पूनर्जन्म हुन्छ वा हुन्न, दुबै अवधारणाले जीवनमा स्वतन्त्रता दिन्छ

विज्ञान कथा भाग- १०

पूनर्जन्म हुन्छ वा हुन्न, दुबै अवधारणाले जीवनमा स्वतन्त्रता दिन्छ

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  बैशाख २८, २०७६

थै‌ंक्स ग्रेगोर, तपाईले मलाई एउटा नयाँ आयामबाट स्वयंलाई बुझ्ने दिशा प्रदान गर्नुभयो । 

हामी साँझसम्म बौद्धमा रह्यौं, साँझ नहुँदै पवित्र स्तुपाको परिक्रमा गर्न हजारौं बुद्धमार्गी आउन थाले । हामीले पनि तीनवटा कोरा लगाएर ठमेल प्रस्थान गर्‍यौं ।

 दिनभरीको चर्चा–परिचर्चा एवम् घुमफिरले हामीलाई थकित बनाएको थियो । ग्रेगोर फ्रेश हुन वाथरुम पसे, हाली पलंगमा ढल्केर विश्राम गरिरहेकी थिइन् । विश्रामको आवश्यकता त मेरो शरीरलाई पनि महसुस भइरहेको थियो तर मष्तिस्क भने केही अरु नै चाहिरहेको थियो । म ग्रेगोरको प्रतीक्षामा थिएँ कहिले उनी वाथरुमबाट बाहिर आउँछन् । ग्रेगोरले वाथरुमबाट  निस्किदै सोधे, ‘व्हाट आर यु थिंकिङ्ग ?’

   ‘एवाउट रिलैक्सेशन आफ माइण्ड’, मैले संक्षिप्त जवाफ दिएँ । 

  ‘देन स्लीप’ ग्रेगोरले भने । 

‘बिफोर स्लीप आई वान्ट टु चेन्ज इट्स फेनोमेना ग्रेगोर’ ।

‘वेल’, त्यसो भए ‘व्हिृसकी’ अर्डर गर, यसले तिम्रो चाहना पुरा गर्छ, ग्रेगोरले सल्लाह दिंदै भने । 

म पनि यही सोचीरहेको थिएँ, तपाई कुन व्हिृसकी लिन मन पराउनु हुन्छ । 

 मलाई थाहा छैन, यहाँ कुन कुन ‘ब्राण्ड’ पाइन्छ । मेरो फेबरेट ड्रिङ्क त कोन्याक हो । तर तिमीले जुन मगाए पनि हुन्छ । ‘बट, वेटर आस्क टु लेडी !’

  ‘आई विल गो विद बियर टुनाईट’ हालीले पल्टिएकै अवस्थाबाट जवाफ फर्काइन् ।

ग्रेगोर ‘इन रियल’ मेरो जीवनमा ‘गोल’ अथवा उद्देश्य कहिले पनि भएन । जीवन जे हुँदै गयो, म त्यही अनुसार बग्दै गएँ । मैले जीवनमा कहिले पनि केही चाहिन । आजको दिनसम्म पनि कुनै चाहना छैन । अनि ‘रिसेन्टली’ तिम्रो ‘प्लानिंग’ के छ ? तपाईहरुको ‘फ्लाईट’ नहुन्जेल तपाईसँग हुन्छु । त्यसपछिको विचार पछि नै गरौंला ।

त्यसो भए हामी सबैले ‘बियर’ नै पिउँ न आज, हुन्न र ? मैले सोधें । 

  ‘डोन्ट आस्क एनी जर्मन फर बियर’ जर्मन क्यान ड्रिंक बियर एनी टाइम, एनी प्लेस, एनी सिचुऐशन ।’

ग्रेगोरको भनाईले हामी सबै हास्यौं । मैले काउण्टरमा तीन बोतल बियर र स्नैक्स पठाई दिन भनें । केही मिनेट मै बियर र खाने कुरा आईपुग्यो । बियर लिएर आएको सर्भिस ब्वाईलाई मैले आधी घण्टा पछी फेरी बियर ल्याइदिन भनें । 

 तिम्रो ‘लाइफ’ को ‘गोल’ के हो ? ‘बियर’ खाँदै ग्रेगोरले मसँग सोधे ।

ग्रेगोर ‘इन रियल’ मेरो जीवनमा ‘गोल’ अथवा उद्देश्य कहिले पनि भएन । जीवन जे हुँदै गयो, म त्यही अनुसार बग्दै गएँ । मैले जीवनमा कहिले पनि केही चाहिन । आजको दिनसम्म पनि कुनै चाहना छैन । 

अनि ‘रिसेन्टली’ तिम्रो ‘प्लानिंग’ के छ ? 

तपाईहरुको ‘फ्लाईट’ नहुन्जेल तपाईसँग हुन्छु । त्यसपछिको विचार पछि नै गरौंला । 
तिमी यत्तिको ‘अनसरटेनिटी’मा बाँची रहेका छौ !

  हो ग्रेगोर, जीवनको आवश्यकता दश बाह्र हजार रुपैयाँको छ, त्यसका लागि पत्रकारिताको जागीर गर्दैछु । यो जागीर बाहेक सबै कुरा लेख्न, अध्ययन, साथी संगत, क्यारियर सबैमा म बेफ्रिकी छु ।

यो दश बाह्र हजार भन्दा बढी कमाउनेतिर प्रयत्न किन गर्देनौं ? 

यो भन्दा बढी मेरो आवश्यकता छैन, र शायद यो भन्दा बढी मेरो भाग्यमा पनि छैन । 

आफ्नो कार किन्ने सपना छैन, तिमीसँग ? 

यस्ता बेकारका कुनै पनि सपना छैनन मसँग । 

त्यसो भए तिमी जीवित नै किन छौ ? 

शायद मेरो शरीरमा कोशिकाको निर्माण प्रक्रिया चलीरहेकोले होला । जुन दिन नयाँ कोशिका बन्ने क्रम रोकिन्छ, त्यो दिन मर्छु होला । 

तबसम्म पनि किन पर्खिने ?

 मर्ने पनि चाहना नभएर । केही अन्य चाहना भएको भए यो चाहना आउन सक्थ्यो । 

तिम्रो भनाई ‘सुसाइड’ गर्ने सबैमा जीवनप्रति अति अनुराग वा एकदमै बढी चाहना हुन्छ ? 

हुन पनि सक्छ, तर एउटा कुरा भन्ने पक्कै हुन्छ, उनीहरु जीवन आफ्नो ढंगले, आफ्नो शर्तले बाच्न चाहन्छन्, त्यो पुरा  नहुँदा ‘सुसाइडको’ बाटो रोज्छन् । 

 मैले तिमीलाई उडाउन ‘सुसाइड’ को प्रसङ्ग झिकें, तिमीले मलाई नै उडाई दियौ । कहीं न कहीं तिम्रो भनाईमा सत्यता छ । ‘सुसाइड’ गर्नेहरु आफ्नो ढंगले बाँच्न चाहन्छन् त्यो पुरा नहुँदा यो बाटो रोज्छन् । म तिम्रो तर्कसँग सहमत हुन नसके पनि तर्कमा भने दम छ । परीक्षामा फेल हुँदा कतिपय विद्यार्थीले ‘सुसाइड’ गर्छन् । कारण उनीहरुसँग पास हुने चाहना तीव्र हुन्छ, फेल हुने अपयश व्यहोर्न चाहन्नन्, जीवन आफूले सोचे अनुसारको चाहन्छन् र त्यो पूरा नहुँदा जीवन नै अस्वीकार गरी दिन्छन् । ‘योर लजिक वक्र्स हियर ।’ ‘टीनएजर’ युवा युवती प्रेममा पर्छन्, आफ्नो चाहना पुरा हुने असंभव देखेपछि यो बाटो रोज्छन । ‘हियर अल्सो लजिक प्रुभ्ड’ । तिम्रो ‘लजिक’ डिनोइ गर्न गाह्रो पर्ने रहेछ । के सबै ठाउँमा यो ‘लजिक’ लागु हुन्छ ? ग्रेगोरले सोधे । 

ग्रेगोर, सबै केसमा लागु हुन्छ त म भन्न सक्दिन । तर मेरा लागि सोक्रेट्सको विषयमा पनि यस्तै घटना हो । राज्यले भन्यो, ‘आफ्नो कुरा फिर्ता लेउ र बाँच अथवा विष सेवन गर ।’ उनले आफ्नो कुरासँग सती जाने बाटो रोजे, होइन र ? 

तिमी कुरालाई यसरी बंग्याएर प्रस्तुत गछौं कि त्यै सत्य लाग्न थाल्छ...

  कुनै पनि कुरा सबै आयामबाट जाँच्नु पर्ने होइन र ? के तपाई सोझो ढंगले मैले प्रस्तुत गरेको बाङ्गो नै सही, यसलाई गलत सावित गर्न सक्नुहुन्छ ? 

सकिन्न, किनकी इतिहासमा लेखिएको छ, उनलाई क्षमा मागेर जीवन रोज्ने स्वतन्त्रता थियो, कुनै तानाशाहले दिएको मृत्युदण्ड थिएन । यो ‘एंगल’ले आजसम्म मैले किन सोचिन ? एउटा कुरा भन तिमीले ‘सुसाइड’ गर्ने कति प्रतिशत ‘चान्स’ छ । 

 ‘दिस इज रियली अ फ्यान्टास्टिक क्वोइसचन, आइ विल रियली एन्ज्वाय टू एन्सर दिस ।’

 तिमीलाई मेरो प्रश्नले कुनै समस्या पारेन ? उल्टै तिमी भन्छौ, ‘जवाफ दिन आनन्द आउँछ ! मसँग यो प्रश्न कसैले गर्ने हो भने प्रथमतः म प्रश्न नै खारेज गरिदिन्छु, अथवा जवाफमा ‘नो’ भनी प्रश्न अस्वीकार गर्छु । 

ग्रेगोर, म तपाईको भनाई, ‘प्रश्न अस्वीकार गरिदिन्छु,’ भन्ने मनोदशामाथि नै एउटा किताब लेख्नसक्छु । अस्वीकार किन गर्छ मानिसले ? किन भने उसले आफ्नो जीवनमा स्वीकारको एउटा घेरा बनाएको हुन्छ, त्यो घेरामा अट्ने र मिल्ने जति स्वीकार र बाँकी सबै अस्वीकार । मैले तपाईको प्रश्न अस्वीकार गरिन, सहज रुपमै लिएँ, किनकी मसँग स्वीकारको कुनै घेरा छैन अथवा मेरो त्यो घेरा तपाईको भन्दा ठूलो छ । 

अस्वीकार किन गर्छ मानिसले ? किन भने उसले आफ्नो जीवनमा स्वीकारको एउटा घेरा बनाएको हुन्छ, त्यो घेरामा अट्ने र मिल्ने जति स्वीकार र बाँकी सबै अस्वीकार । मैले तपाईको प्रश्न अस्वीकार गरिन, सहज रुपमै लिएँ, किनकी मसँग स्वीकारको कुनै घेरा छैन अथवा मेरो त्यो घेरा तपाईको भन्दा ठूलो छ ।

जे कुरामा पनि तर्क र तर्क पनि भित्तामै पुर्‍याउने ! ग्रेगोरले निरुत्तर हुँदै भने । 

ग्रेगोर, यो ‘कम्प्लीमेन्ट’ हो कि कटाक्ष ? मैले हाँस्दै सोधें । 

मैले कटाक्ष भने भनें, फेरी तिमी कटाक्ष पुराण नै भन्न थालौला, कटाक्ष यति किसिमको हुन्छ, कटाक्ष कुन मनोदशामा गरिन्छ आदि आदि । उनले पनि हाँस्दै भने । 

अघिदेखि चुपचाप हाम्रो कुरा सुनी राखेकी हालीले पहिलो पटक मुख खोलिन, त्यो ‘सुसाइड’बारे तिम्रो जवाफ म पर्खिरहेकी छु । के साँच्चै तिमीले ‘सुसाइड’ गर्ने सम्भावना छ ? 

 मैले रित्तो ग्लास उनीतिर सार्दै भनें, पहिला मेरो ग्लासमा बियर खन्याउ, बियर खाएपछि म बाहिर गई चुरोट उडाएर आउँछु । तबसम्म तपाई दुबै जना ‘मैले के जवाफ दिन्छु भनी कल्पना गर्नुस्, एक होइन जति सक्नु हुन्छ त्यति गर्नुस् ।’ हेरौं तपाईहरुले आफ्नो कल्पनामा मलाई भेट्नुहुन्छ कि हुन्न ? 

  ‘ओह गुड गेम’, रियली हि मेक इट एन्ज्वाइंग । आफू मात्र होइन हामीलाई पनि ‘एन्ज्वाइंग मुड’ मा ल्याई दियौ, ग्रेगोरले उत्साहित हुँदै भने । ‘टेक योर टाइम’ ।

ओके, म पनि यो खेलमा सम्मिलित हुन्छु । मलाई विश्वास छ तिम्रो उत्तर मैले गरेको कल्पनासँग मिल्छ, हालीले भनिन् । 

 बियर ग्लास रित्याउँदै मैले भनें, सरी तिमी मेरो जवाफको छेउसम्म पनि पुग्न सक्दैनौ । हो, यति पक्का हो मेरो जवाफ पछि तिमी खुशीले उफ्रिँदै मलाई ‘किस’ गर्न आइपुग्छौ, भनी म चुरोट तान्न बाहिर निस्किएँ । चुरोट सकेर आएपछि फेरी ‘बियर ग्लास’ समाएँ । 

ग्लासमा बियर खन्याउँदै हालीले भनिन्, ‘हामी तिम्रो उत्तरको पर्खाइमा छौं ।’

  ग्रेगोर मलाई एउटा कुरा भन्नुस, कुनै कुराको संभाव्यता पचास÷पचास प्रतिशत हुन्छ भने परिणाम कस्तो हुनसक्छ ? 

पचास/पचास प्रतिशतमा स्पष्ट छ परिणाम जे पनि हुनसक्छ । त्यहाँ ‘वेट एण्ड वाच’ बाहेक परिणामको अनुमान गर्नुको औचित्य नै रहन्न । 

अनि संभाव्यताको प्रतिशत उनान्सय र एक प्रतिशतको छ भने निष्कर्षको के अनुमान गर्छ मानव मस्तिष्कले ? 

मस्तिष्क उनान्सय प्रतिशततिर ढल्किन्छ, झण्डै झण्डै परिणाम कुन दिशामा जाने ‘कन्फर्म’ नै हुन्छ । 

 र कथं कदाचित त्यो एक प्रतिशत अत्यन्त प्रवेगकासाथ हावी भयो भने ...?

‘इटस रेयर’ । तर यस्तो हुने गर्छ, यस्तो हुँदा ‘सिस्टम’ नै नराम्ररी प्रभावित हुन्छ । सारा खेल नै उल्टिन्छ, सोच नै धराशायी हुन्छ । परिणाम ठ्याक्क विपरीत हुँदा मस्तिष्कले थेग्न पनि गाह्रो हुन्छ । यो अवस्था एक अर्थमा पचास÷पचास प्रतिशतभन्दा पनि खतरनाक हुन्छ । 

 ग्रेगोर, मैले मानव जीवन जे जति बुझेको छु त्यो प्राकृतिक प्रक्रिया हो । मानव हुनु र कमिला हुनु वा गुलाफको बोट हुनुमा केही अन्तर छैन । मेरो लागि मानव महत्वपूर्ण होइन, एउटा जीवन प्रक्रिया हो । त्यसैले मलाई आफ्नो जीवनप्रति विशेष अनुराग छैन । अनि ग्रेगोर, जसले ‘सुसाइड’ गर्छन नि तिनका लागि आफ्नो जीवन, आफ्नो सोच, चाहना, इज्जत, सम्मान अति महत्वपूर्ण हुन्छ । उनलाई लाग्छ दुनियाँ उनले नै चलाएका हुन र दुनियाँ उनकै अनुसार चल्नु पर्छ । उनीहरुको रोजाई उनान्सय प्रतिशत जीवन हुन्छ, एक प्रतिशत मात्र जीवन अस्वीकार गर्ने सम्भावना हुन्छ । ‘आर यू एग्री विद मी ?’ 

ग्रेगोर, मैले मानव जीवन जे जति बुझेको छु त्यो प्राकृतिक प्रक्रिया हो । मानव हुनु र कमिला हुनु वा गुलाफको बोट हुनुमा केही अन्तर छैन । मेरो लागि मानव महत्वपूर्ण होइन, एउटा जीवन प्रक्रिया हो । त्यसैले मलाई आफ्नो जीवनप्रति विशेष अनुराग छैन ।


सोव्रेटसले शान्त स्वरमा भने, पहिला त म पनि दुखी भएँ, तर चिन्तन गर्दै जाँदा दुख मान्नु पर्ने त कुनै कारण नै रहेनछ । जस्तै, मानौं एक थरीले भन्छन, मृत्यु पछि पुनर्जन्म हुन्छ यदि यो कुरा साँचो नै हो भने दुख मान्नु पर्ने कारण नै रहेन । म फेरी कुनै न कुनै रुपमा आइहाल्छु । र, अर्काथरीले भन्छन यही जीवन नै अन्तिम जीवन हो, पुनर्जन्म हुन्न । यसमा पनि मैले दुख मान्नुपर्ने कुनै कारण देख्दिन । खेलै खत्तम, सारा झंझट नै खत्तम । मेरो लागि दुई मध्ये जुनसुकै सत्य होस, लाभकारी नै छ । दुखको कारण नै नष्ट भयो अनि म दुखी हुने सारा संभावना नै खतम भए । यस टोटल्ली ।
ग्रेगोर, मैले ‘सोव्रेटस’ बारे पढ्दा एउटा घत लाग्दो प्रसङ्ग पढें । उनको मृत्युको कुराले उनका मित्र–प्रशंसकलाई दुखी बनायो, उनीहरु रोई कराई गर्न थाले । तर ‘सोव्रेटस’ भने शान्त थिए, आफ्ना मित्रहरुसँग उनले सोधे, तपाईहरु किन रोइरहनु भएको छ ? मित्रहरुले भने, भोली तपाई हामी माझ रहनु हुन्न, यसले हामीलाई दुखी तुल्याएको छ । के तपाईलाई दुख लागेको छैन ? 

यस प्रसङ्गले मलाई बडो सीख दियो र मृत्युको दुखबाट मुक्त गरिदियो । अब मेरा लागि जीवन सुचारु रहनु र जुनसुकै बेला समाप्त हुनुमा अथवा तपाईले सोधेको ‘सुसाइड’ गर्नुमा कुनै भिन्नता छैन, अपराधबोध छैन । तसर्थ मैले बाँच्नु र ‘सुसाइड’ गर्नुमा पचास÷पचास प्रतिशत संभावना छ । 

यानि तिमी ‘सुसाइड’ गर्न सक्छौ ? 

‘यस’ ग्रेगोर । अन्य भन्दा पचास गुना बढी संभावना छ । अन्य मानिसलाई ‘सुसाइड’ गर्ने कुनै कारण चाहिन्छ, सोशल, इकोनोमिकल, प्रेम, धोखा वा अन्य । मलाई कुनै कारण चाहिन्न, ‘जस्ट’ साइकल चलाउन मन लागेन भने म भईरहेको ‘मोमेन्टम’लाई पनि ‘बेक’ लगाएर समाप्त गर्न 
सक्छु । 

 र ग्रेगोर साइकल चलाउन त मैले छाडी सकेको छु । पहिलाको ‘मोमेन्टमले’नै यो जीवनरुपी साइकल गुडिरहेको छ । यस ‘मोमेन्टम’मा ‘सुसाइड’ रुपी ब्रेक लगाउने वा नलगाउने दुबैको संभावना बराबरी छ । के तपाईहरुले गरेको कल्पना मेरो जवाफसँग ‘म्याच’ भयो ? 

दुबैजनाले एकैपटक ‘नो’ भने । 

 तर ग्रगोर, समयमाथि चर्चा बाँकी नै रह्यो, यसले हाम्रो अर्को भेटसम्मलाई पर्खिनु पर्ला ।  

 निश्चय पनि यसलाई हामी अर्को भेटमा पुरा गरौंला । हाम्रो यो भेट साह्रै छोटो रह्यो, अर्को पटक म १५ दिनको छुट्टी लिएर आउँछु । भोली विहान दस बजे ‘एअरपोर्ट’ पुग्नुपर्छ । त्यसैले हाम्रो यस मिटिङलाई यहीं नै टुग्याउँ । 

याे पनि 

दरबार हत्या काण्डको रात

स्वर्गदेखि ठमेलको कफिसपसम्म

पशुपतिनाथमा सुनको महल, देवराजको पाहुना हुनपुगें म

‘ओह यो हो कीमिया’

महिला मित्र उनको क्लोन देवराज र म

प्लेन दुर्घटनामा मरेकी मित्र केक लिएर आइपुगिन् !

हिन्दु दर्शनमा जन्मले कोही ब्राहृमण हुँदैन्ः बुद्ध कर्मले ब्राहृमण बनेका हुन्

समय के हो, के घडीले देखाउने समय गति सापेक्ष हो

यहाँ मृत्यु पनि कति जीवन्त !