सक्दैनन् । देह संयत गर्नु, गुरूपदिष्ट नियममा आसन बांधेर वस्नाले नै हुन्छ, अनि मन संयत गर्नु, गुरूपदिष्ट लक्ष्य स्थिर राख्नाले नै हुन्छ ।

    शुचौ देशे प्रतिष्ठाप्य स्थिरमासनमात्मनः ।
    नात्युच्छ्रितं नातिनीचं चैलाजिनकुशोत्तरम् ।। ११ ।।

    तत्रैकाग्रं मनः कृत्वा यतचित्तेन्द्रियक्रियः ।
    उपविश्यासने युञ्ज्यात् योगमात्मविशुद्धये ।। १२ ।।

अन्वय र अर्थ – तत्र (रहसि) = एकान्तमा, शुचौ = शुद्ध, देशे = स्थानमा, नात्युच्छ्र्रितं = न ज्यादा अग्लो, नातिनीचं = न ज्यादा होचो, चैलाजिनकुशोत्तरं (वस्त्रमृगचर्मकुशानां उपरिरथं) = कुशमाथि मृगचर्म, त्यसमाथि वस्त्र, त्यसमाथि रहेको, स्थिरं = निश्चल, आत्मनः = आप्mनो, आसनं = स्वस्तिकादि आसन,प्रतिष्ठाप्य = स्थापना गरेर, तत्र = त्यस, आसते = आसनमा, उपविश्य = बसेर, मनः = मनलाई, एकाग्रं = एकाग्र कृत्वा = गरेर, यतचित्तेन्द्रियक्रियः (सन्) = मन र इन्द्रियहरूका क्रियालाई संयम गरेको छँदो, आत्मविशुद्धये = अन्तःकरणको शुद्धिका लागि, योगं = योगको, युञ्ज्यात् = साधन गरोस् ।

भावार्थ – यो निर्जन गुप्त प्रदेशमा गोमयादि लेपनद्वारा पवित्र गरिएको स्थानमा आफ्नो आसन स्थापना गर्नुपर्छ । त्यो आसन न ज्यादा अग्लो न ज्यादा होचो होस्,स्थिर होस् । अनि पहिले कुशासन त्यस माथि मृगचर्म त्यसमाथि रेशमी वस्त्र विछाएर, चित्त र इन्द्रियहरूको क्रियालाई संयत (वशमा लिएर) गरेर आत्मशुद्धिका लागि योगाभ्यास गर्नु पर्छ ।

विशिष्टार्थ – म के गर्दैछु भन्ने कुरा कसैले थाहा पाउन नसकोस्, यस्तो गुप्त स्थानमा गाईको गोवरले लिपेर पवित्र गरिएको, चैलाजिनकुशोत्तरं– पहिले कुशासन, त्यस माथि मृगचर्म, त्यसमाथि रेशमी वस्त्र विछाइएको त्यो आसन माथि आफ्नो आसन (पद्यासन, स्वस्तिकासन, सिद्धासन) गरेर वस्नु पर्छ । यो आसन र्भुँबाट नज्यादा अग्लो न ज्यादा होचो, ठिक्कको, चिसोले नभेट्ने, किराहरू, सर्पहरू चढ्न नसक्ने, अन्दाजी एक हात अग्लो बेदीमाथि हुनु पर्छ । अरू पनि लामो समयसम्म एकासनमा बस्न सक्ने अभ्यस्त हुनु पर्छ ता कि गोडा  दुख्ने, झम झमाउने जस्ता ल्केशहरू उत्पन्न भएर वीचैमा आसन छोड्न नपरोस् । 'उपविश्य' शब्दको अभिप्राय हो योगाभ्यासकालमा आसनमा बसेरै साधन गर्नु । 'आसन' अष्टाङ्ग योगको तेस्रो अंग हो, आसनहरू धेरै भए ता पनि योगाभ्यासका लागि स्वस्तिकासन र सिद्धासन मुख्य छन् । यसरी आसन गरेर वस्नु योगको बहिरंग हो । किन्तु योगी बाह्य देश काल पात्र निरपेक्ष हुन्छन्, शरीरनै उनीहरूको आसन हो, शरीर भित्र नै उनीहरू त्यस प्रकारको आसन स्थिर गर्दछन् । सुषुम्नाको अभ्यन्तर नै उनीहरूको रहस अर्थात् गुप्तस्थान हो । यहाँ जुन ब्रम्हनाडी छ, त्यो 'महापापविमोचनी महापुण्यमयी नित्य' छ त्यसकारण शुचि (पवित्र) छ । गुरूपदिष्ट नियम अनुसार बाह्य आसनको यथारीति उपवेशन (बसेर) गरेर सुषुम्नाको त्यो शुचिस्थानको न वढी माथि न वढी तल, मध्य स्थानमा अर्थात् सात चक्रको मध्य स्थान हृदयस्थ अनाहत चक्रमा (वायु आकर्षणद्वारा) शरीरको अधोगामी वेगको भार अर्पण गर्नु हो , यसैको नाम आत्म–आसन प्रतिष्ठा गर्नु हो । क्रम अनुसार अभ्यासद्वारा त्यस वेगलाई धारण गर्न  जब कुनै कष्ट हुँदैन, अंगकम्पन आदिको चेष्टा पनि रहदैन तवमात्र  त्यो आसन स्थिर हुन्छ । अनि अनाहतमा स्थापन गर्नाले त्यो आसन 'वैलाजिनकुशोत्तरम्' अर्थात् चैल, अजिन र कुशमाथि स्थापित हुन्छ । किन कि ब्रम्हाजीको पहिलो सृष्टि कुश ब्राम्हीशक्ति – पृथ्वी तत्व हो, यसको स्थान मूलाधार हो, अजिन वैष्णवी शक्ति हो,  यसको स्थान स्वाधिष्ठान हो, चैल रौद्री शक्ति हो, यसको स्थान मणिपुर हो । यी तीन शक्ति माथि हृत्कमलमा आत्मशक्तिको प्रतिष्ठा गर्नाले नै आत्मासन चैलाजिनकुशोत्तर हुन्छ । बाहिर जस्तो–कुश माथि लोमशचर्म, त्यसमाथि रेशमी वस्त्र विछाएर आसनमा बसेर क्रिया गर्नाले शरीरमा जुन वैद्युतिक तेज र शक्ति संचार हुन्छ त्यसबाट पृथ्वीले तान्न सक्दैन, त्यस्तै मूलाधार स्वाधिष्ठान मणिपुर भन्दा माथि अनाहतमा शरीरको वेग धारण तथा त्यसमा  पूर्णरूपले भार दिएर  स्थिर हुन सक्नाले मनमा पार्थिव विषयको चंञ्चलताले आक्रमण गर्न सकदैन ।

भित्र र बाहिर त्यसरी आसन माथि स्थिर भएर मनलाई एकाग्र गर्नु पर्छ अर्थात् मनोवृत्ति समूहलाई एकमा केन्द्रीभूत गर्नु पर्छ । मूलाधारादि पाँच चक्र, पाँचै तत्वका आधार हुन् अर्थात् सबै पाँच छन् भने आज्ञाचक्रको विन्दु मात्र एक छ । मनलाई मस्तक सन्धि वा योग स्थानमा राखेर त्यस विन्दुमा मन लगाएर लक्ष्य गर्नाले नै मनलाई  एकाग्र गर्नु हुन्छ । यसरी एकाग्र  गर्नाले नै चित्त र इन्द्रियहरूको क्रिया स्वतः संकुचित हुन्छ र विषय तिर जाँदैन । यस्ता प्रकारले योगाभ्यास (प्राण चालन) गर्नाले नै चित्त शुद्ध हुन्छ ।

    समं कायशिरोग्रीवं धारयन्नचलं स्थिरः ।
    संप्रेक्ष्य नासिकाग्रं स्वं दिशश्चानवलोकयन् ।। १३ ।।

क्रमशः

याे पिन

चित्तशुद्धिः संन्यास र योग दुवैको एउटै फल

मृत्यु र समाधिमा फरकः देह त्याग हुने र नहुने अज्ञानता

आत्मा सुख: जसले जान्यो, सम्झ्यो त्यो भाषामा व्यक्त गर्न कठीन

ज्ञान बिनाकाे प्राणायामको फल क्षणिकमात्र

कर्मयोग र संन्यासयोगका सूत्रः साधना र अभ्यास कसरी ?