भारतीय ‘विग कमाण्डर’ रिहा गरिने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा

भारतीय ‘विग कमाण्डर’ रिहा गरिने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १६, २०७५

काठमाण्डौ, फेब्रुअरी २७ का दिन पाकिस्तानी सेनाले गिरफ्तार गरेका भारतीय वायुसेनाका विग कमाण्डर अभिनन्दन वर्थमान रिहा हुने भएका छन् । 

विमान उडाउँदै पाकिस्तानको वायुसीमामा पसेका कमाण्डर अभिनन्दन को जहाज ‘क्रैश’ भएपछि उनी ‘प्याराशुट’बाट हाम्फालेका थिए । उनी ‘प्याराशुट’बाट ओर्लँदा पाकिस्तानको भूमिमा ओर्लन पुगेका थिए । पाकिस्तानी सेनाले उनलाई हिरासतमा लिएको थियो । 

आज पाकिस्तानको संसदलाई सम्बोधित गर्दै प्रधानमन्त्री इमरान खानले भोलि मार्च १ शुक्रवारका दिन विग कमाण्डर अभिनन्दनलाई भारत सरकारलाई सुम्पिने घोषणा गरेका छन् । 
साथै प्रधानमन्त्री इमरान खानले २७ फेब्रुअरी साँझ आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्ने प्रयास गरेको बताएका छन् । दुबैबीच के कुराकानी भयो त्यसबारे इमरान खानले केही बोलेनन् । 

एजेन्सीहरुको सहयोगमा 

 

याे पनि

भारत पाक तनावमा अमेरीकी राष्ट्रपतिको मध्यस्तता

भारत पाकिस्तान परमाणु युद्धको परिणाम के हुन्छ ?

प्रत्याक्रमण गर्नु हाम्रो मजबुरी थियो: इमरान खान

भारत पाकिस्तानमा युद्धजस्तै माहोल

दुई भारतीय विमान खसालेको पाकिस्तानको दाबी

भारतीय वायुसेनाले पाकिस्तानमा बम खसाल्यो

के भन्छन् बम आक्रमण क्षेत्रका स्थानीय ?

भारत पाक युद्धको सँघारमा !