जेठ ७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
लमजुङ ।हिमाली जिल्ला मनाङ जोड्ने बेँसीशहरचामे सडक पहिराले भासिएको छ । मङ्गलबार रातिदेखि अविरल वर्षासँगै माथिबाट आएको बाढीपहिराले आज बिहान सो सडकखण्डको बेँसीशहर नगरपालिका६ खरखरेभिरको सडक भासिएको हो । करिब २० मिटर सडक भासिएको डुम्रेबेँसीशहरचामे सडक योजना कार्यालयका सबइञ्जिनियर सुमन...
लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७


लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
महाेत्तरी ।भदौ अन्तिमतिर लगातार भएको वर्षा धानखेतीका लागि अमृत भएको छ । भदौ अन्तिम साताको प्रारम्भसँगै दिनदिनै जसो परेको पानीले धानबाली हरियो भएर फिरेपछि महोत्तरीका किसानले राहत महसुस गरेका छन् । भदौ लागिकन पानी नपाएको र नाइट्रोजन मल (युरिया)पनि हाल्न...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
कलैया । चट्याङ लागेर आज बारामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जितपुरसिमरा उपमहानगरपालिका१४ स्थित दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा ४२ वर्षीय धर्मप्रसाद राय चौधरी घाइते भई डुमरवानास्थित स्थानीय डुमरवाना पोली क्लिनिकमा...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
धादिङ । जिल्लामा बालिका र महिलामाथि हुने हिंसाका घटना बढिरहेका छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जबर्जस्ती करणीका २३, हाडनाता करणीका दुई , जबर्जस्ती करणी उद्योगका १३ र बालयौन दुरुपयोगका दुई वटा घटना दर्ता भएका थिए...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका१ र २ का अति विपन्न ६ घर दलित परिवारको सरकारले घर निर्माण गरिदिएको छ । फाल्गुनन्द एक, नवमीडाँडाका तीन र वडा नं २ इम्बुङका तीन घर विपन्न दलितको जनता आवास कार्यक्रमअन्तर्गत सरकारले घर निर्माण गरिदिएको...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
तुलसीपुर । प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका पूर्वाध्यक्ष भैरव मजगैयाको आज निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका१८ विजौरी निवासी मजगैयाको आज बिहान ७७ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको पारिवारले जनाएको छ । मजगैैयाको शिक्षा क्षेत्रमा पनि योगदान रहेको छ ।...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
म्याग्दी । गत असारमा म्याग्दीको धौलागिरि गाउँपालिका६ मराङ र मालिका गाउँपालिका७ बिममा गएको पहिरोमा ज्यान गुमाएकाका आफन्तलाई सङ्घीय सरकारले पठाएको राहत हस्तान्तरण गरिएको छ । असार २५ र २६ गतेको पहिरोमा ज्यान गुमाउने २३ जना मृतकका परिवारलाई गृह मन्त्रालय पठाएको...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका३ स्थित रुप्से खोलामा आएको बाढी र पहिरोले सडक बगाएपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम सडक अवरुद्ध भएको छ । करिब २०० मिटर सडक पहिरो र रुप्सेखोलाको बाढीले बगाएपछि सोमबारदेखि सवारी आवतजावत अवरुद्ध भएको बेनीजोमसोम कोरला...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
वागमती । सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको लोहाछड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ । विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
तनहुँ । शहीद सिन्धुलालध्वज मार्गको ट्रयाक खोलेको चौबीस वर्षपछि कालोपत्रे गर्न शुरु भएको छ । तनहुँको शुक्लागण्डकी१ कोत्रेदेखि व्यासनगरपालिका६ क्रियापानी हुँदै लमजुङको दुईपिप्लेसम्म जोडिने उक्त मार्गमा कालोपत्रे गर्न लागिएको हो । जिल्ला सदरमुकाम दमौलीदेखि कोत्रेसम्मको पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
दमौली । प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटमा शालिग्राम सङ्ग्रहालयमा राख्नका लागि शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण शुरु गरिएको छ । निकट भविष्यमा निर्माण गरिने शालिग्राम सङ्ग्रहालय ९सिसमहल० मा राख्नका लागि देवघाट क्षेत्र विकास समितिले शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण शुरु गरेको...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
बागलुङ । ढोरपाटन नगरपालिकाका बाढी प्रभावित परिवारका लागि १२६ थान घरेलु सौर्य ऊर्जा प्रणाली (सोलार)प्रदान गरिएको छ । सोमबार बाढीग्रस्त क्षेत्रमै पुगी बागलुङ१ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम र सौर्य विद्युत् उत्पादक सङ्घका सदस्य...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
भाेजपुर । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राईले जन्मदिनको अवसरमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । अध्यक्ष राईले ४७औँ जन्मदिनको अवसरमा लक्ष्मीसाल्पा आधारभूत विद्यालय च्याक्सिलामा ५० हजार रुपैयाँ र श्रृयाबाल विकास केन्द्र ढाडगाउँमा ५० हजार...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
भोजपुर । भोजपुर जिल्लाको टक्सारमा करिबतीन करोड रुपैयाँकाेलागतमा सिँचाइ कुलो बनेपछि ८१ हेक्टर क्षेत्रमा सिँचाइ विस्तार भएको छ । विगत लामो समयदेखि खेती गर्नका लागि आकाशेपानीको भरमा बस्दै आएका यहाँका कृषकलाई सिँचाइ कुलो निर्माण भएपछि सहजता थपिएको छ । कुलो...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
चितवन । पहिराले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेकोे पहिराले चितवनको इच्छाकामना गाउँपालिका६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो । पहिरोले दुईवटा मोटरसाइकल, एक/एक वटा म्याजिक भ्यान र बलेरो पनि बगाएको स्थानीयवासी चित्रबहादुर...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
नारायणगढ । नारायणगढमुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ । सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका छन् । डिभिजन सडक कार्यालय चितवनका इ शिव खनालका...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
सर्लाही । केही दिनयता छिनछिनमा विद्युत् कटौती हुँदा जिल्लाका उपभोक्ता मारमा परेका छन् । दशदश मिनेटमा विद्युत् झ्यापझ्याप जाने र लाइन आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज आउँदा जिल्लावासी आजित बनेका छन् । अत्यन्त चर्को गर्मी मौसममा अनियमित विद्युत् कटौती...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
पर्वत । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो । बाग्लुङ...