पाँच ज्ञानेन्द्रिय तथा पाँच कर्मेन्द्रिय र मन : बाह्य शब्द–स्पर्श–रूप–रस–गन्धादिको ज्ञान 'म' !

पाँच ज्ञानेन्द्रिय तथा पाँच कर्मेन्द्रिय र मन : बाह्य शब्द–स्पर्श–रूप–रस–गन्धादिको ज्ञान 'म' !

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  माघ १७, २०७७

  आदित्यानामहं विष्णु ज्र्थोतिषां रविरंशुमान् ।
    मरीचिर्मरुतामस्मि नक्षत्राणा महं शशी ।। २१ ।।

अन्वय र अर्थ – अहं = म, आदित्यानां = द्वादश आदित्यहरू मध्ये, विष्णुः = विष्णु नामक आदित्य हुँ, ज्योतिषां = प्रकाश दिने ज्योतिहरूमध्ये, अंशुमान् = किरणयुक्त, रविः = सूर्य हुँ, मरुतां = वायुहरूमध्ये, मरीचिः = मरीचि, अस्मि = हुँ, नक्षत्राणां = नक्षत्रहरूमध्ये, अहं = म, शशी = चन्द्रमा हुँ ।

भावार्थ – आदित्यहरूमध्ये विष्णु, ज्योति समूहमध्ये अंशुमाली सूर्य, मरुद्णहरूमध्ये मरीचि र नक्षत्रहरूमध्ये चन्द्रमा म हुँ ।

विशिष्टार्थ – 'आदित्य– जसबाट अभावको पूरण हुन्छ त्यो नै आदित्य हो, महत् र अव्यक्तको संक्रमण स्थलमा जुन प्रतिफलित चैतन्य ज्योतिले प्रकाश पाउँछ त्यो नै पहिलो माया विकास हो, अतः त्यसलाई आदित्य भनिन्छ । यस आदित्यलाई शाम्भवीको प्रयोग गरेर द्वादश अंशमा देख्न सकिन्छ; जस्तो – भग, अंश, अर्यमा, मित्रावरुण, सविता, धाता, विवस्वान् त्वष्टा, पूषा, इन्द्र र विष्णु । यी द्वादशभित्र विष्णु नै 'सवितृमण्डलमध्यवर्ती नारायणः हिरण्मयवपुः' हुन् । त्यस अन्तरादित्यको हृदयमा अर्थात् ठीक वीचमा तारक नक्षत्र प्रस्फुटन भएर जुन अष्टदल कमल फुल्दछ, सोही कमलको माथि त्यो हिरण्मय पुरुषको दर्शन हुन्छ । त्यस पुरुषको रंग पग्लेको सुन घुम्दाखेरि जस्तो रंगको देखिन्छ ठीक त्यस्तै हुन्छ, अतः हिरण्मय हो । यो पुरुष हिरण्यश्मश्रु र हिरण्यकेश युक्त छ, यसको नखाग्रदेखि केशाग्र पर्यन्त समुदय सुनको आवरण छ, यही पुरुष विष्णु हो (एषोऽन्तरादित्ये हिरण्मयः पुरुषो दृश्यते हिरण्यश्मश्रु हिरण्यकेश आप्रणखात् सर्व एव सुवर्णः (छान्दोग्यो प्रथमप्रपाठकः) त्यो विष्णु नै  'म' अर्थात् महामायाको प्रथम आकारधारी विकार हुँ ।

ज्योतिष्क गणका मित्र जुन अंशुमाली रवि ( 'र'= प्रकाशे, 'इ'= शक्ति,  'व' = शून्य) छ त्यो शून्यमय प्रकाश शक्ति पनि  'म' हुँ । मरुत् (मृ = मर्नु+ उत्), अर्थात् जो कुपित हुँदा मृत्युसंग मिलाइदिन्छन् । यी मरुत्हरूमध्ये मरीचि अर्थात् प्राण म हुँ ।

'नक्षत्र' – जसको कहिल्यै नाश हुँदैन अर्थात् अमृत । यो अमृत शशीमा नै निहित छ, अतः म शशी हुँ ।

    बेदानां सामवेदोऽस्मि देवानामस्मि वासवः ।
    इन्द्रियाणामनश्चास्मि भूतानामस्मि चेतना ।। २२ ।।

अन्वय र अर्थ – (अहं) वेदानां = वेदहरूमध्ये, सामवेदः = सामवेद, अस्मि = हुँ, देवानां = रुद्र, आदित्य आदि देवहरूमध्ये, वासवः = इन्द्र, अस्मि = हुँ, इन्द्रियाणां = चक्षुआदि एकादश इन्द्रियहरूमध्ये, मनः च = संकल्प विकल्पात्मक मन पनि, अस्मि = हुँ, भूतानां = समस्त प्राणीहरूमध्ये, चेतना = प्राण शक्ति (सजीवता) बुद्धिवृत्ति, अस्मि = हुँ ।

भावार्थ – वेदहरूमध्ये म सामवेद हुँ, देवताहरूमध्ये इन्द्र हुँ, इन्द्रियहरूमा मन र भूतहरूमा चेतनारूपले अवस्थित म छु ।

विशिष्टार्थ – वेद = ज्ञान, जान्नु पर्ने विषय जुन हो त्यही वेद हो, वेदहरूमध्ये साम–सन्धि माया–ब्रम्हको संयोग हो । यसको स्थान आज्ञाचक्र हो । (२ य अ. को ४५ औं श्लोकको विशिष्टार्थ हेर्नुहोस्) । पर्दापूर्ण सत्व प्रकाशभित्र स्थिरता वा चन्चलताको समावेश छ, यो नै ज्ञानको पूर्ण विकास हो । अतः वेदहरूमध्ये सामवेद नै  'म' हुँ ।

त्यसरी नै 'म नै' रूप शक्ति—स्वरूपका माथि नै मूल म रूप अनादि प्रवाह संस्कार पुञ्जलाई वनाउनु विगार्नु रूप खेल चलिरहेको छ । जे जस्तो सुख, दुःख हुन्छ त्यो यसैमा छ । परन्तु जडमा 'म नै' रूप प्रकृतमा स्थिर शान्ति शक्ति- स्वरूप नै छ । मानिसहरू जसलाई म म गरेर शोक मोहमा आच्छन्न हुन्छन् त्यो मूल म हो । अतः भनिन्छ – इन्द्रियहरूमध्ये मन वा म–न नै (मूल) प्रकृत म हो ।

'वासव' – बस्+अव, अर्थात् जो स्वर्गमा बस्दछ त्यो नै वासव हो । स्वर्ग एक स्तर हो । जगत्मा दुई प्रकारका स्तर छन् । एक प्रकार बद्ध अनि दोस्रो प्रकार मुक्त । यी दुबैको बिचमा चित्त नामको एक आलवाल (परिखा) छ । चित्तदेखि तलको स्तरमा त्रिगुणको प्रबलताले बद्ध जीवत्व छ र माथिको स्तरमा ज्ञानको प्रबलताले गर्दा मुक्तत्व । चित्तको तल्लो दिशामा जो जति परिणाममा चित्तावरणको निकट अग्रसर हुन्छ, ऊ त्यत्ति नै परिणाममा जीवत्व छोडेर मुक्तत्व भोग गर्दछ । चित्तभन्दा माथि पनि फेरि दुई स्तर छन् –चित्त र विवस्वान्का वीचमा एक स्तर र विवस्वान्को माथि एक स्तर । चित्तको माथिल्लो स्तरमा वशीहरूको निवास छ । कुनै चित्तवशी, कुनै प्रकृतिवशी, कुनै मायावशी हुन्छन् । यी सबै चित्तको तल माथि दुबै स्तरमा नै समान रूपले आफ्नाे इच्छाशक्तिलाई प्रयोग गर्नमा सक्षम हुन्छन्, परन्तु जीव जस्तो बद्ध हुँदैनन्, किन्तु विवस्वान्को माथिको स्तरमा अधिकार राख्दैनन् । अनि चित्तभन्दा तल जुन व्यक्तिहरू छन् तिनीहरूमध्ये अहंकार, बुद्धि, मन, इन्द्रिय विषय आदि स्तरका अधिष्ठातृहरूलाई पनि स्वर्गवासी भन्दछन्– जस्तो– विषयमा विषयी, मनमा मुनि, बुद्धिमा वौद्ध, अहंकारमा अहंकारी (सोऽहंवादी) इत्यादि । यिनीहरूमध्ये जो पुनः चित्तमा छन् अथवा चित्तभन्दा माथि उठ्ने शक्ति पनि पाएर केही श्रेष्ठ पनि बनेका छन् तिनैलाई नै इन्द्र वा 'वासव' भन्दछन् । आज्ञाभन्दा माथि कर्म विहीन फल भोग अवस्था नै देव–अवस्था हो । मेरा जति प्रकारका देव अवस्था छन् ती मध्ये त्यो वासव अवस्था नै प्रधान छ,  देव अवस्थामध्ये वासव नै मेरो पूर्ण विकास हो । अतः देवताहरूमध्ये म वासव हुँ । 'इन्द्रियाणां मनश्चास्मि' – इन्द्रियहरूमध्ये मन नै 'म' हुँ । इन्द्रियहरु एघार छन्– पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय र मन । ज्ञानेन्द्रियहरूले बाह्य शब्द–स्पर्श–रूप–रस–गन्धादिको ज्ञान 'म' मा ल्याउँछन् भने पाँच कर्मेन्द्रियहरू यी सबै रूपरसादि विषय-चन्चल 'म' लाई बाह्य दिशामा कर्म गर्न दौडाउँछन् । यी वाहेकअर्को जुन इन्द्रिय हो त्यसलाई  'मन' भन्दछन् । मनले  'म' लाई विषय अनुभव पनि गराउँछ, फेरि कर्म पनि गराउँछ, अर्थात् भित्र इच्छा, अनुभूति, चिन्ता–यी सबै क्रियाहरू गराएर बाहिरको कार्यमा पनि दौडाउँछ । यो उभयात्मक इन्द्रियको स्वरूप जो हो त्यही प्रकृत (वास्तविक) मन हो, त्यो नै  'म' हुँ ।

मन – म = म+न = हैन (अहं न) । इन्द्रिय समूहमध्ये जुन म हो त्यो नै मूल म हो । परन्तु यी सबैमध्ये 'अहं न' रूप जुन मन हो त्यो नै प्रकृत 'म' हो । अव देख्नु छ–इन्द्रियहरूमध्ये  'अहं  न' वा मन कुन हो ?  इन्द्रिय = इ+न्द्र+इ+य ।  इ = शक्ति,  न्द्र = अग्नि, इ = शक्ति, य = स्वरूप । इन्द्रियभित्र शक्ति अग्नि र शक्ति स्वरूप दुबै मिलेका छन् । शक्ति अग्नि (इ+न्द्र) को धर्म हो आफूमा परेका सबै वस्तुलाई आफ्नो रूप र गुणमा परिवर्तित गर्नु । जसमा अग्नि पर्छ, अग्निले पहिले उसलाई आलोकित गर्छ, तत्पश्चात् उसलाई उत्तप्त गर्दछ, अन्तमा उसको परिणाम कृष्ण चिन्ह (अंगार) र भस्म हुन्छ । इन्द्रियको शक्ति–अग्निमा पनि जुन विषय पर्दछ पहिले त्यो अन्तरमा प्रकाशित हुन्छ, पछि एक ताप वा चलन अनुभूत हुन्छ । तत्पश्चात् सोही विषयको एक संस्कार मात्र अवशिष्ट रहन्छ । इन्द्रियभित्र एक अंश इन्द्र वा शक्ति अग्निको कार्य देखियो । अब  इन्द्रियको दोस्रो अंश इ+य वा शक्ति –स्वरूपको कार्य देख्नु छ ।

हरेक इन्द्रियको कार्यमा म गर्छु,  म देख्छु भन्ने व्यापारमा जुन 'म' छ त्यो नै मूल 'म'  हो । यो अनादि संस्कार विशिष्ट छ । सुख दुःख, आधि–व्याधि, जरा–मरण भोग यसैले गर्दछ । यो नै दर्शन श्रवण आदिकाभित्र  रहेर निरन्तर परिवद्र्धित तथा परिपुष्ट भएर सुखी दुःखी बन्छ । परन्तु शक्ति–अग्निका साथ जुन शक्ति–स्वरूप छ अर्थात्  'इ+य' युक्त छ त्यसको कुनै परिवर्तन हुँदैन, त्यसले कसैलाई ग्रहण पनि गर्दैन, त्याग पनि गर्दैन । यो शक्ति स्वरूप सदाकाल शान्त र स्थिरभावमा रहन्छ । यो शक्ति–स्वरूप 'म' हैन अथवा यसमा 'म'  ज्ञापक केही पनि नरहेको हुनाले यसलाई म हैन वा मन भन्दछन् ।

यस शक्ति-स्वरूप 'म नै'  मा मन भन्नुको कारण यही हो जुन शक्ति अग्नि वा मूलमा चन्चलताका साथ रहेर सर्वदा चन्चलल भएर दौडिरहन्छ, उसको जडमा यदि शक्ति- स्वरूप या स्थिर म नरहँदो हो प्रत्येक चंचलको जडमा यदि एक अचञ्चल नरहँदो ता तरंगमाला उठ्ने विलाउने कस माथि ? त्यसरी नै 'म नै' रूप शक्ति—स्वरूपका माथि नै मूल म रूप अनादि प्रवाह संस्कार पुञ्जलाई वनाउनु विगार्नु रूप खेल चलिरहेको छ । जे जस्तो सुख, दुःख हुन्छ त्यो यसैमा छ । परन्तु जडमा 'म नै' रूप प्रकृतमा स्थिर शान्ति शक्ति- स्वरूप नै छ । मानिसहरू जसलाई म म गरेर शोक मोहमा आच्छन्न हुन्छन् त्यो मूल म हो । अतः भनिन्छ – इन्द्रियहरूमध्ये मन वा म–न नै (मूल) प्रकृत म हो ।

'भूतानामस्ति चेतना'-  भूत समूहमध्ये म चेतना हुँ । भूत = जगत् (असत्) । जगत् प्रपञ्चभित्र जुन देखिने, सुनिने, गरिने, अनुभव गरिने ती सबै नाशवान् (गमनशील)  छन् केही पनि रहदैन । त्यो सबै भूत, सबै प्रकृति र सबै जड हुन् । यी भित्र 'म' चेतना हुँ । 'चेतना'- चेत्+अ+ना । चेत्– अर्थ हो यदि अर्थात्  अनिश्चित । अनिश्चित के हो ? ना– 'अ'। 'अ' अर्थमा असत्, अर्थात् अस्ति, जायते, बर्धते, विपरिणमते, अपक्षीयते, विश्यति यी षट् विकारले युक्त जो हो सोही । अनि 'ना' अर्थमा न । अतएव चेतना शब्दमा अनिश्चित  षड्विकार युक्त न जो हो सोही अर्थात् निश्चित । त्यो निशिचत नै  'म' हुँ ।

    रुद्राणां शङ्करश्चामि बित्तेशो यक्षरक्षसाम् ।
    वसूनां पावकश्चामि मेरुः शिखरिस्णामहम् ।। २३ ।।
क्रमश:

याे पनि 

देवताको भजन र शरीर त्याग : सांस्कारिक अन्त करणमा संस्कारसहितको प्रभाव

प्रभृति प्राणीहरूमा नानाविधि भाव 'म' बाट उत्पन्न हुने प्रभावहरु

बुध ग्रह र सूर्यको समीपको सम्बन्ध र महाप्रकाशको प्रत्यक्ष अवगत

जब मैले भोग गरेर ओर्लेँ, तबमाथि जे जे भनिएका छन् ती सबै सत्य मानेँ !

'गुडाकेश' र आत्मा' : सर्वभूतहरूको आशय अथवा अधिपतिको नाम