भारत पाक तनावमा अमेरीकी राष्ट्रपतिको मध्यस्तता

भारत पाक तनावमा अमेरीकी राष्ट्रपतिको मध्यस्तता

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १६, २०७५

भारत र पाकिस्तानबीच तनावको स्थिति उच्च रहेको छ । दुबै देश झण्डै झण्डै युद्धको संघारमा पुगेका छन् । परमाणु शक्ति सम्पन्न दुई राष्ट्रकाबीच युद्धका परिस्थिति रहेका बेला संसारकै ध्यान आकृष्ट भएको छ । 
दुबै देशबीच रहेको उच्च तनावकाबीच भियतनामको हनोइबाट सुखद समाचार आएको छ । 

उत्तर कोरियाली राष्ट्रपतिसँग भेटवार्ता गर्न हनोई पुगेका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू दुबै देशसँग सम्पर्कमा रहेको भन्दै दुबै देशबीच जारी तनाव शीघ्र समाप्त हुने बताएका छन् । उनका अनुसार दुबै देशबीच मध्यस्तता गरिरहेको छ । ट्रम्पले भनेका छन्,‘मलाई लाग्छ भारत र पाकिस्तान दुबै तर्फबाट आकर्षक समाचार प्राप्त भएका छन् । दुबै देशबीच लामो समयदेखि तनाव कायम छ । हामी दुबैका बीच मध्यस्तता गरेर समस्या सुल्झाउने प्रयास गरिरहेका छौं । हामीलाई राम्रो समाचार प्राप्त भएका छ । मलाई विश्वास छ दुबै देशबीच लामो समयदेखि चली आएको विवाद अब चाँडै नै समाप्त हुन्छ । 

स्मरण रहोस १४ जनवरीमा भारतको पुलवामा भएको आतंककारी बम विस्फोटन पछि ट्रम्पले यस घटनाको निन्दा गरेका थिए । उनले यस घटनाबारे भनेका थिए, ‘भारतले आफ्ना धेरै सैनिक जवान गुमाएको छ, मलाई लाग्छ अब भारतले केही ठूलो काम गर्छ ।’

ट्रम्पको यो भनाई सार्वजनिक भएको केही दिन भित्रै २६ फेब्रुअरीमा भारतले पाकिस्तानमा पसेर जैश—ए मोहम्मदका अखाडामा बमबारी गरेको थियो । 

भारतको बमबारीको प्रत्युत्तरमा पाकिस्तानले २७ फेब्रुअरीमा भारतीय वायुसीमा उल्लंघन गरी आक्रमण गर्‍यो । फलस्वरुप दुबै देशबीच तनाव चरममा पुग्यो । 
डोभाल अमेरीकी विदेशमन्त्री संवाद 

एक अर्को समाचार अनुसार २७ फेब्रुअरीको राति भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालले अमेरीकी विदेशमन्त्री माइक पाम्पियोसँग फोन संवाद गरेका छन् । अमेरीकी विदेशमन्त्रीले भारतले आतंकवादका विरुद्ध गरेको ‘एक्शन’को समर्थन गरेका छन् । अमेरीकी विदेशमन्त्रीले आतंकवाद विरुद्धको लडाँइमा अमेरीका भारतसँगै उभिएको धारणा व्यक्त गरेका छन् । 

याे पनि

भारत पाकिस्तान परमाणु युद्धको परिणाम के हुन्छ ?

प्रत्याक्रमण गर्नु हाम्रो मजबुरी थियो: इमरान खान

भारत पाकिस्तानमा युद्धजस्तै माहोल

दुई भारतीय विमान खसालेको पाकिस्तानको दाबी

भारतीय वायुसेनाले पाकिस्तानमा बम खसाल्यो

के भन्छन् बम आक्रमण क्षेत्रका स्थानीय ?

भारत पाक युद्धको सँघारमा !