जेठ ८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
काठमाडौं । पहिराका कारण अवरुद्ध नौबिसेमुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका१० तिग्राङ खानीमा अविरल वर्षासँगै गए राति ११ बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो । पहिरो हटाई आज बिहान ९ बजेदेखि...


लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि भइरहेको जारी उडानमा हिमालय एयरलाइन्सले थप दुई दिन चार्टर्ड उडान गर्ने भएको छ । यसअघि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म विभिन्न मुलुकमा उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेको हिमालयले थप दुई गन्तव्यमा...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
विराटनगर । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका१ निवासी मदन भनिने प्रशान्त राई, चुलचुली५ इलाम निवासी राम...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
काठमाडौँ । सरकारले दुई साता पहिले शुरु गरेको इम्बोस्ड नम्बर प्लेट कहिलेसम्म वितरण गर्ने भनी टुङ्गो लागिसकेको छैन । इम्बोस्ड नम्बर प्लेट लिन आउने आवेदन सङ्ख्याका आधारमा समयसीमा तोकिने यातायात व्यवस्था विभागले जनाएको छ । अहिले एक/दुई महिना कति चालकले...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
रुपन्देही । रुपन्देहीमा आजदेखि राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलन शुरु गरिएको छ । तथ्याङ्क सङ्कलनका लागि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिले आवश्यक विवरण भरेर आवेदन दिनसक्ने प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो । आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमार्फत सरकारले...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
पाेखरा । कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ । सरकारले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशका सबै ११ जिल्लामा २००...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले विकासको गति समातेको बताउँदै हाल प्रदेशमा १२७ वटा महत्वपूर्ण योजनाको काम भइरहेको जानकारी दिनुभएको छ । चितवनका विभिन्न आठभन्दा बढी निर्माणाधीन तथा निर्माण गर्नुपर्ने योजनाको अनुगमनपछि रासससँग कुरा गर्दै...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
काठमाडौं। लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । 'बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ', बेरुतमा नेपाली...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड१९)को सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी दिनुभयो । यसअघि आयोगमा...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
काठमाडौँ । निर्माण सम्पन्न भइसकेर पनि टेकुस्थित विष्णुमती पुल सञ्चालनमा आउन सकेको छैन । पुल निर्माणमा रहेका प्राविधिक त्रुटिका कारण डिभिजन सडक कार्यालयले बन्द गरेर आवतजावतमा रोक लगाएको छ । काठमाडौँ दिगो शहरी यातायात आयोजनाअन्तर्गत पुलको निर्माण एशियाली विकास बैंकको...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अवैधरुपमा बिक्री गर्न राखिएको मल बरामद गरिएको छ । भेरीगङ्गा नगरपालिकाको छिन्चुमा अनुगमनका क्रममा प्रशासनको टोलीले एक एग्रोभेटबाट ६२ बोरा मल बरामद गरेको हो । सहायक प्रमुुख जिल्ला अधिकारी भीमकान्त पौडेलले छिन्चुस्थित कमला एग्रोभेटले...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
ललितपुर । आज अपराह्न ललितपुरको बङ्गलामुखी मन्दिर आसपास केन्द्र बनाएर ३।५ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समयअनुसार ४ बजेर ३० मिनेट जाँदा भूकम्पको धक्का मापन गरिएको हो । उपत्यकाका विभिन्न स्थानमा भूकम्पको धक्का...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
नवलपरासी । गाउँमा बाढी पसेपछि नवलपरासी (बर्दघाटसुस्ता पश्चिम)को सुस्ता गाउँका सर्वसाधारण एकाएक डुबानमा फसे । उनीहरुले हारगुहार गर्दै विपद् व्यवस्थापन समितिलाई खबर गरे । तत्कालै प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएपश्चात् नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खोज तथा...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
बुटवल । बुटवल उपमहानगरपालिकामा सडक क्षेत्र मिचेर बनाइएका घर आज भत्काइएको छ । वडा नं ९ र ११ मा पर्ने कालिका पथलाई ८२ फुटको बनाउने क्रममा सडक क्षेत्र मिचेर बनाइएका घर डोजर लगाएर भत्काइएको हो । सडकको क्षेत्राधिकार ओगटेर बनेका...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
काठमाडौं । नेपालमा फैलँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले देशमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर बन्दाबन्दी गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र स्थानीय तहलाई दिएसँगै...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
सोलुखुम्बु । सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थलमा वाक थ्रु मेटल डिटेक्टर यन्त्र जडान गरिएको छ । विमानस्थल सञ्चालमा आएको ४४ वर्षपछि उक्त यन्त्र जडान गर्न सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो । कार्यालयका अनुसार...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
विराटनगर । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा ९३ दशमलव ९५ प्रतिशत धान रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । गतवर्ष५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो भने यस वर्षको लगातार मनसुनको प्रभाव, सिँचाइको सुविधाजस्ता कारणले...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
काठमाडौं । कोभिड१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भन्नुभयो, 'अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा...