कामधुक शब्दको अनुभूति : भोगेच्छामा जुन अविरोधी आत्मकम्पनकाे सम्झना

कामधुक शब्दको अनुभूति : भोगेच्छामा जुन अविरोधी आत्मकम्पनकाे सम्झना

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  फाल्गुन १६, २०७७

आयुधानामहं वज्रं धेनूनामस्मि कामधुक् ।
प्रजनश्चास्मि कन्दर्पः सर्पाणामस्मि वासुकिः ।। २८ ।।

अन्वय र अर्थ –अहं = म, आयुधानां = हतियारहरूमध्ये, बज्रं = बज्र, अस्मि = हुँ, धेनूनां = गाईहरूमध्ये, कामधुक् = कामघेनू, अस्मि = हुँ, (अहं =म),प्रजनः = सन्तान उत्पत्तिको कारण, कन्दर्पः = कामदेव, अस्मि = हुँ, सर्पाणां च = सर्पहरूमध्ये पनि, वासुकिः = वासुकि, अस्मि = हुँ ।

भावार्थ – म आयुध (अस्त्र) समूहमध्ये, बज्र, धेनूहरूमध्ये कामघेनू, सन्तान उत्पत्तिको कारण स्वरूप कन्दर्प र सर्पहरूमध्ये वासुकि हुँ ।

विशिष्टार्थ – 'आयुधानां अहं बज्रंं' आयुध– आ+युध्+अ, जसद्वारायुद्ध गरिन्छ । अस्त्र, शस्त्र प्रभृति प्रहार साधन द्रव्यहरूलाई आयुध वा प्रहरण भन्दछन् । प्रहरण – प्र = प्रकृष्ट+ हृ= हरण+ अनट्, जसले प्रकृष्ट पूर्वक हरण गर्छ । जसमाथि प्रयोग गरिन्छ उसैको अस्तित्व हरण गर्दछ त्यसैले यसको नाम प्रहरण हो । यस शरीरभित्र प्रहरण स्वरूप वायु नै एकमात्र आयुध हो । फेरि वायुले शरीरका विभिन्न स्थानमा रहेर अनेक प्रकारका नाम धारण गरेको छ । ती सबैमध्ये वज्र स्वयं भास्कर, गतिविशिष्ट र जसमाथि पर्छ उसैको अस्तित्व हरण गर्ने शक्ति युक्त आयुध बज्र हो । जुन महावायुको क्रियाले शरीरको अस्तित्व सम्पादन हुन्छ उही परमाराध्य, परम पूजनीय, प्राणेश्वर प्राणलाई नै वज्र भन्दछन् । त्यस महाशक्तिको जुन पक्षबाट प्रयोग गरिन्छ त्यस पक्ष (प्रयोगकर्ता) लाई नै त्यसले जय दिन्छ (साधकले यो थाहा पाएकै कुरा हो) जय चिरकालदेखि ममा नै प्रतिष्ठिन छ । त्यसकारण हतियारहरूमध्ये जयशील  वज्र म नै हुँ ।

यस अवस्थामा तिम्रो 'म'  विना अरु कुनै लक्ष्य रहदैन परन्तु 'म' मा पुग्नै लागेर पनि पुग्ने मौका लिन सक्दैनौ । यो जुन आवागमनरूप कम्पन हो,  त्यो कम्पन हुनाले पनि'म' मा मिलेको भनेर जान, त्यो 'म' विना अरू केही हैन । यस अवस्थामा स्थित साधकको  अन्तःकरणले जे चाहान्छ त्यो सबै उसलाई प्राप्त हुन्छ । अतः धेनुहरूमध्ये 'म'कामधुक' हुँ ।

'धेनूनामस्मि कामधुक्' – कष्ट शून्य पेट भर्ने भोग (दूध) जसबाट प्राप्त हुन्छ उसलाई घेनू भन्दछन् । यस शरीर भित्र जुन अमृतको क्षरण हुन्छ, त्यस अमृतलाई पान गरेर अमर पदमा जानेवेला यस्तो एक अवस्थामा पुगिन्छ कि त्यहाँ जे चिजको चाहना हुन्छ त्यो प्राप्त हुन्छ । त्यसकारण त्यस अवस्थालाई 'कामधुक्' भन्दछन् । मेरो यो अवस्था 'म' को अति निकट र प्रायः आएर 'म' मा मिलेको छ, यसकारण धेनुहरूमध्ये म कामधेनु हुँ । धेनु – धे = दूध, नु = चुसाउने अर्थात् जसले दूध दिन्छ उसलाई धेनु (दूध दिने गाई) भन्दछन् । जति प्रकारका भोग छन् ती मध्ये दूध कष्टशून्य उदरपूरक हो । यो भोग धेनुबाट प्राप्त हुन्छ, यी धेनुमध्ये फेरि कामधुक्बाट इच्छा अनुसारको भोग मिल्दछ । 'काम' इच्छा हो, 'धु' कम्पन हो अनि 'क' आत्मा हो । कामधुक शब्दको अनुभूति 'झन' छ भने भोगेच्छामा जुन अविरोधी आत्मकम्पन हो त्यसैलाई संझनु पर्दछ । यो सबैभन्दा कष्टशून्य श्रेष्ठ भोग हो । हे अर्जुन (साधक) ! अब तिमीले हेर ! ठीक तिम्रो त्यो प्रकृति पुरुष विवेक ज्ञान पश्चात् मायाबाट  आत्मत्व  लिनका लागि  आत्माको  दिशामा  जुन झुकाउ छ– जुन  निषाद  (सप्तस्वरको अन्तिम स्वर 'नि' त्यस निको पनि सर्वोच्च अन्तिम स्वर कम्पन) को जस्तै, स्वरलाई छुन छुन खोजेर छुन नसकेर फर्केर आउन फेरि छुने लालसामा जानु, यो जुनअविश्रान्त आउनु–जानु हो,  यही कामधुक् अवस्था हो । यस अवस्थामा तिम्रो 'म'  विना अरु कुनै लक्ष्य रहदैन परन्तु 'म' मा पुग्नै लागेर पनि पुग्ने मौका लिन सक्दैनौ । यो जुन आवागमनरूप कम्पन हो,  त्यो कम्पन हुनाले पनि'म' मा मिलेको भनेर जान, त्यो 'म' विना अरू केही हैन । यस अवस्थामा स्थित साधकको  अन्तःकरणले जे चाहान्छ त्यो सबै उसलाई प्राप्त हुन्छ । अतः धेनुहरूमध्ये 'म'कामधुक' हुँ ।

'प्रजनश्चास्मि कन्दर्पः' –'प्र' शब्दबाट ख्याति अर्थात् नाम घोषणा, 'जन' शब्दबाट जन्मनु र 'अ' शब्दबाट कर्ताको बोध हुन्छ । जन्मने वित्तिकै जसको नाम घोषणा हुन्छ । (संसारमा जे जति दर्शनीय छ) त्यही 'प्रजन' हो ।

'कन्दर्प' कं = सृष्टिकर्ता ब्रम्हा+दृप् = सन्दीपन गर्नु+अ (अन्) कर्तृवाचक शब्द । अर्थात् जन्मनासाथ सृष्टिकर्ता ब्रम्हा (जसले जसको सृष्टि गर्छ त्यो उसैको ब्रम्हा) लाई जसले सन्दीपित (मोहित) गर्दछ उही कन्दर्प हो । हे अर्जुन (साधक) ! एक पटक मेरो दर्शन गर, जन्म लिनु भन्दा पहिले मेरो कुनै नाम थिएन, जन्म लिएपछिनामको संयोग भयो । फेरि जसबाट जन्म लियो सोही सृष्टिकर्तालाई 'म' मेरोमा मोहित गरिदियो । त्यसकारण 'प्रजन' र  'कन्दर्प' यी दुबै शब्दहरूको प्रयोग स्थल 'म' हुँ ।

सर्पाणामस्मि वासुकिः– फणाधारी सबै सर्पहरूलाई सर्प (विषधर) भन्दछन् । फणाधारी सर्पहरूमध्ये म वासुकि हुँ । वासुकि=वसु+क । वसु भनेको स्वप्रकाश मणिरत्न हो । जस्तै हीरा । अनि क= मस्तक, फणाधारी सर्पको शिरमा स्वप्रकाश मणिरत्न हुन्छ यस्ता सर्पहरूमध्ये जुन श्रेष्ठ छ त्यो नै वासुकि हो । स्वप्रकाश 'म' विना अरू कुनै छैन, त्यसकारण मायाको जुन कुनै अवस्था मसंग मिलिरिहन्छ त्योअवस्था नै श्रेष्ठ वाच्य अवस्था हो । यसैले मणिभूषित श्रेष्ठ सर्पहरुमध्ये म वासुकि हुँ ।

मेरो आफ्नो  कुनै अवस्था छैन । माया नामले कुनै पनि वस्तु आजसम्म पैदा भएको छैन । केबल मान्नका लागि अन्तःकरणको धर्ममा जसको स्फुरण हुन्छ त्यो नै मायाको प्रकाश  हो (मा = नास्ति, या = अस्ति) । यो अन्तःकरणको धर्मले जब मसंग खेल गर्दछ त्यो नै मायाको श्रेष्ठ अवस्था हो । गुरूपदेश अनुसार क्रिया गर्दै गर्दै साधकले कूटस्थमा फणाधारी ज्योतिर्मय मणि बिभूषित मस्तक भएको जुन सर्पको दर्शन गर्दछन् त्यो सर्प नै वासुकिको प्रतिकृति हो ।

    अनन्तश्चास्मि नागानां वरुणो यादसामहम् ।
    पितृणामर्यमा चास्मि यमः संयमतामहम् ।। २९ ।। क्रमशः

यो पनि

बुध ग्रह र सूर्यको समीपको सम्बन्ध र महाप्रकाशको प्रत्यक्ष अवगत

जब मैले भोग गरेर ओर्लेँ, तबमाथि जे जे भनिएका छन् ती सबै सत्य मानेँ !

'गुडाकेश' र आत्मा' : सर्वभूतहरूको आशय अथवा अधिपतिको नाम

पाँच ज्ञानेन्द्रिय तथा पाँच कर्मेन्द्रिय र मन : बाह्य शब्द–स्पर्श–रूप–रस–गन्धादिको ज्ञान 'म' !

उच्चैः श्रवा अश्वहरू मध्ये प्रधान : विच्छैद नै मृत्यु र अविच्छेद अमृत !