ज्ञानमित्र | ज्ञानविज्ञान | बैशाख २१, २०७६
पशुपतिनाथमा ग्रेगोरले अप्ठेरो स्थितिमा पुर्याई दिए । हामी मन्दिरको मूल गेटसम्म पुग्याैं, त्यहाँबाट कैलाशडाँडा चढेर त्यहीँबाट गोरेटोबाटोहुँदै बाग्मती झरयाैँ । बाग्मती किनारै किनार ब्रह्मनालहुँदै हामी आर्यघाट आइपुग्यौं । लहरै शव जलीरहेका थिए । ग्रेगोर फोटो खिच्नमा व्यस्त बने । यत्तिकैमा नेवार समुदायका मलामीहरु शव लिएर आईपुगे । शवसंग आएका महिला हृदयविदारक ढंगले रुँदै थिए । उनको रोदन सुनेर ग्रेगोरले तुरुन्तै क्यामरा प्याक गरे । र, मसंग सोधे, के भयो यिनीहरु किन रुँदै छन् ?
घरको सदस्यको निधनमा रुने रिवाज छ हामी कहाँ, कुनै पुरुषको निधन भएको छ । ऊ कसैको पति ,कसैको छोरा, कसैको बाउ होला । उसको विछोडमा परिवारजन विलाप गरिरहेका छन्, मैले ग्रेगोरलाई प्रत्युत्तर दिएँ ।
होइन, तिम्रो समाज, घर–परिवारमा यतिको सम्वेदना अझै बाँकी छ ! हामी युरोपियनहरुले... उनी वाक्य पुरा नगरेर खुड्किलोमा बसे । र, उनले आफ्नी पत्नीसँग सोधे, हाली के तिमी यस दृश्यको कल्पना युरोपमा गर्न सक्छौ ? के तिम्रो ‘डेथ’मा म यसरी आँसु बगाउन सक्छु वा तिमी यसरी विलाप गर्न सक्छौ ??
उनको प्रश्नले हामीलाई पनि भावुक बनायो । हालीले भनिन्, ग्रेगोर हामीले धेरै कुरा गुमाएर आधुनिकता अँगालेका छाैं । युरोप त ‘रोबोट’ भइसकेको छ । भावहीन मानिसको जमात अर्थात ‘रोबोट’ ।
‘ओके आइ ट्राई ।’ पशुपतिनाथमा हुँदा जीवन र मृत्यु दुबैको सान्निधयमा अनुभव भएको शान्तिले मभित्रको उर्जालाई शिथिल तर सक्रिय अवस्थामै राखेको थियो । तर बौद्धनाथको शान्तिले मेरो उर्जालाई शिथिल बनाउँदै निष्क्रिय बनाएको छ ।
तर म ‘रोबोट’झैं मर्न चाहन्न हाली ! न तिमी मर्दा ‘रोबोट’झैं भावहीन हुन चाहन्छु । यहाँ मृत्यु पनि कति जीवन्त ! हामीकहाँ जीवन पनि मृत्यु सरह !!
अनि उनले मलाई पाखुरामा घच्घच्याउँदै भने, हेर हालीको यदि नेपालमा हुँदा मृत्यु भयो भने तिमीले उनको ‘डेड बडी’ जर्मन पठाउन दुतावास न धाउनु । यस्तै आफ्नै नेपाली रीति –रिवाजअनुसार उनको अन्तिम संस्कार गर्नु, म तिमीलाई आजै यो अधिकार दिंदैछु ।
मनमा त आयो, म भनिदिउँ– मैले तिम्रो हालीको अन्तिम संस्कार नेपाली पद्धतिले यही आर्यघाटमा गरिकसकेको छु ग्रेगोर ! तर भन्न सकिन । निकै बेर हामी तीनै जना त्यै मनोदशामा मौन बसिरह्यौं । अन्तमा मैले मौनता तोड्दै भनें, अब हामी बौद्ध जाउँ ।
बौद्धस्तुपको परिक्रमा पश्चात हामी एउटा ‘रुफ टप रेस्टुरेन्ट’मा केही खाने प्रयोजनले बस्याैं।
‘आई एम कन्फ्युज्ड हाली’ ग्रेगोरले भने ।
‘व्हाट इज योर कन्फ्युजन ग्रेगोर ?’ हालीले सोधिन ।
पशुपतिनाथको शान्ति र बौद्धनाथको शान्ति मलाई फरक लाग्यो ! कस्तो फरक हो, म बुझ्न सकिरहेको छैन । यो भन्न पनि कताकता अप्ठेरो लागिरहेको छ, शान्ति पनि फरक फरक खाले हुन्छ र ?
तिमीले अनुभूति गरिरहेका छौ भने यो पक्कै सत्य हो, यसमा दुविधा किन ? हालीले भनिन ।
अनुभूतिका सँगसँगै मसँग व्यवहारिक बुद्धि छ, जसले शान्तिबीच फरक स्वीकार गर्न मान्दैन ।
व्यवहारिक बुद्धि त कहिले पनि केही नयाँ अनुभूतिलाई स्वीकार गर्न चाँहदैन ग्रेगोर । हालीले उत्तर दिइन्, र म यस्तो अवस्थामा बुद्धिलाई ‘इग्नोर’ गरी अनुभूतिसंग बग्ने गर्दछु ।
मैले तिमीसंग यो बुझ्न प्रश्न गरेको छु, मैले अनुभव गरेका शान्तिका दुईवटा ‘फेनोमेना ’ ठीक हुन अथवा यो मेरो भ्रम हो । के शान्तिका पनि प्रकार हुन्छन् ?
तिमी अफ्नो अनुभवलाई महत्व दिन्छौ कि मेरो उत्तरलाई ?
‘अफकोर्स’ महत्वपूर्ण त अनुभव हो, ग्रेगोरले भने ।
म भन्न सक्दिन, तिमीले भनेको कुरामा कतिको सत्यता छ । तर, तिम्रो ‘प्वाइंट अफ भ्यू’संग मेरो पूर्ण सहमति छ । शान्ति ‘एक्टिभ’ र पैसिभ’ दुबै खाले हुनैपर्छ नत्र श्रृजन सम्भव नै हुन्न । यो ‘एक्टिभ र पैसिभ’ पनि हामी मनुष्यका शब्दावली हुन्, मूलमा कुनै अर्को भाव अवस्था पनि हुनसक्छ, ग्रेगोरले बडो संयमका साथ भने ।
त्यसो भए तिमी आफ्नो अनुभवमा मेरो अथवा अरु कसैको अथवा पवित्र ग्रन्थहरुको सहमति अथवा असहमति किन चाहिरहेका छौ ? हालीले प्रत्युत्तर दिंदै भनिन् ।
‘यु बोथ आर अन सेम बोट’ कुनैपनि प्रश्नको सोझो जवाफ दिंदैनौ, ग्रेगोरले दिक्क मान्दै भने ।
किनकि हाम्रा लागि तिमी बच्चा होइनौ, ‘नाट जस्ट क्युरियस चाइल्ड ।’ हाम्रा लागि तिमी आफ्ना प्रश्नको जवाफ आफै खोज्नसक्ने पर्याप्त क्षमता सम्पन्न व्यक्ति हौ । वार्ता गदै जवाफ तिमीबाटै आउनु पर्छ । प्रश्नले उत्तर आफैं बोकेका हुन्छन्, कतै बाहिरबाट ल्याएर उत्तर ‘इम्पोज’ गर्ने होइन, बुझ्यौ ।
त्यसोभए मैले दुई किसिमले अनुभव गरेको शान्तिको रहस्य के हो ? ग्रेगोरले घुमीफिरी त्यही प्रश्न गरे ।
अनुभव तिम्रो, अनि रहस्य हामीले भनिदिने अपेक्षा गर्छाै ? यो हास्यास्पद होइन र ? शान्तिका दुबै किसिमबारे तिमीले केही व्याख्या गरे त चर्चा अगाडि बढ्न पनि सक्थ्यो ।
‘ओके आइ ट्राई ।’ पशुपतिनाथमा हुँदा जीवन र मृत्यु दुबैको सान्निधयमा अनुभव भएको शान्तिले मभित्रको उर्जालाई शिथिल तर सक्रिय अवस्थामै राखेको थियो । तर बौद्धनाथको शान्तिले मेरो उर्जालाई शिथिल बनाउँदै निष्क्रिय बनाएको छ ।
हाली र म दुवैजनाले उठेर ग्रेगोरलाई आलिंगन गर्यौं । ग्रेगोर तिमीले जसरी सहज शब्दमा दुबै शान्तिको व्याख्या गर्यौ, बीसाैं पटक हामीले यो अनुभव गरेर पनि स्पष्ट भेद छुट्याउन सकेका थिएनौं । तपाईँले २ हजार ५सय वर्षको रहस्य हाम्रा लागि छर्लङ्ग पारी दिनुभयो, मैले ग्रेगोरसंग भनें ।
ग्रेगोर अकमकिए, केही बुझ्न सकेनन् । उनले सोधे, कस्तो रहस्य ?
ग्रेगोर तपाईँले शान्तिको फरक छुट्टाएर ठूलो कार्य गर्नु भएको छ । वास्तवमा यो नै सनातन वैदिक धर्म र बौद्ध धर्मबीच रहेको फरक हो । ‘फन्डामेन्टल डिफरेन्स अफ बोथ रिलीजन ।’
मेरो भनाईले अब झस्किने पालो हालीको थियो, ‘व्हाट यु मीन बाइ फन्डाामेन्टल डिफरेन्सेस ?’
‘आइ मीन अ लट’ । दुबै धर्ममा रहेको स्पष्ट अन्तर ! के तिमी मलाई सनातन वैदिक धर्मको उद्भव कसरी भयो भन्न सक्छौ ?
यो हजारौ वर्षको प्रक्रियामा संगठित भएको हो । प्रकृति पूजादेखि लिएर वेदको संग्रहसम्म । वेदमा पनि टुंगिएन, उपनिषद, पुराणदेखि अवतारवादसम्म । को पहिला र को पछि म भन्न सक्दिन । कपिलको सांख्य, कणादको वैशेषिक ,पतंजलीको योग वा अद्वैत अथवा तन्त्रका आगम, सबै सबै समाहित छन नि सनातन अथवा आधुनिक भनिएको हिन्दु धर्मभित्र । हालीले जवाफ दिइन् ।
पशुपतिनाथको शान्ति र बौद्धनाथको शान्ति मलाई फरक लाग्यो ! कस्तो फरक हो, म बुझ्न सकिरहेको छैन । यो भन्न पनि कताकता अप्ठेरो लागिरहेको छ, शान्ति पनि फरक फरक खाले हुन्छ र ?
अनि बौद्ध धर्मको प्राकट्य सिद्धार्थ गौतमबाट । हालीले थपिन ।
कुन मनस्थिति र परिस्थितिमा सिद्धार्थ धर्म अथवा ज्ञानको खोजीमा हिंडे ? मैले सोधें ।
हालीले भनिन, उनी जीवनबाट विरक्त भएर, रोग, जरा र मृत्युले घेरिएको जीवनचक्रबाट मुक्तहुन ज्ञानको खोजीमा हिंडेका हुन् ।
हो, यही नै भेद हो दुवै धर्मकाबीच । एउटा धर्म जीवनसंग संघर्ष गर्ने क्रममा संगठित रुपमा उदय भयो भने अर्को धर्म उपलब्ध जीवनको सबै वैभवबाट पनि सन्तुष्ट नभएर जीवनचक्रको मूल कारण बुझ्न भएको हो । परमसत्य दुबैले पाए, तर ‘प्रोसेस’ भने फरक रहयो ।
ग्रेगोर शायद अब तपाईलाई बुझाउन सजिलो होला । हामीले बिहान चर्चा गरेको ‘ग्रेट अट्रैक्टर’बाट बुझौं । एउटा धर्म ‘ग्रेट अट्रैक्टरको’ दृष्य पदार्थलाई प्रतिनिधित्व गर्छ भने अर्को धर्म अदृष्य पदार्थको प्रतिनिधित्व गर्छ । आफूले अनुभृति गरेको दुबै शान्तिलाई ‘ग्रेट अट्रैक्टर’सम्म पुर्याउनुस । शिथिल भएपनि सक्रियता सम्पन्न भएको अनुभव दृष्य पदार्थ र शिथिल एवम् निष्क्रिय भएको अनुभव अदृश्य पदार्थ -DARK MATTER_का गुण हुन भनी बुझनुस् ।
म भन्न सक्दिन, तिमीले भनेको कुरामा कतिको सत्यता छ । तर, तिम्रो ‘प्वाइंट अफ भ्यू’संग मेरो पूर्ण सहमति छ । शान्ति ‘एक्टिभ’ र पैसिभ’ दुबै खाले हुनैपर्छ नत्र श्रृजन सम्भव नै हुन्न । यो ‘एक्टिभ र पैसिभ’ पनि हामी मनुष्यका शब्दावली हुन्, मूलमा कुनै अर्को भाव अवस्था पनि हुनसक्छ, ग्रेगोरले बडो संयमका साथ भने ।
ग्रेगोर तपाईँ हामी भन्दा निकै जानकार एवम शिक्षित हुनुहुन्छ । पृथ्वीको कुनै उदाहरण दिएर यो प्रसङ्गलाई अझ ‘क्लियर’ पारी दिनुहुन्छ कि ?
‘ओके, आइ विल ट्राइ ।’ तिमीले एउटा बीउ पृथ्वीमा हाल्छौ । बीउ माटोमुनि निस्पट्ट अँध्यारोमा बौद्धनाथको निष्क्रिय शान्ति अवस्थामा पूर्णरुपेण एकाकार हुन्छ । बीउ भित्रको र माटो भित्र रहेको पशुपतिनाथको सुषुप्त तर सक्रिय शान्तिले श्रृजन आरम्भ गर्छ ।
या श्रृजनलाई सक्रिय र निष्क्रिय दुबै महत्वपूर्ण अति आवश्यक घटक हुन, एउटाको अभावमा श्रृजनको प्रारम्भ नै हुन सक्दैन । अब म भन्न सक्छु ‘ग्रेट अट्रैक्टर’ मात्र होइन सम्पूर्ण सृष्टि नै दृष्य पदार्थका साथसाथै ‘ फुल्ली लोडेड वाइ डार्क मैटर अल्सो ।’
‘थैंक्स’ ग्रेगोर, तपाईँले मलाई एउटा नयाँ आयामबाट स्वयंलाई बुझ्ने दिशा प्रदान गर्नुभयो ।
याे पनि
पशुपतिनाथमा सुनको महल, देवराजको पाहुना हुनपुगें म
महिला मित्र उनको क्लोन देवराज र म
प्लेन दुर्घटनामा मरेकी मित्र केक लिएर आइपुगिन् !
हिन्दु दर्शनमा जन्मले कोही ब्राहृमण हुँदैन्ः बुद्ध कर्मले ब्राहृमण बनेका हुन्