सौर्यमण्डलको ‘ब्लु प्रिन्ट’

विज्ञान कथा भाग- १३

सौर्यमण्डलको ‘ब्लु प्रिन्ट’

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  जेठ १८, २०७६

देवराज मेनका एवम् शकुन्तलालाई लिएर विश्वामित्रको दर्शन हेतु आम्रवन पुग्नु भयो । ऋषिवर गायत्री अनुष्ठानमा लिन हुनुहुन्थ्यो । 

ठूलो यज्ञ वेदीमा आम्रकाष्ठ प्रज्वल्लित भइरहेको थियो । वातावरणमा गायत्री मन्त्र, ‘ऊँ भूभुर्व स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात गुन्जित भइरहेको थियो । तीनै जना वेदीको वरिपरि बसेर

अनुष्ठानमा सहभागि भए । अनुष्ठानको पूर्णता पछि सबैले ऋषिवरलाई दण्डवत प्रणाम गरे । 

देवराज के समस्या आइलाग्यो तपाईँलाई जो यो वनवासीलाई भेट्न आउनु भयो, विश्वामित्रले सोध्नुभयो । 

ऋषिवर धेरै समय भएको थियो हजुरको दर्शन नपाएको, म केही कालका लागि पृथ्वीमा गएको थिएँ, फर्केपछि हजुरको दर्शन गर्ने लालसाले उपस्थित भएको हुँ । 

हुनत तपाईँ देवराजको पद सुशोभित गर्नुहुन्छ, तर तपाईँको आफ्नो बुद्धि विवेक भने नाचगान, सुरापान, स्त्री तपटताले निस्तेज भइसकेको छ । तपाईँले मेनका र शकुन्तलालाई लिएर आउँदा के म बुझ्न सक्दिन तपाईँको उद्देश्य ? मलाई ‘साइकोलजिकल ब्लैकमेल’ गर्ने रहेको छ । एउटै अस्त्रले मलाई वारम्वार छल्न सकिन्छ भन्ने तपाईको मानसिकतालाई के भनौं ?

देवराज (लज्जित हुँदै), क्षमा ऋषिवर म हजूरलाई छल्न आएको होइन बरु हजुरसँग सहयोग माग्न याचक बनी आएको हुँ । मेनका र शकुन्तलालाई लिएर आउने परामर्श शचीले दिएकी थिइन, ‘उनको भनाई थियो यी दुबै जनाको उपस्थितिले ऋषिवरलाई सुखद अनुभूति हुनेछ ।’

सत्यमा आवेष्टितलाई सुख अनि दुख सम हुन्छन् देवराज ! योगी र ऋषि महा प्रकृतिसँग लय हुन्छन्, उनीहरु प्रापक होइनन्, महाप्रकृतिसँग एकाकार हुन साधना गर्छन् । अब भन्नुस, के अपेक्षा लिएर उपस्थित हुनु भएको हो ?

देवारजले ब्रह्माजीको इच्छा र आफूलाई प्राप्त भएको उत्तरदायित्व वर्णन गरेर ऋषिवरसँग निर्देशन गरिदिन आग्रह गर्नुभयो । 

सारा वृत्तान्त सुनेर ऋषि प्रसन्न हुनुभयो, यस कार्यमा तपाईँलाई मेरो पूर्ण सहयोग रहने छ भन्दै सर्वप्रथम ‘भिरगो कन्सटीलेशन’ को ‘ब्लुप्रिन्ट’ तयार पार्ने कार्य गर्नुस् । इन्द्रेणी वरिपरि एक लाख प्रकाश वर्ष सम्मका सबै ग्रह, उपग्रह, तारा (सूर्य) क्षुद्रपिण्ड, उल्कापिण्ड, र यस क्षेत्रमा रहेका सबै अवयवलाई चिन्हित गरे पश्चात ऋषिले आफूसँग पुनः सम्पर्क गर्ने परामर्श दिनुभयो । 

आफ्नो शयनकक्षको छेवैमा रहेको कोठालाई नै यस प्रयोजनका लागि उहाँले उचित ठान्नुभयो । उहाँको ईच्छा बमोजिम प्रयोगशाला तयार भयो । एउटा ठूलो स्क्रीनमा ‘मिल्की वे को ग्यालेक्टिल सेन्टर देखि सूर्य हुँदै पुरै सौर्यमण्डल’को ‘ब्लु प्रिन्ट’ जसरी उहाँले अवलोकन गर्नुभएको थियो त्यो स्क्रीनमा उहाँले हेर्नासाथ सबै जानकारी अंकित भए ।

देवराजले (खुशी हुँदै) ऋषिप्रति आभार व्यक्त गर्दै भन्नुभयो, हजुरको सहयोग पाएर म धन्य भएँ । म शीघ्र नै हजुरले भने बमोजिमको कार्य गरी अर्को मार्गदर्शन हेतु उपस्थित हुनेछु, अहिलेलाई आज्ञा दिनुहोस् । 

ऋषिवरले आर्शीवाद मुद्राले कल्याण होस् भन्नुभयो र देवराज आफ्नो कक्षतिर प्रस्थान गर्नुभयो । 

देवराजका आँखा आकाशमा विचरण गरी रहेका थिए । यो रह्यो, ‘मिल्की वे ग्यालेक्सी’ एक लाख प्रकाश वर्षसम्म फैलिएको, जसभित्र २ सय अर्ब देखि ४ सय अर्ब भन्दा बढी ताराहरु रहेका छन् । पृथ्वीका मानिसले १६१० ईस्वीमा आकाशमा देखिने तारा एउटा समूहमा छन् भन्ने थाहा पाए गैलिलियोले भनेपछि । १९२० सम्म पृथ्वीवासीले आकाशमा देखिने सबै तारा एउटै ‘ग्यालेक्सी मिल्की वे’ का सदस्य हुन भन्ने मान्यता बोकीरहे । एडविन हब्बलले ‘मिल्की वे’ त अनन्त ग्यालेक्सी मध्येको एउटा हो भनी पत्ता लगाए । 

‘सोलर सिस्टम मिल्की वे को ग्यालेटिकल सेन्टर’बाट २६ हजार प्रकाश वर्ष टाढा रहेको छ । यस सिस्टमका सबै ग्रह आफ्नो कक्षमा गरिक्रमा गर्नुका साथै सूर्यको परिक्रमा गर्छन् । पृथ्वीवासीलाई अहिलेसम्म एउटा मात्र ‘सोलर सिस्टम’को ज्ञान छ । यस ज्ञान अन्र्तगत सोलर सिस्टममा एउटा मात्र उपग्रह(जून)  भएको पृथ्वी, कुनै पनि उपग्रह (जून) नभएको शुक्र, दुइटा उपग्रह भएको मंगल, सवैभन्दा सानो र जून (उपग्रह) नभएको मर्करी, सबैभन्दा ठूलो चारवटा जून भएको वृहस्पति, आकारमा दोस्रो ठूलो ६१ वटा जून भएको शनि, २७ वटा जून भएको यूरेनस, १४ वटा जून भएको नेप्चून र ५ वटा जून भएको प्लुटो रहेका छन् ।
देवराजले मनमनै विचार गर्नुभयो, अब एउटा प्रयोगशाला नबनाई हुन्न जहाँ सबै उपलब्ध जानकारी समुचित व्यवस्थापन गरी राखियोस् । आफ्नो शयनकक्षको छेवैमा रहेको कोठालाई नै यस प्रयोजनका लागि उहाँले उचित ठान्नुभयो । उहाँको ईच्छा बमोजिम प्रयोगशाला तयार भयो । एउटा ठूलो स्क्रीनमा ‘मिल्की वे को ग्यालेक्टिल सेन्टर देखि सूर्य हुँदै पुरै सौर्यमण्डल’को ‘ब्लु प्रिन्ट’ जसरी उहाँले अवलोकन गर्नुभएको थियो त्यो स्क्रीनमा उहाँले हेर्नासाथ सबै जानकारी अंकित भए । देवराजको आँखामा गजबको ‘टेलिस्कोपिक’ क्षमताका साथै ‘स्कैन’ गर्ने क्षमता रहेको स्पष्ट भयो । साथै ‘स्कैन’ गरिएको समस्त सामग्री स्क्रीनको स्टोरेज मा ‘ट्रान्सफर’ गर्ने क्षमता पनि दृष्टिगोचर भयो । वास्तवमा यो आँखा र मस्तिष्कको अति विकसित उच्च क्षमतायुक्त संयोजनबाट सम्भव भएको थियो । पृथ्वीको विज्ञानले पनि मनुष्य शरीरका यी दुईटा अंगलाई (आँखा र मस्तिष्क) अति जटिल र विस्मयकारी संरचना मानेको छ । 

बिस्तारै देवराजले आफ्नो दृष्टि ‘एण्ड्रोमेडा ग्यालेक्सीमा’ केन्द्रित गर्नुभयो । पृथ्वीबाट २५ लाख प्रकाशवर्ष टाढा रहेको यो ‘ग्यालेक्सी’ २ लाख २० हजार प्रकाश वर्ष विस्तीर्ण रहेको थियो । ‘लोकल ग्रुप अफ ग्यालेक्सीज’ को सबैभन्दा ठूलो सदस्य ‘ग्यालेक्सी’ । देवराज मुसुमुसु हाँस्नु भयो र फेरी संयमित हुँदै  मनमनै भन्नुभयो, ‘एक हिसाबले त पृथ्वीका वैज्ञानिक सही नै हुन् । दृश्य पदार्थकै आधारमा हेर्ने हो भने ‘मिल्की वे’ भन्दा ‘एण्ड्रोमेडा’ ठूलो नै हो । यो बेग्लै तथ्य हो ‘डार्क मैटर’ ले ‘मिल्की वे’ लाई ‘एण्ड्रोमेडा’ भन्दा कती कती ठूलो बनाई दिन्छ ।’

‘एण्ड्रोमेडा’मा ताराहरुको संख्या झण्डै दोब्बर भन्दा पनि बढी छ ‘मिल्की वे’ भन्दा । यसका अनेकन ‘स्याटेलाइट ग्यालेक्सी’ पनि रहेछन् । देवराजको दृष्टि ‘एण्ड्रोमेडा कन्सटीलेशन’लाई पार गर्दै निर्दिष्ट गन्तव्यमा पुग्यो । 

पृथ्वीका वैज्ञानिकहरुले सम्पूर्ण आकाशलाई ८८ वटा ‘कन्सटीलेशन’मा वर्गीकृत गरेका छन् । ४२ वटा जनावरको नामले २९ वटा अचेतन ‘अब्जेक्ट’ र १७ वटा पौराणिक पात्रको नाममा ‘कल्सटीलेशन’को नामांकरण गरिएको छ । 

‘मिल्की वे ग्यालेक्सी’ सैगीटेरिअस कन्सटीलेशन’मा, एण्ड्रोमेडा ग्यालेक्सी’को नाम नै ‘एण्ड्रोमेडा कन्सटीलेशनमा’ रहेकोले रहन गएको हो । ‘ग्रीक माइथोलोजी’मा ‘एण्ड्रोमेडा’ ‘इथोओपियन’ राजा ‘सेफियुस र रानी कैसिओपियाकी छोरी थिइन् । 

‘सैगीटेरिअस’ नामांकरण राशि चक्रको आधारमा गरिएको हो । सूर्यको एक चक्र पूरा गर्दा पृथ्वीले ३६० डिग्री परिक्रमा गर्छ । प्रत्येक राशि चिन्हले ३० डिग्रीको ‘सेलेस्टिक लांग्टीट्यूट’ (CELESTIAL LONGITUDE) ‘कभर’ गर्छ । यसकै आधारमा १२ राशि, ३० दिनको महिना र १२ महिनाको एक वर्ष निर्धारण भएको हो । तर पृथ्वीलाई सूर्यको परिक्रमा गर्न ३६५ दिन लाग्ने हुनाले महिनाका दिन तल माथि गरेर समायोजन गरिएको हो । 

देवराजको दृष्टि ‘भिरगो कन्सटीलेशन’ मा पुगेर निरीक्षण गर्न थाल्यो । पृथ्वीबाट दक्षिणी आकाशमा देखिने यो ‘कन्सटीलेशन’ आकारमा ‘हाइड्रा’ पछिको दोस्रो ठूलो रहेछ । पृथ्वीका वैज्ञानिकले यस भित्र रहेका अनेकौं ग्यालेक्सीबारे पत्ता लगाइ सकेको तथ्य पनि देवराजबाट लुक्न सकेन । 

१ हजार २ सय ९४ स्क्वायर डिग्री क्षेत्र ओगटेको ‘भिरगो’ ‘लिब्रा’ ‘लियो’ ‘कोखस’, ‘क्रेटर’, ‘कोमा बेरेन्सेस’, हाइड्रा, ‘बुटस सरेपेन्टस कपुट, लगायतका कन्सटीलेशनले घेरिएको थियो । 

मेसियर ४९, एम ५८, एम ५९, एम ६०, एम ६१, एम ८४, एम ८६, एम ८७, एम ८९, एम ९०, एम १०४ लगायत हजारौं ‘ग्यालेक्सीज’ खोजी सकेका रहेछन् पृथ्वीवासीले यस ‘भिरगो कन्सटीलेशन’मा धन्य ‘इन्द्रेणी’ अवस्थित ‘ग्यालेक्सी’मा अहिलेसम्म आँखा पुग्न सकेका रहेनछन् पृथ्वीवासीका । शायद यस ‘कन्सटीलेशन’को सबै भन्दा तेजिलो तारा ‘स्पाइका’ले गर्दा होला । पृथ्वीबाट २ सय ६० प्रकाश वर्ष टाढा रहेको ‘स्पाइका’ सूर्य भन्दा झण्डै आकारमा दोब्बर र २ हजार ३ सय गुणा बढी चम्किलो रहेको छ । यस ‘स्पाइका’ तारादेखि ‘लिब्रा कन्सटीलेशन’ को बीचमा अवस्थित रहेको रहेछ यो ‘ड्राफ इलेप्टिकल ग्यालेक्सी रुद्रा’ । रुद्रा ग्यालेक्सी पृथ्वीभन्दा २ सय ५० प्रकाश वर्षको दूरीमा थियो । रुद्रा आकारमा झण्डै ‘मिल्की वे’कै हाराहारीको ‘ग्यालेक्सी’, थियो, १ लाख १ हजार प्रकाश वर्षसम्म विस्तीर्ण, उपस्थित ताराहरुको संख्या ३ सय देखि ५ सय अर्बसम्म । रुद्राको ‘टोटल मास’ भने ‘मिल्की वे’ भन्दा ०.२x१०१२ एम बढी थियो । ‘मिल्की वे’ को अनुमानित ‘मास’ ०.८१.५x१०१२ सम्म रहेको छ । ‘एम’ सोलार मासको प्रतिक चिन्ह हो, ‘स्टैण्डर्ड यूनिक अफ मास इन एस्ट्रोनमीन ‘एम’को अर्थ हाम्रो सूर्यको ‘टोटल मास’ जुन १.९९x१०३० किलोग्राम छ । यो पृथ्वीको ‘मास’ भन्दा ३ लाख ३३ हजार गुणा बढी छ, अथवा जुपिटर भन्दा १ हजार ४८ गुना बढी । ‘एस्ट्रोनमी’ मा ‘ग्यालेक्सी’को ‘मास’ सूर्यको टोटल मासलाई १ एम गणना गरिन्छ । सामान्यता यसरी बुझ्न सकिन्छ । ‘ग्यालेक्सी’को मास सूर्यको तुलनामा हजारौं खरब गुना बढी हुन्छ । 

रुद्राको ‘मास’ १.०१७ x१०१२ एम रहेको थियो । 

रुद्राको ग्यालेक्टिकल सेन्टरबाट ३३ हजार प्रकाश वर्षमा अवस्थित तारालाई ऊँ खद्योताय नमः भन्दै देवराजले खद्योत नाम प्रदान गर्नुभयो । 

इन्द्रेणी खद्योत मण्डल (सौर्यमण्डल) को सदस्य ग्रह थियो । यो सबै जानकारी पनि पूर्वकै भाँति एउटा अर्को स्क्रीनमा देवराजले सार्नु भयो । 

केही समय ‘ब्रेक’ गर्ने मनशायले उहाँ कक्ष बाहिर आउनुभयो, अलि अलि थकानको पनि अनुभूति भइरहेको थियो । घुम्दै गर्दा उहाँको कानले वीणाको झंकार सुन्यो । मन्त्रमुग्ध हुँदै ध्वनि आइरहेको दिशातिर उहाँका पाइला सर्दै गए । नीलोत्तमा ध्यानमग्न भई वीणा बजाई रहेकी थिइन, उनले देवराजले प्रवेश गरेको पत्तो पाइनन् । देउताहरुको सर्वप्रिय भोजन नै संगीत ..... बजी रहेको यमन कल्याण रागले देवराजको सारा थकान मेटियो.. अन्तमा उहाँले ताली बजाउँदै वादक र संगीतप्रति आफ्नो अहोभाव प्रकट गर्नुभयो । ओहो देवराज, मैले त हजूर आएको पत्तो पनि पाइन भन्दै उनले देवराजलाई प्रणाम गरिन् । 

म अघिदेखि नै तिम्रो कला श्रवण गरी रहेको थिएँ । तिमीले चाँडै नै राम्रो प्रगति गर्‍यौ, देवराजले उनलाई हौसला दिंदै भन्नुभयो । 

अनि देवराज अकस्मात यता ? 

प्रयोगशालामा व्यस्त रहँदा थकान महसुुस गरेर बाहिर के आएँ, संगीतले तान्दै यहाँ सम्म ल्याई दियो । तिम्रो वादनले मेरो समस्त थकान पनि मेटियो । अब मलाई ‘कफी’ पिउने ‘मुड’ भइरहेको छ । 

ओहो देवराज, मैले पनि पृथ्वीबाट आएपछि ‘कफी’ पिउन पाएकी छैन, के यहाँ ‘कफी’ पाइन्छ र नीलोत्तमाले सोधिन् ?

पाउन त पाइन्छ । तर, मलाई त तिम्रो त्यस मित्रसँग बसेर पिउने इच्छा छ । 

नारायण... नारायण भन्दै देवर्षि नारद आइपुग्नुभयो ।

हो, देवराज पृथ्वीको ‘कफी’को स्वाद नै अर्को ...। 

आउनुस, देवर्षि आउनुस् तपाई ठीक समयमा आइपुग्नु भयो । देवराजले स्वागत गर्दै भन्नुभयो । 

वीणाको संगीत र देवराजको मनको दुविधाले मलाई यता ल्याई पुर्‍यायो, नारदले भन्नुभयो । 

मेरो मनको दुविधा ? म के दुविधामा छु ??

दुविधा त छ देवराज ! नत्र देवराजलाई पृथ्वीमा गई ‘कफी’ पिउने भाव कसरी आउँछ ? नारदले व्यंग्य गर्नुभयो । अब मर्जी तपाईँको स्वीकार गरे पनि नगरे पनि । 

पृथ्वीमा गई ‘कफी’ खाने विचार त यी निलोत्तमा र यिन्को साथीसँग अनेकौ पटक ‘कफी’ ग्रहण गरेकोले स्मृत हुन आएको हो देवर्षि । अनि त्यो युवकलाई आफ्नो अभियानमा सम्मिलित गर्न पाए हुन्थ्यो भन्ने अभिलाषा कस्को मस्तिष्कमा छ देवराज ? नारदले सोध्नु भयो , आहा... मेरो मस्तिष्कको यति सूक्ष्म भाव पनि तपाईँले थाहा पाउनुभयो, धन्य छ तपाईँको प्रज्ञा !अनि संशय पनि त छ देवराज, उसलाई स्वर्ग ल्याउने वा नल्याउने, ऊ मान्छ कि मान्दैन ? नारदले पुनः व्यग्ंयोक्ति गर्नुभयो । त्यसो भए तपाईँ परामर्श दिनुस् ‘उसलाई स्वर्ग ल्याउँ कि नल्याउँ ? ‘ देवराजले सोध्नुभयो । 

देवकार्यका लागि कुनै पनि उपाय असाध्य छैन, तपाईँलाई आवश्यकता महसुस हुन्छ भने निसंकोच ल्याउनुस्, नारदले स्पष्ट भन्नुभयो । 

याे पनि 

दरबार हत्या काण्डको रात

स्वर्गदेखि ठमेलको कफिसपसम्म

पशुपतिनाथमा सुनको महल, देवराजको पाहुना हुनपुगें म

‘ओह यो हो कीमिया’

महिला मित्र उनको क्लोन देवराज र म

प्लेन दुर्घटनामा मरेकी मित्र केक लिएर आइपुगिन् !

हिन्दु दर्शनमा जन्मले कोही ब्राहृमण हुँदैन्ः बुद्ध कर्मले ब्राहृमण बनेका हुन्

समय के हो, के घडीले देखाउने समय गति सापेक्ष हो

यहाँ मृत्यु पनि कति जीवन्त !

पूनर्जन्म हुन्छ वा हुन्न, दुबै अवधारणाले जीवनमा स्वतन्त्रता दिन्छ

स्वर्गमा कवि सम्मेलन !

नारी ब्रह्माण्डभरीकै एउटै हुन्