बैशाख ३०, २०८१, आइतबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
एजेन्सी । विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड १९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुचिमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । यस भाइरसको सङ्क्रमणको कारण...


लोकसंवाद संवाददाता,   माघ १५, २०७७
एजेन्सी । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । शुरुमा कोरोना भाइरसको सङ्क्रमण चीनको वुहान शहरबाट नै निस्किएको बताइएको थियो । गत वर्षको डिसेम्बरमा यो भाइरस भेटिएको हो । यसरी...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
पर्वत । आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनको तयारी पर्वतमा पनि थालिएको छ । निर्वाचन आउन तीन महिना बाँकी रहँदा जिल्लामा मतदाता नामावली अद्यावधिक र मतदानस्थल तथा मतदान केन्द्रको अद्यावधिकमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ ।...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
भक्तपुर । पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर अस्पतालबाट शुरु भएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलाई कोरोनाविरुद्धको खोप लगाएर भक्तपुरमा अभियान शुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
कर्णाली । कर्णाली प्रदेशमा कोभिड१९ विरुद्धको खोप अभियान उत्साहका साथ शुरु भएको छ । कर्णालीका हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा निर्धारित समयमै निःशुल्क खोप अभियान शुरु गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । हिमाली जिल्ला हुम्ला र डोल्पामा हवाईमार्गबाट...

लोकसंवाद संवाददाता,   माघ १४, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले आज अपराह्न ट्विटमार्फत अग्निपीडितप्रति सहानुभूति व्यक्त गर्दै पीडित परिवारका लागि राहत एवं पुनस्थापनाको आवश्यक व्यवस्था...

लोकसंवाद संवाददाता,   माघ १४, २०७७
रसुवा । निजी क्षेत्रका सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीले पारिश्रमिक नपाएको गुनासो पोखेका छन् । नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको पाँचौ साधारणसभाको अवसरमा यहाँ आयोजित कार्यक्रममा महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य समक्ष यहाँका पत्रकारले उक्त गुनासो राखेका हुन् । अध्यक्ष...

लोकसंवाद संवाददाता,   माघ १४, २०७७
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ८५० मिलीग्राम लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका४ सुर्खेतका २५ वर्षीय युवा सरोज पन्तलाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयअन्तर्गत लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको...

लोकसंवाद संवाददाता,   माघ १४, २०७७
सुर्खेत । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट सुर्खेत वीरेन्द्रनगर लगिँदै गरेको १४७ थान सालको चिरान काठसहित १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गएराति १:४० बजेको समयमा सालको अवैध काठ लिएर छिन्चुदेखि वीरेन्द्रनगर सुर्खेत...

लोकसंवाद संवाददाता,   माघ १४, २०७७
ललितपुर । गोदावरीमा निर्माणाधीन तीन हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ८० प्रतिशत सम्पन्न भएको छ । गोदावरी नगरपालिका३ मा शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभाग र केसी समानान्तर जेभीबीच गत वर्ष २०७६ कात्तिक २०...

लोकसंवाद संवाददाता,   माघ १४, २०७७
काठमाडौँ । कृषिलाई व्यापारीकरण नगरी व्यवस्थित र मर्यादित बनाउन माग गरिएको छ । सरकारले हालै कृषिमा विदेशी लगानी भित्र्याउन गरेको निर्णयले किसानको हित नगर्ने मात्र नभई खाद्य सम्प्रभूतामा प्रतिकूल असर पर्ने भएकाले यसलाई फिर्ता लिन सञ्जीवनी समूहले आग्रह गरेको छ...

लोकसंवाद संवाददाता,   माघ १४, २०७७
झापा । भूमाफियाको चलखेलका कारण नक्कली मोही खडा गरी व्यक्तिको स्वामित्वमा गइसकेको झापाको विर्तामोडस्थित दुर्गा गुठीको करोडौँ मूल्यको दुई बिघा आठ कठ्ठा १८ धुर जग्गा २३ वर्षपछि गुठीकै नाममा फिर्ता भएको छ । विर्तामोड नगरपालिका३ मा अनारमनी दुर्गा मन्दिरको नाममा...

लोकसंवाद संवाददाता,   माघ १४, २०७७
सिरहा । विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न सिरहा नगरपालिकाले आजदेखि शुक्रबारसम्म नगर क्षेत्रका...

लोकसंवाद संवाददाता,   माघ १४, २०७७
पोखरा । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले कोरोना भाइरसका कारण स्थगन टिभीएस अपाचे पाँचौँ पोखरा स्पोर्टस् अवार्ड आगामी वैशाखमा गर्ने भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी वैशाख २१ गते गत वर्ष र यस वर्षको गरी...

लोकसंवाद संवाददाता,   माघ १४, २०७७
काभ्रेपलाञ्चोक । प्रतिबन्धित लागुऔषध कारोवारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएको पाइएको छ । कोरोना भाइरसको सन्त्रासपछि करिब एक वर्ष रोकिएको लागुऔषध तस्करी पुनः सक्रिय भएको हालैको घटनाले पनि पुष्टि गरेको छ । गत साल फागुन दोस्रो सातायता कुनै लागुऔषध तस्करीका...

लोकसंवाद संवाददाता,   माघ १४, २०७७
बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो । छविसपाथिभेरा३ मा...

लोकसंवाद संवाददाता,   माघ १४, २०७७
काठमाडौँ । आज कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्नुहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । शुभारम्भ कार्यक्रममा...

लोकसंवाद संवाददाता,   माघ १४, २०७७
सउल । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना सङ्क्रमण भेटिएको यो पहिलो घटना हो...