बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
एजेन्सी । कोरोनाभाइरसको महामारीबाट नराम्रोसँग प्रताडित मेक्सिकोमा यही डिसेम्बर महिनाको अन्त्यदेखि व्यापक खोप अभियान शुरु हुँदैछ । मेक्सिको सरकारले पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई कोभिड१९ विरुद्धको खोप दिने बताएको छ । उपस्वास्थ्य मन्त्री ह्युगो लोपेजगाटेलका अनुसार पहिलो चरणको खोप...


लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
एजेन्सी । दुई वटा कोभिड१९ खोप उत्पादक कम्पनीहरु फाइजर इन्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआइ)ले भारतमा कोभिड१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय औषधि व्यवस्था विभाग (डिसिजिआइ)समक्ष आवेदन दिएका छन् । भारतमा फाइजर कोभिड१९ का लागि विभाग...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपतिनिर्वाचित जो बाइडेनले रक्षामन्त्रीमा अवकाशप्राप्त जनरल लोयड अस्टिनलाई मनोनयन गर्नु भएको अमेरिकी अखबारहरुले बताएका छन् । अमेरिकी सेनाका अवकाशप्राप्त चारतारे जनरल अस्टिन विगतमा अमेरिकी सेन्ट्रल कमान्डका कमान्डर हुनुहुन्थ्यो । सिनेटले अनुमोदन गरेमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने उहाँ...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
एजेन्सी । अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरु हाललाई रोक्न आदेश दिएका छन् । चिनियाँ कम्पनी बाइटडान्समाथि अमेरिकी नागरिकको व्यक्तिगत र गोपनीय सूचनामाथि टिकटक मार्फत पहुँच बढाएको आरोप लगाउँदै ट्रम्प प्रशासनले अमेरिकामा टिकटकमाथि...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
एजेन्सी । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजरबायोएनटेकले उत्पादन गरेको कोभिड१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो । मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
एजेन्सी । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोनाभाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गर्नु भएको छ । सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम राख्ने, व्यवसायलाई निरन्तरता दिने, अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
जेरोल्ड पोस्ट अमेरिकी गुप्तचर संस्था सीआईएका मनोवैज्ञानिक प्रोफाइलर थिए । उनी ती व्यक्ति हुन्, जसले इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेन र उत्तर कोरियाली नेता किम जोङ-उनजस्ता शक्तिशाली नेताको मनोविज्ञानबारे अध्ययन गरेका थिए । सीआईएमा काम गर्दा उनले अमेरिकाका वैदेशिक सम्बन्धका रणनीति...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
एजेन्सी । भारतमा आइतबार थप ३२ हजार ९८१ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ७७ हजार २०३ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । जसमध्ये ९१ लाख ३९ हजार भन्दा...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
एजेन्सी । अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यले सन् २०३२ को ओलम्पिक खेल आयोजनाका लागि आफूले प्रस्ताव अगाडि सार्ने घोषणा गरेको छ । कोरोनाभाइरस महामारीका कारण ओलम्पिक खेल आयोजना गर्नेसम्बन्धी यसअघि गरिएका तयारी स्थगन गरिए पनि अब चाँडै यसबारेमा प्रयत्न थालिने उक्त राज्यका...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
एजेन्सी । रोमानीयाको मुख्य विपक्षी दल सोसल डेमोक्रेटिक पार्टी (पिएसडी)ले संसदको आमनिर्वाचनमा झिनो अग्रता कायम गरेको छ । करिब ९८ प्रतिशत मतगणना भइसक्दा पिएसडीले ३१ प्रतिशत मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार पूर्व अनुमान विपरीत सत्तारुढ दल नेसनल...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
एजेन्सी ।चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ । सरकारी विवरण अनुसार चीनले कोरोनाभाइरसलाई नियन्त्रणमा लिइसकेको छ । हाल देशभर २८१ जना मात्र सक्रिय...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
एजेन्सी । अफगानिस्तानको पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा अफगानिस्तानको सुरक्षा निकायले गरेको कारबाहीमा परेर २८ जना तालिबानी मारिएका छन् । उरुज्गान र कान्दाहार प्रान्तमा अफगानिस्तानको सेनाले हवाई तथा स्थल मार्गबाट कारबाही गरेको थियो । उरुजगानको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
एजेन्सी ।दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको संक्रमण पछिल्लो समयमा झन धेरै बढ्दो मात्रामा देखिएको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दिनहरुमा यहाँका संक्रमितहरु बढेसँगै यहाँका संक्रमितको संख्या पनि ६६ लाखभन्दा बढी पुगेको बताइएको छ । ब्राजिलको स्वास्थ्य...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
एजेन्सी ।पूर्वी युरोपेली मुलुक रोमानीयामा आइतबार संसदका लागि आमनिर्वाचन हुँदैछ । कोरोनाभाइरस महामारी नियन्त्रणका लागि सरकारको प्रयासलाई लिएर आलोचना भइरहे पनि वर्तमान युरोपेली पक्षधर सरकारले नै विजय हासिल गर्ने अनुमान गरिएको छ । चुनावका लागि मतदान केन्द्रहरु बिहान ७ बजेदेखि...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
एजेन्सी ।अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । संयुक्त राज्य अमेरिकाले लगातार तेस्रो दिन पनि गत २४ घण्टामा कोरोनाभाइरसबाट २ लाख ३० हजार थप व्यक्ति संक्रमित भएका जोन्स हप्किङ्स विश्वविद्यालयले जानकारी दिएको छ । त्यसगरी गत २४...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
एजेन्सी । बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटपछिको वार्ता हुने भएको समाचारमा जनाइएको छ । सो वार्ता सोमबार हुन लागेको हो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली कमिसनका अध्यक्ष उर्सला भोन डेर लियनबीच सोमबार बेलायत युरोपेली युनियनबाट बाहिरिएपछिको...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
एजेन्सी । चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको बताइएको हो । उक्त क्षेत्रको सो कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
एजेन्सी ।भारतमा शनिबार थप ३६ हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ४४ हजार २२२ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ । जसमध्ये ९१ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन्...