जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   भदौ २, २०७७
विराटनगर । प्रदेश नं १ सरकारलाई चौधरी ग्रुपअन्तर्गतको सामाजिक संस्था चौधरी फाउण्डेसनले आज यहाँ पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका वरिष्ठ प्रबन्धक रामजी कटुवालले एक थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा...
लोकसंवाद संवाददाता,   भदौ २, २०७७


लोकसंवाद संवाददाता,   भदौ २, २०७७
कास्की । कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा आज रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको आज बसेको बैठकले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   भदौ २, २०७७
बागलुङ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य सङ्घले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ । गए मध्यरातिदेखि लागू हुने गरी यही भदौ ७ गतेसम्म बजार बन्द गर्ने निर्णय भएको सङ्घले जनाएको छ...

लोकसंवाद संवाददाता,   भदौ २, २०७७
कैलाली । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि कैलालीमा सामूहिकरूपमा गौरा तथा तीज नमनाउन आग्रह गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सामूहिकरूपमा गौरा तथा तीज नमनाउन आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले सामूहिकरूपमा...

लोकसंवाद संवाददाता,   भदौ १, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा १ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा जनामा संक्रमण पुष्टि भएको जनाउनु भएको हाे । संक्रमितमध्ये काठमाडौंका १३९ , ललितपुरका १५ र...

लोकसंवाद संवाददाता,   भदौ १, २०७७
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोभिड१९ को रोकथाम तथा नियन्त्रण गर्नु नै सरकारको प्रमुख उद्देश्य रहेको बताउनुभयो । प्रेस सेन्टर डोटीले आज डोटीको दिपायल राजपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, 'कोरोना...

लोकसंवाद संवाददाता,   भदौ १, २०७७
लाहान । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि सिरहा नगरपालिका र औरही गाउँपालिकाले गरेको खर्चमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । सिरहाको औरही गाउँपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणका...

लोकसंवाद संवाददाता,   भदौ १, २०७७
काठमाडाैं । झण्डै एक महिनापछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । पार्टीभित्र शीर्ष नेताबीचको आपसी विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले गृहकार्य गरिरहेका बेला आज सचिवालय बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९:३० बजे...

लोकसंवाद संवाददाता,   भदौ १, २०७७
चितवन । नारायणी नदीले गैँडाको बच्चा (केटो)बगाएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरअन्तर्गत नवलपरासीतर्फको सेरीधजाबाट शनिबार बग्दै गरेको केटो देखिएपछि उद्धारको प्रयास गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी दुईरतीन वर्षको केटो खोजीका लागि सम्बन्धित...

लोकसंवाद संवाददाता,   भदौ १, २०७७
तनहुँ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड१९ भाइरसका कारण पालिकाका समुदायस्तरमा कोरोना प्रभावित हुँदै जान थालेपछि तनहुँका पाँच पालिका सिल गरिएको छ । जिल्लामा रहेका दश पालिकामध्ये तीन गाउँपालिका र दुई नगरपालिका गरी पाँच पालिकामा समुदायस्तरका ३२ जनामा कोरोना पुष्टि...

लोकसंवाद संवाददाता,   भदौ १, २०७७
तनहुँ । तनहुँमा कोभिड१९ को शङ्कास्पद बिरामीका लागि दु्रत परीक्षण गर्न जिल्लामै पिसिआर मेशिन खरिद गर्ने भनी गरेको निर्णय दुई महिना बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । गत जेठ २८ गते तनहुँका स्थानीय तहका प्रमुखसहितको बसेको बैठकले जिल्लामै कोरोना...

लोकसंवाद संवाददाता,   भदौ १, २०७७
सिरहा । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि भदौ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले...

लोकसंवाद संवाददाता,   भदौ १, २०७७
हेटौँडा । मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा आजदेखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यसअघि साउन २६ गतेदेखि साउन ३२ सम्म निषेधाज्ञा जारी भएको थियो । हेटौँडास्थित...

लोकसंवाद संवाददाता,   भदौ १, २०७७
खलङ्गा । जुम्लाको सदरमुकाम खलङ्गा चन्दननाथ नगरपालिकासहित जिल्लाका तातोपानी, हिमा, सिञ्जा गुठीचौर र कनकासुन्दरी गाउँपालिमा पुनः निषेधाज्ञा जारी गरिएको छ । समुदायमा कोरोना भाइरस फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित स्थानीय तहमा निषेधाज्ञा जारी गरेको हो । चन्दननाथ नगरपालिका...

लोकसंवाद संवाददाता,   भदौ १, २०७७
काठमाडौं । कोभिड१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचाैँचरणको उद्धार उडान हुँदैछ । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन भदौ १ अर्थात अगष्ट १७ देखि उद्धार चार्टर्ड...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७७
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रामक रोग समुदायस्तरमा फैलनबाट रोक्न तथा आम नागरिकको स्वास्थ्यको अधिकार र भयरहित वातावरणमा बाँच्न पाउने अधिकार संरक्षणका लागि संवेदनशील हुन सङ्घीय सरकार एवं सबै स्थानीय तहलाई आग्रह गरेको छ । आयोगमा प्रवक्ता वेदप्रसाद भट्टराईले...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७७
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आजबाट लकडाउन गरेपछि नगरपालिका क्षेत्र ठप्प भएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो । नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना सङ्क्रमित पुष्टि भएपछि नगरपालिकाले लकडाउन गरेको नगर...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७७
हेटौँडा । मकवानपुरमा कोरोना सङ्क्रमित बढ्दै गएपछि हेटौँडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा भदौ १ देखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यसअघि साउन २६ गतेदेखि ३२ सम्म निषेधाज्ञा जारी भएको थिथो । हेटौँडास्थित जिल्ला...